About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Tuesday, November 26, 2013

पुन: शिलाङ यात्रा— १

 १८ कार्तिक २०७०  (४ नवेम्वर २०१३)

पूर्वाेत्तर भारत भ्रमणमा निस्कने यो मेरो तेस्रो अवसर हो । अघि २०३४ सालमा सदियासम्म पुगेर फिरेको थिएा । असारमास ब्रह्मपुत्रको उर्लंदो भेल तरेको अझै सम्झिरहेको छु ।1    त्यसको धेरै वर्ष पश्चात् २०६६ सालको चैत्रमा  उता शिलाङसम्म पुगी फर्किएा । नेहुको निमन्त्रणामा एक अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन शिलाङसम्म पुगी फर्केको कुरा पूर्वको स्टकल्यान्डमा बिनासपना (नेपाली)2  र अ ड्रिम्लेश नाइट इन द  स्कटल्याण् अव् दि इष्ट (अङ्ग्रेजी)3    शीर्षक निबन्धमा प्रकाशित छन् ।

त्यसको केही वर्ष पश्चात् पुन: गुवाहाटीको होटल सेरोइ लिलीमा बसेर यी शब्द कोर्दैछु ।

सबै बयान गर्दा लामो होला । नगर्दा पाठकलाई  प्रशङ्ग बुझ्न गाह्रो पर्ला । यसपालि चाहिा शिलाङस्थित अङ्ग्रेजी तथा वैदेशिक भाषा विश्वविद्यालय (EFL University )को निमन्त्रणामा स्मृतिविज्ञान (Mnemonics) विषयको सम्मेलनमा भागलिन अर्थात् त्यसमा एक कार्यपत्र प्रस्तुत गर्ने उद्देश्यले म यता आएको हुा ।  अघि २०६६ को यात्रामा  म श्री लेखनाथ शर्मा पाठकसित थिएा; यसपालि पनि म एक्लो छुइना— अञ्जना र सेवा साथमा छन् ।

म तीन दिन अघि नै काठमाडौाबाट दमक झरेको थिएा । घर काडमाडौामा छ तर दमक झर्दा मात्रै घर पुगेको न्यानो अनुभूति प्राप्त हुन्छ । अझै त्यहाा पुग्दा पनि  भित्री मनमा त म पहाड पान्थर–ताप्लेजुङबाट यता मधेश झरेको हुा भन्ने भाव रहिरहन्छ; झापाबाट  काठमाडौा पस्ता त्यो भाव द्विगुण हुन्छ; त्यहााबाट बेलायत, अमेरिका पस्ता झन् कस्तो हुादो हो ? कहिलेकाहीा म कल्पिन्छु र वहिर्गमनले टाढा पुर्‍याएकाहरूको मनमा उठ्ने लहर गन्दछु ।

हाम्रो यात्रा पूर्वी भारतको न्यू जलपाइगुडी स्टेशन (एनजेपी) बाट आरम्भ हुन्छ । यात्राको पूर्व तयारीको लागि पनि म दमक झरेको थिएा । यो निकैपल्ट आइजाइ गरेको ठाउा हो । तर इ–टिकट साग आएको पहिलो पल्ट पर्‍यो । चार वर्ष अघि बेलायत पुगेको बेला घरै बसेर रेल/बसको टिकट काट्न सकिन्छ भन्दा आश्चर्य मानेको थिएा । आज त काठमाडौाबाटै  जलपाइगुडीको रेल्वे टिकट र गुवाहाटीको होटल बुकिंग गरियो । समय कसरी परिवर्तनशील छ यो बुझ्नु पर्छ, यो प्रविधिले मारेको फड्को हो । उसका  लामा फड्का  बीचको खाडलमा हामी परेका छौा । यी सबै कुरा त छोरीले सिकाएकी हुन् । म पनि समयसाग दौडिन सिकिरहेको छु ।

प्रत्येक गन्तव्यको  तयारी ठूलो र प्राथमिक कुरो हुन्छ । मेरा अधिकांश यात्राहरू साहित्यिक/प्राज्ञिक हुने भएकाले ती कुनै न कुनै गोष्ठीपत्र/कार्यपत्र प्रवचनसितै जोडिएका हुन्छन् । तिनको विषयवस्तु,  प्रस्तुति, औचित्य आदिको चिन्ता र त्यसको  तयारीले धेरै समय लिन्छ । यसपालिको कार्यपत्रले मेरो एक महिना लियो होला ।  तर  आफौ म त्यति सन्तुष्ट छैन कारण यस महासम्मेलनले  स्मृतिविज्ञानलाई प्रधान विषय बनाएको छ, ग्रिसेली मूलको निमोनिक्स प्राक्सिस जसको अर्थ हुन्छ— स्मृतिको संस्कृतिमा वा सभ्यतामा स्थान, त्यसको उपयोगिता, महत्त्व र परम्परा; यो विषय हाम्रो सन्दर्भमा नवीनतम छ ।

जतिपल्ट यात्रा  गरिएपनि फेरि नवीन यात्रा गर्ने बेलाको मनस्थिति सदा उस्तै हुन्छ । दुईचार दिनदेखि महिनादिनका अनेकौा यात्रा गरो, स्वदेशदेखि समुद्र पारिसम्म कतिपल्ट तरो तर हिाड्नुभन्दा अघि कति दिनदेखि मनमा अनेक  तरंग, किञ्चित चिन्ता र कौतुहलले छोप्ने गर्छ; केही ता सन्देह र भयले पनि छुन्छ । परदेशमा खान, बस्न नमिलेर, धावा धपेडीको कारण विसन्चो पो हुन्छ कि; अरू कुनै अप्ठयारो पर्छ कि, टिकट हराउाछ कि, खर्चपात, झोला चोरिन्छ कि  उताकाहरूले कसरी ‘रिसिव’ गर्ने हुन्  आदि ।

यसरी जहिले पनि यात्रा अघिको मन अलिक उद्वेलित र अशान्त पनि हुन्छ । प्रस्थान गर्ने समयमा पानी छुट्ने हो कि, डायरी कलम कुन गर्ने होला, बाटामा पासपोर्ट परिचयपत्र देखाउनुपर्छ कि, पढ्ने पुस्तक कुन कुन बोक्ने होला, पढ्न मिल्ला ? चस्मा, हाइलाइटर, फलफूल काट्ने चक्कु, केही एक्स्ट्रा रुमाल, औषधी, खाजा, विशेषगरी उपयुक्त वस्त्रहरू  इत्यादि छन् । यस्तो लामो यात्रामा जानाले छुटेका मेरा १०–१५ दिनको  केबाट क्षतिपूर्ति हुन्छ होला भन्ने चिन्ता पनि लाग्छ  तर अर्काे मन भन्छ ३६० मा १५ घटछ, त्यत्ति न हो । त्यसो ता ज्ञान आर्जनमा  गएको म; यसमा अवश्य अलिकति चुनौति छ, अप्ठ्यारो छ, नवीनता छ अरू प्राप्ति छन् । इष्टमित्र भेट होलान्; उता छोरीको पनि कार्यपत्र छ उनलाई पनि ज्ञान र ढाढस मिल्ला—  अञ्जनाले पनि देश हेर्ने इच्छा गरेकी हुन् । अन्य विश्वविद्यालयले  के कसो गर्दा रहेछन् सो  थाहा भएमा आफ्नो विभाग र विश्वविद्यालयको चिन्ता गर्ने दृष्टि प्राप्त हुन्छ । यद्यपि हाम्रोमा  केही नयाा काम गर्ने कुनै उपाय छैन । बद्धमार्गीहरूले चलाएको प्राज्ञिक संस्थामा कुनै नयाा मार्ग खुल्न दिादैनन्,  यथास्थितिवादी जडहरूको बाहुल्य छ; हाम्रो विश्वविद्यालयमा वौद्धिकता र प्राज्ञिकता सम्पूर्णरूपले परास्त छ; राजनीतिका चाटुकार र मूढहरूको बजारमा उभिन पनि शरम लाग्छ ।  तथापि अरू समक्ष पुगेर त्यस्तो गुनासो सुनाउने आाट आउादैन; त्यस्तोमा कसरी काम गर्दैछौ, किन त्यो सुधारिएन भन्दा के भन्नु ? देशकै नाम कलुषित होला भनी चूप म रहन्छु । सबै उत्कृष्ट छ  भन्छु; तर हाम्रोमा जस्तो प्रतिकुलता विश्वको कमै वश्वविद्यालयमा होला । यस्तो मेरो अनुभव छ ।

 अघि भनो, म काठमाडौाबाट तीन दिन अघि  हिाडेको थिएा । दमक पुगेर प्रतिभा निकेतनद्वारा आयोजित देवकोटा जयन्ती मनाउने सल्लाह थियो; सो सौभाग्य कार्तिक १५ गते प्राप्त भयो । धन्य हाम्रा मेघराज तिमसिना, प्रा. मोहन भण्डारी लगायतका साहित्यप्रेमीहरूको उत्साहले जम्मा एउटा भएपनि
(महाकविको) सालिक स्थापित छ, त्यत्रो दमकमा अरू स्रष्टाको नाममा केही बनिएको छैन; तर विशाल चौडा सडक; मनोरञ्जन घर, भव्य महल, अपार्टमेण्ट घर, स्वास्थ्य र शिक्षाको व्यापार अकल्पनीय छ । कला संस्कृति र सिर्जनापक्ष भने टालिएकै छ । यता दीपावलीको समय र संविधानसभाको चुनावले गर्दा सारा देश उत्साह र अनिश्चित आतंकको  धुावाले कुइरी मण्डल थियो तथापि हामीले मनायौा । महाकविको स्मरण गर्‍यौा ।

त्यसपछि दुई दिन घरै बसो; आमा र दाजु भाउजू इष्टमित्र सागै । आमाको रहरले अर्कै सानो सुन्दर घर बन्दैछ । उहााको यस जीवनवादी रहरलाई; लोकको अतृप्त तृष्णालाई  हामीले पूरा गर्न प्रयत्न गर्दैछौा । कार्तिक १७ गते रविबारको बिहानी उडानबाट अञ्जना र सेवा पनि विराटनगर ओर्लेर दमक आइपुगे । बिराटनगर जहाजबाट उत्रेर दमक आउन अढाइ घण्टा  जति लाग्छ ।  भविष्यमा  दमक वरिपरि जहाज मैदान खुल्यो  भने, कुनै तीव्र गतिको बिद्युत यान चल्यो भने यो समय छोटिएला तर हाम्रो मनमा आज त्यसको कल्पना छैन । देशले भोगेको अभाव र गरिविले धेरै सम्भावनाहरू निर्जीव पार्दाेरहेछ । देशको विपन्नता र अज्ञानतालाई व्यक्तिले भोग्नुपर्ने कस्तो होला ।

लक्ष्मीपूजाको दिन हाम्रोमा पीठो कुट्नेहरूको पालो हुन्छ किनभने गाउााभरिमा  एउटै ढिकी छ ।  प्राचीन  सभ्यताको प्रतीक ढिकी  दमकबजारतिर (गाउामा पनि) सबैले उखेलिसकेका छन् । ढिकी बनाउने काठ, त्यसलाई स्थापना गर्ने ठाउा, त्यसको छानो, बाराबेरा, त्यसपछि चाहिने ओखली, मुस्ली, आग्लो आदि अनेक औजार जोडेर बनाइएको ढिकी एउटा सार्वजानिक औ निशुल्क सेवा केन्द्र हो; नगर जीवनमा पसेको  मान्छेले धान्न सक्तैन । त्यसबाट उत्पन्न हुने ध्वनिमा अब प्राचीनताको सांस्कृतिक लय मेटिएको छ, प्रदूषण र झर्काे जस्तो तत्त्व प्रतिस्थापित छ । त्यसैले होला ढिकीको प्रयोग कम हुादैछ तर हाम्रोमा छ आमाको रहरले । त्यसले हाम्रो भाङबारीमा अनादिकालदेखिको जीवन्ततालाई बाचाएको छ ।

 गाईतिहारे औासीको दिन, दिनभरिको ढिकी र छरछिमेकदेखि उठेको सेलरोटीको बास, सााझदेखिको झिलिमिलि र पटकाले उल्लसित दमक शहर जगमगाएर उठ्यो ।  एकछिन बल्दै फेरि झ्याप्प आध्यारोमा  लुक्तै गर्छ; आवाज, ध्वनि, रंग, प्रकाश र  वायुले गर्दा जीवन अर्कै भूमिमा पुगेझौ हुन्छ । अबेरसम्म आवाजले आनन्दले सुत्न दिएन यद्यपि हाम्रोमा यसपालि तिहारको माला टीका थिएन ।

त्यसको भोलिपल्ट १८ गते प्रातै उठ्यौा— चारबजे । यतिबेला पनि आमाले मलाई नुहाउने पानी तताउने तर्खर गरेको देख्छु— मैले त भनो— मोटरले तानेको पानी भूगर्भको तातो होला आमा पर्दैन, तर आमा भन्नुहुन्छ, म तताइदिन्छु । त्यसो भए ग्यासमा तताउनू । आमा भन्नुहुन्छ— आगेनामै बसाल्छु आगो पनि ताप्नुपर्छ । सम्झो अब आगो ताप्ने संस्कृति नेपालका शहरबजारमा कति प्रतिशत बााकी होलान् ?  तर आमाको डल्ले भााडामा मेरो पानी तात्यो । यसरी स्नेह र  ममता सदा अक्षय रहेछ । नयाा घरमा पसेर बिस्तारै आगेनामा आगो जोरेर ओदान माथि डल्ले भााडो राखी उमालेको पानी, गंगाले स्नानागार पुर्‍याई; मैले स्नान गरो ।  यही ममता र प्रेमको लागि म घर आउाछु । ठुल्दाजु र भाइहरू पनि, बैनीहरू पनि त्यसैले तानिएका हुन्छन् । त्यस्तै ममता खानी हुनुहुनछ भाउजू, निश्वार्थ दाजु । दुवैलाई मन छ हामीलाई राम्रो खानेबस्ने प्रवन्ध गरी आनन्द दिनु । यसैले पनि मलाई घर आउन मन लाग्छ । त्यहीा पचासौा वर्षदेखिको पारिवारिक संस्कार एवम् परम्परा सुगन्धित हुन्छ; यता काठमाडौातिरको नागर शुष्कताले नित्य लखेटिएका हामी उता पुगेर एकैछिन बिसाएर स्वास फेर्न पाउाछौा । त्यहाा ढिकीको ढ्वाकढ्वाक र जााताको घ्वाइाघ्वाइा छ, त्यहीा गोठमा  १२ लिटर दूधदिने गाई छ, छरछिमेकी, फलफूल र सागशब्जी वगान । तिनमाथि चारै प्रहर गाउने पक्षी, बुबाले रोपेका, आमाले गोडेका  यस्ता आनन्दका स्रोत छन्; आनन्दकर परिवेश छ । त्यसैले बारम्बार दाजु पुग्नुहुन्छ ।

अब धेरै सुविधा थपियो । विशाल मार्ग छ घर सामुन्ने चौडा कालो पीच । आागनमा धनबहादुर भाइको भ्यान पर्खिरहेको छ । नुहाइधुवाई बस्त्र धारण गरेर चिया नास्ता पश्चात् झोला निकाल्दै म प्रश्न गर्छु : ‘कति लिने भाइ’ ? ‘दाजुलाई के कति भन्ने र मात्र १५०० दिनू’ ऊ भन्छ र हामी पााच नबज्दै भ्यान चढ्छौा । पूर्वमा  लाली फाटेको छैन । अलिकति उज्यालोको तीव्रताले निर्मित एक मण्डलाकार छ । मैले हिजो बजाएको अखण्ड मण्डलाकार सम्झो, मैले सूर्यकोटी समप्रभो सम्झो ।  दिनभरि  हिजोको रमाइलोमा गंभीर आनन्द दिने विद्वान् काका र यता हल्का रमाइलोमा सहभागी कृष्णबहादुर अनि लक्ष्मी भाइ थिए । प्राचीन आनन्दका संयोजक ।  त्यति सम्झिादै आमासित बिदा माग्यौा । हाम्रो भ्यान डीलडीलको सीत हेर्दै बाटा लाग्यो ।  पूर्वको अरूणिमा झन् गाढा र ज्योतिर्मय मण्डल माथिमाथि चढ्दो छ । ज्योतिर्मय लाल गोलाकार जगत् ब्यूाझाउन आएको छ । हामी सबै स्वीकार्दै, त्यसलाई निशुल्क प्राप्ति ठान्छौा ।  तर यसको प्रदाताप्रति हाम्रो कुनै विनयभाव छैन ।

झन्झन् उज्यालो बढ्दै गयो । लामो झरीबादल बर्षापछिको यस्तो प्रभात आज कति स्वच्छ थियो । धनबहादुर भाइ सोधेको बोल्छ, अथवा नबोली सरर चलिरहन्छ । त्यसरी एकै घण्टामा  कााकरभिट्टामा ओराल्यो । मान्छे यहाा कम्ती थिए । दशबाह्रवटा टयाक्सी र भ्यान थिए । भर्खर बजारमा चिया पाक्दै थियो । तिहारले छोपिसकेको  एक  प्रकारको मीठो मौनता र  नीरव शान्ति थियो ।

त्यहीाबाट अर्काे टयाक्सी फेला पर्‍यो र चालक भाइ तुलसीबहादुर अघि सरेर भन्छ— इन्डियन इम्वेसीबाट रोड पर्मिट लिएको गाडी, दुवै देशमा चल्छ सर । म डराएको थिएा— भन्सारमा  कतै दु:ख दिने हुन् कि, झिटी गुन्टा लगेज उधिन्ने हुन् कि, अघि डा.  कविता लामाले नेपालबाट उपहारमा पाएका पुस्तकहरूको  प्याकेट पनि भन्सारले  इण्डिया ल्याउन नदिएर, भन्सार तिर्न लगाएको कुरा सुन्यौा । त्यस्तो हुने हो कि; दुईचार पुस्तक कोसेली बोकेका छौा । त्यता इण्डियाबाट भने देशभरिका नाकागरी दिनको पााच ट्रक पुस्तक नेपाल भित्र्याउाछ, तर  हामीले नेपालबाट एक प्याकेट उपहार कृति भारतमा  ल्याउन पनि डरसरी हुनुपर्छ । वर्षाैं भयो सिलिगुडी, दार्जीलिङ कराएको, पूर्वेत्तर भारत कराएको, हामी यतादेखि कराएको, तर  कुनै नेपाली सरकारले यस्तो असमानताको टुङ्गो लगाउन सकेनन् । कत्रो अन्याय छ, ससमानता छ, सुन्दैन, नेपाली मन्त्री, प्रकधानमन्त्री उपस्थित मिटिङमा हामीले दु:ख पोखेको; नेपाली बुक सोसाइटीले वर्षांैदेखि  बिन्ति गर्दाेछ; बारम्बार अखबारमा लेखेका हौा, गत वर्षको अगष्टमा  साहित्य अकादमी दिल्लीमा आयोजित भारत–नेपाल स्रष्टा सम्मीलनमा कुलपति बैरागी काइालाको प्रस्तुतिको एउटा बुादा यहीा थियो तर कसैले सुनेन । तस्कर गुण्डाहरूले भनेको भए सरकारले सुन्थ्यो होला; अझ कालो बजारको स्वर सुन्थ्यो होला तर अक्षरमा  खेल्ने हामीसित केको तागत हुन्छ र सुन्छ । अझै सुन्दैन होला । तर आज म भयभुक्त भएा भारतीय भन्सारमा  गाडी नै खोलेन, सूटकेश हेरेन, सोधेन । कारण यो पासवाला थियो । यस्तो हुन्छ भन्ने जानेको भए अरू पनि  एक बाकस पुस्तक लिएर आउादा हौा, उपहारको लागि तर त्यो थाहै भएन ।

त्यहाादेखि वगानैवगानको भित्री बाटो, हरियालीको चेपैचेप, मान्छे राम्ररी उठ्नुभन्दा पहिले हामी अघि बढ्यौा । दीपावलीका केराका थाम बाटाभरि, प्रवेशद्वारहरूमा ठडिएका, केही लडेका थिए । ठाउाठाउा बनाएका  अस्थायी पूजास्थाल, बिजुलीका तार, निभेका दिया र फूलहरू विश्राममा थिए । हामी सिलिगुडी बजार पसेनौा  त्यसैले पनि साराकासारा मार्ग परिवेश सुनसान थियो । एक मन त डरडर पनि लाग्यो । यो सुनसानमा भित्र कतै पुर्‍याएर अरू मतियार भिडाएर यसले लुटपाट गर्ने त होइन; त्यस्ता पनि कथा सुनेका छौा; हाम्राहरूले भोगेको देखेका छौा । हे प्रभू ! आज त्यस्तो कुरा नहोस् ।

एनजेपी पुग्न एक घण्टा समय लाग्यो होला । कतिपल्ट आएको ठाउा आज पनि  अपरिचित लागेन । कतिपल्ट हाम्रो हैदरावाद जाने रुट यही थियो । आज उसैगरी स्टेशनमा  पुग्यौा तर कोही परिचित छैन तथापि रेल आवागमनको  सूचना गर्दा अङ्ग्रेजी, बंगाली र नेपाली गरी तीन भाषामा उद्घोषण गर्छ । मलाई  लाग्छ— यो पनि हाम्रो आागन हो । यतिले पनि हाम्रो सम्मान र सुरक्षाको बोध हुन्छ ।  मैले  दिल्ली–काठमाडौा जेट यानमा नेपाली उद्घोषण सुनेको हुा, त्यसैगरी काठमाडौा–कतारको विशाल यानमा  पनि नेपाली समेत त्रैभाषिक उद्घोषण सुनेको हुा । यसरी भिन्न भूमिमा  हाम्रो भाषाको सम्मान गर्ने कोही छ भन्ने थाहा पाउादा पनि त्यसले एउटा सुरक्षाबोध हुने रहेछ । व्यक्ति भन्दा पनि  मेरो जाति र यसको भाषा चिनिएछ भन्ने ढुक्क लाग्दो रहेछ । यसले अर्कातिर पनि सङ्केत गर्दछ— नेपाली जातिको आवागमन कति विस्तृत र व्यापक हुन थालेको छ । यो सागै नै भाषा र संस्कृतिको आवागमन हुने हो । हाम्रो सम्मानमा नै यसरी त्यहाा हाम्रो भाषा बोलिएको हो ।  यो नेपाली समेतको भूमि पनि हो । त्यसले गर्दा पनि एनजेपी आफ्नै लाग्यो; त्यहाा थुप्रै नेपालीको निरन्तर आवागमन थियो । विश्राम गृहमा ज्यादाजसो दार्जेलिङ, सिक्किम अनुहारका नेपाली नै थिए । उता पूर्वाेत्तरकालाई  छुटयाउन मुश्किल पर्छ ।

रेल चढेको कैयौा पल्ट भयो होला— २०२८ सालमा  वनारस जाादा पहिलोपल्ट जोगवनीमा चढियो । त्यस यता कति भो कति ! चार दशक भित्र सयौापल्ट पुग्यो होला । तर पनि  नेपाली संस्कृतिमा  रेल नपर्ने भएकाले चढेको बिर्सिइन्छ, यो सधौ विदेशीय वा पराई शक्ति जस्तो, अनौठो लाग्छ । रेल चढ्नु अघिको अज्ञानतामा आवश्यक पर्ने आतेसको भावना त्यसपछिको हुल र  ठेलमठेल, भीडमै हराएर उपयुक्त  कोठामा नपुगिने भय; साथी छुट्ने भय, चोरी र लुटिनाको भय— धेरै कुराको प्रतीक हो । यो संसारमा  मानिसहरूको भीडमा, अन्योल कुहिरोमा  हामीले गरेको भागदौड र रेल चढ्न गरेको झम्टाझम्टी सदा उस्तै लाग्छ मलाई । यद्यपि त्यहाा व्यवस्था छ सिस्टम छ तर पनि  झम्टेर पुग्नु  ठेलिनु र खाादिनु मलाई सदा नै अनिवार्य लाग्दछ । त्यसले भय उत्पन्न गर्छ । एक आधा घण्टाको ट्रौमा सञ्चार हुन्छ ।

यसपालि पनि अघि नै टिकट गरेका हौा । कन्फर्म छन् तर एक दर्जन लिक र लाइनतिर पस्ने अनेक सींढि र भर्‍याङमा कुन चिनेर कता झर्नु, कहााको कुन रेल पसेर कता रोकिन्छ त्यो संस्कृतिमा  नहुर्कनेलाई अन्यौलको बजारमा पसेझौ लाग्छ । मिनेटमिनेटमा रेल आएका छन्,  गएका छन्, हाम्रो कुन लाइनमा रोकिन्छ कतिबेर अडिन्छ, आफ्नो डिब्बाको नम्बर पत्ता नलागेर समयमा उठ्न नसकेर बेपत्ता हुाइने हो कि— यस्तो आशंका र भयले  एकपल्ट छुन्छ । घडी हेर्दै अधीर हुादै सन्देह र आशंकामा  तीन घण्टा  बस्यौा । तर मैले नेपालमा  पढ्न थालेको फ्रिडम फ्रम द पाष्ट साथमा थियो । झिकेर त्यही पढ्न थालो । यसलाई मैले अतीतबाट विमुक्ति सम्झेर बढ्न थालो । बेलाबेला चनाखो गर्दै त्यही पढिरहो । मलाई दुई वर्ष अघि सजन कुमारले उपहार गरेको कृति । यसलाई सरसर्ती मात्र पढेको  हो । यसपालि मेरो शैलीमा गम्भीरतापूर्वक पढ्ने रहर जागृत भयो र  यस यात्राको लागि बोकेका कृतिमध्ये एउटा यो पनि परेको छ । अरू कृतिबारे पढ्न भ्याएाछु भने पछि उल्लेख गरौाला । अञ्जना र सेवा आआफ्ना पुस्तक पढ्न थाले, स्टेशनमा बिक्ने नयाा रीडर डाइजेष्ट पनि कति महागो ! अञ्जनासाग रविन्दर सिंहको आई टु ह्याव् अ लव् स्टोरी थियो; सेवासाग चाहिा शिरिषको फूल ।

प्रत्येक यात्रामा म आफ्नो शैलीले गम्भीर पठन गर्न रुचाउाछु । मेरो पठनको शैली अर्कैछ— त्यसबारे पनि यहाा दोहोर्‍याउन चाहन्ना ।

वास्ताबस्ता ११:३० मा राजधानी एक्सप्रेस आउने  घोषणा भयो । भरे विचलित परिएला कि एउटा राता कमेजे कुल्लीलाई बन्दोबस्त गरेको थिएा । उसका  सुकिला दाात, फुलेका दारी, घोप्टा तिलचामले जुाघा र सरल भारतीय नागरिकको संस्कृतिको प्रतिनिधि व्यक्ति मलाई  खूब मन पर्‍यो  र अघि नै उसलाई रोजेको थिएा । नभन्दै पढ्दा पढ्दा हामी थाकिसकेका थियौा । रेलको सिटी सुन्नासाथ उफ्रेर ऊ माथि विश्रामालयमा आयो  । हामी युद्धमैदान हेर्दै कोलाहल सुन्दै भिड्न तत्पर भयौा । राता कमेजोले दुइवटा सुटकेश शिरमा हालेर एउटा झुण्डयायो, भारतको यो पुरानो संस्कृति । हामीले पनि आफ्ना झोला भिर्‍यौा । मसाग बात गर्दै गयो— एनजेपीमा मात्र  १४० कुल्ली छाौ हजुर; मैले सन् १९७२ मा लाइसेन्स लिएको हुा; म सोर वर्षको थिएा उसले परिचय दिएको थियो । रु एक सय ज्यादा भो भाइ सामान त्यति चढाएको, मैले भनो । हामीलाई मुस्किल छ, दिनको तीनचार सय कमाउन । मैनाको पााच रु सरकारी  टयाक्स पनि तिर्नुपर्छ  । त्यसको सट्टा के पाउाछौ ? एउटा लाइसेन र रातो कमेज फिरीमा भन्दै ऊ अलिकति मुस्कायो ।  फेरि उता दार्जेलिङ जाने स्टेशनमा ठेल्ने ट्रलि राखिदियो र हाम्रो रोजीरोटी समाप्त हुादैछ । हामीले विरोध गर्‍यौा— यो ट्रलि नल्याउन् भनेर, यहाा पनि ट्रलि ल्यायो भने अब गाउा फर्किंदा हुन्छ; गाउामा  पनि कुनै काम छैन । एकपल्ट  नेपालको उदयपुरमा ढाक्रेहरूले  पहाड चढ्ने ट्रकको वा टयाक्टरको  विरोध गरेको खबर छापिएको थियो । यहाा ठिक त्यस्तै रहेछ । प्रविधि पनि गरिब र दु:खीका लागि बैरी हुादैछ । श्रम गर्ने उपाय नभेटेर मानिस कहिलेकाहीा प्रविधिविरुद्ध लडाइा गर्न तत्पर छ; तर के उसले जित्ला र ?

तर मैले टिकट पढेर थ्रीको ‘ए’ भनो; राम्रो नबुझेरै किनभने त्यहाा लेखिएको त्यही थियो । निरक्षर  कुल्लीले बाकस ठेल्दै थ्रीको ‘ए’ भित्र पस्यो; हामीले पछयायौा— पुगेर खोज्दा कुनै सिट नम्बर मिल्दैन । एकछिनमा कुरो बुझाएर अर्कालाई देखाउादा हाम्रो कोच नम्बर बीको ‘फोर’ रहेछ सबै टिकट ‘बी’ का रहेछन्; त्यो थाहा नपाएर भारीले किचिएको  विचरा एकपल्ट रिसाउन खोज्यो । तर उसलाई रिसाउन फुर्सद थिएन ।  पनि मलाई यति मूर्ख बनेकोमा पश्चात्ताप गर्ने समय पनि थिएन । त्यहााबाट तर्सेर आत्तिदै  घुर्चिंदै ठेल्दै ऊ झर्‍यो  मान्छेको अटेसमटेस सास थुन्ने थियो; हामी पनि मरेर ओर्लियौा; राता कमेजे जोडले  अघिअघि उड्न थाल्यो— हाम्रा बाक्सा सागै यो कुंभमेलामा हराउने हो कि ? मैले आफ्नो दृष्टि जोर बाकसमा स्थिर गरेर उसकै गतिमा उड्न थालो, सेवा र अञ्जना परै छन् अब रेल छुटयो भने के हुन्छ ! रेलले सिटी फुकिसक्यो रेलको मुखबाट पुछारसम्म भारी घिसार्दै दौडादा मेरो मुटु ढुकढुक भयो । सम्झो— आज मूर्ख भइयो, शायद अब यो यात्राको यहीा अन्त्य हुने भो अब शिलाङ होइन घरै फिर्नु पर्ने हो कि ? पर्सीको सम्मेलन छुट्यो भने जानुको के अर्थ रह्यो ? ठूलो भय र सन्त्रासमा देवीदेवता पुकार्दै बल्ल ठीक बग्गीमा  चढ्यौा; सीटमा  बस्न नपाई राजधानी सिटि फुक्तै हल्लिन थाल्यो । विचरा कुल्ली त्रुटीपूर्ण सूचनादाता मतिर फर्केर थप दाम माग्न खोज्दै थियो;  मलाई उसले मूर्ख ठहराएको हुनुपर्छ; कुरो त्यस्तै थियो तर राजधानी तीव्र गतिमा छकछकाउन थालेकाले ऊ आत्तिादै ढोकातिर बढ्यो । ढोकैमा  पुगेर सेता दाातका एक फ्ल्याश मतिर फाल्दै बुरुक्क तल उफ्रियो । कुन्नि यो दु:खीले घुाडा पो खुस्कायो कि । रेलले तीव्र गति लिइसकेको थियो ।

कत्रो आपद छ यस्तो नवीन संस्कृतिमा  । जतिपल्ट चढे पनि आज एकपल्ट म आफ्नै मुगलानका सुतार र ठूले जस्तो भएाछु अवोधतामा । म अझै भित्र खुम्चिरहेको थिएाछु; तर वरिपरिकाले यसरी म आत्तिएको चाल पाए कि  भन्ने सन्देहले बिस्तारै सीटमा बसेर सम्हालिन खोजो । त्यसपछि मैले अतीतका  ठूले र सुतारको स्थिति सम्झो: “आसाम मेल !” मानिसको दौडादौड देखिन लाग्यो । मल्याकमुलुक उनीहरूले  हेरे— मानिस त्यही रेलतिर दौडिरहेछन् ।” “ आछाम जाने रेल यही होला दाइ, जौा पसौा” कान्छाले भन्यो । मुख धुनु थिएन; दिशा पिसाबको निम्ति जता पनि मानिस छन् । त्यहाा ठाउा छैन । कचेराले ढाकेका  चिप्रे आाखा र  रित्तो पेट लिएर मान्छेको अपार भिड घुर्चिंदै उनीहरू रेलतिर बढे । चढेर भित्र पसे । एकदम सफा र राम्रा बस्ने सिटमा  अझ राम्रा र मोटा मानिसहरू बसेका छन् । एकातिर मानिसहरू गफमा मस्त छन्, अर्कातिरका खानमा व्यस्त छन् र बााकीलाई पस्नु निस्कनु, भारी उचाल्नु पछार्नु उत्तिकै धावा छ । सुतार कान्छो थ्याच्चै भुइामा  बसेर दाजुलाई  बस्ने सङ्केत गर्दै भन्यो, “याा बस दाइ,  माथिका सिटमा  त ठूला–ठूला साहेपहरू बस्छन् ।” दुवैले पलोटी कसे । उनीहरूमा दृष्टिपात गर्दै मानिस खित्खिताउन लागे । गर्दागर्दै सम्पूर्ण कोठा हाासोको फोहरा बन्यो । उनीहरू केवल मुखामुख गर्न सक्थे, आत्तिन जानेका थिए । यतिकैमा  एउटा मोटेले बोल्यो, “अरे यह कमरा रिजर्व है, यहाा से निकलो, कहाा जाओगे ?” उनीहरू फेरि मुखामुख गर्छन् । अनुहारमा निर्दाेष रेखाहरू कुद्छन् । ओह ! यस संसारमा मानिसलाई कहीा दोष छैन भने त्यो निर्दाेष रहनुमा मात्र हुनसक्छ  । त्यो मानिस फेरि बोल्यो “यह रिजर्व है समझे ?”

“हामी त साहेब, पहाडबाट आएका” (मुगलान :  पृ: ९) ।

 यात्राको आरम्भ नै  यस्तो भयो । त्यसपछिका अनेक संभावनाले, सन्त्रासले मलाई बौरिन आधा घण्टा लाग्यो । बल्ल राजधानी उडेको थाहा पाउन थालो । एकघण्टा पछि तपाईंलाई खाना के ल्याउा सर, भन्दै एउटा नाम टिपुवा युवक आयो । बोलीमा बंगाली वा नेपाली छुटयाउन सकिना । ऊ दुवै भाषा त्यसरी बोल्थ्यो । तर अधिक पान सेवनले उसका दन्त खैरिएका थिए— मैले ठानो यो बंगाली हो कि । अनि मैले सोधो खानामा के के छ भाइ ? उसले बतायो आलु पनीर, राइस, रोटी  दाल, शब्जी आदि । मैले सोधो कुन खानाको कति पर्छ ? तब मेरा छेउको अर्काे युवकले यो राजधानी हो सर, यसमा पैसा लाग्दैन; जे खाए पनि हुन्छ भने । म छक्क पर्दै थिएा । केटालाई टिप्न हतार थियो  । दोस्रो युवकले थप्यो— चिया नास्ता पानी खाना सारा कुरा अस्तिनै टिकटसागै तिरिसकियो । आज फिरिमा छ । उनीहरूले आत्तिएको मलाई हिन्दीमा बुझाए ।

त्यसपछि मात्र मेरो अज्ञानता खुल्यो र तत्काल भनो— उसो भए रोटी शब्जी । वास्तवमा म कहिल्यै राजधानीमा चढेको रहेनछु । कहिल्यै पनि यस्तो एसी (वा स्पेशल) ट्रेनमा चढेको रहेनछु ।
---------------------------------------------------------------------------------------------------
1.   सो यात्राको सम्झना मेरो एक्लै एक्लै एक्लै  निबन्धसंग्रह (२०६०) मा सङ्कलित ए मास्टर नानी ! ९० सालका भुइाचालाको किताप निबन्धले प्रस्तुत गर्दछ ।
2. व्याकुल पाठकद्वारा सम्पादित नेपाली नियात्रा खण्ड–एक २०६९ मा संकलित ।
3.  A Dreamless Night in the Scotland of the East.  (in Reading Beyond the Borders— 2012)

2 comments:

  1. enjoyed your comments about technology and labor, and also about our hilarious mistakes that were not so hilarious at that time.

    ReplyDelete
  2. देशको विपन्नता र अज्ञानतालाई व्यक्तिले भोग्नुपर्ने कस्तो होला । it is most important line here. i am happy to reafd is gurudev

    ReplyDelete