About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Thursday, December 5, 2013

पुन: शिलाङ यात्रा— २

रेलमा  बस्ने बित्तिकै  वातावरण गम्म जस्तो भएर आयो । उता युरोप अमेरिकामा यस्तो हुन्थ्यो; एक प्रकारको गुम्सा, बतास नचल्ने ठाउामा हुने एक प्रकारको निसास जस्तो । प्रत्येक टियरमा  मान्छे  तीनतला सुतेका छन; दिउासोमास अझ प्रत्येकमा पर्दा लगाएका छन् र सबै गोप्य जस्तै बाह्य संसारतिर  दृष्टि नलगाई बसेका छन्; कतिमा   बसेका पनि ।

निकैबेर पछि मलाई  निसास थपिए जस्तै भयो; स्वच्छ वायुको अभावले हो कि भन्ने लागेर झ्याल खोली बाहिर हेर्ने इच्छा जागृत भएको बुझ्न थालो । तर सिसाको झ्याल बलगर्दा पनि खुलेन । मेरा चेष्टा देखेर पर्तिर बस्नेहरूले अलिक उदेक माने तर म बोलिना । हेरो— सिसामा सित परेझौ पानी बगेका धर्का थिए; बाहिरी जगत् अलिक घुर्मैलो थियो । यस्तो सोफोकेशन रेलमा  ? जस्तो लागेर अतीतका रेलयात्रा सम्झो ।  हाम्रो लागि त प्रत्येक स्टेशनमा  रोकियोस्, चना चटपटे लिएर एउटा छिरोस्, छिटोछिटो जुत्ता पोलिश गर्ने अर्काे, गीत गाउने भिखारी अर्को, गोजी कट्टाहरू चेपिादै पसू्न, उनीहरूका  तीखा आाखा अनि टाइगर बाम, चक्कु र सिक्री बेच्नेहरू, खेलौना बेच्नेहरू; पेट  बाहिर उछिट्टिने गरी बाक्सा भिरेका, पान सलाई सिग्रेट बेच्नेहरू अरू चटके सामानको भीड होस् । भुइामा घोप्टिएर  एउटा उाघ्दैछ, उसलाई नाघेर जानेहरू छन्, तल खसेका बदामका खोस्टामाथि निधाइरहेका, कोही  माटाका पालामा हालेर मीठो अद्रक–चाय बेच्ने— यस्तो पो रेल यात्राको मज्जा । मैले चिनेका चढेका रेल यस्ता हुन्थे । उता झ्यालका पल्लाका  तीन तह, काठ सिसा र फलाम हउन् यहाा त सिसा मात्रै छन् । खुला झ्यालको डण्डीमा हात छिराउनेहरू, मान्छेका नारीका घडी  थुतेर उफ्रिनेहरू; घााटीको सिक्री ताक्नेहरू, दश रुपैयाामा  ताजा रोटी शब्जी बेच्नेहरू, पुलिसले लात्ति हान्दै तल खसाइरहेका छन् । यस्तो जीवन्तता नै मेरो रेलको यात्रा थियो । सधौको त्यस्तै इम्प्रेशन थियो । आज अचानक भिन्न गतिको, रूपको संस्कृतिको रेलमा परेपछि म अलिक उदास र खिन्न भएा । कारण कतै पर्दा खुलेन; खुलेको ससानो चिराबाट देखिएको बाह्य  जगत् अस्पष्ट थियो जुन आशयले यो विशेष डिब्बाको सीट बुकिङ गरेको थियो; त्यसले मेरो मनमा विपरीत चित्र ल्याइदियो ।

त्यसो त छिनछिनमा खाना ल्याइरहे— सूप अनि लञ्च, अनि आइस क्रिम, फेरि हाइ टी र पानीको बोटलहरू तर  चार दशकदेखि चढेको र भोगेको रेलका त्रासद–सुख आज अचानक ध्वस्त भएझौ लाग्यो ।  बाहिर  निस्कन पाइएन; तीव्र गतिको कारण बेलुका  गुवाहाटी पुग्ने समयतिर अलिक रिंगटा  चल्न थालेको थियो । धर्ति बिस्तारै घुम्न थालेको थियो । बीचका स्टेशनतिर हेर्दै, ओर्लिंदै, टिप्तै, चनाचटपटे, बदाम, घुघुनी खाादै, नरिवलको पानी पिउादै आउने सपना निराकार भएको थियो ।  मार्गमा कुन स्टेशन/जक्शन आए, गए पत्तो भएन; कुन ठाउामा ताता पुरी तरकारी दुनामा पस्किएका थिए; पत्तो पाइएन । रेलको आधि आनन्द बन्द सिसाले/पर्दाले छेल्यो; तीव्र गतिले छेल्यो । घुम्ती परेको ठाउामा रेल घुमेको बेला कोल्टिएर हेरौाला— कालो मुस्लो बादल उठेर आकासै ढाकिएला; त्यस्तो कोइलाको धुावा उड्दै आएर हाम्रो नाकसम्म आइपुग्दा एउटा विचित्रको देशी गन्ध कस्तो रुमानी बासना जस्तो हुन्छ होला ! तर आज त्यस्तो केही थिएन ।

गुवाहाटी पुग्ने समयमा फोन गर्‍यौा । लीलबहादुर सरले उठाउनु भयो— म आउन सक्तिना होला तपाईंहरू रहने होटेल थाहा भयो, स्टेशनमा लिन भाइहरू आइपुग्ने छन् । त्यस्तो आदरको कम्पित स्वर सुन्दा कुनै आदरणीय अभिभावक छेउ पुग्न लागेझौ आनन्द लाग्यो ।

एक छिनमा डा. खगेन् शर्माको कल प्राप्त भयो— गुवाहाटीमा  सर स्वागत छ । मैले सचेत भएर बोलो ‘हामी फलाने डिब्बाको सीट नं. ६४, ६५, ६६ मा छौा भाइ; हराउने हाौ कि राम्रो ख्याल गरिदिनु होला ।’

उनले भने— उत्रेर वरपर नगै त्यहीा उभिनु होला; हामी त्यहीा आउने छौा । मैले सम्झो दुई जना हुनुपर्छ अथवा बढी होलान्; खगेनलाई भेटेको छैन, हामीलाई नचिनेर दु:ख पाउने हुन् कि ! सन्ध्याको छ बजेको छ; सबैतिर रिमरिमले ढाक्नै थालेको समय । तर अलिक अघिदेखि/शहरले छुन थालेदेखि दीपावली पूजाका माला, फूल, झिलमिल बत्ती देख्न थालेका थियौा । राजधानीबाट ओर्लियौा । ओर्लंदा बिहान चढ्दाझौ ठूलो अन्योल र आतङ्कले छोपेन; होलै थियो । आफ्ना सुटकेश बाक्सा ठडयाएर तिनका छेउमा  उभिएका थियौा— खगेन् शर्मा देखिए । एक उज्याला र गम्भीर  लाग्ने अधवौशे, चिल्लो, गोलो र उज्यालो अनुहार, कालो छ केश तर निधार चौडा हुादै गरेको । तीसदेखि चालीसबीच हुनुपर्छ मृदुभाषी खगेनसाग अर्का  पातला, त्यस्तै मृदुभाषी युवा थिए— एकदेव शर्मा अधिकारी, दुवै जना एउटा संस्थामा कर्म गर्ने विद्वान्हरू हाम्रो साइबर भेट मात्र हो तर आज लाग्न थाल्यो हामी सधौ सागसागै थियौा । केले त्यस्तो पार्छ; कसरी यो आत्मीयता भाव उत्पन्न हुन्छ; परिचितता भावले सबै छोपिदिन्छ ।

त्यहााबाट रेल्वे व्रिज चढ्दै र ओर्लंदै फेरि तेर्छिंदै पल्टनबजारका मुखमा  पुग्यौा । त्यो पनि  चिरपरिचित ध्वनित हुने नाम । त्यत्रो महानगरी; एक मेट्रोपोलिटन सिटिको मुटुमा विकसित बजार लेनको नाम ‘पल्टनबजार’ सुन्दा नेपालीको उपस्थितिको कालक्रम बताउाछ, पढ्नू नि लीलबहादुर क्षेत्रीको प्रतिध्वनिहरू विस्मृतिका (२००८) । अनि बिस्तारै सामान जति रिक्सामा पठाएर नेपाली मन्दिरको मार्ग हेर्दै हिाड्यौा । सबै त उस्तै छ, सधौ देखेको एक परिचित शहरझौ  । रिक्सा, ठेलागाडा, सुमो कार, टयक्सी र पैदलयात्राीहरूको घुइाचो, बाटाका दुईतिर साना झाप्रा, लहरै बसेका ससाना दोकान पसल, फलफूल, चिया, खिर्चिमिर्ची भीड कटेरा । फेरि पाश्र्वभूमिमा  छन् लहरै ठूला घर, विशाल बिल्डिङहरू । यो मैले सदैव चिनेको जस्तो प्यारो लाग्ने शहर । हिाड्दै गयौा; एकैछिनमा  नेपाली मन्दिर भन्ने ठाउाको पल्लो छेउमा हाम्रो होटल आयो— होटल सिरोइ लिली ।

कस्तो छ प्रविधि, निकै अघि कायठमाडूको एजेन्टसाग बुक गरेको गुवाहाटीको कोठा । लबीमा झोला बिसाएर नाम दर्ता गर्नु, कम्प्युटर स्क्रीनमा आआफ्ना फोटा खिचाउनु, आइडीकार्ड  बुझाउनु; अघि दिल्लीमा  पनि यसै गरेका थिए । त्यसपछि चारतला माथि लिफ्ट भर्‍याङ चढाएर लगे । एउटा थ्री बेडेड रुम रहेछ । टीभी, टेलिफोन आदि सुविधायुक्त एउटा ठीकैको राम्रो वाथरुमयुक्त  कम्फर्टेवल ठाउा । अग्लो, शहरको टाढाटाढासम्म दखिने।

हामी बिसाएर आरम गर्दै मात्र थियौा । स्रष्टा भाइ रोहित गौतम आइपुगे । उनीसित पनि प्रत्यक्ष होइन, परोक्ष मात्रै भेट भएको थियो । उनले खुकुरी निशानी पिन खिलेको कालोटोपी ओढाएर मेरो स्वागत गरे । केही कृतिहरूको उपहार प्याकेट मलाई हस्तान्तरण गरे । उनी सपरिवारका सम्पादक हुन् । सपरिवारको नवीनतम अंक (पूर्णाङ्क १४) पनि उनका साथमा थियो । भाइ रोहितसागको पनि मेरो परोक्ष भेट मात्र हो— साइबरीय । तर म यी कर्मठ युवाबाट प्रभावित छु  । मलाई उनले सपरिवार वर्ष छ अंक १ देखि निरन्तर एकप्रति पठाएका छन्, केही मात्र हुलाकमा बेपत्ता भए हुनन् । । यसका सम्पादक उनी । प्रत्येक अंक ८० ठूला पृष्ठमा छापिने नेपाली मासिक हो । सपरिवार आसामको स्तरीय साहित्यिक प्रकाशन हो । यही सपरिवारमा धारावाहिक रूपमा  प्रकाशित गर्न रोहित भाइले  मेरो सुकरातको डायरीको निमित्त अनुमति मागेका थिए; मैले सहर्ष स्वीकार गरेको थिएा । गत वर्षदेखि त्यसमा यसका अंशहरू छापिादै आएका छन् । यस अघिदेखि कृष्ण धरावासीको राधा र भगीरथ रावतको बास सल्किरहेछ  क्रमागत थिए । यही देखेर रोहितको साहित्यप्रतिको निष्ठा र उर्जाशीलताले मलाई  तानेको थियो ।  यस पालिको भेटमा मलाई उनले चारवटा कृति पनि ल्याइदिए । त्यही सेरोइ लिलीमै हस्तान्तरण गरे । ती कृति हुन् गीता उपाध्यायको सद्यप्रकाशित कृति जन्मभूमि मेरो देश (उपन्यास २०१३) पूर्ण खड्काको कवितासंग्रह क्रान्तिध्वनि (२०१३), धर्मेन्द्र उपाध्यायको कविता संग्रह तिमी घामकी आमा (२०१३), बोगीराम  गोर्खा भण्डारीको कवितासङ्ग्रह आमा ! पूरा भयो तिम्रो चाहना (२०१३), डा. खगेन शर्मा र रोहित गौतमद्वारा सम्पादित कवितासंग्रह अनुभवको साइनो (उत्तर–पूर्वाञ्चलीय नवीन कविता २०११) ।

हामी साइबरमा बात्र बोलेका थियौा । आजको भेटमा कति कोसेली प्रेमले जम्मा  गरी मलाई उपहार गर्न प्रतीक्षामा रहेका रोहित भाइ तिहारको सन्ध्यामा  कहाादेखि हामीलाई भेट्न आइपुगे । उनी अलिक स्वप्नील आाखा भएका ज्यादा नबोल्ने मुहारमा हर्ष र  उत्साह बोकेर हिाड्ने युवा रहेछन् । उनको प्रयत्न र परिश्रमलाई मैले सपरिवारका प्रत्येक अंकमा पढेको छु । गीता दिदीलाई ता सशरीर पनि भेटेको हुा । सपरिवारकै वर्ष छ अङ््क १ मा प्रकाशित उनको सविताको सम्झनामा शीर्षक कति कलापूर्ण एवम् मर्म छुने कविता छ ।आज एकपल्ट त्यो स्मृति–कविताको पुन: स्मरण गर्न चाहन्छु :

तिम्रो हातको स्पर्शले सुगन्धित कागजको पन्नामा
मोती जस्ता अक्षरले म तिर हेरी
हाासिरहेका छन् भावविनिमय गर्दै
अदृश्य लोकबाट
मेरो वरिपरि नै छौ तिमी
हरदम मेरो ख्याल राख्दै
पुर्वेली हावाले सुन्तलाको बोट हल्लाउादै
मेरो निधार छुन आउादा म झस्कन्छु
 कपाल दुखेको छ म थिचिदिउा कि ? भन्दै
मेरो शीर दवाउादै छौा भन्ने झझल्काले
केही पनि त फेरिएको छैन ?
तिमीले सजाएको भान्सा घरको दराजमा
अचारका बोतलहरू मगमग वास्ना छोड्दै छन्
मसलाका डिब्बाहरू दिनौ म पुछ्ने गर्छु
क्रिसेनथिमाम र सयपत्री तिमीले रोपेका ढकमक्क फुलेका छन् सामनेको आागनमा
यहाा बसेर बिहान बेलुका  फूल हेरौाला है नी
तिमीले  राखेका  बेतका कुर्सी
जहाा राखेका त्यहीा छन्
मैले ठाउा सार्न दिएकी छुइना
तिमी हिाड्दा भएको सारीको फुर्काको आवाज
मेरो कानमा आइरहन्छ
म टेविलमा बसेर लेखिरहादा
तिमीलाई  त यो घरमा छरिएकी पाउाछु
बिहानको चिसो हावा जस्तो
पारिजातको सुवास जस्तो
दियोको उज्यालो जस्तो ।

तेजपुर
साच्चै भन्ने  हो भने सपरिवारका अङ्कहरूले नै मलाई विष्णु सुनार, रण काफ्ले, विक्रमवीर थापा, पद्म ढकाल, लोकनाथ उपाध्याय चापागाइा जस्ता अनेक स्रष्टासित भेट्ने मौका मिलेको छ । रोहित भाइलाई फेरि एकपल्ट धन्यवाद दिन चाहन्छु । उनी दुई देशका सेतु हुन् ।  आज प्राप्त कृतिको म पछि चर्चा गर्नेछु परन्तु आज एकै छिनमा त्यहीा आइपुग्नुहुने अग्रज स्रष्टा श्री लीलबहादुर क्षेत्री समेतको उपस्थितिले गर्दा हामी खुशीले भरियौा । कुनै एक अभिभावक घरै पुगेजस्तो भयो ।

श्री लीलबहादुर क्षत्री

लीलबहादुर सर अलिक अश्वस्थ, डाक्टरले नहिाड्नू भनेको, चेष्ट पेन, नारीमा ठक्कर, अरू विकारले गााजेर अलिक अस्वस्थ छु भन्नुहुन्थ्यो त्यसैले नआउनु होला रातिमास, भोलि भेटौाला भनेका हौा; खबर पनि पठाएका थियौा तर आइदिनु भयो । अनुहार त गतवर्ष काठमाडौाको होटल कमलमा भेटेजस्तै थियो । तिलचामले केश छन्, दारी जुागा खौरेको सफा अनुहारमा काला कोठी जस्ता एक दुई थोप्ला, चम्किला आाखा र हासिलो मुहार, हरियो सर्टमा  पातला क्रीम सूटसाग सधौ  चिटिक्क तन्दुरुस्त लाग्ने बोली उही अलिकति भित्र पसेको भनौा कम्पित छ । उहाालाई भेटेको आज २८ वर्ष पुगेछन् मलाई उस्तै लाग्छ । एउटा लिजेन्ड्रि व्यक्तित्व; नेपाली जातिका उच्च गौरव । एकछिन बस्यौा, वार्ता गर्‍यौा, मैले यसपल्टको मेरो यात्रा योजना बताएा र उहााहरूलाई भोलि हुने योजनाहरू  मिलाउनु भयो । भाइटीकाको अघिल्लो दिन, शहर जगमग छ तर हामी निकै थकित पनि थियौा त्यसकारणले भोलि भेट्ने वाचा गर्दै उहााहरूले बिदा लिएपछि रात्रिको स्वागतमा लाग्यौा ।

बाटाका अनेक खाद्य थिए; एनजेपीका इडलीदेखि राजधानीका टाइमपास, घरका रोटी र यस्तै अरू पनि । तिनै खायौा, दूध मगाएर पान गर्‍यौा । आज गलेको शरीर छ,  थकाइ मार्न पल्टिने इच्छा छ । गुवाहाटी जाडो–गर्मीरहीत छ । वातानुकूलक यन्त्र संचालन आवश्यक नपर्ने यस कोठामा  समशितोष्ण वायुचाप छ । हामीलाई  बिहानदेखिको थकानले बिस्तरामा पल्टायो ।

१९ कार्तिक मंगलबार (५ नोवेम्बर २०१३)
म चााडै ब्यूाझो । निद्राको घनत्वमा शरीरको थकान भर पर्दछ । यस्तो गाढा निद्राले छिटै थकाइ दूर हरण गर्दछ । आज मलाई त्यस्तै भयो । धेरै माथिबाट पर्दा खोल्छु— पूर्वमा अद्भूत सुन्दरकलाले श्पर्श गर्दैछ । त्यता हेर्‍यौा, गाढा हरिया लाग्ने  होचा पर्वत माला देखिन्छन् । त्यता पातलो कुहिरो जस्तो तुवाालो रूखका  टुप्पातिर घरका  अट्टालिकातिर  त्यतै अलमलिएर पिङ खेल्ने जस्तो  गर्दैछ यो बिहान । पूर्वबिहान भनौा केवल अरूणिमा  बढ्दैछ । यान साधनहरू  भर्खर एक दुई ब्यूाझे शायद हिजोको रामरउसले होला; हिजो शहर सारा रङको समुद्रजस्तो देख्यौा; रङहरूमा शहर उम्लेका वा नाचेका देख्यौा अनि तरङ्गमा नाचेको सुन्यौा । आज कस्तो सुनसान र यो विरानो जस्तो नीरवता ।

आमा छोरी निद्रामै थिए । त्यसैबेला म लेख्न बसेको हुा । कस्तो हुन्छ भने अनेक वस्तु र कर्मका  तरङ्गले छिनछिनमा मेमोरी चिप्स भरिन खोज्छ । स्मृतिमा  सबै कुरा नबिराई  टिपौा भन्छु तर दिनभरिमै चिप्स भरिए जस्तो हुन्छ । त्यसैकारण यस्ता यात्रामा म बिहान बेलुका, समय चोरेर निद्रा मारेर पनि लेख्ने गर्छु — यो कुराको मैले अन्यत्र पनि उल्लेख गरेको छु । त्यसरी मलाई कथार्सिस अर्थात् विरेचन चाहिन्छ । नलेखेर, लेख्न नसकेर उत्पन्न भएको ग्लानी र पश्चात्तापले नित्य मुटु खाइरहन्छ; त्यो म धेरै खप्न सक्तिना । मेरा केही यात्रा त्यसरी लेख्न नसकेर व्यर्थ र अनर्थ भएका छन् । तर प्राय: सधौ म सचेत हुन्छु । मेरो टिकट, केही  फोन नम्बर  र कलम डायरीमै हुन्छ प्रत्येक यात्रामा यसपालि त लेखौाला भन्ने चिन्ताले ।

पूर्वको लालिमा र तलका  हुस्सुपर्दाको मिलन बडो रहस्यमय भयो । हर्‍यौा— शहर अझै सुतेको छ । यतिबेला त्यो रात्रिको जादूरहीत, तमासारहीत  आवरण फुकालेको रंगहीन यथार्थ जस्तो छयाङ्ग देखिएको यो शहर त्यति राम्रो छैन । यसमा  त्यो रातको मादकता छैन । यसरी प्रत्येकपल्ट रातभरिको मादकताले  हामी दिनभरि जीवन्त जस्ता रहन्छौा । अग्लाअग्ला होडिङबोर्डका कङ्काल, होचा अग्ला घर महल र तलतल सुतेका झुपडीहरू कहाा यतिबेला रात्रीको सुन्दरता  हुन्छ ! यथार्थता यस्तै नग्नझौ हुन्छ ।

ब्यूाझादा काठमाडौाभन्दा अलि भिन्न तर भारतको कुनै शहरको यान्त्रिक बिहान जस्तो लाग्यो । यन्त्रबेगरको कुनै शहरको परिकल्पना हुादैन । दन्त्यकाथका शहर मात्र त्यस्ता बााकी होलान् । यता बिछयौनामै सुनिन्छ अलिक ठूला भाले गाडीहरू अत्यन्तै चर्काे स्वर र तीव्र गतिले हावा हल्लाउादै उड्छन् । पोथी गाडीहरू त्यो आफ्नो मार्गमा कुनै विजित पथिकझौ  मधूर गीत गाउादै बत्तिन्छन् । अलिक पर्तिर पल्टनबजार छेउमा  रेलको गतिमात्र अनुमान हुन्छ— गर्भगृहमा  हुंकारसाथ केही बगेको हुनुपर्छ, धर्ती कम्पित जस्तो लाग्छ तर  अवाज वेगर भित्रभित्रै बगेको  महाप्रलय जस्तो छ । काठमाडौामा  आवाज र गतिका यति स्वरूप छैनन् । गाडीका कर्कशताहरू मात्रै छन्, समरूपीय सबै । फेरि पर्दा उघारी हेरो— पूर्वको फिलिङ्गो अब पहोलिएको छ, नजिकैका रहस्यलाग्ने पर्वतहरू, हरिया झाडी भै शहरको अंगरक्षक जस्ता उभिएका छन् । कस्तो रहस्य लाग्छ गुवाहाटी आज ।

आजको दिन गुवाहाटीलाई अर्पित छ । अघि नै डा. खगेन्साग परिभ्रमण सूची (आइटिनरेरी) तयार छ । तर  यो भाइटीकाको दिन नेपली समुदाय सम्पूर्णरूपले त्यता लागेको दिन परेछ । तथापि उनले सबै रूपरेखा टिपेका थिए । पहिलो कार्यक्रमस्वरूप कामख्या देखिको मन्दिर दर्शन थियो । त्यसो त अञ्जनाले आशौच बारेकीले पूजाआजा बर्जित  थियो तथापि बाहिरी परिक्रमा गरौा भन्ने भावले, यहााका नेपाली जनमा पनि यस पवित्र स्थानप्रति हाम्रो गंभीर आस्था रहेको छ भन्ने भएकाले हामी कामख्या दर्शनको निमित्त प्रस्थान गर्‍यौा ।
हाम्रो प्रस्थान त के थियो र साहेव खान एउटा सेतो कारसाग तल तत्पर थियो । फुलुमुनि शर्मा पथप्रदर्शिका तयार थिइन । दुवै डा. खगेन्का स्वजनहरू । कति राम्रो कुरा, आसामी युवती उच्च शिक्षा पश्चात् हालै मात्र दश महिने नेपाली भाषा तालिम (डिप्लोमा) गरेकी; आसामी, अङ्ग्रेजी, नेपाली त्रैभाषिक  कोश विज्ञानमा सहायक भै कार्य गर्न थालेकी । नेपाली बोल्न सक्ने पथप्रदर्शिका  ।



शहर राम्ररी ब्यूाझनुपूर्वै चिसो, नरम बतासको श्पर्श अनुभव गर्दै हामी साहेव खानसित  उड्यौा । साहेब खान आफौ पनि पथप्रदर्शक जस्तो गर्दै यताउताका अवस्थितिहरूको वयान गर्दछ । उसको हिन्दी र विचित्रको छ । निकैबेर पश्चात् सफा मार्गले हामीलाई एउटा डााडाको फेदमा पुर्‍यायो । डााडो, पहाड र पर्वतको बीच आकारगत सूक्ष्म भेद छैन । यो डााडो भन्नाले स्वयम्भू जस्तै उठेको तर  धेरै अग्लो थुम्को, बोट वृक्ष, वनस्पतिले झ्याम्म ढाकेको कालो जस्तै थियो । मानव वस्ती बेगरको नागवेली पर्दैपर्दै बाटो माथिमाथि चढेको । यो पुष्पित पाखामा कतिपय वृक्ष वनस्पति सुपरिचित थिए । यद्यपि यो उकालो चढ्दा मैले ग्रिस शहरको मध्यविन्दु ओलम्पिया पर्वत सम्झो । उता हङकङको भिक्टोरिया सम्झो । ठिक यस्तै यस्तै थिए ती । यस्तै घुम्ती र वृक्ष  वनस्पतिले  सुशोभित थिए ती । ओलम्पिया चाहिा अर्ध हरित थियो ।

धेरै घुम्ती पश्चात माथि शिरमा  ल्याण्ड गर्‍यौा ।  एउटा ससानो सुगन्धित बजारबाट मन्दिरहरूको संसारले तिनका आकृतिले ढाकिएको ठाउा । डााडाको टुप्पामै बनेको पार्कमा  अनेक साधन प्रतीक्षामा थिए । त्यहााबाट गुवाहाटी र परिवेश अनेक थुम्की र डााडाले भरिएको बन्यक्षेत्रझौ देखियो । कति ठाउामा बाास, वनकेरा ज्यादा जसो  सुपारी, नरिवल, तथा काला वृक्ष बिहानको बतासमा वयेली खेले जस्ता लाग्दथे ।

अन्यत्रका मन्दिर दर्शनतिर जाादा कति ठाउामा पण्डा पुजारीले छेकेर घेरेर यात्रीलाई हैरान गरेको देखेको सुनेको थिएा । त्यसकारणले पनि ठूलाठूला मन्दिर जान मलाई कहिले इच्छा हुादैन । तर यहाा  पहोला, सिादुरे गेरु बस्त्रमा  सजिएका असङ्ख्य पण्डा पुजारी थिए, त्यति नै सङ्ख्यामा  स्वतन्त्रतापूर्वक घुमिरहेका बोका पाठा परेवा र बाादर थिए— तर कसैले छेकेन, खेदेन । हामी स्वतन्त्र भएर यो प्राचीन मन्दिरको सफा र स्वच्छ परिशरको परिक्रमा  गर्‍यौा । त्यसो त फूल, प्रसादी, डोरा, धागा, बिक्रेताको संख्या सर्वाधिक थियो तर ती पनि आवेगहीन जस्ता थिए ।

कामख्यामा दर्शनार्थीको पालो

कामख्यामा दर्शनार्थीको पङ्क्ति देखेर आश्चर्य लाग्यो । तिनीहरू नरनारी एकै हारमा बालबच्चा समेत उभिएका छन्, चारैतिर फलामका कडा बार बीचमा प्यासेज त्यही प्यासेजमा; कारागृहमा झौ उभिएका छन् पङ्क्ति कहिल्यै नसर्ने जस्तो लाग्छ किनभने कति थाकेर चीसो भुइामा थचक्क बसेका छन् । उता पर्तिर अर्काे समानान्तर हार छ— त्यो मात्र किन सर्दैछ फुलुमुनि ?  हामीले सोध्यौा । त्यसले चन्दा ज्यादा तिर्छ उनले भनिन् । फेरि सोध्यौा— यता सर्न नसकेको हार कहिले मन्दिरमा पुग्छ— यो ? यो त दोपहरको वाद पुग्छ; कहिले सामको पुग्छ ।

धर्मप्रति मान्छेको आस्था र अन्ध आस्था, निष्ठा सबै छ । पण्डा पुजारी मध्यस्थकर्ता छन् । घरबाट हिाड्ने बेलामा आमाले सम्झेर सुनाएको कामख्या दुरुस्त छ— २००९ सालमा २२ जनाको हूल पुगेका थियौा, तेरा बाले रेलमा चढाएर लानुभएको, तेरी हजूरआमा पनि हुनुहुन्थ्यो तर त्यसरी मन्दिरसम्मै पुग्ने गाडी थिएनन् ।  जंगलैजंगल माथि जाादाजाादा डााडाकै टुप्पोमा पुग्न एक बिहान लाग्यो । पण्डा पुजारीले देखाए, पूजा गराए राम्रो भयो ।

बिस्तारै परिशरको परिक्रमा गर्‍यौा । भक्तहरूको छेउमा उभिएर पेडाप्रसाद माग्ने अति नै अग्ला बोकाहरूले  परिशरको आधि जनसंख्या भरिएको छ । तर ती पनि साधु छन् । दर्शनार्थीलाई हान्ने, झम्टिने वा पशुपतिका बाादरले झौ लुट्ने भए कस्तो हुन्थ्यो होला  ।

परिशरका अग्ला बोका

त्यो मन्दिरको संरचना ज्यादै अनौठो छ । एकसर्काे परिक्रमा पश्चात्, हामी बिस्तारै ढुंगे सिढी ओर्लियौा । एक प्रशिद्ध शक्तिपीठ पुगेको अनुभवसाग झर्‍यौा । साहेव खानले  अघिको मार्ग फेरि तल झार्‍यो । हाम्रो दोश्रो गन्तव्य उमानन्द थियो । मैले त धेरैबेरसम्म ‘मानन्द’ ‘मानन्द’ भनेको सुनो । अभ्यस्त उनीहरूको ‘उमा’ उच्चारण लोप हुादो रहेछ, हाम्रो बराहक्षेत्र घटेर ‘बाराछेत्र’  भएजस्तै । ‘मानन्द’ कुनै नदी होला ठानेका थिएा । नजिक पुगेपछि देखियो— यो त गुवाहाटी शहरको एक किनारा भएर बग्ने ब्रह्मपुत्रको बीचमा अवस्थित एउटा ससानो टापू रहेछ । त्यो प्राचीन टापू सम्पूर्णरूपले कठोर पत्थरमाथि बसेको तर वृक्ष वनस्पतिले ढाकेर झ्याम्मै कतै नदेखिने थियो ।  वारिबाट हेर्दा भित्र लुकेका केही मन्दिर भवन जस्ता संरचना देखिए ।  मेनरोडका छेउमा गाडी बिसाएर अलिकति निकास जस्तो ठाउाबाट हामी ब्रह्मपुत्रतिर झर्‍यौा । बालुला र लेदोले सबै बगर ढाकिएको थियो । तर वर्षायाम सकिएकाले पाागो माटो बालुवा जमेर सिमेन्टि भएको थियो । ब्रह्मापुत्रको जलराशीले धोएर उताको छेउ चिसो थियो अरू चट्टानको  आागन जस्तै । नदीको तटमा विभिन्न आकृति र स्वरूपका कालीका मूर्तिहरू थिए, कालीपूजा भर्खरै सकिएको थियो । सयौा मूर्ति कुनै पछयौरा ओढेकी, कालो कपाल भएकी, नीलो शरीर, मानवकल्पित पूजनीय नारीस्वरूपका परमआदिमाता बनिएका सारा मूर्तिहरू नदीमा विसर्जन गर्न निशिद्ध भएर  पर्यावरण जोगाउन नदी तटमै बिस्तारै बिलाइरहेका कलाकृति थोरै थिएनन् ।

ब्रह्मपुत्र किनारका कालीका मूर्तिहरू

ब्रह्मपुत्रको जल वर्षा पश्चात् सङ्लिन थालेको थियो । लहरै साना ठूला बोट र फेरि थिए । गभर्मेन्ट र प्राइबेटहरू थिए । हामी १५–२० को समूहले एउटा सानो डुंगा रोजेर चढ्यौा, जनही ४० तिरेर पस्यौ र उमानन्द टापूको यात्रा–पथमा जलाशयमा तैरिन थाल्यौा । धेर समय लाग्ने होइन, दश मिनेट । पारि पुगेर हेर्‍यौा— विशाल पत्थरमाथि माटो जमेर त्यसमाथि उभिएका वनस्पति; प्राचीन कालदेखिका रूख वृक्ष बटारिएर ढल्केका । एउटा तित्रीको रूखले ता आकाशै छोएको थियो । पत्थरिला सुन्दर सीाढि चढ्दै गयौा, सिरानमा प्राचीन मन्दिरहरू थिए  ।  दक्षिणी भारतीय शैलीका, एउटा गर्भगृहमा  शिवलिङ्ग उत्पत्ति भएको स्थल छ भन्थे, अरू हनुमानहरूदेखि अनेक देवीदेवता थिए । केही पुजारी, केही पुष्प व्यापारी त्यस्तै दश आठ घर थिए हुनन् । बस त्यत्ति । कुनै हलचलबिनाका शान्ति थियो । सङ्लिन लागेका ब्रह्मपुत्र बेलाबेला छयाप्लाङ्ग आवाज गरेर कतै ठोकिन्थ्यो, फेरि उचालिएर लहरसाग बगिरहन्थ्यो । पक्षीले  ढाकेको त्यस टापूको प्रशंसा गर्दै फुलुमुनिले भनिन्— यो संसारमै सानो टापू ।

कसरी त्यो हुन सक्छ ? अनेक टापूका कोरिया वा जापान भए । ग्रीसमा मात्रै ५०० भन्दा बढी थिए— अरू लाखौा टापू पत्ता लागेका, हजारौ नलागेका तीमध्ये कसले मापन गरेर भन्न सक्छ उमानन्द टापू सबैभन्दा सानु हो ? यसरी भावनका कुरा भावुकताका कुरा, गर्दै लाादा मिथकमा परिणत हुादा रहेछन् । त्यसमा तर्क गरी सत्यापनको खोजी आवश्यक थिएन, जिज्ञासा मात्रै ।

एउटा दर्शनीय स्थल हेरेर फर्कियौा— ससानो विषयवस्तुलाई  पनि प्रवन्ध  गरेर दर्शनीय बनाउादा संरक्षण गर्दा सयौा हजारौाको यात्राकेन्द्र हुने हरेछ । हाम्रो  देशमा  यस्ता, अमूल्य, दर्शनीय, विचित्रतायुक्त स्थलहरू कति हो कति छन् तर  त्यस्ताप्रति हाम्रो ध्यान जान बााकी छ । पााचसय यात्री अट्ने जहाज उमानन्द वारिपट्टि पर्खिबसेको देख्ता मोरो मनमा त्यस्तो भरियो । अरूको आागनमा केही नौलो नयाा देख्यो कि आफ्नै घरको सम्झनाले छुादो रहेछ ।
टाढा देखिएको उमानन्द 

5 comments:

  1. My guru's memoir reminds me of two things: a. my father taking me to the then Calcutta from Gonda and b. paradoxical practices we have- believing that all the things and beings in this universe are the creations of the God and sacrificing certain beings in the name of pleasing certain gods and goddesses. Because of the latter reason, I do not fell like going to Deuti temple in Surkhet. ``````Lal

    ReplyDelete
  2. gurubar very nice . i read it with my love. i like this because you write here about out door culture of assam. mainlly guwahati. rem to rohit jee

    ReplyDelete
  3. दाई, श्री कामाख्या मन्दिरको भ्रमण र माईको दर्शन गर्नु भएछ; धेरै खुशी लाग्यो | जीवनमा एक पल्ट मलाइ पनि पुग्ने रहर छ ; मामालीहरु तेजपुर र शिलाङ्गमा भए पनि आज उनीहरुको अत्तो पत्तो छैन; सबैको परलोक भै सकेको छ | गुवाहाटी जति बेला गौहाटी (नेपालीमा ग्वाटी) कहलिन्थ्यो, धेरै बेर अडिन सकिएन, शिलाङ्ग जाने नीलो बसमा हतार हतार पसियो र फर्किंदा पनि स्टेशन नजिकै भएकोले फेरी रेल चढ्ने हतारले गर्दा गुवाहाटी घुम्न पाइन | जे होस्, यो दोश्रो किस्तामा धेरथोर मन्दिर तिर घुमाइदिनु भो, त्यसको लागि धन्यवाद | यो लेखमा मलाई लोकल रेलभित्र देखिने दृश्यको वर्णन गज़ब लाग्यो | हासिमाराबाट सिलिगुडी जाँदा पोहोर साल त्यस्तै दृश्य देखिएको थियो, हजुरले जस्ताको त्यस्तै प्रस्तुत गरिदिनु भएकोमा धन्यवाद | इति श्री दोश्रो अध्यायको पठन समाप्त:
    भाइ रतन थापा

    ReplyDelete
  4. भ्रमण-कथा रोमांचक छ।
    भारत प्रतिफ़लित छ।
    डा. जयन्त कृष्ण शर्मा,
    राजनीति विज्ञान विभाग
    Gauhati University, गुवाहाटी, आसाम

    Jayanta Krishna Sarmah Ph.D.
    Associate professor, Department of Political Science
    GAUHATI UNIVERSITY, GUWAHATI
    P.O. Gauhati University -781014
    District: Kamrup,
    Assam, India
    ...
    Phone Number (mobile):+91 94350 81714
    E-mail: jayanta1947@gmail.com

    Website: http://www.gauhati.ac.in/staffdetails.php?cat=Department&id=Political%20Science&faculty=Jayanta%20Krishna%20Sarmah

    ReplyDelete
  5. भ्रमण-कथा रोमांचक छ।
    भारत प्रतिफ़लित छ।
    डा. जयन्त कृष्ण शर्मा,
    राजनीति विज्ञान विभाग
    Gauhati University, गुवाहाटी, आसाम

    Jayanta Krishna Sarmah Ph.D.
    Associate professor, Department of Political Science
    GAUHATI UNIVERSITY, GUWAHATI
    P.O. Gauhati University -781014
    District: Kamrup,
    Assam, India
    ...
    Phone Number (mobile):+91 94350 81714
    E-mail: jayanta1947@gmail.com

    Website: http://www.gauhati.ac.in/staffdetails.php?cat=Department&id=Political%20Science&faculty=Jayanta%20Krishna%20Sarmah

    ReplyDelete