About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Tuesday, October 22, 2013

नेपाली साहित्यको विश्वव्यापिकरणमा गैर–आवासीय नेपालीको भूमिका

यस विषयमा  धेरै अघि नै हाल क्यानडास्थित विद्वान् मित्र डा. गोविन्दसिंह रावतले मलाई  अनुरोध गर्नुभएको थियो । म लेख्न तत्पर भएको पनि थिएा । परन्तु बिस्तारै  गैर आवासीय नेपाली संघले  आयोजना गर्ने  भएको नेपाली साहित्यको विश्वव्यापीकरणबारे अन्तर्राष्ट्रिय साहित्य गोष्ठी शीर्षक सम्मेलनको चर्चा स्थागित भएर गयो । एक वर्षपछि फेरि यताका मित्र विश्वविमोहन श्रेष्ठज्यूले मलाई त्यो कुरा स्मरण गराउनुभयो । मैले सम्झो विश्वविमोहनजीले यता काठमाडौामा त्यसको संयोजन गर्दै आउनुभएको होला । यिनै आग्रह र आकांक्षाको प्रत्युत्तरमा म एउटा  सानो विचारपत्र प्रस्तुत गर्दछु । आफ्नो इमेलको अन्त्यमा ठेगानासागै घरमा सन्तानसाग  नेपालीमा बोल्ने बानी बसालौा, भाषा रहे हामी रहन्छौा, हाम्रो अस्तित्व रहन्छ भन्ने नारालाई धेरै वर्षदेखि समावेश गर्दे आएका डा. रावतले प्रस्तुत गरेको यो सन्देशले नेपाल बाहिरका सबै नेपालीको मनोभावनालाई  प्रतिविम्बित गर्दछ ।  त्यसमाथि नेपाली साहित्यको विश्वव्यापिकरणबारे  आयोजित यस प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य संगोष्ठीमा आफ्ना केही धारणा राख्न पाउादा म आयोजकप्रति अभार व्यक्त गर्दछु ।

सर्वप्रथम ता विगत डेढ दशकदेखि नेपाल बाहिरको नेपाली साहित्यको परिचय र स्थापना, यसको मूल्याङ्कन र समालोचनामा मैले आफ्नो श्रम र समयलाई पूर्णरूपले समर्पण गर्दै आएको छु । त्यही विषयमा आज एक अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना हुने  दिन आएकोमा गहिरो हर्ष प्रकट गर्दछु ।

यस गोष्ठीको विचार–पत्रमा दुईवटा विषयवस्तु जोडिएका छन् । एउटा छ गैर आवासीय नेपाली (नागरिक), अर्काे छ अन्तर्राष्ट्रिय नेपाली (साहित्य) । यसअघिका मेरा  प्रयत्नहरू यो दोस्रो विषयमा केन्द्रित हुादै आएका थिए । आफ्नो मुलुकभन्दा बारिह टाढा पुगी स्थायी/अस्थायी उद्देश्यले बस्ने नागरिकहरूले  त्यो बसोवासको डायास्पोरा भूमिमा आफ्नो सभ्यता संस्कृतिको विरुवा रोप्ने र त्यसलाई नै बढाउने कार्य गर्दै आएका छन् । त्यस पक्षलाई विगत दुई दशकदेखि चिन्ता लिएर स्थापित भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एउटा अन्तर्राष्ट्रिय सञ्जाल नै स्थापित गरिसकेको हुादा र यसले सन २००९ र सन् २०११ मा गरी  अमेरिका र बेलायतमा क्रमश: प्रथम र द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनहरू  सम्पन्न गरिसकेकाले गर्दा यसबारेमा धेरै चिन्ता गर्नुपर्ने छैन । ती सम्मेलनमा आतिथ्य गर्ने अवसर आफूलाई पनि प्राप्त भएकाले गर्दा ती कुरालाई हृदयङ्गम गर्दै  म आजको विषयमा आफ्ना केही अनुभूतिहरू निवेदन गर्न चाहन्छु ।

गैर आवासीय भन्नाले कस्ता नेपालीलाई बुझाउाछ र यिनीहरूको उपस्थितिको अर्थ के रहन्छ भन्ने विषयमा गैर आवासीय नेपाली  संघको यस अघिका सम्मेलनहरूले निर्णय गरिसकेको छ । एउटा देशको नागरिक आफ्नै देशमा गैर आवासीयको हैसियतले परिचित हुने कुरा  हाम्रो मात्र होइन  वर्तमान विश्वका प्रत्येक देशमा यो परिस्थिति र तज्जन्य समस्याहरू आइरहेका छन् । तीसित सम्बद्ध समाधानको पनि उपायमा यस्ता संवाद सम्मेलनहरू भइरहेका छन् ।

यस सम्बन्धमा अलिकति सैद्धान्तिक तथ्याङ्कलाई यहाा जोड्न चाहन्छु । सबै प्रकारका बहिर्गमनहरू बढेका छन्— यसले उत्पत्ति र लक्ष दुवै मुलुकका बीचमा  सम्बन्ध बढाएको छ । अहिलेको संञ्चार सूचना र यातायातको सुगमताले गर्दा  सम्पन्न मुलुकको विश्वबजारले  श्रमिकहरू मागिरहेको छ । तथ्याङ्कले के देखाएको छ भने—  विपन्न मुलुकहरूको जनसङ्ख्या आउादा धेरै दशकसम्म वृद्धि भइरहने छ । उता सम्पन्न मुलुकको  जनसङ्ख्या वृद्धिदर स्थिर भएको छ । त्यस कारणले ती देशमा  जाने क्रम निरन्तर रहने छ । नयाा डायास्पोरा बन्ने निर्माणको क्रम निरन्तर हुने छ । प्राय: हामी सबै कुनै न कुनै प्रकारको श्रमको निमित्त बाहिर गइरहने छौा । यसरी बनिएको डायास्पोरा भित्र  ती सम्पूर्ण व्यक्ति पर्दछन् । यस्तो स्थितिलाई विश्वले यसरी बुझाएको छ: जसको मनमा आफ्नो उत्पत्ति भूमिप्रति कुनै न कुनै प्रकारको  मोह रहिरहने छ  त्यस्ता व्यक्तिमा आप्रवासी पहिलो पुस्ताका स्वयम्, तिनीहरूका सन्तान र तिनीहरूका पनि सन्तान सबै पर्दछन् । कसैको साथमा  प्रवास भूमिको नागरिकता हुन्छ । कसैको बहुराष्ट्रिय नागरिकता हुन्छ । कसैको चाहिा प्रवास भूमिको मात्र हुन्छ । विश्व तथ्याङ्कहरूले डायास्पोरा भूमीको जनसङ्ख्या गणना गर्दा मातृ भूमिमा जन्मेका, पछि लक्ष भूमिमा जन्मेका, पन्ध्रवर्ष कटेका र त्यसपछिका सन्तान सबैलाई गन्दछ ।

यतिखेर यो नयाा यात्रामा  नारी बालबालिकाको  प्रतिशत थपिादोछ । वास्तवमा गैर आवासीय नेपाली संघले विश्वका विविध डायास्पोरामा छरिएका  नेपालीहरूको स्थिरिकरण, सहजीकरण, आवागमन इत्यादिको बारेमा ज्ञान राख्ने र तिनीहरूलाई सहज गर्ने मात्र हो ।  मुख्यगरी  गैर आवासीय नागरिक हुनुको तात्पर्य मूल भूमिको निमित्त आर्थिक एवम् सामाजिक विकासको  सहायक हुनु मुख्य कुरा हो । यस्ता गैर आवासीयहरूले  उत्पत्ति भूमिलाई  कसरी सहायता गर्दछन् भन्ने कुरा  बाहिरिएका नागरिकहरूको (प्रत्येक डायास्पोराको) आकार, संरचना तिनीहरूको शिल्प र त्यसका साथै  लक्ष देशको आर्थिक, राजनीतिक, सामाजिक परिवेशमा कतिसम्म  समाकलित भएका छन् त्यसमा भर पर्दछ । एन आर एनले  हेर्दा पनि यही आर्थिक पक्षलाई प्रधानता दिएको हुन्छ । यो कुरा विकास सम्बन्धी  विश्वस्तरीय संस्थाहरूले पनि यही बताएका छन् ।   तर यो एउटा तरल समाज हो । आवागमन भइरहन्छ । मूल भूमिसम्मको आवागमनलाई डायास्पोरा टुरिजम भनिन्छ । हालको तथ्याङ्कको उल्लेख गर्दै विश्व बैंकले भनेको छ: नेपालको कुल गार्हस्थ्य आयमा २५ प्रतिशत रेमिट्यान्सले धानेको छ (६ अक्टोबर २०१३ को काठमाण्डू पोष्ट । साथै त्यहाा एउटा चित्र छ, २०२२ को वल्र्ड कप सकिएपछि ५ लाख नेपाली कतारबाट स्वदेश फर्किनेछन्, त्यसको प्रभाव देशमा कस्तो पर्ला ? सबै श्रमिक डायस्पोरा अस्थायी खेल रहेछन् ।

 वास्तवमा हाम्रै छिमेकी देशहरू— चीन र भारतबाट बाहिरी मुलुक पसेका अनेकौा डायस्पोरामा बसेका नागरिकको संख्या विश्वमै क्रमश: पहिलो र दोस्रो स्थानमा पर्दछ ।  उनीहरूले पनि अध्ययनको लागि, इलमको लागि, जीविकाको लागि वा अन्य कारणले बहिर्गमन रोजेर जुनसुकै प्रकारले भएपनि बाहिर पुगेकाहरू र आफ्नो देशको सीमानाभित्र बसोबास गर्ने नागरिकहरूको  बीच के कस्तो सम्बन्ध रहन्छ भन्ने विषयमा विभिन्न निर्णयहरू  गरेका छन् । नियम कानूनहरू बनेका छन् ।

त्यसो त साहित्य र संस्कृतिले कुनै सीमाना र अवरोधन स्विकार नगर्दाे रहेछ । नेपाली साहित्य संस्कृतिमा समर्पित स्रष्टा जहाासुकै बसेर जुन भूमिबाट सिर्जना गरे पनि त्यहााका र नेपालका स्रष्टा बीच कुनै भेद रहादैन तर यो ता भावनाको जगत् रहेछ, यथार्थ जगत् भिन्नै छ । यथार्थ जगत् के छ भने— देशको भौगोलिक सीमाना काटेर जाने अर्कै नियम छ । फर्केर आउने नियम पनि अर्कै छ । उताको देशमा जाने वा बहिर्गमन हुने अर्कै नियम छ, कानूनको नियमको राजनीतिले अर्थतन्त्रले लगाएको सीमाना अनुसार  चल्ने नागरिकको रूप अर्कै छ ।  त्यसकारणले गैर आवासीय चेतना र त्यस सम्बद्ध नियमहरू एउटा साहित्य स्रष्टाको निमित्त भन्दा पनि सीमाना बाहिर पुगेका सबै नागरिकको  सुरक्षार्थ  र पहिचानको निमित्त यो संस्था सुदृढ भएर उठ्नु परेको छ, उठिरहेकै छ ।

लाखौा नागरिकहरू मध्ये पााच दश जनामात्र साहित्यमा लागेका हुन्छन् । अरू सबै ता जीवनको दैनिकीमा नै हुन्छन् । तिनीहरूको सुरक्षार्थ दुईवटा भूमिको सम्बन्ध राख्तै र छुटयाउादै संतुलन गर्ने कार्यलाई प्रत्येक देशका गैर आवासीयहरूको संस्थाले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।  त्यसो त गैर आवासीयता आजको होइन अनादीकालदेखिकै परम्परा हो । तर यता आएर बीसौा शताब्दीको उत्तरार्धदेखि अनेक प्रकारका ग्लोबल चरित्रहरू व्यापक हुादै गएपछि नागरिकहरूको सीमाहीन विश्वमा आवागमन अध्यधिक मात्रामा बढ्न थालेपछि यस्ता संस्थाहरू सक्रिय र प्रभावकारी भएका हुन्, तिनीहरूलाई बााध्ने नयाा नियम कति देशमा  गैर आवासीयहरूको संस्थालाई दोस्रो सरकार (वा समानान्तर सरकार) पनि भन्दछन् । जस्तो कि भारत वर्षमा छ । गैर आवासीय नागरिकहरूले सर्वप्रथम देशको अर्थतन्त्रमा नै महत्त्वपूर्ण रूपले सकारात्मक प्रभाव  पार्दै आएका छन् । उनीहरूको आर्थिक क्रियाकलापले  महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यो सधौ शिक्षा, संस्कृति, साहित्य, स्वास्थ्य, राष्ट्रिय जीवनका अनेक क्षेत्रसित सम्बद्ध छ । सबै क्षेत्रमा उनीहरूको उपस्थिति  र योगदान के कतिसम्म हुने भन्ने यस्तै कुराहरूको निर्णय गर्ने न्यायालयहरू पनि बसेका छन् । गैर आवासीयहरूको संस्था एक प्रकारको अदृश्य  अर्थात् भर्चुअल अनि भावात्मक प्रकृतिको एउटा प्रेसर गू््रप हो, एउटा प्रेमले अडिएको मातृदेशको मायाले बारम्बार यता फर्कन चाहनेहरूको समूह पनि हो । हाम्रो देशमा  एन आर एनले गरेका कर्महरू  तिनका उदाहरण प्रसस्त छन् । हाम्रो अर्थतन्त्र र सामाजिक जीवनलाई प्रभावित गर्ने कुराहरू छन् ।

भारतवर्षमा  प्रत्येक वर्ष प्रवासी भारतीहरूको  सम्मेलन हुन्छ । भारतीय पासस्पोर्ट लिएर अन्य देशमा  बस्न अथवा अन्य उद्देश्यले छ महिना भन्दा बढी बाहिर जानेहरूलाई ‘गैर आवासीय भारतीय’  भनेका छन् । एकातर्फ गैर आवासीय भारतीय  (एन आर आइ) छन् भने अर्कातिर ‘भारतीय मूलको नागरिक’ (पर्सन अव् इण्डियन ओरिजिन— पि आइ ओ) छन्; यसरी बहिर्गामि भारतीय नागरिकलाई दुई प्रकारले छुटयाइएको छ । यसरी हेर्दा  गैर आवासीयहरू  देशभित्र निश्चित अवधिभरि करको दायराबाट मुक्त हुन्छन् । सरकारले वर्षमा न्यूनतम एकसय बयासी दिन बस्नेहरूलाई  आवासीय त्योभन्दा बढी नबस्नेहरूलाई गैर आवासीय गरेको छ ।  त्यसैगरी अर्कातिर भारतीय मूलको  नागरिकलाई  आफ्नो देशमा प्रवेश गर्न   पि आइ ओ कार्ड  अर्थात् भारतीय मूलको नागरिक परिचयपत्र प्रदान गर्दछ ।  वास्तमा भारतवर्षले  चार पुस्तासम्मलाई मूल भूमिसाग  जोडिएको, जोड्न सकिने  नागरिकको हैसियत दिएको छ ।  नेपालले पनि  यस्तै प्रकारका  नियमहरूको निर्माण गरिरहेको छ । सन १९६१ देखि  भारतले यस्ता विषयमा  चिन्ता गर्दै आएको छ भने नेपालले  एन आर एनको अवधारणा सुरु गरेको एक दशक पूरा हुनै छ । यसका नियमहरू समयानुकूल बनिादै गर्दछन्, थपघट हुादै गदर्छन् । ती नियमहरू अतिथि मुलुक र मातृदेश दुवैका नियम कानून संविधान र राजनीतिक  स्थिरता जस्ता कुराहरू भर पर्दछन् ।

 अब हामी गैर आवासीयता र साहित्यको कुरा गरौा । हालैको असामबाट प्रकाशित सपरिवार
(पूर्णाङ्क—८०) मा एउटा लेख आएको छ  फिजिमा गोर्खालीहरू । त्यसले के देखाएको छ भने—  डेढ सय वर्ष अघि अंग्रेजको पालादेखि ऊखु खेती र अन्य उद्देश्यको लागि त्यहाा लगिएका गोर्खालीहरूको संख्या अहिले ११ हजार कटेको छ ।  तर तिनको बारेमा हामी अनभिज्ञ छौा । उनीहरूको मातृदेशसित कुनै सम्पर्क छैन र तिनीहरू आफ्नो भाषा संस्कृति सबै बिर्सेर अन्य जातिमा विलय भइसकेका छन् । यस्ता बिलय भइसकेका नेपालीहरू मलेशियामा छन् । तिनीहरूसाग भाषा छैन । बर्मा र मणिपुरका अनि उत्तरपूर्वी भारतका कति सीमावर्ती क्षेत्रका नेपालीहरू भाषाबिहीन हुनथालेकाले त्यता बिलय हुादैछन् ।  यता अन्डमान निकोबारदेखि  बोर्नियो अथवा उता  त्रिनिदाद सम्म पनि पुगेका छन् तर तिनीहरूलाई समयले निलिसकेको छ । त्यसको एउटै कारण के छ भने उनीहरूले भाषालाई जोगाउन सकेनन्, जोगाउन चाहेनन् । त्यससागै नेपाली भाषा नेपाली संस्कृति र जातिको पनि पूर्णरूपले बिलय भयो । सानो ठूलो संख्याको कुरा होइन समाजको जीवन्तता सुनिश्चित गर्ने तत्त्व केवल भाषा रहेछ । नेपालको  अर्घाखााची जिल्लाको भित्रि पहाडमा बसेका साठी सत्तरी घर नेपाली मुसलमानहरूले त्यहाा अघिदेखि मस्जिद स्थापना गरेर मदर्सा चलाएर  आफ्नै बस्त्र, व्यवहार र खानामा रहेर ५०० वर्षको  आगमनलाई सजीव राखेका छन् । त्यसबाट के देखिन्छ भने भाषा र  जातिको अस्तित्व सागै जोडिएको छ । भाषाप्रतिको सचेतता नहुादा जातिको बिलय सुनिश्चित छ ।

यतिखेर खुला विश्वमा अफ्रिकाका घना जंगलभित्र पनि नेपाली जाति पुगेको छ । पपुवा न्युगिनीमा नैरोविमा दक्षिण अमेरिकका अनकंटार प्रदेशमा नेपाली पुगेको छ । तर हाम्रो एउटा साझा संगठन छ भन्ने धारणा र विश्वासले गर्दा उनीहरूले खोजीखोजी एन आर एन शाखाको स्थापना गरेका छन् । फ्रान्स, बेल्जियम र अन्य युरोपेली देशमा नेपालीको संख्या ठूलो छैन  तर त्यहाा एन आर एन  खोलेर त्यस मार्फत  जातीय एकताको भावना कायम राखेका छन् । गत वर्ष मात्रै फर्माेसा च्याटर खुल्यो जम्मा ३५०० नेपाली भएको ठाउाबाट भएका क्रियाकलाप हेर्दा  बडो आनन्द लाग्छ । उनीहरू इलेक्ट्रोनिक माध्यमले  विश्वका नेपालीसाग निरन्तर जोडिएका छन् र आफ्ना साहित्यिक, सांस्कृतिक, सांगठानिक क्रियाकलाप निरन्तर राखेका छन् । संख्याको कुरा होइन रहेछ, चेतनाको रहेछ । उदाहरणको लागि  सन् २००९ को जूनमा  रुसको मस्कोमा गैर आवासीय नेपालीसंघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले  महाकवि देवकोटाको  जन्मशताब्दीको पुनित अवसरमा एउटा त्रिदिवसीय विशेष सम्मेलन  पुरस्कार तथा सम्मानका कार्यक्रमहरू  गर्‍यो । आवासीय नेपालीको संख्या न्यून थियो तर त्यो चेतना र संलग्नताले गर्दा संसारको ध्यान त्यता आकृष्ट भएको थियो, त्यसको दूरगामी प्रभाव कहिल्यै धूमिल हुने छैन ।

यी त साना उदाहरण मात्र भए । यतिखेर गैर आवासीय नेपाली संघको तथ्याङ्क अनुसार विश्वका ६२ वटा देशमा नेपाली जाति पुगेका छन् । यी प्रत्येक नेपालीको सामुन्ने उपस्थितिको सुरक्षाको र पहिचानको प्रश्न सबैभन्दा टडकारो भएर आएको छ । तिनीहरूलाई  गैर आवासीय संघले नै  भावात्मक सुरक्षा प्रदान गरेको छ । तिनीहरू आफूलाई जातीय एकताको छाता मुनि सुरक्षित भएको पाउाछन् । अब यस्ता विश्वभरि छरिएका  अनेक डायास्पोराका नेपालीलाई  एन आर एनले  जोड्नको निमित्त, प्रोत्साहित गर्नको निमित्त, भाषा संस्कृति जीवन्त राख्नको निमित्त अनेक उपाय गर्नुपर्दछ ।  भारतवर्षले  विश्वभरि छरिएका  भारतीय मूलका स्रष्टाहरूलाई एउटै मालामा उनेर  सम्मानित गरेको छ ।  जस्तै  रोहिन्तन मिस्त्री, डोम मोर्‍यास, भारती मुखर्जी, भीएस नैपल, उमा परमेश्वरम, सल्मान रुस्दी, राजा राओ, विक्रम सेठ जस्ता विश्व हल्लाउने स्रष्टाहरूलाई जोडेर द राइटर्स अव् इन्डियन डायास्पोरा जस्तो ग्रन्थ निकालेका छन् । उता क्यानडाबाट उमा परमेश्वरनले क्यानाडेली भारतीयहरूको सिर्जना अनुभवलाई टिप्दै राइटिङ द डायास्पोरा शीर्षक कृति प्रकाशित गरेकी छन् ।  यस्ता विविध डायास्पोरामा छरिएका भारतीय स्रष्टाको विषयमा  गैर आवासीयहरूले नै चासो राखेका छन् र चिनाएका छन् । तिनीहरूलाई ल्याएर मूल भूमिसाग जोडेका छन् ।  हाम्रोमा यस तर्फ धेरै प्रयत्न हुन सकेको छैन । भर्खरै मात्र अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन जस्ता, अनेक डायास्पोराका कविता जस्ता कृति आउन थालेका छन् । यस तर्फ म केही धारणा राख्तछु :

१) सबै प्रकारका एन आर एन सदस्यको निर्माण बहिर्गमन तथा आप्रवासनबाट आरम्भ हुन्छ तर तिनीहरूको आवागमन अनेकौा पुस्तासम्म तरलमय हुने भएकाले गर्दा यसको स्थिर तथ्याङ्क राख्न मुश्किल छ तथापि सर्वप्रथम एन आर एन सदस्यहरूमध्ये लेखक स्रष्टाहरूको सूचनालाई अध्यावधिक गरी सञ्जालमा  राख्नुपर्दछ ।

२) हाम्रो एन आर एनले सर्वप्रथम  नेपालिज इन द युनाइटेड किङडम : एन ओभरभ्यू जस्ता, द साउथ एशियन डायास्पोरा जस्ता, ग्लोबल इण्डियन डायास्पोरा जस्ता, इण्डियन डायास्पोरा एण्ड ट्रान्स्न्यासनालिजिम जस्ता अध्ययन र अनुन्धानद्वारा  कृतिनिर्माण गराउनु पर्दछ ।

३) अनेक डायास्पोरबाट उत्पन्न भएको नेपाली वाङ्मयलाई, यसका  भेदलाई  एउटा केन्द्रीय विश्व पुस्तकालयको परिकल्पना गरी त्यहाा तिनको संरक्षण, अध्ययन र बिस्तारको केन्द्र स्थापना गर्नु पर्दछ ।  प्रचार गर्नुपर्दछ ।

४) अहिले भइरहेका सम्मान पुरस्कार  प्रकाशन आदानप्रदान  जस्ता कुराहरूले पनि  उचित दिशा लिएकै छ । तर अझै ठाउाठाउामा  नेपाली भाषाको पठनपाठनको पनि आरम्भ र अनुगमन गर्नुपर्दछ ।

५) डायास्पोरिक साहित्यको माध्यमले अनेक स्थानको भाषिक, सांस्कृतिक, सामाजिक, भौगोलिक अध्ययनलाई  आधार प्राप्त हुन्छ; त्यस्ता अध्ययनलाई देशले पनि प्रोत्साहित गर्नुपर्दछ ।

६) विशेषगरी मूल देश र प्रवास भूमि दुवैतिरबाट  उत्पन्न भएका  विशिष्ट साहित्यिक सिर्जनालाई अनुवादको सृङ्खलामा लैजानु पर्दछ । यी कुराहरूबाट  गैर आवासीय संघले विश्वभरिका  आफ्ना जातिलाई  जोड्ने, बााध्ने र तिनीहरूलाई  संरक्षण दिने कार्यमा वृद्धि गर्नेछ ।

अन्त्यमा यस्ता प्रश्न र सम्भावनाहरूको  विमर्श र विश्लेषणको निमित्त मेरो आगामी प्रकाशन नेपाली डायास्पोरा: सिद्धान्त र समालोचनाले धेरै सहयोग पुर्‍याउने छ भन्ने अपेक्षा गर्दै यहीा रोकिन्छु । अगामी नवनेतृत्व लिने एनआरएनले यी कुरालाई मनन गर्नेछ भन्ने विश्वास गर्दछु ।

नेपाली साहित्यको विश्वव्यापीकरणमा गैरआवासीय नेपालीको भूमिका विषयक् प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य संगोष्ठी, २०७० असोज २३ । अक्टुबर ९, २०१३ मा नेपाल प्रज्ञाप्रतिष्ठान्, कमलादीमा प्रस्तुतिको निमित्त ।

२०७० असोज १८

1 comment:

  1. Very factual and informative writing!

    ReplyDelete