नेपाली साहित्यको उत्थान र नेपाली जातिको पहिचानको उद्देश्य सहित स्थापना भएको विश्व नेपाली साहित्य महासंघको यो विशेष सम्मेलनमा भाग लिने अवसर दिनु भएकामा संस्थाका वर्तमान अध्यक्ष साहित्यकार भाइ श्री विश्वासदीप तिगेलाका साथै यसका वर्तमान एवम् अतीतका पदाधिकारी सबैमा म हार्दिक आभार प्रकट गर्दछु ।
पूर्वमा मलेसियादेखि पश्चिममा क्यानडासम्म विस्तारित यस महासंघले नेपाली भाषा साहित्यको माध्यमले नेपाली जातिलाई एक सूत्रमा बााध्ने सत्कार्य गरिरहेको छ । आजको सम्मेलनमा विशेष प्रस्तुतिका लागि मलाई नेपाली साहित्यको उन्नतिमा अनुवादको आवश्यकता र चुनौती शीर्षक प्राप्त भएको छ । म यस विषयलाई छुादै संक्षेपमा केही अवधारणा प्रस्तुत गर्न चाहन्छु । अहिलेको विश्वलाई जोड्ने अनुवादको एक मात्र व्यापक संस्था अनुवादकहरूको अन्तर्राष्ट्रिय संघ (International Federation of Translators -- FIT ) हो; यस अन्तर्गत १५५ वटा राष्ट्र सदस्य रहेका छन् । यसले युनेस्को अन्तर्गत रही कार्य गर्दछ । यस संस्थामा विश्वका एक लाखभन्दा बढी अनुवादक विद्वान्हरूले सहकार्य गरेका छन् ।
यसको उद्देश्य विश्वभरिका अनुवादक, दोभाषे तथा शब्द निर्मातालाई जोड्दै यो संस्था नखुलेको देशमा त्यसको स्थापना गर्नु र अनुवाद व्यवसायको उत्थान गर्नु रहेको छ । नेपालमा आजसम्म यो संस्थाको शाखा स्थापना हुन नसकेकाले गर्दा अनुवादको व्यावसायिक विकास हुन थालेको छैन । यो संस्थाको स्थापना अन्तर्राष्ट्रिय रूपमा सन् १९५३ मा भएको थियो । त्यसदेखि यता यसले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अनुवाद दिवस मनाउादै आएको छ । अनुवाद दिवस प्रत्येक वर्ष ३० सेप्टेम्बरका दिन पर्दछ । यसपल्ट नेपालले पनि पहिलोपल्ट नै भनूा, अनुवादक समाज नेपालका तर्फबाट सो दिन अन्तर्राट्रिय अनुवाद दिवस मनाइयो । दिवस मनाउने क्रममा उक्त संस्थाले विशिष्ट विद्वान्हरूद्वारा चारवटा कार्यपत्र प्रस्तुत गराई बौद्धिक छलफलमा समावेश गरायो । यसरी विस्तारै अनुवाद विषयप्रतिको अभिरुचि, सैद्धान्तिक आधार र यसको प्रयोगतिर नेपाल पनि आकर्षित भएको छ । वाइवललाई ग्रिसेलीबाट ल्याटिनमा अनुवाद गर्ने प्रथम विद्वान् र धार्मिक गुरु सन्त जरोमको इसाको चौथो शताब्दीको आरम्भमा जन्म भएको थियो । उनको प्रथम कार्यका स्मृतिमा विश्वले ३० सेप्टेम्बरको दिनलाई अनुवाद दिवस मान्दै आएको छ । विश्व पुस्तक दिवसको आरम्भ हुनुभन्दा धेरै पहिले विश्व अनुवाद दिवस मनाउन थालिएको हो । नेपालले पनि विगत तिनचार वर्षदेखि विश्व पुस्तक दिवस मनाउन थालेको छ ।
नेपाली साहित्यमा आरम्भदेखि नै अनुवादको महत्त्वलाई स्विकारेर नेपाली भाषा प्रकाशिनी समिति जस्तो उच्च कोटीको अनुवाद संस्थाको स्थापना गरिएको थियो । आरम्भका अनुवादहरूमा अन्य साहित्यबाट नेपालीमा ल्याइएका अनुवादहरूको सङ्ख्या र मात्रा अधिक थियो किनभने नेपाली साहित्यमा नयाा विधाका पाठ्यसामग्रीको ठूलो अभाव थियो । यस विषयमा त्यसबेला प्रस्तावित चौबिस पुस्तक अनुवाद योजना पछि आएर प्रज्ञाप्रतिष्ठान स्थापित भइसकेपछि मात्र आंशिक रूपले पूरा भयो । महाकविका पालासम्म पनि नेपालीबाट अन्य भाषामा अनुवाद गर्न लायक सामग्रीको ठूलो अभाव थियो । तथापि तासकन्द सम्मेलनमा उहााले भन्नुभएको थियो— ‘नेपाली साहित्यमा अनुवाद क्रियाकलाप स्थापित हुन नसकेर साहित्यको उन्नति अवरुद्ध छ ।’ आजभन्दा ६० वर्ष अघि महाकविले राख्नुभएको सो धारणा आज पनि यथावत् छ । त्यसयता नेपाली भाषा साहित्यको उन्नति तीव्र छ । आज ता विश्वका पचासौं देशमा नेपाली वाङ्मय पुगेको छ अथवा यसका स्रष्टा र पाठक पुगेका छन् । परन्तु नेपाली साहित्यको स्वरूप चाहिा त्यहाासम्म पुग्न सकेको छैन ।
अरूले हामीलाई देख्न पाएका छैनन् । एक किसिमले देशको सीमाना बाहिर नेपाली साहित्यलाई चिनाउने सामग्री तथा कृति अत्यन्त सीमित छन् । त्यसकारणले नेपाली साहित्यका सर्जक र पाठकलाई अन्य भाषाभाषी समक्ष म स्रष्टा हुा भनेर चिनाउने उपयुक्त माध्यम छैन । त्यसो त २०६३ सालमा प्रकाशित प्रज्ञाप्रतिष्ठानको अध्ययन (अनुवाद ग्रन्थसूची) अनुसार आजसम्ममा एक हजार प्रति कृति यता भित्रिने र बाहिरिने अनुवादमा परिसकेका छन् । तथापि त्यो संख्या नेपाली वाङ्मयको चौतर्फी विकास एवम् नेपाली जातिको सीमाहीन वितरणलाई हेर्दा नगन्य छ । नेपाली वाङ्मयलाई वर्तमान स्थितिमा ल्याउने भानुभक्तको रामायणबारे केही छिमेकी भाषा बाहेक विश्वसाहित्य अनभिज्ञ छ । बल्ल एउटा खुसीको खबर आएको छ, देखिएको छ, रुसमा रहेर नेपाली भाषाको उन्नतिमा समर्पित विद्वान् श्रष्टा श्री कृष्णप्रकाश श्रेष्ठले आदिकवि भानुभक्तको केही रचना रुसीमा अनुवादगरी प्रकाशित गर्नुभएको छ । त्यसैगरी सार्क राष्मट्रहरूको श्रीलंका कार्यालयले प्रत्येक देशका क्लासिकल साहित्य अनुवाद गराउने परियोजना अन्तर्गत मलाई सम्पूर्ण भानुभक्तीय रामायण र श्री बलराम अधिकारीले मोतीराम भट्टका केही कृति रचना परेका छन् । हामी गर्दैछौ, यो २०१३ को परियोजना हो । स्वयम् महाकविले पनि आफौ गर्नुभएका केही अनुवाद बाहेक अरूको हुन सकेको छैन । अरू पनि धेरै नेपाली साहित्यका मास्टरपिसहरू छन् । तिनीहरूको अनुवाद भएको कृति संख्या अत्यन्तै न्यून छ । त्यसो त अहिले आएर विगत दुई दशक यता नयाा समयका अनुवादक, अनूदित कृति, पाठक, अनुवाद कर्म सबै सबै तीव्र रूपले बढेका छन् । तर धेरैजसो अनुवाद व्यक्तिगत उत्साहका आधारमा, प्रभावका आधारमा हुने परम्परा स्थापित भएकाले गर्दा नेपाली साहित्यका क्लासिकहरूको अनुवाद हुने सम्भावना न्यून हुादै गएको छ । वर्षको ३०–४० वटा शीर्षकहरू अनुवादमा जाादै छन् तर ती सबै व्यक्तिगत खर्च, प्रयत्न र सम्पर्कले सम्भव हुादै छन् । त्यसो त यतिखेर अनुवादको क्रियाकलाप अचानक ब्युाझेर उठ्न थालेको जस्तो छ । नेपालका विश्वविद्यालयहरूमा अनुवादका पाठ्यक्रमहरू धमाधम थपिादै छन् ।
अनुवादमा विद्यावारिधि गर्न उत्सुकहरू थपिादै छन् । यसरी अनुवाद अध्ययनको आवश्यकतालाई विश्वविद्यालयले पनि स्वीकारेको छ । परिणामस्वरूप नयाा पुस्ताका प्रत्येक वर्ष २००० जति विद्यार्थी अनुवादको सामान्य ज्ञान लिएर आउादै छन् । यता नेपाल प्रज्ञाप्रतिष्ठानले पनि लोकतन्त्र स्थापना पछिको पहिलो परिषद्ले अनुवाद विभागको स्थापना गरी एउटा महत्वपूर्ण दिशानिर्देश गरेको छ । यस अन्तर्गत केही गोष्ठी, सम्मेलन, अनुवाद कार्यहरू भएका छन् भने बलराम अधिकारीले प्रज्ञाप्रतिष्ठानको विद्वत्वृत्ति अन्तर्गत तयार पारेको अनुवादको इतिहास प्रकाशित भएपछि धेरै ठूलो सैद्धान्तिक आधारको स्थापना हुने छ । त्यसो भए तापनि हामी विश्वको गतिमा धेरै पछि छौा । सर्वप्रथम अनुवादको सैद्धान्तिक आधारलाई सुदृढ पार्नु परेको छ । हाम्रा प्राज्ञिक संस्था र अनुवादमुखी अन्य संस्थाले मात्रै यस कार्यलाई अघि बढाउन सक्छन् ।
एक्काइसौं शताब्दीलाई अनुवादको शताब्दी भनिन्छ । अनुवादलाई मिसाएर हुने कृयाकलापलाई भाषा तथा अनुवाद उद्योग (Language and translation industry) नाम प्राप्त भएको छ । यतिखेर विश्वसाहित्यका आधाभन्दा बढी कृति अनुवादमा जान्छन् । स्पेनिस, रुसी, चिनियाा, जापानी र यता मध्यपूर्वका तथा पूर्वी यूरोपका सम्पूर्ण कृतिहरू अनुवादको प्रक्रियाबाटै तत्काल विश्वव्यापी हुन्छन् । नोवेल पुरस्कार प्राप्त साहित्यिक स्रष्टाहरूमध्ये आधा जति विविध भाषाभाषी नै छन् । साहित्यिक कृतिलाई पनि उछिनेर यतिबेला प्रयोक्ताकेन्द्री प्रकाशन (user-centric publishing) आरम्भ भएको छ ।
किनभने जीवनका सबै कर्महरू यतिखेर अनुवादमय भएका छन् । अन्य मुलुकमा श्रम गर्न जानेहरू, विद्यार्थी, अनुसन्धाताहरू व्यवसायीहरू सबैसबैले आफ्नो देशको भाषाको आवरण यतै फुकालेर उता लाग्नु पर्ने भएको छ । अन्यको भाषा सिक्नु परेको छ । हाम्रामा प्रशस्त अनूदित कृति भए उनीहरू मार्फत पनि हाम्रो प्रचार हुन्थ्यो होला । यतिखेर अनुवाद सेवा अधिक मात्रामा प्राविधिक एवम् व्यावसायिक मूल्यतिर ढल्केको छ । त्यसैकारणले गर्दा यान्त्रिक अनुवाद पनि तीव्र रूपले बढिरहेको छ । अनुवाद उद्योगको ठूलो मात्रा प्राविधिक एवम् यान्त्रिक अनुवादले लिएको छ भने परम्परागत साहित्यिक अनुवाद पहिलेकै रूपमा चलिरहेको छ । त्यसकारणले आजको अनुवाद भन्नाले साहित्यको मात्र नभई अनेक प्रकारका उपभोक्तामुखी अनुवादहरूको समाकलित रूपलाई सम्झनु पर्दछ । अनुवादका क्रेता–विक्रेताहरू छन्, अनुवादका उपभोक्ताहरू छन् । आज कुनै देशको दबाइको सिसीमा, मोवाइलको सेटको प्याकिङमा अथवा अन्य कुनै उपभोग्य सामग्रीमा राखिएका प्रचारहरू दश/बाह्र भाषामा छापिएका हुन्छन् । यस्तो प्रकारको प्राविधिक र वैज्ञानिक अनुवादले सूचनाको व्यापकतालाई बोकेको छ भने अर्कातर्फ साहित्यिक अनुवादले हाम्रो कलाचेतना कहाा पुग्यो अरुको कलाचेतना कहाा छ भन्ने कुरो देखाउाछ । त्यसैले प्रत्येक विश्वविद्यालयमा पठनपाठनको माध्यम बनाएर अनुवादका ठूलाठूला संगठन खोलेर अनुवादका पुरस्कार, विद्वत्वृत्ति, छात्रवृत्ति स्थापित गरेर हरेक देशले अनुवाद क्रियाकलापलाई सिर्जनाभन्दा बढी महत्त्व दिएको छ ।
अनुवादका सिद्धान्तपट्टि फर्केर हेर्दा यसका अनेक रूप र भेद उपलब्ध छन् । यस काममा अनुवादशास्त्रीहरू लागिपरेका छन् भने यतिखेरको हाम्रो आवश्यकता चाहिा साहित्यिक अनुवादलाई नै अघि बढाउनु रहेको छ । हाम्रा साहित्यिक कर्मलाई विश्वतिर चिनाउने व्यक्ति र संस्थालाई प्रोत्साहित गर्नुपरेको छ । भारतीय साहित्यमा पनि त्यहााका नेपाली लगायतका विशेष भाषालाई प्रत्येक २ वर्षमा एउटा अनुवाद पुरस्कार प्राप्त हुन्छ । नेपालका सम्पूर्ण संस्थाहरू यसतिर उदासीन भएकाले गर्दा अनुवादको महत्त्व बुझ्न, बुझाउन सकिएको छैन । यसमा आवश्यक पर्ने शिल्प, लगानी र त्यागबारे बुझिएको छैन ।
सर्वोपरि कुरा त राष्ट्रिय र जातीय पहिचान बलियोसाग जोडिएका हुन्छन् । त्यस कारणले हाम्रा अत्यधिक कृतिलाई अंग्रेजी लगायतका अधिक जनसमुदायले बोल्ने भाषाहरूमा अनुवाद गर्नुपर्ने आवश्यकता टड्कारो हुादैछ । त्यसमाथि नेपाल जस्तो बहुभाषी मुलुकमा कतिपय भाषाहरू उठिसकेका छन् । उठ्तैछन् । नेवारी, मैथिली, भोजपुरी, थारु, लिम्बू, राई, अवधी जस्ता भाषामा रचिएका कृतिलाई नेपालीमा ल्याइएन भने कसरी तिनीहरूको सुरक्षा र उत्थान हुन्छ । यो त आदानप्रदानले उठ्ने युग हो । अनुवादको सााघु चढेर विभिन्न संस्कृतिमा पुग्ने र फर्किने युग हो । अनुवादको बत्तिमा प्राचीन ज्ञानको ज्योति सल्काउादै वर्तमानसम्म ल्याउने साधन हो । जीवा लामिछाने एक्लैले चारवटा विशिष्ट कृतिको अंग्रेजीमा अनुवाद गराई विश्वसाहित्यमा पुर्याए । हामीलाई अरू यस्ता उदारमना व्यक्तिको खााचो छ । यसतर्फ समर्पित भएका व्यक्तिलाई साधन/स्रोत र प्रोत्साहनको खााचो छ । विश्व नेपाली साहित्य महासंघले पनि अनुवाद कार्यलाई आफ्नो महत्त्वपूर्ण एजेन्डा बनाओस् भन्ने प्रार्थना गर्दछु । यसरी नेपाली साहित्यलाई विश्वभरि चिनाउन सहयोग गरोस् भनी कामना गर्दछु । यसले नेपालका अनेक भाषाभाषीलाई साहित्यले जोड्न सकोस् भन्ने कामना गर्दछु ।
धन्यवाद
(८ कार्तिक २०७०, प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौं)
नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा ८ कार्तिक २०७० को दिनमा विश्व नेपाली साहित्य महासंघको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसको भोलिपल्ट टयाङ्लाफााट कीर्तिपूरस्थित हाम्रो घरमा स्रष्टाहरूको स्वागत एवम् विमर्शको आयोजना थियो । सहाभागिताका तस्वीरमा (पूरा उभिनेहरूमा) दाहिनेतिरबाट डा. कुमारप्रसाद कोइराला, प्रा. मोहनराज शर्मा, श्री प्रेम प्रधान, डा. विष्णुविभु घिमिरे, डा. धु्रवचन्द्र गौतम, श्री हरि गौतम, डा. राजेन्द्र भण्डारी र श्री विश्वासदीप तिगेला दोस्रो पङ्क्तिमा (आधि उभिनेहरूमा) डा. तुलसीप्रसाद भट्टराई, डा. कविता लामा, डा. लक्ष्मणप्रसाद गौतम, श्री एस के परदेशी र श्री टेकनारायण ढकाल; अग पङ्क्तिमा (बस्नेहरूमा) डा. ज्ञानु पण्डे, डा. गोविन्दराज भट्टराई, डा. दिवाकर प्रधान, श्री ज्ञानु अधिकारी र डा. अञ्जना भट्टराई ।
वर्तमान विश्वपरिवेशमा नेपाली अनुवादको प्रसङ्ग
टिप्पणीकार : बलराम अधिकारी त्रिभुवन विश्वविद्यालय,
विश्व नेपाली साहित्य महासंघको अन्तर्राष्ट्रिय भेलामा प्रा. डा. गोविन्दराज भट्टराईद्वारा प्रस्तुत वर्तमान विश्वपरिवेशमा नेपाली अनुवादको प्रसङ्ग शीर्षकको कार्यपत्रमाथिको दिप्पणी
अनुवादविद् प्रा. डा. गोविन्दराज भट्टराईद्धारा प्रस्तुत वर्तमान विश्वपरिवेशमा नेपाली अनुवादको प्रसङ्ग शीर्षकको यस कार्यपत्रलाई मैले सांकेतिक कार्यपत्रको संज्ञा दिएको छु । सांकेतिक यो अर्थमा, यस कार्यपत्रभित्र अति नै कम शव्दमा नेपाली अनुवादका बहुआयामिक पक्षहरु समेटिएका छन् । प्रस्तुत कार्यपत्रलाई क्षितीजीय र लम्वीय दृष्टिकोणबाट टिप्पणी गर्नु सान्दर्भिक हुन्छ। नेपाली अनुवाद कर्मलाई विश्वपरिवेशसाग जोड्दै यस कार्यपत्रमा उठाइएका विषयवस्तुको सारलाई मैले निम्न वुादाहरुमा समेटेको छु ।
१) अनुवादको द्विदिशात्मक भूमिका: कार्यपत्रले अनुवादको दोहोरो भूमिकातर्फ ध्यानाकषर्ण गराएको छ । एकतर्फ नेपाली साहित्यलाई अङ्ग्रेजी, हिन्दी, चिनीयाा, जर्मन, फ्रेन्च जस्ता प्रभावशाली भाषाहरुमा अनुवाद गरी विश्वपाठकसामु पुर्याउनु छ । यहाा नेपाली साहित्य भन्नाले नेपाली भाषाको मात्र नभइ नेपालमा बोली–लेखिने सम्पूर्ण भाषाका समग्र साहित्य भन्ने बुझ्नुपर्दछ । अर्कातर्फ, विश्वसाहित्यका उत्कृष्ट कृतिहरुलाई नेपाली साहित्यमा भित्र्याउनु छ । नेपाली साहित्यको संवृद्धि एवम् विश्वव्यापीकरण दुवैलाई साथसाथै अगाडि बढाउन अनुवादलाई महत्वपूर्ण माध्यमका रूपमा अङ्गिकार गर्नुपर्नेमा जोड दिइएको छ । नेपाली साहित्यको गुणात्मक र परिमाणात्मक वृद्धि एवं विश्वव्यापीकरणका लागि अनुवादको अर्को विकल्प छैन।
२) विश्वमा अनुवादको संस्थागत विस्तार र नेपालमा अनुवादको अवस्था : अनुवादकहरुको अन्तर्राष्ट्रिय संघ इन्टरनेसनल फेडरेसन अव ट्रान्सलेटर्सको उल्लेख यस कार्यपत्रको महत्वपूर्ण पक्ष हो । कारण, यसले पश्चिमी जगत्मा अनुवाद कतिसम्म व्यवस्थित र संस्थागत भइसक्यो भन्ने संकेत गर्दछ । तर हाम्रोमा भने अनुवाद अझै व्यक्तिगत शोख र पहलमा सीमित छ, सरकारी लगानीको गौण क्षेत्र बनेको
छ । यसले नेपाली अनुवादको क्षेत्रमा व्यावसायिकताको संभावना अझै टाढा रहेको दर्सार्उाछ । अनुवाद कर्मको लामै परम्परा हुादाहुदै पनि हाम्रोमा यो क्षेत्र अपेक्षित रूपमा स्थापित हुन सकेन । संस्थागत पहको कमि, इन्टरनेसनल फेडरेसन अव ट्रान्सलेटर्स जस्ता अन्तर्राष्ट्रिय आधिकारिक संस्थासागको सहकार्यको अभावमा नेपाली अनुवाद अभ्यास र सिद्धान्त दुवै सााघुरिएको यथार्थलाई प्रस्तोताले अगाडि ल्याउनु भएको छ ।
३) नेपालमा अनुवाद कार्यको ऐतिहासिक प्रसङ्ग : नेपाली अनुवाद अभ्यासको ऐनिहासिक पक्षलाई छुने क्रममा, विशेष गरी नेपाली अनुवादको विकास काल (१९२४–२००७) को प्रसङ्ग उठाइएको छ । गोर्खाभाषा प्रकाशिनी समिति (१९७०), नेपाली भाषा प्रकाशनी समिति (१९८७), नेपाली भाषानुवाद परिषद् (१९९४) र यस अन्तर्गतको २४ पुस्तक प्रकाशन योजना (१९९७) जस्ता संस्थागत पहलले नेपाली अनुवादको क्षेत्रलाई निश्चित मार्ग प्रदान गरेको थियो । वास्तवमा विं. स. १९९० को दशकलाई अनुवादको स्वर्ण दशक भन्दा हुन्छ । यस दशकमा अनुवादका क्षेत्रमा भएका उपलब्धिको जगमा नेपाली साहित्यको विस्तार, नेपाली साहित्यमा आधुनिकताको प्रवेश र त्रिभुवन विश्वविद्यालयको स्थापना भएको हो भन्ने ठम्याई उहााको रहेको छ। बरु त्यसपछिका अनेकौा वर्षसम्म अनुवाद उपेक्षित रह्यो ।
४ ) नेपालमा अनुवादको वर्तमान गतिविधि : २०५० को दशकमा नेपालमा अनुवादको सैद्धान्तिक अध्ययनको बीजारोपण भयो । ६० को दशकमा यसको विस्तार भयो । हाल त्रिभुवन विश्वविद्यालयका अंग्रेजी शिक्षा, अंग्रेजी साहित्य, नेपाली भाषा शिक्षा र साहित्यसाग सम्बन्धित सबै विभागहरुमा अनुवादको अध्ययन–अध्यापन हुने गरेको छ । विश्वविद्यालयमा अनुवादको विस्तारको श्रेय कार्यपत्र प्रस्तोता प्रा.डा. भट्टराईलाई नै जान्छ । त्यस्तै, नेपाल प्रज्ञाप्रतिष्ठान अन्तर्गत अनुवाद विभागको स्थापना, अनुवादक समाजको गठन, विश्व नेपाली साहित्य संघले अनुवादलाई दिएको स्थान, र जीवालमिछाने जस्ता साहित्यानुरागीको योगदानलाई हेर्दा नेपालमा अनुवाद क्षेत्रको विस्तार भइरहेको छ भन्ने बुझिन्छ ।
५) सूचनाकेन्द्री अनुवादको बढ्दो अवश्यकता : यस कार्यपत्रमा इतिहास र वर्तमानलाई छुादै अब नेपाली अनुवाद कतातिर जानुपर्ला भन्ने चिन्ता पनि उठाइएको छ । खुल्ला विश्वअर्थतन्त्र, विश्वभूमण्डलीकरण, सञ्चार र इन्टरनेटको विस्तारसागै नेपाली समाजमा सूचनाकेन्द्री अनुवादको आवश्यकता बढ्दो छ । अर्थात् नेपलाको लागि साहित्येतर अनुवादकहरुको बढ्दो माग छ । अब यो माग कसरी पूरा गर्ने हो भन्नेमा विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान तथा अन्य सरकारी–गैरसरकारी निकायहरुले सोच्नुपर्ने भएको छ ।
कुनै पनि कार्यपत्रले केकति कुरा समेट्नु पर्छ भन्ने कुरा कार्यक्रमको प्रकृति र समयसीमामा निर्भर रहने कुरा हो । कार्यपत्रको शीर्षक निकै महत्वकांक्षी भएकाले यसमा अनुवादका धेरै पक्षहरुको उठान भएको छ । तर विषयवस्तुको भित्रितहमा पुग्न पाठकलाई नेपाली अनुवादको ऐतिहासिक पृष्ठभूमिको जानकारी हुनुपर्ने देखिन्छ । ऐतिहासिक प्रसङ्गको उल्लेख गर्दा मोतीराम भट्ट, राल्फ लिले टर्नर, नरेन्द्रमणि आदी दिक्षित जस्ता विद्धानहरुको योगदान नछुटेको भए हुन्थ्यो जस्तो लाग्छ । त्यस्तै, नेपाली अनुवादमा काठमाडौं पश्चात् दार्जिलिङ्को भूमिका महत्वपूर्ण छ । दार्जिलिङ्को योगदानलाई पनि सम्झन सकेको भए नेपाल बाहिर साधनारत अनुवादकहरुको सम्झना हुन्थ्यो । यस्तो लाग्छ, उहाा आफ्नो कार्यपत्रमा धेरै कुराहरु समेट्न चाहनुहुन्छ तर समयसीमामा बााधिनु परेको छ।
अन्त्यमा नेपाली भूमिमा अनुवादको सैद्धान्तिक बीजारोपण एवम् गोडमेलमा सक्रिय विद्वान् डा. भट्टराईको यस सारगर्भित कार्यपत्रमा टिप्पणी गर्ने अवसर दिनु भएकोमा आयोजक प्रति सादर नमन । धन्यवाद

तस्वीर: सजनकुमार |

No comments:
Post a Comment