About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Monday, September 15, 2014

पुन शिलाङ यात्रा - ९

________________________________
    
वास्तवमा आफ्नो कार्यपत्रको पृष्ठभूमि निर्माणमा मेरो निकै समय बितेछ। त्यसकारणले गर्दा यता कार्यपत्रका अन्तिम दुई पृष्ठको सारतत्व मात्र बताएँ, सबै पाठ गर्न सकिनँ। त्यसपछि प्रश्नोत्तरले पन्ध्र मिनेट खायो। बिहानका सहभागीले अनेक जिज्ञासा प्रकट गरे, मन्तव्यहरू थिए। सेशनाध्यक्ष कमालले थपे- यो मानव इतिहासको एउटा पक्ष सदा भयावह छ, बंगलादेशमा हामीले भोग्यौँ, प्रस्तोता डा. भट्टराईले आज धेरै ठाउँमा एक देशबाट जनतालाई बलात् निष्काशन गर्ने प्रवृत्ति समाप्त भयो र आज त्यो स्वैच्छिक छ भन्नु भए पनि हाम्रा हजारौँ बंगलादेशीहरू नयाँ राष्ट्रनिर्माणमा संलग्न थिए तर पछि राष्ट्र निर्मित भइसकेपछि उनीहरूको भूमिका समाप्त भयो, ती तिरस्कृत भए, जातीय समस्यामा परे र हाल युरोपका भयावह भूमितिर कतै विस्थापित छन्। डा. परान्जपेले भने- यो एक सर्विक विषय हो। स्मृतिको इतिहासमा ठूलो विखण्डनकारी अन्तर्बेधन हो। मैले सबैको उत्तर दिएँ- र भूटानी-नेपालीको निमित्त देशहीनताको स्थितिले यायावर भई अनेकतिर भौतारिँदा त्यस भोगाइले उनीहरूको स्मृतिलोपको सम्भावनालाई तीव्र पारेको छ भन्ने दृष्टान्तसाथ म रोकिएँ। 
सम्पूर्ण भारतले यस्तो भोगे-देखेको छ। अर्काे दृष्टिले यसको आज सैद्धान्तिकरण हुन थालेको छ। 
यसरी एकघण्टा व्यतीत गरेर म तल ओर्लिएँ। मलाई अपार सन्तुष्टि मिल्यो। यो विद्वर्‍त् मण्डलीसमक्ष अलिकति आफ्नो देशको परिचय दिन सकेँ होला भन्ने लागेको थियो। यद्यपि अनेक विविधताले भरिएको बहुरंगी इतिहास बोकेको भारतमा यो केवल एक सू73म संकेत थियो। 
त्यसपछि एउटा टी-ब्रेक भयो। अनेक मित्र मण्डलिसित त्यहाँ त्यसबारे प्रश्नोत्तर भए। अब अरू महत्वपूर्ण सेशनहरू चारतिर एकैचोटि चल्छन्, तिनैमा पस्तै निस्किँदै हामी रमाइरह्यौँ। त्यो दिनको सेशनान्तमा सेवा छोरीको थियो- जेण्डर रोल्ज् इन फोक टेल्ज् विद प्रोसेक्युटिड चिल्ड्रे अर्थात् अभियुक्त बालबालिकाका दन्त्यकथामा लौङिगक भूमिका। सेवा छोरीको चयन कसरी भयो, उनी कसरी अघि बढिन्, कसरी अंजना र म सँगै उनी शिला आइन् यसको अर्काे कथा छ तर बाबु र छोरीले एउटा सम्मेलनमा एकैचोटि भाग लिन पाएको यो अवसर अपूर्व थियो। त्यसले गर्दा मानिसले ठूलो उत्साह र जिज्ञासाले उनको उपस्थितिलाई हेरे र उनको प्रस्तुति पनि बडो स्पष्ट, निर्भिक र वौद्धिक थियो। वीस मिनेटको छोटो प्रस्तुतिमा पनि सेवाले सहभागीमाथि गम्भीर प्रभाव पारिन्। सकेपछि उनलाई बधाई दिँदै हात मिलाएर मैले आफ्नोे हर्ष प्रकट गरेँ, अञ्जनाले पनि त्यसै गरिन्। 
    कार्यपत्र प्रस्तुत गर्दै सेवा
    
अन्त्यको प्लेनरी जसवीर जैनको थियो। सत्तरी कटेकी ती विदुषीको व्यक्तित्व ओज र विद्वर्‍ताले सबैलाई थिचेकोले सबै मन्त्रमुग्ध भै सुन्यौँ, छलफलमा पस्यौँ र अन्त्यमा घाम डुबेको दोछाँयामा बल्ल बाहिर निस्कियौँ। 
हाम्रा गन्तव्य ताकेर वाहनहरू उभिएका थिए। 
प्रस्तुति सकिएपछिको आनन्दले हाम्रो परिवार हल्का र आनन्दमा थियो। परन्तु भोलि फेरि छुिट्टने दिन आएको छ, अञ्जना र सेवा गुवाहाटी हुँदै नेपाल फर्किने योजनामा थिए। रेल्वे टिकट भइसकेका थिए। त्यसकारण फ्रुट गार्डेनमा अबेरसम्म सामान मिलाएर सुत्यौँ। 
                                             
९ नोवेम्वर २०१३
सातबजे तयार परेर म फेरि संगोष्ठिको वाहन चढेँ। आमाछोरी गुवाहाटीको लागि आफ्नो समयमा प्रस्थान गर्नेछन्। त्यहाँबाट रातको नौ बजे राजधानी एक्स्प्रेस पक्रेर एनजेपी उत्रिने छन्, त्यहाँबाट बिहानको १० बजे भद्रपुरबाट काठमाडौँ उड्नेछन्। त्यहाँबाट आआफ्ना कार्यालय भ्याउने छन्- यस्तै कल्पना गर्दै म शिलामै रोकिएको थिएँ।
आजका प्रस्तुति झन् गहिरा छन्। त्यसको लोभले म रोकिएँ। त्यसको लोभमात्र होइन भोलि (१० नोबेम्वरका दिन) शिला बजारमा १०४ औँ देवकोटा जयन्तीका उपलक्ष्यमा एक साहित्य गोष्ठी समेत आयोजित एवम् प्रचारित छ, त्यसको निमन्त्रणाको सम्मानमा म रोकिएको हुँ। 
आज (तेस्रो दिन) का प्रस्तुतिहरू संस्कृतिसित कसरी जोडिका थिए भन्ने कुरा प्रष्ट्याउन म एक दुई दृष्टान्त थप्न चाहन्छु। उदाहरणको लागि सारा सारा हिलालीको एक गोष्टी पत्र छ- मृत्यु संस्कारमा स्मृतिः अरुणाचल प्रवेशका आदिहरूमा आत्माको यात्रा सम्बन्धि विश्वासको उद्घाटन* 
स्मृति भन्ने कुरा संस्कृतिमा खोपिएको हुन्छ। यसले समाजहरू साक्षर हुनु पूर्वको स्थितिको अध्ययन गर्न महत्वपूर्ण साधनको रूपमा काम गर्दछ। इतिहासलाई मौखिक परम्पराको रूपमा लिँदा यसले समूहिक स्मृतिलाई इतिहासको महत्वपूर्ण स्रोतको रूपमा परिभाषित  गर्दछ। निरक्षर समाजहरूको विषयमा अध्ययन गर्ने एउटा महत्वपूर्ण स्रोत एवम् परिपूरक सामग्रीको रूपमा पनि यसको प्रयोग हुन्छ। इतिहासको अभावमा त्यो स्रोत महत्वपूर्ण हुन्छ। मौरिस हलबाखले सामूहिक स्मृतिको अध्ययनलाई ठूलो महत्व दिएका छन्। उनले भनेका छन्- एउटा रहस्यवादीदेखि लिएर सामूहिक स्मृतिसम्मको कुरा गर्दा के देखिन्छ भने स्मृति भन्ने कुरा समाज निर्मित अवधारणा रहेछ। एउटा समूहको सदस्यका रूपमा रहेका समधर्मी समविचारकका समूहले सामाजिक रूपमा निर्माण गरेका, ती व्यक्तिहरूले स्मृतिमा राख्तै इतिहासलाई प्रदान गरेको यो स्मृतिविज्ञान अत्यन्तै महत्वपूर्ण साधन हो। 
एक पुस्तादेखि अर्काेसम्म स्मृतिको संचार गर्नमा अनेक माध्यम प्रयुक्त हुन्छन्। समाजमा विद्यमान भजन, कीर्तन, संस्कार, परम्परा, लोककथा, लोकगीत, सवाई, उखान यी सबै स्मृति सम्वाहक साधन हुन्। 
प्रस्तुत कार्यपत्रमा पुरोहितहरूले कुनै व्यक्तिको मृत्युपश्चात् कस्ता मन्त्र स्त्रोत्रहरू गाएर आत्माको पृथ्वीबाट स्वर्गतिर यात्रा गराउँछन् भन्ने कुरा म प्रष्ट पार्न चाहन्छु। यी मन्त्रहरूले आदि पूर्खाहरूको भूमिदेखि जीवित आत्माहरूको बीचमा अनेक प्रकारका काल्पनिक लोकहरूको निर्माण गर्दछन् र मृतात्माहरू अघि यस लोकमा अस्थायीरूपले बसाइँ सरेर आएका थिए। यस्तै अवस्थामा उताका आत्माहरूले उनीहरूको जीवनलाई प्रभावित पारेका हुन्छन्। हामीले वर्णन गरेको समाजमा त्यस्तो एउटा आद्य पुरुषको चर्चा छ जसलाई उनीहरूका भाग्यले लेखान्तले जीवात्माका निर्देशक बनाएको हुन्छ। यस पत्रमा म अरुणाचल प्रदेशका आदी जातिको मृत्यु संस्कारमा प्रयुक्त मनोजगत् र यथार्थ भू-दृश्यको चर्चा गर्न चाहन्छु। 
यस पत्रमा प्रस्तोताले भनेकी छन्- विगत तीन दशकदेखि अतीतका सम्बन्धमा लोकप्रिय सम्वाद विमर्शहरू बढेका छन्। त्यसकारणले स्मृतिको एक व्यक्तिसित अथवा सामूहिक स्थानसितको सम्बन्धको विषय अन्तर्गत समाजले किन बिर्सन्छन्, फेरि किन सम्भि्न्छन् भन्ने चर्चा उठ्तछ। प्लेटोदेखि चलेको यो विषय हो परन्तु ज्याक ली गोफको आगमन पश्चात्, उनले अर्काइव्को निर्माण गरेपश्चात् हाम्रा संवादहरू स्मरणविस्मरण को राजनीति वरिपरि केन्द्रित हुँदै छन्। यस विषयमा मौखिकभन्दा साक्षरताको परम्परालाई ध्यान दिँदै आएका छौँ। 
अन्त्यमा जेएनयूका प्राध्यापक भाषा साहित्य र संस्कृति विभागका प्रमुख प्रा. मकरन्द परान्जपेको विदाइ (भ्यालेडिक्टरी) सेशन थियो। उनले भारतीय परम्परा खण्डित हुँदै जोडिँदै गरेको अतीत र वर्तमानको संयोजन छ भन्ने बारे कस्तो विद्वर्‍तापूर्ण प्रस्तुति गरे। उनले भने सबै जाति धर्मले भोगेका चोटहरू छन्, तर अब सबै अतीत बिर्सेर नयाँ समयमा नयाँ र सौहार्द्धपूर्ण समाजको निर्माण गरी बाँचौँ। सुन्नेहरू उनको विद्वर्‍त्ताबाट स्तब्ध भयौँ। 
त्यसपछि सांस्कृतिक कार्यक्रम थियो। त्यहीँका छात्रछात्राले गर्ने प्रस्तुति थियो। विविध जाति र संस्कृति र सांस्कृतिक परम्परा, वस्त्र आभूषणसित जोडिएका एउटा विविध रंग र झल्काले निर्मित मिश्रित इन्द्रेणीझैँ थियो। 
अन्त्यमा सङ्क्षिप्त मन्तव्य आए। मैले भनेँ- मैले आजसम्म भारतवर्षमा पाँच र विश्वका अनेकौँ देशमा गरी दर्जनौँ, नेपालमा भन्डै असङ्ख्य कार्यपत्र प्रस्तुत गरेँ, महासम्मेलनमा भाग लिएँ परन्तु प्रस्तुत सम्मेलन सर्वाधिक महत्वको र अत्यन्तै संयमित र सन्तुलित लाग्यो। यहाँका विद्यार्थीको अनुशासन, मर्यादा र संलग्नता देखेर, कतिपय उनीहरूका प्रस्तुतिमा सहभागी हुँदा मेरो मनमा प्रश्न उठेका छन्- कसरी यस्ता विद्यार्थी उत्पन्न हुन सक्छन्, विद्यार्थी एवम् शिक्षकको बीच कसरी यस्तो सम्बन्धको निर्माण गर्न सकिन्छ? हाम्रो विश्वविद्यालयले पनि यस्तो संस्कार सिक्नसके कस्तो हुन्थ्यो होला। म यस सम्मेलनबाट प्रचूर मात्रामा नयाँ ज्ञानबारे सुसूचित भएँ। भारत बाङ्गलादेशका प्राज्ञसित गहिरो परिचय सम्बन्ध स्थापित गर्न सकँे, ज्ञानका प्रशङ्गरू यहाँ कसरी विकसित हुँदा छन्, समयको आह्वान के छ भन्ने कुरा सुन्न बुझ्न पाएँ। तीन दिनको यो सम्मेलनको सातत्वले म आफू लाभान्वित हुनेछु र आफ्नो देशको शैक्षिक प्राज्ञिक वृत्तमा पनि यसबारे सूचित गर्नेछु यस अवसरको निमित्त जुटेका एफ्लु विश्वविद्यालयका प्रा. कैलाश बरालज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। 
यसरी सकियो शिला सम्मेलन, विद्यार्थीहरूले मेमेन्टो प्रदान गरे र हामी फिर्ती यानमा चढ्यौँ। कुनै बिदाइ पार्टी भएन, भोज भएन, फेरि सबै अप्सरामा भेला भयौँ, दाल रोटी पनीर सेवन गरेर कोठातिर लाग्यौँ। 

१० नोवेम्वर २०१३
बिहान उठ्ता त्यो घरजत्रो कोठामा एक्लो थिएँ। अब सामानको प्याकि, आज यो आवास छोड्नु छ। नभन्दै प्याकिले पनि निकै समय लिन्छ। डायरी भेटिने ठाउँमा नहराउने गरी राख्नु पर्‍यो। राति नसुती नसुती लेखिएको, पचासौँ पृष्ठ भरिएको डायरी हरायो भने त्यो अपूरणीय क्षति हुन्छ, त्यसपछि नछुट्ने परितापले छुन्छ। मैलिएका लुगा यता, सफा यता। बाटामा पढौँला भनी साँचेको पुस्तक माया एङ्गेलुको आइ नो ह्वाइ द केज्ड् बर्ड सिङ्स् (मलाई थाहा छ किन पिँजडाको चराले गाउँछ), नजिकै कलम, दवाई सुरक्षित, फेरि टिकटको होस् भएन भने सुरक्षित रहेन भने कत्रो संकट आइलाग्छ ! कति कुरा छन्। गोजीसंख्या तयार गर्नुपर्‍यो । चल्ने नचल्ने सामानको स्तर छुट्याएर, आवश्यकता र संझना अनुसार प्याकिंग गर्नुपर्‍यो। कुनै सामान छुट्छ कि- ब्रश, पेष्ट, शेभि क्रीमकै कत्रो महत्व हुन्छ !आजको मौसम कस्तो छ, सो अनुकूलका बस्त्र धारण गर्नु र बाटामा मौसम परिवर्तन हुनासाथ फेर्नुपरे अर्काेलाई भेटिने गरी मनमा राख्नु- जस्तै शिलाको ठण्डीबाट निस्केर गुवाहाटीको भावर पुग्नासाथ कत्रो हलचल हुन्छ। यात्रा गर्नुभन्दा पहिले र त्यसको क्रममा मनोजगत्मा ठूलो हलचल र अन्योलको आँधी चल्छ। झोला व्याग कसेपछि त्यो छोपिन्छ तर त्यसको अघि र पछि र एउटा तरङ्गको मुस्लाले रेटेर मुटु बङ्ग्याउन खोज्छ।
सेवा र अञ्जनालाई लाग्ने गर्छ- म अलमलिएर लष्ट हुन्छु होला। उनीहरूले छुिट्टने रात कति सम्झाए- मानौँ एउटा बालकलाई भन्दैछन्। तर म चूप लाग्छु, मेरो होसियारी मलाई थाहा छ, कति हिँडिसकेँ, तर पनि मलाई सम्झाउन पाउँदा उनीहरूलाई आनन्द लाग्छ त्यसैले म पनि चूप लागेर बसेँ। होसियार बन्नको लागि सतर्कता देखाउने गर्छु। तर त्यस्तो उनीहरूलाई लागेको मात्र हो। म उनीहरूका उपस्थितिमा परावलम्वीझैँ वेवास्ता हुन्छु परन्तु एक्लै कति सचेत हुनुपर्छ। कम्तीमा म २०२८ सालमा वनारसको यात्रामा लागेदेखि यता आजसम्मका ४२ वर्षमा पाँचसयभन्दा बढी यात्रा गरेँ हुँला। कुनै त्यस्तै भयको क्षति भएको छैन। एउटा कुरा स्वाभाविक के छ भने यात्रा अघि यो मनलाई उद्विर्‍ग्नताले छुन्छ, यात्राको क्रममा पनि शरीरलाई कुनै चिन्ताले खाइरहेको हुन्छ, यात्रा सकिएको एकदुई दिनपछि सरसामान खोलेर थन्क्याएपछि मात्र मन टुङ्गामा आउँछ। सधैँ यस्तै हो। 
    बिहानभरि सबै मिलाएँ, चेक गरेँ, रिचेक गरेँ, सुनिश्चित भएर प्रतीक्षामा रहेँ। 
दश बज्ने बेलामा भानु जयन्ती समारोह समितिका अध्यक्ष श्री सागर सापकोटाले फोन गरे- सर १० बजेबाट कार्यक्रम शुरु हुन्छ। त्यहीँ पर्खिरहनु होला हामी लिन आउँदैछौँ। एकैछिनमा उनीहरू मलाई लिन आइपुगे अनि फ्रुट गार्डेन अप्सरा गेष्ठहाउस छोडेर हामी बडाबजार पुग्यौँ। श्री मणिसिंह गुरु अडिटोरियममा अतिथिहरू एकतृत भइसकेका थिए। त्यहीँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४ औँ जन्मजयन्तीको उपलक्षमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। 
गोर्खा स्कूलको प्राङ्गणमा निर्मित सो भव्य भवनमा शिला परिवेशका गण्यमान्य व्यक्तिहरू उपस्थित थिए। आजको कार्यक्रमलाई दुई चरणमा विभाजन थियो- बहुभाषी कविता गोष्ठी एवम् महाकवि देवकोटा जन्मोत्सव। 
यता नेपालमा भर्खरै बहुभाषिक साहित्य समाजको स्थापना गरी त्यसको प्रथम सम्मेलन सम्पन्न गरेको अनुभव लिएर हिँडेको थिएँ। त्यसमा बहुभाषिकता र सिर्जनात्मकताको शैद्धान्तिक आधार एवम् नेपालको सन्दर्भ शीर्षक एक कार्यपत्र समेत प्रस्तुत गरेर हाम्रो जस्तो बहुभाषी समाजमा बहुभाषा साहित्य समाजको आवश्यकताबारे बोलेको थिएँ, त्यसको विश्वव्यापी विशेषताको प्रशङ्ग निकालेको थिएँ। अफ्रिका एशियालगाय तेस्रो विश्वका अनेकौँ साहित्य/संस्कृतिले आफ्नो परिचयको स्थापना तथा निरन्तरताको लागि आन्दोलनको रूपमा अघि बढेको यो अभियानबारे म अवगत थिएँ। यस विषयमा नेपालमा प्रथम कार्यपत्र प्रस्तुत गरेको थिएँ। (सो कार्यपत्र पुनः शिला यात्रा-१० मा प्रस्तुत हुनेछ) यो केवल संयोग हो, शिला पुग्दा त्यहाँका अनेकभाषाभाषी स्रष्टालाई जोडेर नेपालीहरूको छाता संस्था अन्तर्गत बहुभाषी साहित्य गोष्ठीको आयोजना गरिएको रहेछ। त्यो दिन श्री चन्द्रमणि अधिकारीद्वर्‍ारा उद्घोषित कार्यक्रम ठिक ११ बजे आरम्भ भयो। अनि सातवटा भिन्न भाषाका १९ जना कविले दुईदुई कविता वाचन गरे। स्रष्टा कविको नाम अन्त्यमा प्रस्तुत छ। 
शिलाका पूर्व सांसद महेन्द्र रापसाको अध्यक्षतामा भएको सो गोष्ठीमा खासी भाषाकी प्राध्यापक एवम् अन्य भाषाभाषी विद्वर्‍ान् विदुषी देख्ता लाग्यो नेपाली समाज अन्तरमिश्रणतिर अर्थात् अन्तरसांस्कृतिक अन्तरघुलनतिर लाग्दैछ, सहअस्तित्वको आवश्यकता बोध गरी तीव्र रूपले त्यता अघि बढ्न थालेछ। 


कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिको आशनबाट म उठेर बोलेँ- यस गरिमामय मिलन समारोहका स्रष्टा-सञ्चालक बन्धुवान्धवहरू, यस अवसर एवम् सम्मानको निमित्त म आभारी छु, सर्वप्रथम ता यस्तो बहुभाषिक प्रतिभाको प्रस्फुटनकारी संयोजन देखेर म अभिभूत छु। 
भानुभक्त द्विर्‍शतवार्षिकी समारोह समितिले वर्षभरि चल्ने अनेक कार्यक्रमलाई भानुभक्तको समारोहभित्रै पारेर सञ्चालन गरेको देख्ता अपार खुशी लागेको छ- तपाईंहरू आदिकवि भानुभक्तलाई कत्रो महत्व दिनुहुन्छ भन्ने तथ्यको यो साक्षी हो। भानुभक्तको स्मारक भएको यस भवनमा सञ्चालित प्रत्येक कार्यक्रम उनकै स्मृतिलाई अमर पार्ने जस्तो पनि लाग्दछ। भानुभक्त हाम्रा जातीय कवि एवम् आदि कवि। आज जहाँ नेपाली जाति पुगेको छ त्यहाँ यी सबैका माझ ती जातीय पुर्खा पुगेका छन्, उनले रोपिदिएको नेपालीभाषाको बीजले आज विशाल वृक्षको रूप लिएको छ। यसका प्रशाखा फैलिएका छन्। पचासौँ देशमा आज भानु पुगेका छन्। नेपाली वाङ्मयको चर्चा चिन्ता आराधना हुनु नै भानुको आराधाना हो। भानुभावले जाति, भूगोल, वर्ग, भाषा संस्कृतिका अन्तरहरू पार गरी आज ता अन्तरदेशीय स्वरूप लिएका छन्। हिजो मात्र मलाई अवगत भयो- तेजपुरकी बहुमुखी स्रष्टा गीता उपाध्यायले भानुभक्तीय रामायणको भानुभक्ति रामायण शीर्षकमा असमिया भाषामा अनुवाद गरेकी छन्, यो बंगाली हिन्दी, अवधी, मैथिली, मगर, लिम्बू लगायतका भाषामा अनूदित छ भने हालै मात्र कृष्णप्रकाश श्रेष्ठले भानुभक्तका फुटकर कविताको रुसी भाषामा अनुवाद गरेका छन्। लोकको गरौँ हित भनी (२०७०) पुस्तकमा निम्न शीर्षक भानुभक्तका कविता रुसी भाषामा अनुवाद गरिएका छन्- परिचय, घाँसी, बालाजी, कान्तिपुरी नगरी, इजाहारपत्र, बिन्ती डिट्ठा-विचारीसित, आग्रह, लामखु194ट्टेहरू गाउँछन्, बिन्तीपत्र, तारापतिलाई, बधूशिक्षा, प्रश्नोत्तरमाला, भानुभक्त भनी प्रसिद्ध जगमा, लोकको गरुँ हित् भनी जम्मा १३ वटा कविता संग्रहमा प्रकाशित छ। 
विश्वसाहित्यमा नेपाली साहित्यको यो आद्यग्रन्थ पुग्न सकेको थिएन। सार्क संस्कृति केन्द्र श्रीलंकाले  यो वर्ष सार्क भरिका क्लासिकल ग्रन्थको अनुवाद गर्ने गराउने निर्णय गरे अनुसार मलाई भानुभक्तीय रामायणको अंग्रेजी अनुवाद परेको छ। त्यसैले २०१४ भित्रै भानुभक्तीय रामायण अंग्रेजीमा आउनेछ, यो प्रथम अंग्रेजी अनुवाद हुनेछ। त्यसले हाम्रो साहित्यको विस्तार हुनेछ। यसका साथै सोही केन्द्रले बलराम अधिकारीद्वर्‍ारा अनूदित मोतीराम भट्टकृत भानुभक्तको जीवन चरित्र एवम् अन्य केही फुटकर रचनाको पनि  अनुवाद पनि प्रकाशित गर्नेछ। यसरी भानुभक्त एवम् मोतीराम सँगसँगै अंग्रेजीमा आउनेछन्।  
महाकविको सम्बन्धमा कुरा गर्दा नेपाली विश्वले उनलाई नेपाली वाङ्मयका सर्वाेच्च निधिको रूपमा सम्मान गरेको छ। आफ्नो समय कठोर थियो, जनता अशिक्षित थिए त्यसैले जीवनकालमा महाकविको समुचित कदर हुन सकेन। आज मात्र नेपाली जगत्ले उनलाई चिन्दैछ। नेपालदेखि भारतवर्ष हुँदै विश्वका अनेक मुलुकमा खासगरी नेपालीभाषी पुगेका ठाउँमा देवकोटा जयन्ती उत्सव मनाइन्छ। मानवतावादी देवकोटाको योगदान भारतवर्षको पहिचानमा अझ गहिरो छ। महात्मा गान्धीको अवसान हुँदा महाकवि भारतवर्ष (वनारसमै) थिए। तत्काल बापू एण्ड अदर सोनेटस् नामक शोक कविताहरूको संग्रह (अंग्रेजीमा) रचेर छोडेका थिए। हालै त्यो प्रकाशित छ। त्यहाँ गान्धीको देहान्तलाई एक महान् नेपाली स्रष्टाले कसरी हरेका थिए त्यो देख्न पाइन्छ। त्यतिमात्र होइन, राजस्थानका सुरवीर योद्धा अकवरसित वीरतापूर्वक लड्ने नायक महाराणा प्रतापका बारेमा पनि उनले महाकाव्य रचे। उनी प्राचीन-भारतीय सभ्यताका पुजारी थिए।
भारतीय विद्वर्‍ान् स्रष्टाहरूसमक्ष तपाईंहरूले महाकविको यो विशिष्ट योगदानको विषयमा परिचित गराई महाकविको मानवतावादलाई व्यापक र विस्तार गराउनेतर्फ प्रयत्न गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु। 
आजका कविता श्रवण गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। शिला जस्तो मोट्रेपोलिटन सिटिका वासिन्दा-स्रष्टाबाट बहुभाषी कविता पाठ गरिनु एउटा नयाँ दिशाबोधको विषय हो। अब यहाँ एक्लाएक्लै उठ्ने वा चिनिने वा बाँच्ने कार्य असम्भव हुनेछ। यता अनेक जातजातिले सहअस्तित्वको स्थापना र उत्थानप्रति सचेत हुनुपर्दछ। यहाँ वाचित कवितामध्ये फाल्गुनी चक्रवर्तीका बंगाली कविता, पुष्पनाथ शर्मा, मंजु लामाका नेपाली कविता, डा. जीन एस डाकर र सुस्मिता दासका हिन्दी कविता डा. स्ट्रिम्लेट डाकरको अंग्रेजी कविताको स्तर उच्च छ। यी कवितामा नारीहरू उदाहरणीय रूपले प्रस्तुत भएका छन्। बहुभाषिकता र सहअस्तित्व अहिलेको विश्व आवाज हो, यहाँ यसको अभ्यास भएको देख्ता म अति प्रसन्न छु। त्यसमा पनि प्रमुख अतिथि श्री महेन्द्र रापसा र खासी विभागकी अध्यक्ष प्राध्यापिका डा. स्ट्रिम्लेटले महाकवि देवकोटाबारे व्यक्त गर्नु भएका विचारले हामी सम्मानित भएका छौँ। प्राध्यापक डा. स्ट्रिम्लेटले भनेका कुरा स्मरणीय छन्- तपाईं हामीहरू मिली खासी भाषाको, बंगाली वा हिन्दीको नेपाली वा निकट भाषाको विशेष जयन्ती तिथि मनाउने दिवस मनाउने कार्यमा सहकार्य गरौँ, एक अर्कालाई चिनौँ, चिनाऔँ। यो सराहनीय छ। 


हालै भएको एफ्लुको, तीनदिने सम्मेलनमा पनि साना संस्कृति, साहित्यको पहिचान र सहअस्तित्वका कुरा उठेका थिए। शिलाको नेपाली समाजले देखाएको यो मार्ग निर्देशनदेखि म प्रभावित भएर फर्किने छु। 
सम्मेलनमा सलील ज्ञवाली लगायत तीनजना नेपालीस्रष्टा सम्मानित भएका थिए, अनेक नृत्य, गायन र झाँकीले गर्दा कार्यक्रम अत्यन्तै उत्साहपूर्ण थियो। कवितावाचनको लागि उद्घोषित नामहरूले नै बहुभाषिक स्थितिको चित्र प्रस्तुत गर्नेछन्।

१. पुष्पनाथ शर्मा (नेपाली)          १२. सीताराम पौडेल (हिन्दी/खासी)
२. उमेश सुब्बा (नेपाली)           १३. यमु पौडेल (हिन्दी)
३. भागवत आचार्य (नेपाली)        १४. कैलाशचन्द्र दास (उडिया)
४. टेकनारायण उपाध्याय (नेपाली)    १५. सुस्मिता दास (हिन्दी/बंगाली)
५. हरिप्रसाद जोशी (नेपाली)         १६. फाल्गुणी चक्रवर्ती (बंगाली/हिन्दी)
६. बीबी क्षेत्री (नेपाली)             १७. स्टि194्रम्लेट डाकर (अंग्रेजी)
७. सागर सापकोटा (नेपाली)        १९. गीता लामा (हिन्दी)
८. एचपी अधिकारी (नेपाली)        १८. मिसरज अहद (उर्दू)
९. मञ्जु लामा (हिन्दी)            २०. उमेश सुब्बा (गायन नेपाली)
१०. दिनेश शर्मा (हिन्दी)           २१. सृष्टि अधिकारी (नृत्य)
११. श्रीमती जन डाकर (हिन्दी/खासी) २२. सामूहिक नृत्य (रातो रुमाल हल्लाउँदै)
     
     बाँकी यात्रा वृत्तान्त क्रमशः आइरहने छ। 

*     Sarah Hilaly: "Memory in Death Rituals: Understanding the Soul Journey amomg the Adis of Arunachal Pradesh".

No comments:

Post a Comment