About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Thursday, December 26, 2013

पुन शिलाङ यात्रा : ४

होटल सिरोइ लिली
होटल सिरोइ लिलीको कोठामा  पुगेपछि एक कप दूध छेउमा ठडयाएर दिनभरिका घटना एक रिल सम्झिन थालो ।  होटेलले हाम्रो कोठामा छिराइदिएको  एउटा पत्रिका टिपेर हेरो— दि आसाम ट्रिब्यून पर्खिरहेको थियो । यसको भोल्यूम ७५ नं २९९, नोवेम्बर ५, २०१३ अंकमा भुपेन हाजरिकाको श्रद्धाञ्जलीमा, उनको सम्झनामा लेखिएका गहिरा आलेख थिए । आजै मैले गुवाहाटी विश्वविद्यालयमा श्रद्धासुमन चढाएर आएको थिएा ।  अखवारको यस अंकमा भुपेनको द्वितीय पुण्य तिथिको अवसरमा उनीप्रति श्रद्धाकामना, उनका कर्म, तस्वीर र अनेक रचना थिए । शुरुको पृष्ठमा छ— प्लान टु कन्भर्ट समाधी इन्टु अर्किटेक्चरल मार्भेल (समाधीलाई अद्भूत  वास्तुशिल्पीय स्मारकको रूपमा  विकसित गर्ने  योजना) । अग्रपृष्ठको उक्त समाचारले भन्छ: राज्य  सरकारले कल्चरल आइकोन डा. भुपेन हाजरिकाको समाधीलाई  एक वर्षभित्र १० करोडको लागतमा अद्भूत वास्तुशिल्पीय स्मारकको रूपमा परिणत गर्नेछ ।

डा. हाजरिका एक संगीतकार, कम्पोजर, साहित्यकार, फिल्म निर्माता, पत्रकार, कोलम्बिया विश्वविद्यालयबाट (अडियो भिजुअल) मा विद्यावारिधी, अनेक  सम्मान र अलङ्कारले विभूषित नेपाली जातिप्रेमी थिए; अनेक जाति प्रेमी थिए । उनको सम्पूर्ण हृदयमा  मानवतावादको बास थियो ।

त्यसो त सो अवसरमा भएका चारवटै लेख पढो ।   तीमध्ये एउटाको सारतत्व खिचेर म आजको रात सेरोइ लिलीको शरणमा जान चाहन्छु :

मेरो सन्ध्याकालीन भ्रमणमा म एउटा ससानो पार्कलाई नाघेर जान्छु । त्यस पार्कमा नानीहरू खेल्दै हुन्छन्, ठूलाहरू टहल्दै  हुन्छन् । यो ठाउा शहरभन्दा टाढा एउटा शान्त ठाउामा अवस्थित छ । त्यसकारणले म त्यहाा पुगेको बेला एउटा गम्भीर र मध्यम पुरुष स्वर (व्यारिटोन) सुन्दछु । त्यो स्वर पार्कमा रहेका  एक व्यक्तिबाट निस्किरहेको हुन्छ । त्यो स्वर मतिरै प्रवाहित हुन्छ । म रोकिएर सुन्छु :

कहिले कहिलेदेखि म पौडादै आएको छु
समुद्रहरूका दोभानमा
म थाकेको छुइना
यद्यपि यी छालहरू मेरो मस्तिष्कको  सागरमा
निरन्तर  तरङ्गित छन्
छालहरूको एउटा अनन्त,
अन्त्यहीन छालको  उत्ताल तरङ्ग प्रवाह
मेरो मस्तिष्कको सागरमा यसको छाती

उत्तरी आसामको कुनै मार्गको एउटा ढावामा हामी रोकियौा र भोजन लिने विचार गर्‍यौा । त्यसका प्रवन्धक रैथाने होइनन् भन्ने कुरा प्रष्ट थियो । त्यहाा ग्रहकहरू पनि धेरै थिएनन् । भएकाहरूमध्ये पनि लामो मार्गका वाहन–चालकहरू थिए तर त्यो ढावामा बज्ने क्यासेट प्लेयरबाट सदाको सुपरिचित उही व्यारिटोन स्वर गुञ्जिरहेको थियो :

मानिस मानिसप्रति नै उदासी  भैदिने हो भने
अरूप्रति अनुकम्पा नरहने हो भने
हे मित्र, मलाई भन
मानवताको बारेमा कसले चिन्ता गर्ला ?

एउटा महाविद्यलयको कार्यक्रम छ । कार्यक्रम शुरु हुन बााकी नै छ । विद्यार्थीहरूको होहल्ला छ । सम्पूर्ण हल युवा उत्साहले उम्लिएको छ । त्यो ढिलाइको निमित्त क्षमायाचना गर्दै  त्यहााका आयोजकहरू यसको साउण्ड सिस्टम खोल्छन् र परिवेशमा त्यही सुपरिचित  व्यारिटोन गुन्जिन्छ :

आकाशले मलाई अनन्त दृश्य दियो
अनि झंझावातले  मलाई  भयप्रद शक्ति दियो
गर्जनले मलाई प्रकम्पित शक्ति दियो
अनि साहसले मलाई न्याय दियो
अब म क्षितिजको निर्माण गर्दछु
 सङ्गीतसागै म कम्पित हुन्छु ।

 त्यसपछि त्यो सम्पूर्ण हल शान्त हुन्छ  । केही विद्यार्थीहरू त्यही स्वरमा गाउन थाल्छन् ।

आज भुपेन आसामेली समाजमा सशरीर छैनन् तथापि उनी सर्वत्र विद्यमान  छन् । यसले प्रमाणित गर्दछ उनले कत्रो प्रभाव बनाएका रहेछन् । कविको रूपमा, गीतकारको रूपमा, संगीतकारको रूपमा, लेखकको रूपमा, फिल्म् निर्माताको रूपमा यस क्षेत्रको सांस्कृतिक परिदृश्यमा उनको प्रभाव र उपस्थिति व्यापक छ । उनी शंकरदेव, ज्योतिप्रसाद, विष्णु–राधा जस्ता सांस्कृतिक परम्परामा हुर्केका थिए । जो चाहिा आसामको सांगीतिक एवम् सिनेमाटिक जगत्का  पुनरजागराणकालका संस्थापक थिए । त्यसैले गर्दा हाजरिकाको उपस्थितिले हजारौालाई प्रेरित गरिरहेको छ । उनले आसामको सुषुप्त रहेको संस्कृतिको पुनरउत्थापन गरे । त्यसभन्दा बढी महत्त्वको कुरा के छ भने— उनी  जनस्तरका  सामान्य लोकका महान् कलाकार थिए । उनले व्यावसायिक विश्वको अगाडि कहिल्यै घुाडा टेकेनन् र सधौ संस्कृतिको सुधारमा लागिरहे । पछि उनले पौल रोब्शन जस्ता महान् स्रष्टाबाट पनि प्रेरणा लिए ।

उनको स्वर तथा लय मोहक हुन्छ । देख्ता सामान्य लाग्ने गेय सरलताभित्र दार्शनिक गहिराइ हुन्छ । उनले आफ्नो हृदयलाई सदैव सामान्य लोकको निमित्त अर्पित गरे । एउटा चिसो शिशिरको रातमा  उनले गाएका छन् :

शिशिरको एक चिसो रातमा
मलाई भर्भराउादो आगो बल्न देऊ
कुनै वस्त्रहीन गरीव कृषकको
 ढल्न लागेको झुपडीलाई न्यानो पारौा

भारतवर्षमा कमै स्रष्टा होलान् जसले  भावना र संवेदनालाई यति तीव्रताका साथ बााडिदिन सके । उनले  संघर्षरत जनजीवनलाई  बोकेर उनीहरूको हृदयलाई छोएका छन् र उनले शोषणमुक्त, अन्यायरहीत अनि धर्म, जाति आदिको विभाजनरहीत समाजको परिकल्पना गरे र जनमानसको स्वरमा गाइरहे । उनी समय र दिशाको सीमा पार गर्दै सम्पूर्ण मानवतालाई आगाल्छन् । त्यसैकारणले गर्दा उनीप्रति यो प्रेम र श्रद्धा भरिएको हो । उनको शरीर समाधिस्थ गरिएको ठाउामा उनलाई अन्तिम बिदाइ गर्न लाखौा जनसमुदाय पुगेको तथ्यले  नै यो प्रमाणित गर्दछ ।  यस क्षेत्रका मानिसले भुपेन हाजरिकालाई  एउटा अग्रणी अभिभावक ठानेका थिए र उनले छाडेपछि  आफूलाई एक्लो मानेका छन् । उनले यो नश्वर चोलालाई  बदले ता पनि उनी अझै हामीसागै छन्, सागै बसिरहने छन् । एउटा अमर र अनन्त स्वर सधौ  गुन्जिरहने छ जसले हाम्रो समाजलाई बाटो देखाइरहला; प्रत्येक आध्यारोमा पथप्रदर्शन गरिरहला ।

(टाइमलेश प्रेजेन्स— अरुणकुमार दत्त दि आसाम ट्रिव्यून, गौहाटी, नोभेम्बर ५, २०१३ )

भूपेन हाजरिका
भुपेन हाजरिकाको बााकी प्रशङ्ग यहीा जोडेर मात्रै म यात्रालाई अघि बढाउन चाहन्छु । यता नेपाल फर्केपछि पनि मलाई ती कला–मनीषिको महानताले छोइरह्यो । यता नेपालमा  उनको स्वरको पूजा गर्नेहरू म चिन्दछु । यस्ता भुपेनलाई नेपाल–भारतका अमर सेतु बनाउने अनुवादक कर्णबहादुर क्षेत्रीलाई केही प्रश्न सोध्न मन लाग्यो र तत्काल तीन प्रश्न साइबर–सेवामा भाइ डा. खगेन्मार्फत लेखी पठाएा ।

प्रश्न नं. १) आदरणीय अग्रज कर्णबहादुरज्यू, डा. भुपेन हाजरिकाका गीतका नेपाली अनुवादक तपाई; हाजरिकाको संगीतकलाप्रति कसरी आकर्षित हुनु भयो अथवा कुन उद्देश्यले उनका गीतको नेपालीमा अनुवाद गर्नुभयो ?

उत्तर : नेपाल इण्डियाको सफर सकी सञ्चै घर  पुग्नुभए छ जान्न पाउदा खुशीलाग्यो  ।
 भूपेन हाजरिकाका गीतबारे जिज्ञासा राखेकोमा म उत्तेजित छु; मेरा जवाफहरू यस प्रकार छन् ।

सानैदेखि सुनेर आएको  सुमधुर र गहकिला अर्थ भएका गीतहरू सुनेर ठूलो भएा ।  आजको समाजमा  र  व्यक्तिका जीवनमा भएको  घटनाहरूलाई  उहााले  राम्ररी  भन्नु भएको छ । उहााको सृष्टि अमूल्य छ । त्यसको   उपभोग विश्वका नेपालीभाषी जनताले पनि  गर्न सकून् त्यही मेरो इच्छा हो/उद्देश्य हो । भुपेनले आसामका सबै  साना ठूला जात र  भाषा बोल्ने मानिसहरूका बीच  एउटा सम्मानजनक सम्बन्ध कायम गर्ने कोशीश गरेका थिए ।  उनले  गोर्खा नेपाली भाइहरूलाई पनि धेरै माया गर्थे र दुईवटा गीत नेपालीमा पनि  गएका थिए । उनले  सारा जीवन नेपाली टोपी लाएर कटाए र मृत्युपछि   पनि त्यो टोपी नखोलीदिनु भनेका थिए । अहिले त्यो टोपी म्यूजियममा राखिएको छ ।

कर्णबहादुर क्षेत्री


प्र.नं. २) तपाईंले मनमा लिएको यस्तो उद्देश्यबारे, अनुवाद गर्नेबारे, डा. भुपेनसित तपाईंको वार्ता भयो ?  उहााले  कस्तो मान्नुभयो ?

उत्तर : दुर्भाग्यवस भुपेन हाजरिकासाग यो कुरा हुन पाएन । यो योजना मनमा आए पनि उहाा त्यतिबेला बिरामी हुनुहुन्थ्यो र मुम्वैमै बस्नुहुन्थ्यो ।

प्र.नं. ३)  यति कार्य सम्पन्न गर्न पाउादा तपाईंलाई कस्तो लागेको छ ?

उत्तर : यो कामको फल ता मेरो मनको शान्ति हो गर्न खोजेको काम गरेको खुशी हो । जनताले मन पराए भने अरू खुशी लाग्नेछ; यो प्रयासले रैथाने आसामे र नेपालीको बीच सम्पर्क बढाउने छ भन्ने आशा पनि राखेको छु ।

हजुरलाई धेरै धन्यवाद

त्यस सन्ध्याका  सम्वार्तामध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा त लीलबहादुर क्षेत्रीको अभिनन्दन ग्रन्थको तयारी र निर्माणको  विषय थियो । मैले नेपालदेखि हालका दुई ग्रन्थ ल्याएर उहााहरूलाई हस्तान्तरण गरो । पुस्तकको  खण्ड र प्रारूपमाथि छलफल गर्‍यौा । लीलबहादुरज्यूको विनम्रता के छ भने— एक पत्रिकाको विशेषाङ्क जस्तो मात्र निकालौा तर अरूको प्रस्तावना छ— त्यसरी होइन यो उहााको अभिनन्दन ग्रन्थ हुनेछ । लीलबहादुर क्षेत्रीको विषयमा केही हुुनु सम्पूर्ण भारतीय नेपालीको जातीय गौरव एवम् सम्मानको विषय हुनेछ । लीलबहादुर क्षेत्री, इन्द्रबहादुर राई जस्ता उचाइका स्रष्टा न भारतका हुन् न नेपालका  ती ता भौगोलिक सीमा नाघेर व्यापक भएका नेपाली जातिका गौरव शिखर हुन् । ती ता नेपाली जातिका लागि विश्वसम्पदा सूचीमा पर्दछन् ।

अस्तिकोपालि नेपाल जाादा लीलबहादुर क्षेत्रीले आफ्ना कथाहरूलाई डा. रश्मी रेखा सर्माले असमिया भाषामा  अनुवाद भएको प्रति मलाई दिनुभएको थियो  । त्यसपछि भाइ श्री परासरले उहााको एकघण्टा लामो वृत्तभित्र असमियामा खिचेर तयार पारेका छन्; उहााको बसाइाको अनुवादक श्री डिवी क्षेत्रीसाग आज भेटको  संजोग परेको छ । त्यतिमात्र होइन उहााका  कृतिको हिन्दी; अङ्ग्रेजी र चिनीयाामा अनुवाद भइसकेका छन् । अंग्रेजी अनुवादको चर्चा ता अघि पनि भयो; नेपाली उपन्यासमा एउटै कृतिका दुईवटा अनुवाद भएको बसाइा मात्रै हो । पहिलो ल्यारी हार्टशेलको (गत वर्ष उनी दिवंगत भए); र दोस्रो प्रा. माइकल हटको । यी अनूदित कृतिमाथि यता नवराज न्यौपाने तथा  रामजी तिमसिनाले  अलगअलग तुलनात्मक अध्ययन गर्दैछन् । यस्ता प्रतिभाको योगदानलाई अभिनन्दन ग्रन्थमा उतार्न सके कत्रो ठूलो कुरा  हुने थियो ।

असमिया भाषामा लीलबहादुरका कथाको आवरण

तीनघण्टा लामो यो भेटघाट, अत्यन्तै सुन्दर भव्य र प्रेमपूर्ण भयो । त्यसो त अरू पनि आउनेहरू हुनुहुन्थ्यो; चाडपर्वले दिएन । यसबाट एकै झल्का भएपनि गुवाहाटीमा नेपाली स्रष्टा–द्रष्टासागको भेटको वार्ता चर्चा र विषय के कस्तो हुन्छ भन्ने कुरा थाहा भयो; यताको नेपाली साहित्य कहाा पुग्दैछ भन्ने विषयको प्रतिविम्वन हेरियो । उता आदिकालदेखि रचेका लेख, रचना, रेडियो वाचन गरेका नाटक,  छरिएका पाण्डुलिपि कति धमीरा र मुसाले सके होलान् भन्ने चिन्ता छ श्री लीलबहादुर सरलाई । अझ भन्नुहुन्छ— यतिवटा भूमिका लेखिसको, संकलन गर्न सकिना । कति हराएर गए होलान् ।

मैले भनो— ती सारा भूमिका संकलन गर्नाेस्, तिनको प्रकाशन आवश्यक छ, अझ तपाईंका आजसम्मका अन्तर्वार्ताजति संकलन गर्नुहोस्, तिनको प्रकाशन झन् आवश्यक छ । हामीकहाा सरकारले देख्तैन, नागरिकहरू अचेत छन्, समयभन्दा टाढाको सपनावृत्तमा बााच्ने स्रष्टा सदा एक्लै हुन्छ; आफौ मात्र हुन्छ । यो निराशामा स्रष्टाको क्षमता, प्रतिभा कल्पना र योगदान चिन्ने समय धेरै टाढा, धेरै पछि बसेको हुन्छ; अरूको बाटो नहेरी हामी आफौले सकेसम्म गरेर जानुपर्छ ।

उमेरले गर्दा केही शिथिलता छन् तर गर्ने कामको  राशी घटेको छैन । एउटा स्रष्टाका बााकी कर्म झन् बढ्दै जानेरहेछन्,श खासगरी संकलनको, खोजीको  र आर्काइव नबनी ती समाप्त हुन्छन् कि
(वा हुइन्छ कि) भन्ने चिन्ताको  । लेखक सधौ नै अनागतको चिन्तामा  र कर्ममा  हुन्छ, त्यसको इमारत नठडिई समय सिद्धिन्छ भन्ने ठूलो चिन्ता सबैमा हुन्छ । गतहप्ता ८४ वर्ष पुगेका जगदीश शमशेरले सिमलाकाबाट फोन गर्नु भो— गुरु, मलाई कसैले बुझोस् नबुझोस् त्यसको चिन्ता छैन, म केवल आफ्नो सिर्जना पूरा गर्न चाहन्छु । समय कम्ति छ ।

हाम्रा लीलबहादुर सरलाई आज ठीक त्यस्तै स्थिति र मूडमा पाएा ।

गतवर्षको काठमाडौा भ्रमणमा मलाई उहााले सद्य  प्रकाशित सिमलको भुवा (२०१२)  उपहार दिनु भएको थियो । यसलाई एकपल्ट पढिदिए पुग्छ भाइ पनि भन्नु भएको थियो । नभन्दै त्यो प्रेमले पढेको थिएा । १५६ पृष्ठको यो संग्रह, संस्मरण निबन्ध र जीवन अनुभूति छन् । अति  रोचकताको कारणले मात्र होइन स्रष्टा लीलबहादुरको योगदान र अवधारणा बुझ्न यसको  पठन अनिवार्य छ ।

सिमलको भुवा


 तीमध्ये एउटा रचना छ आफ्नै बारेमा सो पढ्दा मलाई लाग्छ—  त्यहाा लीलबहादुर सरको अन्तरात्मा बोलेको छ । आफ्ना संघर्ष, आफूले भागेको,  कष्ट, दु:खसुखको अतीत, पारिवारिक परिवेश र बाल्यकाल पछिको प्राप्ति र संघर्षहरू । कति सरल भाषामा यहाा कति उदाङ्ग भै बोलेको छ त्यो बालक हृदय  । एउटा लेखक कसरी कुनै आडम्वररहीत हुने गर्छ; कसरी ऊ भौतिक उपलब्धीतिर पनि एक दृष्टि दिादै जीवनको अन्तिम लक्ष्यतिर, सिर्जना र साधनाको मार्गतिर समर्पित हुन्छ; त्यो यहाा देखिन्छ । संसारकै महान् लेखक स्रष्टाले यही भन्छन्— नित्य यही भन्छन् । एकातिर  उनी त्यागी योगी र सिर्जनामा लिप्त छन् । अर्कातिर क्षुधा तृष्णादेखि लिएर पारिवारिक पालनपोषण आवास सामाजिक  सम्बन्ध अनेक  कुरा आउाछन् । समाजले स्रष्टालाई  हृदयमा आगो लिएर हिाडेको व्यक्ति हो भनेर चिन्दैन; उसले ता आफूजस्तै धनसम्पत्तिको प्रतिस्पर्धी, आडम्वरी औ सञ्चयको  तपस्यामा  लीन ठान्दछ; जगत्का त्यस्ता  मर्यादा टाल्दाटाल्दै उसलाई, अनिच्छापूर्वक  भोजभतेरमा जाादा, न्वारन ब्रतवन्धले गर्दा, सहकारीका मिटिङ र पार्टी बैठकमा तानिदा अझ एउटा भूमिका र अर्काे शुभकामना अनि  मन्तब्य औ विशेषाङ्कको निमित्त रचनाले गर्दा जीवन रातदिन बगेको छ ।  अन्यहरूको आकाङ्क्षारहित जीवन बगेर त्यस्तो पीर छैन । उनीहरू नदी जस्तै बतास जस्तै आफौ बगिरहेर यहाा सृष्टिको नियम पूरा गर्दछन्, त्यसो गरेर उनीहरू अन्धकारमा बिताउाछन् । त्यसरी विलीन भएको स्थितिलाई आकाशगंगाबाट झरेर आकाशमै बिलाउने कुनै उल्कातारा जस्तो लाग्छ । अर्थत् चुल्होमा अगुल्टो झोस्ता उठेका झिल्का अलिक माथि पुगेर क्षणमै खरानी हुन्छन् त्यस्तो लाग्छ । परन्तु चुल्होमा आगो बलिरहन्छ । सबै सामान्यहरू तिनै  क्षणिक झिल्का हुन् तर  स्रष्टा भने अनन्तकालसम्म दन्दनाइरहेको आगो हो; त्यो अखण्डवत्तीमा  फेरि तेल भर्नु पर्दैन; एक जीवन तपस्या गरेपछि सधौ नै प्रकाश र ताप उत्पन्न गरिरहन्छ । त्यसकारण पृथ्वीको  शोभा, यसको सुन्दरता र गाथा स्रष्टा नै हो ।  माथिको ठूलो स्रष्टाले तल (यस धर्तीमा) चुनिएका केही मानवलाई उसको कर्म सुम्पेको छ । तर सामान्यहरू यो बुझ्दैनन्; स्रष्टा एक अलौकिक आदेशले, उत्प्रेरणाले, अन्तकरणको आह्वानले चलिरहन्छ, यो अरू बुझ्दैनन् । उनीहरूको गन्तव्य मृत्यु नै हो । उनीहरू मृत्युपूर्व अधिक सुख सम्पत्तिको लक्षमा  सीमित हुन्छन् भने स्रष्टा चाहिा यथासम्भव धेरै सिर्जना, गहिरा सिर्जना गर्न चाहन्छ । उसलाई प्रत्येक पलको ठूलो महत्त्व छ । यो जगत् ईश्वरको सृष्टि हो; त्यसभन्दा मिहिन प्रकृतिको सृष्टि हो; दुवैमा प्राण भर्ने ता मानव स्रष्टा नै हो । जीवन   प्रवाहमय छ, मृत्युतिर एक सुरले  बगेको छ परन्तु काम गर्नुपर्ने ठूलो डङ्गुर बााकी नै छ ।  त्यो आतेस, त्यो चिन्ता, त्यो व्यग्रता, ती प्राप्ति र सन्तुष्टिको धारमा अनेक  असन्तुष्टिका प्रहारहरू— लील सरको यो निबन्धले संसारभरिका लेखक स्रष्टालाई छुने छ । वास्तवमा म भित्रको लेखकलाई पनि ठीक त्यस्तै हुन्छ । मेरो डायरी कतिपय  त्यस्तै र तिनै चिन्ताले भरिएको छ । अझ असी पुग्नलागेका स्रष्टा लील सरलाई एउटा उपयुक्त ठाउामा घर छैन भन्ने सम्झिादा खेरी यो कुरा  आगन्तुक अतिथिलाई भन्नु पर्दाखेरि कति दु:ख लाग्दो हो । तर त्यो सानो बालकमन  निष्कलंक छ । त्यसो त यस्ता कुरा त्यो सरकारले समाजले, त्यसको सेवा प्राप्त गरिरहेको छ उसले गर्नु पर्ने हो परत्नु यस्तो कुरा असम्भव रहेछ । अघिकांश ठूला लेखकहरू अकल्पनीय दु:खमा पनि हाासेर बााचेका छन् । त्यसैले यस पालिको भेटमा पनि उहााले भन्नुभयो— गोविन् भाइ देवेन्द्र ता मेरो घरमा आएका छन् । तपाईंहरू मेरो परिवारको मान्छे यहााबाट चार पााच मिनेट मात्र लाग्छ तर तपाईंले कुनै पाप गर्नु भएको छैन भने त्यो नरकपथ हुादै म तपाईंलाई आफ्नो घरको बाटो हिाडाउन चाहन्ना ।

उहााको घर पुग्ने इच्छा   मेरो मनमा थियो तर उहााको अनिच्छा, अप्ठ्याार र चिन्ताको मनोविज्ञान देख्दा मेरो अव्यक्त आग्रह त्यसै  बन्द गरो । आफ्नै बारे शीर्षक रचना बढी सकेको थिएा । आज लीलबहादुर नि:शन्देश विश्वस्तरका बन्दनीय नेपाली जाति हुनुहुन्छ । तर उहाासाग जोडिएका  संकोच र अप्ठ्यारा के छन् उहााकै वाणीमा सुन्न सुनाउन चाहन्छु । कस्तो त्याग र तपस्याले एउटा स्रष्टा जन्मिन्छ त्यो कुरा सुनाउन उहााको सिमलको भुवा (२००८) मा संकलित  आफ्नै बारेमा  निबन्धलाई स्रष्टाको अनुमति लिएर  यहाा  पुन: उद्धृत गर्न चाहन्छु । श्री अर्जुन पौडेलले अनलिशिङ विदइन शीर्षकमा यसको अनुवाद गरिसकेका छन् । नेपाल एकेडेमीको अंग्रेजी जर्नलको वर्तमान अंकमा सो रचना प्रकाशित हुादैछ ।

In Shillong 

5 comments:

  1. धन्यवाद सर्, एति मिठो लेख तो पनि अस्सम र अस्सम का महान गौरव हेर्को बारे मा एति प्रस्ट गरि बर्णन गरेको मा....

    ReplyDelete
  2. गुरु! यहाँको रचनाहरु यसरी पढ्न पाउनु अहो भाग्य हो। निरन्तर रहोस शुभकामना।

    ReplyDelete
  3. भ्रमण-कथा रोमांचक छ।
    भारत प्रतिफ़लित छ।
    डा. जयन्त कृष्ण शर्मा,
    राजनीति विज्ञान विभाग
    Gauhati University, गुवाहाटी, आसाम

    Jayanta Krishna Sarmah Ph.D.
    Associate professor, Department of Political Science
    GAUHATI UNIVERSITY, GUWAHATI
    P.O. Gauhati University -781014
    District: Kamrup,
    Assam, India
    ...
    Phone Number (mobile):+91 94350 81714
    E-mail: jayanta1947@gmail.com


    ReplyDelete
  4. मन छुने संस्मरणका लागि सरलाई धन्वाद ।

    ReplyDelete
  5. मन छुने संस्मरणका लागि सरलाई धन्वाद ।

    ReplyDelete