About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Saturday, December 14, 2013

पुन: शिलाङ यात्रा— ३

त्यसपछि हामी गुवाहाटीको एक अति महत्त्वपूर्ण र अवलोकनीय स्थल श्रीमन्त शङ्करदेव कलाक्षेत्र पुग्यौा । पञ्जावारी भन्ने शान्त ठाउामा  विशालक्षेत्र ओगटेर बनिएको यो कलासंस्कृतिका सङ्ग्रहालयमा  तीन घण्टा बितायौा । यसको प्रवेशद्वारदेखि नै आागन र चौरीदेखि नै आसामको विशिष्टता जनाउने कलाकृति स्थापत्य, मूर्ती र चित्रहरू, केही मिथक र विश्वासका  बिम्ब र प्रतीकहरू, जनजीवनका झााकीहरू हेर्दै गयौा । त्यस्तै सुन्दर बाग अनि लन र जलाशयहरू, घाास, बुटयान र वृक्षहरू— धेरै पर पुगेपछि आसामको जनजीवन संस्कृति झल्काउने सङ्ग्रहालय भवनमा पुग्यौा ।
भौसी जुधेको 

महापुरुष श्रीमन्त शंकरदेव पन्ध्रौा शताब्दीका एक बहुश्रूत व्यक्तित्व थिए । आसामी समाजका  पूजनीय व्यक्तित्व शंकरदेव एक सन्त, विद्वान्, कवि, नाटककार, समाज सुधारक थिए । अतीतको कला संस्कृतिलाई नवीन रूपमा प्रस्तुत गर्ने महापुरुषले संगीत, नाट्य वा कला–साहित्यका प्रत्येक क्षेत्रमा अतुलनीय योगदान दिएका थिए । उनले अनुसिर्जना गरेको शंकरदेव भागवत अत्यन्तै लोकप्रिय छ । भारतीय उपसहाद्वीपमा गुरु नानक, कबीर, चैतन्य महाप्रभुको जुन स्थान छ श्रीमन्त शंकरदेवको त्यही छ ।

श्रीमन्त शंकरको 

मैले गरेका प्राय: सबै यात्रामा सङ्ग्रहालय पहिलो प्राथमिकतामा पर्दछन् । आफ्ना आाखाले देखेका वस्तुहरू, पुस्तकमा पढेका विषयभन्दा स्पष्ट र जीवन्त लाग्छन् ।  कलाकृतिको माध्यमले देखाउने दृश्यहरू जीवनको यथार्थतासाग अकृत्रिम र अति यथार्थ हुन्छ । संग्रहालयमा बाद्य साधन, नृत्य मुद्रा, जीविकाका परम्परित शैली, वर्तन, लोकतत्त्वका अनेक पक्ष अनेक झााकी कत्रो परिश्रमपूर्वक यथावत राखिएका सुरक्षित छन् । यहााका अनेक जातजातिका साधन, वस्त्र, आभूषण र झााकी छन्, चियावगानमा दैनिक जीवन छ, कृषक, पशुपालक, नृत्य झााकी, तीमध्ये एक नेपाली दम्पत्ति समेत देखेर हामीलाई अपार हर्ष भयो । यद्यपि ती चित्र त्यति उपयुक्त थिएनन् । नेपाली पुरुषले सेतो भ्याङ्लो दौरासुरुवालमा लामो खुकुरी भिरेको छ; शिरमा  ढाकाटोपी छ तर अरू जातिका चित्रझौ ती एक्शन सहितका सजीव छैनन् । तिनी जीवन्त परिवेशरहीत छन् । केवल पुतला जस्ता छन् । नेपाली नारीको पनि चित्र अङ्कित मात्र छ । सजीवता छैन । आशा छ, आसामी नेपाली जातिले सम्बन्धित निकायसमक्ष अनुरोध गरी यी निर्जिव हास्य चित्रलाई जीवन्त पात्रमा परिणत गर्न मद्दत गर्नुहुनेछ ।

त्यहााबाट निस्केर हामी डा. भुपेन हाजरिकाको नाममा सरकारले उहााको जीवनकालमै स्थापना गरिदिएको सङ्ग्राहालयमा प्रवेश गर्‍यौा । त्यो भवन कलाक्षेत्रको आमनेसामने थियो । एउटा अत्यन्तै कलात्मक, शान्त, सुन्दर भवनमा बाहिरै जुत्ता खोलेर सिकुवालाई अभिवादन गर्दै दर्शनार्थीले प्रवेश गरे । प्रवेशद्वार नकट्तै उहााको  मधूरस्वरमा  भावनापूर्ण संगीत बजेको सुन्यौा । हेर्दै गयौा— एउटा कक्षमा  उहााका अमूल्य  चयनका पुस्तक, अन्य संकलन, सीडि, पाण्डुलिपि; अर्कामा  उहााका कृतिहरू, अर्कामा  अनेक भेटघाट मिलनका स्मृति अवशेष, अर्कामा उहााले प्रयोग गरेका यावत वस्तुहरू— लामा किमती वस्त्र, जुत्ता, चश्मा, कलम, कापी, वाद्यसामग्री, भादगाउाले ढाका टोपी, अरू प्रिय वस्तु; अन्य कोठामा अत्यन्तै नीजि र प्राइवेट सामग्रीहरू— पुराना ग्रामोफोनदेखि नयााका सीडि र अन्य उपकरण, तस्विर र पत्रले सजिएको उज्यालो कोठा । त्यसो त मैले बेलायतमा शेक्सपियरको आवासदेखि रूसमा टाल्सटाय आवासको संग्राहालय हेरो, थाइल्याण्ड र कोरियामा राजप्रासाद र अवशेष स्मारकहरू हेरो— पछिल्लो चाहिा कोरियाली विदुषी लेखिका म्योङ्ग ही (१९४६–१९९८) को निजी संग्रहालय स्मारक हेरेको सम्झना छ । त्योभन्दा जीवन्त भुपेन हाजरिकाको देखो । देख्यैपिच्छे आफ्नो देशको सम्झना आउाछ— आखिर हाम्रोमा  कसैको पनि स्मृति अवशेष छैन भन्दा हुन्छ । विद्यापतिको छैन, महाकविको छैन, वीपीको छैन, इमानसिंहको छैन, सिद्धिदाशको छैन; नारायण गोपालको छैन; पछिका पनि कसैको छैन । सम्पन्न स्थितिका लेखक स्वयम्ले कतै बल गरेका छन् तर त्यो पनि होला जस्तो लाग्दैन । सर्वप्रथम सरकार सचेत हुनुपर्छ; सरकारको लक्ष्य त्यसपछि  बिज्ञ जनता । जनताको अर्थ भीड होइन मर्मज्ञको समुदाय । नेपालमा स्रष्टाको जीवनकालमै  खोलिएका फाउन्डेशन र प्रतिष्ठानको संख्या हजार पुग्नै लाग्यो होला । तर  अधिकांश त सीमित स्वार्थले अमर हुने इच्छाले गरिएका/गाइएका छन् । त्यसका संस्थापक सिद्धिएपछि ती मूढेबलहरू धमिराका ढिस्का हुन्छन् । समयले नै गर्नु गराउनु पर्‍यो; जनस्तरले नै उठ्नु उठाउनु पर्‍यो । कला साहित्य संस्कृतिको उत्थानमा  संगठित भएर वौद्धिक वर्ग उठेको छैन भने अरू जस्तोसुकै होस् प्रयत्नको कुनै अर्थ रहने छैन ।

नेपालमा  एउटा नमूना संग्रहालयको स्थापना हुनु परेको छ । महाकविको स्थापना नगरी अरूको हुनु र गर्नु भनेको पनि देशप्रति उपहास गर्नु हो । तर गर्दैछन्, महाकविको सालिक राख्ने ठाउामा आफ्नाको  राख्तैछन् ।  बलात् ठडयाइएको सालिकले को अमर हुन्छ ?

सङ्ग्रहालयबाट निस्केर फेरि परिवेश घुम्यौा । थुम्कामा डााडामा, घना जंगल भित्रभित्रै बाटा छन् र धेरै पर र भित्र एउटा ओपन थिएटर छ । मलाई यो ग्रीसमा देखेको झौ लाग्यो । हजारौा मानिस एकैचोटि बसाएर प्रस्ुतुति/कलाकर्म गर्न सकिने ठाउा  त्यो । अरू घुम्नु थियो तर  समय धेरै छैन । फुलुमनीको पथप्रदर्शनमा बेलाबेला  खगेन् भाइको दूरभाषिक निर्देशनमा चलिरहेका थियौा ।

त्यहााबाट फर्कियौा र साहेव खानको सल्लाहमा बजारको अर्काे अन्त्यतिर लाग्यौा । मध्याह्न भइसकेको थियो निरामिष भोजनालय पुर्‍याऊ भाइ हामीले भन्यौा । उसले शहरको पल्लो छेउ कतै पुर्‍यायो । बाहिर सूचनापाटिमा ‘आसामिज थाली’ लेखेको थियो; नक्सामा  थालीभरि पस्केका भोज्य पदार्थ पनि थिए तर भित्र पसेपछि मात्र थाहा भयो त्यस्तो थालीका लागि  निकै अघि  अर्डर गर्नुपथ्र्याे रहेछ । तर समयको आभावमा त्यो निर्माण हुन सकेन, तयारी खाना टिपेर हामी फेरि उड्यौा । गुवाहाटी विश्वविद्यालयको परिसर पुग्नु थियो ; त्यहाा पुग्यौा; पुग्दा त्यहाा पनि हाम्रैमा जसरी गाईवस्तु चरिरहेको देख्न पाउादा अलिकति आनन्द लाग्यो । हामी त्यसैगरी गुज्रिरहेका छौा भन्ने लाग्यो ।

त्यहाा जानुको एउटा प्रमुख उद्देश्य ता डा. भुपेन हाजरिकाको दोश्रो वार्षिक पुण्य तिथिमा  आफ्नो उपस्थिति जनाउनु थियो । यद्यपि हामी अनामन्त्रित अतिथि थियौा । विश्वविद्यालयकै जमीनमा  डा. भुपेनको समाधि निर्माण स्थल अनेक पुष्पमालाले सुसज्जित, ठूलो दीप जलिरहेको, नजिक सेतो पण्डालमा सयौा नरनारी र विद्यार्थी तत्पर थिए । केही प्रवचन, स्मृति कविता, संगीत र अन्य कार्यक्रमको तयारी हुादै थियो । मलाई फुलुमनिले नजिक पुर्‍याइन्; समाधीस्थलमा फूलले छोपिएर सुतेको आकृति थियो । छेउमा ठूलो लाइफसाइज फ्लेक्समा हाजरिकाका गम्भीर मुद्राको तस्वीर, चिरपरिचित  भादगााउले टोपी, सानो खुकुरी पिन टोपीबाट टल्केको, एउटा एथ्निक सुन्दरता बोकेको इष्टकोट र पहिरन यस्तो मुद्रको दर्शन
गर्‍यौा  ।



भारतीय संगीत–कलाका म्ययाष्ट्रो डा. भुपेन हाजरिकासाग नेपाली वौद्धिक जीवन पनि नजिकसाग जोडिएको छ । हाजरिकाप्रति श्रद्धाले भरिएकी फुलुमनीले मलाई लगेर स्मारक–स्थल पुर्‍याइन्; पुष्पादि धूपले हाजरिकाको ठूलो तस्वीर ढाकेको थियो; सहयोगीहरू छेउमा बसेर अतिथिलाई पुष्प थुागा/माला प्रदान गर्थे । त्यहााका प्रवन्धकसमक्ष फुलुमनीले मेरो परिचय गराइन्, त्यसका अधिकारी ‘शोक पुस्तिका’ लिएर म समक्ष आइपुगे । मैले लेखो : म मेरो देश नेपाल तथा सम्पूर्ण नेपाली जातिका तर्फबाट महान् स्रष्टा डा. भुपेन हाजरिकाप्रति हार्दिक सम्मान एवम श्रद्धञ्जली अर्पण गर्दछु ।  डा. भुपेन हाजरिका जसलाई संसारले चिन्दछ, उनले मानव हृदयका अनि मानवताका गीत गाए । उनी त्यसैले हाम्रा महादेशका एक अमर नक्षत्र हुन् । म आज तिनै महान् साधक स्रष्टाको दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा ती अमर आत्माकै  (प्रस्तावित) समाधिस्थलमा  शिर निहुराएर भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु । एउटा कलाकारको देश हुादैन, ऊ जातीय, भाषिक/ धार्मिक वन्धनामा हुादैन । डा. हाजरिका सदा हामीसित रहनेछन्; त्यो अमर आत्मालाई सदा शान्ति मिलोस् ।

५ नोवेम्बर २०१३
त्यो सकेर हामी अन्तिम गन्तव्यतिर लाग्यौा । पल्टनबजार फेरि नेपाली मन्दिरकै हारमा रहेका सेरोइ लिलीको चर्चा गरिसकेको छु । त्यहाा पुग्दा झमक्कै सन्ध्याले छोप्यो ।

आजैको सन्ध्यामा आदरणीय अग्रज स्रष्टा श्री लीलबहादुर क्षेत्रीले एउटा ससानो पारिवारिक भेटको निमित्त आह्वान गर्नुभएको छ । त्यहाा पनि पुग्नु छ । लिलीको एकएक कप विर्सिनसक्नु चिया पियौा, थकाई मार्‍यौा र हामी फेरि डा. खगेन्कै पछि लाग्यौा । नजिक छ नेपाली मन्दिरको प्राङ्गणमा  रहेको एक विशाल होटल छ, नेपालीकै होटल सारथी । त्यसैमा आजको पारिवारिक भेटघाट रहेछ ।  पारिवारिक भए पनि यो वृत्त ठूलो थियो । यसको आयोजना विशेष डा. कमल क्षेत्रीले गर्नुभएको थियो । लीलबहादुर क्षेत्रीको  जुवाइा डा. कमल, नीजका पिताजी कर्णबहादुर क्षेत्री, पत्नी कृष्णा क्षेत्री, अरु पंकज, चन्द्रप्रसाद शर्मा, संजीव परासर, पल्लव क्षेत्री, एकदेव शर्मा, डिबी क्षेत्री, सलील ज्ञवाली तथा हामी त्यो बीस जनाको समूहले लामो गफ वार्ता गर्‍यौा । खासगरी साहित्यिक चर्चा परिचर्चा भए  । मेरो सम्मानमा भन्नु शरम लाग्छ; हामी यहाा आएको निहुमा  गरिएको  यो मिलन आयोजना भाइटीकाको सन्ध्यामा आकर्षक एवम् चिरस्मरणीय भयो । हाम्रा गम्भीर वार्ता कला–साहित्यतिर केन्द्रित भए ।


हामीले हार्दिक प्रेम र सद्भाव प्राप्त  गर्‍यौा । यो ऐतिहासिक मिलनका केन्द्रविन्दु ता श्री लीलबहाुर क्षेत्री नै हुनुहुन्थ्यो; आसामको भूमिमा आएर गरेको लामो सङ्घर्ष र त्याग अनि नेपाली वाङ्मयलाई गरेको योगदान, रेडियो गुवाहाटीदेखि नै साहित्यिक कार्यक्रम प्रशारण गर्दै, कति नाटक लेख्तै खेल्दै, सभा गोष्ठी र प्रकाशनमा संलग्न हुादै त्यो दीर्घ सेवाको कथा अत्यन्तै लामो छ । २०१४ सालमा बसाइा लेख्ने/ छाप्ने सगरमाथाझौ अग्ला एक गौरवमणिका परिपरि हामी त्यो सााझ उनको परिवार–वृत्त भयौा । आफ्नो बृद्धावस्था लागे पनि धेरै गर्ने आकाङ्क्षा अझौ कमी भएको छैन । उर्जाको कमी छैन । यता उहााको यशकीर्ति सुवास फैलेर धेरैतिर चारै दिशा पुगेको छ; भाषिक, सांस्कृतिक सीमा नाघेर कहााकहाा पुगेको छ । औषधीविज्ञानी विद्वान् जुवाईं डा. कमलले पनि  पिताजीको सुयश बहुगुणित पार्न धेरै कार्य गरेका रहेछन् । सर्वप्रथम ता बसाईंमा नै एकछिन फर्कियौा; यसको रचनागर्भ र कालको स्मरण भयो । गर्दै लाादा यसका अङ्ग्रेजी अनुवाद (अमेरिकी ल्यारी हार्टसेलको टुवार्डस् अन्नोन होराइजन र बेलायती विद्वान् माइकल हटको माउन्टेन्ज् पेन्टिड विद् टर्मेरिकले नेपाली उपन्यासको आरंभकालमै रचित जीवन्त कृति बसाईंलाई अमर बनाएका छन्, व्यापक विश्वसम्म पुर्‍याएका छन् । त्यसपछि असमिया, हिन्दी भाषामा भएका अनुवाद संस्करणको चर्चा भए ती मध्ये एक जना असमियाका अनुवादक श्री डीबी क्षेत्रीको त्यहाा नै उपस्थिति थियो ।  बडो विनीत, प्रचारविमुख कति नरम विद्वान् थिए ती ।

ल्यारी हार्टसेलद्वारा अनूदित बसाईं

अर्काे महत्त्वपूर्ण कृतिको त्यही उद्घाटन भयो । त्यो हो— के के प्रोडक्शनको प्रस्तुति लीलबहादुर क्षेत्रीको नेपाली उपन्यास बसाईंको अडियो सीडि; पाठदान लीलबहादुर क्षत्री, उद्घोषक सन्तोष श्रेष्ठ । मलाई यो सुन्ने पुस्तक (अडियो सीडि) एक अमूल्य उपहार लाग्यो । ७७ वर्षको उमेर पुगेका लीलबहादुर क्षेत्री त्यस्ता प्रथम नेपाली स्रष्टा हुन् भन्ने विश्वास गर्दछु जसको आफ्नै स्वरमा आफ्नो कृति (उपन्यास) वाचन गरेको सीडि उपलब्ध छ । एक इतिहासझौ अग्ला व्यक्तित्व अर्थात् भारतीय नेपालीका गौरव र नेपाल भारतका सुदृढ सेतु लीलबहादुरको स्वर सुन्न पाउादा हामी हर्षले विभोर भएर नाच्यौा । छोरी कृष्णा र जुवाइाको सत्प्रयासले यो कृति निर्माण भएको रहेछ । मैले हर्षमा भनो— यो नेपाली साहित्यको एक दुर्लभ आर्काइव हो । तपाईंसित आख्यान लेख्नेहरू भवानी भिक्षू, तारिणी, वीपी, विजय मल्ल, पारिजात, ध्रुवचन्द्र गौतम समेत कसैले आफ्नो स्वर भविष्यलाई छोडिजान सकेका छैनन्, यो लीलबहादुरको स्वर सुनेर संसारका नेपाली अभिभूत हुनेछन्— अब म नेपाल फिर्नासाथ अच्यूत घिमिरेलाई अनुरोध गर्नेछु, यो स्वर श्रुतिसम्वेममा पुग्नेछ, विश्वभरि गुञ्जिनेछ, चन्द्रसूर्य मुनि वर्तमान साइबर प्रविधि रहुन्जेल लीलबहादुरको स्वर गुञ्जिरहनेछ ।

यो सीडि मेरो अनुभवमा नेपाली स्रष्टाले आफ्नै स्वरमा वाचन गरेको पहिलो उपन्यास हो । उपन्यास वाचन (सुन्ने सीडिमा)  शायद डायमन शमशेरको सेतो बाघको श्री खगेन्द्र नेपालीको स्वरमा छ, सुन्ने सीडि अरू पनि छन्— सर्वाधिक साहित्यिक कृतिहरू शायद  श्री अच्युत घिमिरेको आवाजमा । पढ्ने सीडि अनलाइन सर्भिस अरू पाण्डुलिपि जस्ता इ–बुकहरु धेरै छन्..... तर लेखककै मुखबाट वाचन गरिसकेको यो श्री लीलबहादुर क्षेत्रीको एक कीर्तिमान हो । डा. कमल क्षेत्रीको धारणा थियो— अझ केही वर्ष अघि गर्नुपर्ने रहेछ, तीनचार वर्ष अघि गर्नुपर्ने, बुबाको स्वर अझ राम्रो थियो, अहिले स्वरमा कम्पन छ, तथापि यो गरियो । मैले भनो— यो उत्तम कर्म गर्नु भयो; नेपाली साहित्यमा  यसको जगत्ले प्रशंसा गर्नेछ; एउटा लिजेन्ड भइसकेका लीलबहादुरको स्वर सुन्न पाउादा मानिस आनन्दले हर्षका आासु खसाल्ने छन् । तपाईंले यो सार्थक र उदाहरणीय कर्म गनृु भयो; म उता नेपालतिर भएको अरू व्यवस्थापन गर्नेछु ।

बसाईं सुन्ने सीडिको तस्वीर

अडियो सीडिको ब्लर्बमा बसाईंको विविध पाटा र पक्षको परिचय यसरी प्रस्तुत छ: बसाइा  लीलबहादुर क्षेत्रीद्वारा रचित अत्यधिक लोकप्रिय नेपाली सामाजिक उपन्यास हो । यसको प्रकाशन पहिलोचोटि विक्रम सम्वत २०१४ तदनूरूप अंग्रेजी सन् १९५७ मा काठमाडौाको ‘मदन पुरस्कसार पुस्तकालय’ द्वारा भएको हो । त्यसपछि ‘जगदम्बा प्रकाशन’ अनि ‘साझा प्रकाशन’, काठमाडौाबाट लगातार प्रकाशन भइरहेको छ र अहिलेसम्म यसको ३५ औा संस्करण निस्किसकेको छ । बसाइामा उपन्यासकारले ‘धने’ र ‘झुमा’ को करुण कथाद्वारा अंग्रेजी बीसौा शताब्दीको मध्यभागमा नेपालको पहाडी अञ्चलमा रहेको समाज व्यवस्थालाई छर्लङ्गै पार्नुभएको छ । फेदैदेखि यो उपन्यास विभिन्न विश्वविद्यालय अन्तर्गत विभिन्न पाठ्यतालिकामा रहादै आएको छ । अंग्रेजीमा यसको अनुवाद अमेरिकास्थित सिआटलका निवासी ‘लारी हार्टसेल’द्वारा र लण्डन विश्वविद्यालयका प्रा. डा. ‘माइकल हट’ द्वारा दुईचोटि भई पछिल्लोचोटि कोलम्बिया विश्वविद्यालय प्रेस, न्यूयोर्क, अमेरिकाद्वारा प्रकाश भएको छ । त्यसबाहेक यो उपन्यास चिनीयाा भाषामा पनि अनुवाद भइसकेको छ भने असमीया भाषामा श्री डी.बी. क्षेत्रीद्वारा अनुदित छ । यस उपन्यासको कथामाथि नेपालीमा चलचित्र निर्माण भई अस्कर पुरस्कारको निम्ति नामंकित पनि भएको हो । यस बाहेक गुवाहाटी रेडियोद्वारा उपन्यास पाठ अन्तर्गत  प्रशारण भएको हो । श्रीजनशील नेपाली साहित्य जगत्मा  महाकवि देवकोटाको ‘मुनामदन’ पछि नै ‘बसाइा’ सर्वाधिक पढिने पुस्तक ठहरिएको छ । सोही उपन्यास बसाइाको अडियो सि डी के. के. प्रोडक्शनद्वारा उपन्यासकारको आफ्नै स्वरमा प्रस्तुत गरिएको
छ ।

माइकल हटद्वारा अनूदित बसाईं

म विश्वभरि वितरित नपाली जनतासमक्ष विनम्र अनुरोध गर्दछु, अमर स्रष्टा लीलबहादुरको स्वरमा अमर सिर्जना बसाइाको आवश्य श्रवण गरौा; श्री लीलबहादुर क्षेत्रीको स्वर सुनौा ।

त्यसपछि अर्काे पनि विशेषताको उद्घाटन त्यहीा भयो; त्यो के हो भने के के प्रोडक्शनले डा. भुपेन हाजरिकाको पुण्यात्माप्रति समर्पित ९ वटा गीतको गायन सीडि प्रस्ुतत गरेका रहेछन् । ती गीतलाई  असमियाबाट नेपालीमा अनुवाद गर्ने व्यक्ति श्री कर्णबहादुर क्षेत्रीको  पनि त्यहाा उपस्थिति थियो । श्री कर्णबहादुरले लुकेर छिपेर कति  खेलौा, सारा जीवन गीत नै गाएा....  जस्ता शीर्षकमा नेपालीमा गीत अनुवाद गरेर दश जना स्रष्टाले गाएको  सिडी उपहार प्राप्त भयो, त्यसमाथि एकछिन चर्चा गर्‍यौा । नेपालका वरिष्ठ गायकका स्वरमा  रूपान्तरित हाजरिकाका हृदयका वाणी सुनिदिन पनि म सारा नेपाली जातिमा  अनुरोध गर्दछु ।

त्यहाा साहित्य संस्कृतिको विषयमा एउटा लामो विमर्श चल्यो । त्यहााका नेपालीहरू भारतका रैथाने भएर त्यहााका असमिया, हिन्दी, बंगाली आदि भाषासाग गहिरो आदानप्रदानको परम्परा बसाएका छन्, आफ्नो ज्ञान र चेतना पनि व्यापक बनाएका छन् । उनीहरू राजनीतिक ऐतिहासिक परिस्थितिमा जोगिएर, हुर्किएर, स्थापित भएर टडकारो चिनिने हउन्जेलमा कत्रो त्याग र लगानी गरे होलान् । त्यस कठीन पाठबाट सिकेर एउटा ठूलो समाजमा किनारिएकाहरूको पहिचानलाई  बचाउादै, जोगाउादै, उठाउादै त्यहाा आइपुगेका छन् । त्यसैले गर्दा उत्तर–भारतीय भाषा संस्कृतिसाग नेपालको अन्तरघुलन र आदानप्रदान त्यहाा गहिरो देखो । भुपेन हाजरिकाको गीत अनुवाद र गायन त्यसको एक प्रमाण हो । अरू पनि धेरै कुरा छन् म पछि उल्लेख गर्नेछु ।  खाससगरी नेपाली जातिलाई हुरुक्क भएर प्रेम गर्ने भुपेनका गीतहरू नेपालीसम्म ल्याउन नेपाली स्रष्टा संगीतकारले जुन प्रयत्न गरे त्यो आपसी प्रेम, सद्भाव र श्रद्धाको अभिव्यञ्जना हो ।

भुपेन हाजरिकाका गीतको नेपाली सीडि

रात निकै गलेपछि हामी सेरोइ लिली फर्कियौा । अझै सलील भाइसित कही वार्ता थियो । पूर्वीय सभ्यता (ग्रेट माइण्डस् अन् इण्डिया) का नेपाली बाहेक अन्य नौ भाषामा अनुवाद गराई तिनको प्रकाशन विमोचन गर्ने उद्देश्यले दिल्ली हिाडेका भाइसित अरू एकछिन वार्ता गर्‍यौा; सलील भाइ हाम्रो प्राच्य–ज्ञान महिमाको उत्थानमा समर्पित व्यक्ति हुन् । उनी भारतवर्षको महिमा–गानद्वारा गुमेको हाम्रो स्वाभिमान र शक्तिलाई पुनरुत्थान गर्ने अभियानमा समर्पित छन् । उनका कर्मले  नेपाल भारत मात्र होइन, हाम्रो आर्यावर्त नै अब ब्यूाझेर उठ्नेछ । त्यही सम्झेर मैले पनि आफ्ना अमूल्य तीन वर्ष ग्रेट माइन्डस् अन इण्डियाको नेपाली अनुवादमा  बिताएको हुा ।

रात निकै बितेपछि, सलील भाइ बिदा भएपछि म बिजुली भर्‍याङ चढेर आकासिएा । बिस्तारमा ढल्केपछि आज मलाई  लाग्यो— हामी प्रत्येक महान् लक्ष बोकेर, भाषा साहित्य संस्कृतिको चिन्ता गर्दै, जातीय पहिचान र सुसम्बन्धको मार्ग खोज्दै यसरी भौतारिएका छौा ।

7 comments:

  1. यो लेख पदे पछी थाहा हुन्छ नेपाली भएर बसेको अर्थ
    भारत मा भये पनि कसरी अरुको प्रेम मा मान्छे बाच्ने गर्छ
    यो ठुलो कुर हो। प्रेम माग्ने कुरा होइन मात्रा दिने कुरा हो।
    गुरु अती आनन्द लागो। अभिभुत भये पदेर म यदी गएको भये शाहअभागेए बन्थे
    हुला यही prosess of assimilation हो

    ReplyDelete
  2. सरको यो सँस्मरण ३ पढेपछि नेपाली भाषाप्रति आसामी नेपाली अग्रज गुरूहरूको देन अझै पनि उत्तिकै रहेछ भन्ने थाहा लाग्यो । बसार्इँका लेखक लीलबहादुर क्षत्रीको आवाज सुन्न मन लाग्यो । कसरी सम्भव हुन्छ यो अवसर सरले जुराइदिनुभएमा आभारी हुनेछु । सरको लेख हाम्रा लागि मार्ग निर्दशक बनेको छ । धन्यवाद सर ।

    ReplyDelete
  3. खुसी लाग्यो । म ता उता गइरहने मान्छे हुँ । बरु मेरो पनि पो यस्तै यात्रा स‌स्मरण छपाउनु पर्ला ।

    ReplyDelete
  4. sir, i really felt very happy.I got pride of being Nepali.

    ReplyDelete
  5. साह्रै राम्रो लाग्यो धेरै कुरा जान्न पाए । सरलाई धन्यवाद । ''नेपाली स्रष्टाले आफ्नै स्वरमा वाचन गरेको पहिलो उपन्यास हो । ''

    ReplyDelete
  6. श्रद्धेय दाइ, धेरै दिनपछि घत-लाग्दो यात्रा संस्मरण पढ्ने मौका मिल्यो | तत्काल साथीहरुलाई पनि फेसबुकमा लिंक पठाएर पढ्न लाएको पनि छु | भाग १ मा मुग्लानमा वर्णित सुतारेको रेलयात्रा पनि सम्झाईदिनु भएकोमा झन् द्रविभूत भएँ | सम्झना आलो भएर आयो | सन् १९८० मा भुटानका डाशो पृथीमान घलेका सुपुत्र डम्बर घले शिलाङ्गको सेन्ट एन्थोनी कलेजमा पढ्दा ताका म उसलाई भेट्न शिलाङ्ग गएको थिएँ र त्यो सुन्दर शहरलाइ मनमा कैद गर्न सफल भएको थिएँ | ३३ वर्ष पछि त झन् कस्तो भयो होला त्यो शिलाङ्ग | दाइको यो संस्मरणले मलाइ फेरी दोश्रो पल्ट शिलाङ्ग हेर्ने रहर लाग्यो | मुग्लानमा भन्दा पनि अझ सुन्दर शैलीमा लेख्नु भएको यो विवरण पढेर मन प्रफुल्लित भयो | विशेषगरि एन जे पी स्टेशनमा रेल चड्दाको सीन कम रोचक छैन | भर्खर भाग १ सकें, यो लण्डनमा लामो रचनाहरु पढ्नलाइ समय जुटाउनै हम्मे पर्दो रैछ | अब बाँकी भागहरु पनि आजै सिध्याउने विचार छ , तर दाइ कमेन्ट लेख्न चाहिँ हतार लाग्यो | अरु पनि लेखुम्ला, तर पढ्न चाहिँ ढिलो भएछ | नमस्कार, धन्यवाद |

    ReplyDelete
  7. दाई, तेश्रो भाग पनि पढेर सिद्ध्याएँ | चौथो पनि आइ पुगेछ, त्यो अब भोलितिर पढ़ुम्ला | "बसाईं" उपन्यास सन् १९५७ मा लेखिएको कुरा थाहा पाएँ, म त्यही सालमा जन्मेको हूँ | लेखक श्री लीला बहादुर छेत्री अझै फुर्तिला र चहकिला रहेछन, म आफै ५७ मा लागें, भने पछि, ५७ वर्ष अघि त्यस्तो राम्रो उपन्यास लेखिएको रहेछ, जसको मलाइ ज्ञान थिएन; आज दाइको लेख पढेर बढो अफसोस पनि लाग्यो, तर अब म जसरि भए पनि खोजेर अडियो र पुस्तक जे भेटिन्छ, न पढी बस्न सक्दिन | मैले ग्रीनवीचको केही पुस्तकालयहरु मा देखे देखे जस्तो लाग्यो, भोलि देखि खोज्ने काम गर्छु | अडियो भन्दा पनि म पढ्ने पुस्तक नै रुचाउन्छु | र यो बारे जानकारी दिनु भएकोमा दाइलाई धेरै धेरै धन्यवाद | भाइ रतन थापा |

    ReplyDelete