About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Wednesday, February 4, 2015

पुन शिलाङ यात्रा — १०

    


नवेम्बर ११, २०१३ का दिन शिलामा भानुभक्त द्वितवार्षिकीको अवसर पारी आयोजित बहुभाषिक कविता गोष्ठीमा वाचन गरिएका केही कवितांश प्रस्तुत गर्न चाहन्छु। 
    
 १. निज जीवन निज कहाँ रहा? 
                                                प्र. स्ट्रिम्लेट डाकर
    
    विवाह के प्रथम दिवस से ही
    सबकुछ परायासा लागने लगा,
    पाकर अपना जीवन साथी
    वह खुश था वास्तव में ही
                   किन्तु उसे क्या पता था,
                   यह तो पल भर की खुशी थी
                   जिसे संजोये रखा था
                   उसने मन के किसी कोने में।
    वास्तविकता तब सामने प्रकट हुई,
    जब असली चेहरा सामने आया
    उसी जीवन साथी का
    मीठी वाणी प्रस्फुटित होती थी,
                   पर एकदो दिन ही कायम रहती 
                   शेष जो बचा था सुनने को
                   वह था कटु वचनों की बौछार।
                   हाय स्त्री ! क्या इसलिए तुझे
    सपना सर्वस्व त्यागकर
    सौंपना पडा औरों को अपना जीवन।
    कितना प्रदूषित वातावरण है
    हाय ! यह तथाकथित सभ्य आचरण है।
                   हे नर ! क्या तू भूल गया
                   यह तेरी अर्धागिंनी है?
                   जबसे वह तुझसे जुडीं है
                   उसका तनमन सब हुआ तेरा।
    पर तू स्वार्थी इतना है
    कि उसकी खुशी तेरे पावों तले है।
    आदेश मानती, वह तेरा आदर करती,
    तेरेे लिए अच्छेअच्छे पकवान बनाती।
                   तेरी खुशी हेतु अपना मन भरती है।
                   पर तू अंधो की भाँति जीवन जीता रहा 
                   हर क्षण उसकी उपेक्षा करता रहा।
                   ऐसे में उसका जीवन निज जीवन कहाँ रहा? 
                                      (डा. जीन. एस. डाकर)
     
2. A Poor She
                                                Prof. Streamlet Dakar
Is she not a human in your eyes ?
what does she err ?
That she is being bashed with violence
She has never raised her voice
nor her head
But believe in what you said
If black you say is red
Yes she agrees and nods her head
She has no weapons of words
nor a shield of trust
that will protect her
why do you torture her ?
you will have loved her instead
And her painful memories
will be erased
                                                 
३. अतीत अनि वर्तमान
                             पुष्पनाथ शर्मा
    
    अतीतलाई नियालेर हेर्दा
    स्वतन्त्र प्रकृतिमा बन्धन मुक्त थियौँ
    न नै कुनै बन्धनमा बाँधिनु पर्थ्याे
    खुल्ला हावा स्वतन्त्र घुमफिर
    निलो आकाश प्रकृति सुन्दरको काखमा 
    खुसी नै खुसीको साम्राज्य थियो।
                   दस्ताबेजको नाउँमा प्रमाण पत्र चिना हुन्थ्यो 
                   त्यसैको आधारमा ग्रह, नक्षत्र, दिनबार हुन्थ्यो
                   रिस्ता, बिहा पूजाआजा, ग्रह शान्ति सबै
                   चिनाकै आधारमा प्रमाणित हुन्थ्यो 
                   शिक्षा, घुमफिर चिना नै हुन्थ्यो 
                   चिनानै सबैको मूल दस्तावेज बन्थ्यो।
    वर्तमानमा अहिले काँचुलि फेरेको छ 
    प्रमाण कार्डको अनिवार्यता छ 
    स्कूल, कलेजमा पढ्न परिचय कार्ड
    अठार वर्ष पुग्यो कि भोटर कार्ड
    पेट भर्नलाई राशन कार्ड
    ए. टी. एम. अरू धेरै क्रेडिट कार्ड
                   गाउँमा बस्न रजिस्टेसन कार्ड
                   नभएको ख48डमा पाइँदैन बास
                   काडै कार्डहरूको थुप्रो रास
                   मानिस बाँच्नलाई कार्डकै आशा
                   विदेश जान भिसा कार्ड
                   कार्ड नभए जीवन निराश
    यी जम्मै कार्डको जेठो अर्काे कार्ड आउने रे
    जसद्वारा सबैले सौलियत पाउने रे 
    त्यो कार्डको नाउँ हो आधारकार्ड
    समयले बताउला आधारकार्ड कि निराधार कार्ड
    बाँच्नलाई कार्ड भए पनि निराश
    नभए झन् निराश ! नभए झन् निराश।
    
    ४. क्या तुमने महसूस किया?
                             सुष्मिता दास
    
    धूप की छवि को आँचल में समेटे,
    चलते चलती विराग की अटूट,
    चुपके से नयन की सब्र में,
    छुपा लेती सारी गरमाहट
    क्या, तुमने कभी महसूस किया ! 
                   जलती अंगार में रोटी के साथ,
                   कुछ स्वप्नों को भी वह सेंक लेती 
    सावन के झूलों के भीगते बूंदों में
    आशा भी कुछ उसकी वहजाती,
    क्या, तुमने कभी महसूस किया !
                   न कभी उसकी हृदय को जाना किसीने,
                   न रुह को उसके किसी ने पहिचाना,
                   समय को कितना उसने कातिल किया
                   कितने अरमान उसके मरे, न कोई जाना,
                   क्या, तुमने कभि महसूस किया ! 
    कितने ढालचर्म चढा ली उसने,
    आधुनिकता का चादर ओढाली कितने,
    खिड्की से दरवाजे तक का सफर,
    कितने युग उसने गुजार दिए,
    क्या, तुमने कभी महसूस किया !
    
    
   ५. टुक्रिएको मान्छे (नेपाली)
                                      मञ्जु लामा 
    
    मान्छे टुक्रिँदैन
    मात्र कुनै हतियारले
    बम वा कुनै मिसाइलले
    मान्छेलाई टुक््रयाउन खाँचो छैन,
    कुनै युद्ध वा हतियारहरू
    मान्छे टुक्रन्छ 
    एउटा सानो शब्दले,
    एउटा सानो वाक्यले
    एउटा सानो घटनाले
    नित्य जीवनमा कति पटक
    यस्तो भएको हुन्छ
    टुक्रिएको मान्छेको
    अस्तित्वको टुक्रा छरपस्टिएर
    पर...पर... फैलिएका हुन्छन्,
    तर त्यो टुक्रिएको मान्छे
    एकाएक जोडिएर
    तयार हुन्छ 
    जीवनमा घटने
    अर्काे एउटा घटनाका निम्ति।
    
    ६. टुटा आदमी (कविकै हिन्दी अनुवाद)
    
    आदमी टुटता नहीं
    केवल किसी हथियार से
    बम या किसी मिसाइल से
    आदमी को तोड्ने के लिए
    जरुरी नही कोई युद्ध या हथियार,
    आदमी टुटता है
    एक छोटा सा शब्द से,
    एक छोटा सा वाक्य से,
    एक छोटी सी घटना से।
    नित्य जीवन में
    कई बार ऐसा होता है
    टुटे हुए आदमी का अस्तित्वका टुकडा
    बिखरकर दूरदूर तक फैलाता है,
    पर वह टुटा आदमी
    एकाएक जुडकर
    तैयार होता है
    जीवन में घटते 
    एक ओर घटना के लिए। 
                              
    ७. आजकी समस्या
                                      दिनेश शर्मा (ज्ञवाली)
    
    लोग ग्रस्त हैं, त्रस्त हैं,
    शायद छिननेका डर उनको सत्तारही हैं
    क्योंकर विलिन होगा तुम्हारा वंश
    यहाँ तो सबकुछ तुम्हारा अपना हैं
                   हम भारतीय हैं यह शायद भूल गए वो,
                   जातीय दंगों मे अपनेको झूलस रहे हैं
                   वसुधैब कुटुम्बकम यह हमारी संस्कृति हैं
                   फिर क्योंकर लोग अलग जातीय खिचडी पका रहे हैं? 
    ऐसे तो न थे हम,
    प्रेम से गले हम मिलते थे
    क्या हुआ जो ऐसे भाव जगे
    सब ही अपनेको दुशमन लगे !
                   भटक गए लोग दिशाहीन डगरों में
                   पतवार के बिना नाव घुम रही हैं बीच समरों मे,
                   ऐसे मे चारोंओर द्वन्द्व हाहाकार मचा
                   कुछएक तावे में अपनी रोटी सेक रहा हैं
    तोडफोड से क्या होगा
    अपने ही राष्ट्रिय धरोहरका नकुसान होगा
    असल मुद्रोंको अगर सहज रखोगे तुम,
    तुम्हारी समस्याओंका मिनटोंमे समाधान होगा।
                   क्या नहीं है यहाँ
                   बस सबको साथ लेकर चलना है
                   शस्य श्यामला बनेगी यह धरती
                   बस मै को भूल एकताका पाठ हमें पढ्ना हैँ।
• •
  
भानुभक्त आचार्यको द्विर्‍शतवार्षिकीभरि पर्ने सबै प्रकारका साहित्यिक सांस्कृतिक कर्महरू उनैको नाममा मनाउने निर्णय भएकोले त्यो वर्षको देवकोटा जयन्ती पनि त्यसैभित्र पारिएको थियो। त्यसैले त्यहाँ देवकोटा र भानु दुवै प्रशङ्ग मिश्रित थिए। महाकविको जीवनकालदेखि लिएर मृत्यु शय्यामा उहाँलाई भेट्ने डम मोर्र्‍यासले भनेका थिए महाकविको जन्म गलत भूगोलमा, उनको प्रतिभा नचिन्ने मुलकमा भएको थियो अर्थात् यथासमयमा उनको प्रतिभा चिनिएन, उनका कृति विश्वभाषामा अनूदित/प्रचारित हुन सकेको भए रविन्द्रनाथ ट\ofगोर पश्चात् नोबेल पुरस्सकार प्राप्त कर्तामा महाकवि हुने थिए होलान, तर त्यो भएन, समयले सारा सम्भावना समाप्त गर्‍यो। 
    प्रा. जयराज आचार्यले भनेका छन् हामी सबैले स्वीकार गरेका छौँ आधुनिक नेपालको भूगोल निर्माता पृथ्वीनारायण शाह, आधुनिक नेपालका भाषा निर्माता भनुभक्त आचार्य एवम् आधुनिक नेपालका प्रजातान्त्रिक विचारका निर्माता विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपालका उच्च साहित्यिक/सांस्कृतिक सगरमाथा महाकवि देवकोटा हुन्। संयोगले यस वर्ष विश्वेश्वरप्रसाद कोइरालको जन्म शताब्दी वर्ष पनि परेको छ। नेपालभारतका मैत्री सम्बन्धका एक आदरणीय प्रतीक वीपी कोइरालाको शतवार्षिकी कार्यक्रम पनि यताका नेपालीले मनाउनु हेाला। यसले गर्दा नेपाली जातिले भारतभूमिको स्वतन्त्रतामा समेत कत्रो योगदान गरेका थिए भन्ने कुरा अवगत हुनेछ, त्यसले हाम्रो सीमाहीन सम्बन्धमा एक नयाँ आयाम थपिने छ अनि हामी एक सूत्रमा नजिक हुनेछौँ। 
    वास्तवमा एउटा ठूलो संयोग छ विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्री कालमा (विक्रम सम्वत् २०१६) मा महाकविको देहान्त भएको थियो। प्रधानमन्त्रीको नाताले उनलेे समवेदना प्रकाश गरेका थिए। त्यसको वीस वर्ष पश्चात् उनै वीपी कोइरालाले वानेश्वरमा स्थापित वीपी कोइरालाको सालिक अनावरण गर्दै देवकोटाबारे (देवकोटाका सम्बन्धमा) शीर्षक आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। सो दुर्लभ मूल्याङ्कन अभिव्यक्तिलाई आज पुन यहाँ पाठ गर्ने अनुमति चाहन्छु। 
    
    
    
देवकोटाका सम्बन्धमा

  

साथीहरू
          म धेरै कराएर बोल्न सक्तिन, त्यो तपाईंहरूलाई थाहा छ। आज देवकोटाजीको जन्मदिवसमा उहाँको मूर्तिको अनावरण गर्न पाउँदा मलाई बडो गौरवको अनुुुभव भइरहे छ। देवकोटाजीका सम्बन्धमा अहिले मोहन कोइराला र अरू वक्ताहरूले जुन मार्मिक किसिमबाट भन्नुभयो, त्यस्तो किसिमबाट म भन्न सक्तिनँ। 
     मलाई देवकोटाजीको बडो लामो सहवासको (सँगै बस्ने) मौका मिल्यो। म उहाँलाई धेरै आदर गर्थे। किनभनेदेखि, सबभन्दा मूख्य कुरा नेपालमा जुन परिवर्तनको लहर आएको छ यो व्यापक (म त राजनीतिमा लागेको व्यक्ति हुुँ, राजनीतिले परिवर्तनको एउटा पक्षमात्र अँगालेको हुन्छ, तर देवकोटाजीले हाम्रो सामाजिक संवेदनशीलता, हामीहरूको भावुकता, हामीहरूको मनोविज्ञानलाई नै छोएर) परिवर्तनपट्टि देशलाई लैजाने, समाजलाई लैजाने, उहाँको प्रक्रिया भएको थियो। 
          मैले भन्न खोज्या के भन्देखि जव एउटा नयाँ सभ्यता आउन खोज्दछ, त्यो सभ्यताको रुपचाहिँ सर्वव्यापी हुन्छ। रिनेसाँ जस्तो, पुनर्जागरण जस्तो, नेपाल हठात् एउटा नयाँ व्यवस्थापनमा प्रवेश गर्न खोजेको जस्तो, त्यसको सबभन्दा ठूलो प्रतीकको रूपमा उहाँ आउनुभएको थियो, साहित्यकोजगत्मा। उहाँ हामीहरूको निश्चल भएको (राजनीति या अरू दृष्टिबाट पनि) अगाडि नबढ्न थालेको समाजमा एउटा विजुली चम्क्या जस्तो गरिकन अवतीर्ण हुनुभयो, समाजलाई एउटा नयाँ रूप दिन। पहिल्यैका जति कविताहरू थिए, जति साहित्यकारहरू थिए, उनीहरूको एउटा रुढीगत धारणा थियो। वडा राम्राराम्रा साहित्यकारहरू पनि भए, ठूलाठूला पनि भए, हाम्रा भानुभक्तहरू भए। तर उनीहरूको जुन चिन्तन थियो, जुन संवेदनशीलता थियो, त्यो संवेदनशीलताले यो भन्न मिल्दैन कि पुनर्जागरणमा मद्दत गरेको थियो। एउटा रुढीसम्बन्धी, रुढीगत संवेदन थियो त्यो। उहाँहरूका लय पनि एउटा रुढीगत। तर महाकवि देवकोटाले एउटा नितान्त नयाँ प्रयोग दिनुभयो, नितान्त नयाँ भावना जनता (पाठक) का अगाडि राख्नुभयो। जसबाट म भयानक प्रभावित भएको थिएँ। 
          उहाँसँग कुरा गर्दाखेरि म पनि आफुलाई लेख्ने मान्छे भन्ठान्थेँ, (त त्यही साहित्यकारको हैसियतले आज तपाईंहरूले मलाई बोलाउनुभयो र उहाँको मूर्तिको अनावरण गर्न लाउनुभोम कुनै राजनीतिक व्यक्ति भनेर होइन) र मलाई पनि लाग्दथ्यो, साहित्यको निम्ति मैले पनि केही सेवा गरेको छु। तर उहाँसँग कुरा गर्दाखेरि मेरो र उहाँको कुरामा एउटा बडो फरक कुरा म पाउँथे। म यसलाई राम्रो किसिमको फरक थियो भन्न खोज्दैछु। एउटा कुरा के भन्देखि, म एउटा राजनीतिक दृष्टिकोणबाट, या भनुँ एउटा प्रशासकीय दृष्टिकोणबाट, या भनुँ आर्थिक दृष्टिकोणबाट नै मेरो संवेदनशीलता जागेको थियो। तर उहाँको संवेदनशीलता यति व्यापक थियो कि धनी मान्छेहरू पनि गरिब छन् भन्ने पनि उहाँले बुझ्या थियो। त्यो अभावग्रस्तता, केवल भौतिक क्षेत्रमा मात्रै मान्छे अभावग्रस्त हुँदैन, सँस्कृतिको क्षेत्रमा पनि, उसको मनोवैज्ञानिक क्षेत्रमा पनि ऊ अभावग्रस्त हुन्छ। त, उहाँको विचार र साहित्यको पकड चाहिँ सर्वव्यापी थियो। जहाँजहाँ सुकेको त्यो मरुहृदय छ, अभावको जीवन छ त्यसमा उहाँले रस दिदैं) जानुभयो। 
          एकचोटी उहाँसँग मेरो कुरा भयो वहस जस्तो कुरा भयो, वहस त उहाँ गर्हुन्नथ्यो। मचाहिँ आफ्नो मार्क्सवादको विचारलाई लिएर उहाँसँग वडो अग्रसर हुन्थें वहस गर्न। मैले उहाँलाई, अन्त्यअन्त्यतिर भन्नुपर्‍यो एकचोटी भनेँतपाईंले भन्न खोजेको कुरा के हो? कताट्टि दिशा दिन थाल्नु भइरहेको छ? तपाईंको फिलोसफी के हो भन्दा उहाँ चकित जस्तो हुनुभयो। अनि उहाँले भन्नुभयो, ‘एउटा साहित्यकारले, संवेदनशील साहित्यकारले त मानिसका विभिन्न पक्षहरूलाई उजागर गर्छ। उसले कुनै दिशा दिने होइन। दिशा त हामीहरूले (राजनीतिज्ञहरूले) दिने हो। हामीहरूले (साहित्यकारले) त मानव समाजका भावनाका नयाँनयाँ पक्षलाई बुझ्दै जाने हो, साहित्यकारको त्यो काम हो। दिशा दिने त हामीहरूले आफूले (राजनीतिमा लागेकाले) हो। त्यस्तो हुनाले उहाँले जो काम गर्नुभाथ्यो, त्यो सम्झाउनलाई उहाँले त्यसो भन्नु भएको थियो। उहाँ छक्क पर्नुभाथ्यो मैले त्यो सम्झाउनलाई उहाँले त्यसो भन्नु भएको थियो। उहाँ छक्क पर्नुभाथ्यो मैले तपाईंलाई कताट्टि ध्यान छ? तपाईंको के छ? भन्दा। 
          , मैले के भन्न खोजेको भन्देखिन् यो पुनर्जागरणको जुन एउटा नयाँ लहर आउन थालेको छ। 
(बहुत सानो) त्यसको सबभन्दा पैला सूत्रपात गर्ने उहाँ नै हुनुहुन्थ्यो र ऐले पनि, अझै कति वर्ष लाग्ला रे, पचासौं वर्ष लाग्ला रे हामीले नयाँ समाज बनाउने प्रक्रियामा, न केवल राजनीतिक कुराहरूमा मात्र, केवल प्रजातन्त्रका कुराहरूमा मात्र हैन हामीहरूको जनमानसलाई नै परिवर्तन गर्ने प्रक्रियामा हामीहरूको चिन्तनप्रणालीलाई नै, हामीहरूको संवेदनशीलतालाई फैल्ााउनेबढाउने, संकुचित भावनाबाट प्रशस्त पार्ने, त्यो प्रक्रिया उहाँले नै प्रारम्भ गर्नुभएको हो। 
          आज त म एउटा राजनीतिमा लागेको मानिस। र म अहिले एउटा तत्कालिक उद्देश्य राष्ट्रिय एकताट्टि अग्रसर भएर म अघि बढेको राष्ट्रिय एकता भन्ने वित्तिकै त्यस्तो किसिमको व्यवस्था यहाँ होस् जसमा सबैले ठाउँ पाऊन् आफ्नो राजनीतिका लागि राजाले पनि ठाउँ पाउँन र हामीहरूले पनि ठाँउ पाउँ। त्यस्तो किसिमको कुनै व्यवस्था हुन सक्छ कि भनेर म त्यताट्टि अग्रसर भएको व्यक्ति हुँ राजनीति या राष्ट्रिय एकताका लागि। यही समारोह यदि यहाँको सर्वोच्चले गर्‍या भए शायद उहाँको पनि इज्जत्को कुरागौरवको कुरा हुन्थ्यो र हामीहरूलाई पनि खुशी लाग्ने कुरा हुन्थ्यो। त्यस किसिमको व्यवस्था कुनै हुन सक्तछ कि भन्ने खोजीमा लागेको व्यक्ति हुँ म राजनीतिमा। त त्यसो हुनाले अब यस दृष्टिकोणबाट म कविजी देवकोटाजीको एउटा कुरा भन्न चाहन्छु। 
          देवकोटाजीका जति कुराहरू छन्, दरवारमा बसेर पढे पनि एउटा झोपडीमा बसेर पढे पनि सवलाई एउटै धागोले बाँधेको छ उहाँले। मलाई लाग्छ यत्रो ठुलो राष्ट्रिय भावना जागृत गर्ने कवि त शायद कम्ती नै भएका होलान्। एउटा बडो सेन्सिटिभ रीडर (संवेदनशील पाठक) लाई पनि उहाँले छोएको छ, आफ्नो पकडमा उहाँले राखेको छ, एउटा हलेकोदाले, गरिब, नपढेको मानिसले पनि उहाँको ध्वनि सुनेर, उहाँको शब्द मात्र सुनेर, रसग्राह (रसलाई ग्रहण) गर्न सकेको छ। त्यसैले पनि उहाँले आफ्नो एउटा अँगालोमा पूरा समाजलाई समातेर राख्नुभाको छ। त्यो कुरालाई हामीले ध्यान दिया छैनौं। हामीले उहाँको एउटा पक्षलाई मात्र, जुन पक्षलाई अहिले रिप्रिजे48ट (प्रतिनिधित्व) गर्दछौं, त्यसलाई मात्रै जुन पक्षले हामीहरू थिचिएको छौं त्यो पक्षलाई मात्रै पक्डिराख्याछौं। तर उहाँको पक्ष चाहिँ यो राष्ट्रका तमाम व्यक्तिलाई राष्ट्रमा रहेका नेपाली बोल्ने मान्छेलाई र राष्ट्रमा मात्र हैन, (राष्ट्र बाहिर पनि) नेपाली बोल्ने मान्छेलाई समग्र रुपबाट उहाँले समात्या छ। 
          आज उहाँको जन्मदिवस हो। त्यसो हुनाले मैले बोल्दाखेरि (रूले उहाँको साहित्यिक पक्ष बोल्लान्, मैले बोल्दाखेरि उहाँको राष्ट्रिय पक्ष उहाँले जन्म लिएर (मलाई लाग्छ ) सबभन्दा ठूलो काम गर्नु भएको आफ्नै भाषाको मार्फत र कस्तो सजिलो भाषा ! आफ्नो भावनाको मार्फत कति रस भएको भावना) कति अन्तस्तललाई छुने भावना जसले एउटा राष्ट्रिय एकताको बडो ठूला प्रतीक उहाँ हुनुभएको थियो र आजसम्मन् पनि म त्यो पक्षपट्टि तपाईहरूको ध्यान दिलाउन चाहन्छु कि म खोजिरहेछु राष्ट्रिय एकता जसका पट्टि म हिँडिरहेछु भन्देखिन् यहाँभन्दा अगाडि अगुवा भएर अरूरू क्षेत्रबाट सामाजिक क्षेत्रमा होस्, वा साहित्यिक क्षेत्रमा, या कलाका क्षेत्रमा भन्दा मलाई सबभन्दा ठुलो अगुवा अहिले लक्ष्मीप्रसाद देवकोटा लाग्नुहुन्छ। 
          तपाईंहरूलाई थाहा छ, म धेरै बोल्न सक्तिनँ। मैले दुईचार शब्दमात्र भनुँ भनेर। फेरि आज घाम पनि वेशी भएको छ, तपाईंहरूलाई पनि दुःख, मलाई बोल्नलाई, तपाईंहरूले थाहा पाइहाल्नुभो। म दुइटा कुरा भन्न खोजिरहेछु। एउटा कुरा उहाँलाई केवल साहित्यिक मात्र हामीले भन्ने होइन साहित्यको मार्फत उहाँलाई एउटा वर्गको मात्र नेता भन्ने होइन, साहित्यकार मात्र भन्ने होइन। उहाँ एलिट (शिक्षित) हरूको पनि हो। उहाँ चाहिँ जसलाई वुद्धिजीवी भन्छन् (यहाँ एउटा दम्भ राख्ने वर्ग छ, आफुलाई वुद्धिजीवी भन्ने) त्यसको पनि उहाँ नेता हो। त्यसलाई पनि उहाँले दिनुभएको छ। महलमा बस्ने मान्छेलाई पनि उहाँले आफ्नो कविताले छुनुभाको छ उसको हृदयलाई, उसको मार्मिकतलाई, उसको संवेदनशीलतालाई जगाउनु भाको छ उहाँले। यत्रो ठुलो राष्ट्रिय कर्तव्य र काम उहाँले गरेर जानुभयो। उहाँलाई हामीले आज यसरी सम्भि्कन पाउँदा र उहाँको मूर्ति उद्घाटन गर्न पाउँदा म असाध्य खुसी र गौरवान्वित भएको छु। 
          र यहाँका (यो के हो यो? वानेश्वर) वानेश्वरका नागरिकहरूको उत्साह देखेर पनि उहाँहरूलाई मैले के भन्ने हो कत्रो उत्साह यो एउटा सानो ठाउँ त्यसमा यस किसिमबाट एउटा महाकविको जन्मजयन्ती आयोजना गरेर यत्रो उत्साह प्रदर्शन ! यहाँमा तरुणहरू हामीहरू जस्ता त छँदैछौ मेनको यत्रो उत्साह देख्ताखेरि मलाई बडो खुशी लाग्या छ। म उहाँरूलाई बधाई दिन चाहन्छु।

साथीहरू,
तपाईहरू भन्नुहोलाधेरै लामो बोलेन। मैले भन्ने कुरा मैले लेखेर दिने गर्‍या छु। म धेरै बोलेर भन्न सक्तिन। म यत्ति भन्दछु र यत्ति भनिकन तपाईंहरूलाई फेरिदेखि म आग्रह गर्दछु। मैले भनेको दृष्टिकोणबाट महाकवि देवकोटाको ग्रन्थको, उहाँले लेखेको कविताको, उहाँले लेखेका अरू निवन्धहरूको अध्ययन गर्नुहोला। यति भनेर म तपाईहरूरुसँग विदा लिन्छु। 
जय नेपाल। 
वानेश्वर, काठमाडौँ 
कार्तिक २, २०३६ 

(यो अवसर वी.पी. कोइरालाले वानेश्वरको रत्नपुस्ताकालय परिवेशमा महाकवि देवकोटाको शालिक अनावरणको अवसरमा दिएको मन्तव्य पछि यसलाई रत्नपुस्तकालयको मोखपत्र पूजामा प्रकाशित गरियो। सो रचनाबाट पुन साभार गरी सम्पादक श्री जीवनचन्द्र कोइरालाले वी.पी. कोइरालाका छरिएका सामाग्री (२०५८) शीर्षक दुर्लभ कृत्रिमा संकलित गर्नु भएको छ।) 
     महाकविको वनारस आप्रवासन कालदेखि नै उहाँको संगत गर्ने वी.पी. कोइरालाले २०१६ सालमा महाकवि देवकोटाको निधनको शोकको घडीमा प्रेषित समवेदना पत्र पनि गोरखापत्र, १२ असोज, २०१६ सालमा प्रकाशित भएको थियो। संवाददाताले पत्रकारको भाषामा प्रस्तुत गरेको सो मन्तव्य पनि वी.पी. कोइरालाका छरिएका सामाग्रीमा संकलित छ। जो निम्नानुसार छ :  
     
     देवकोटाज्यूको निधनले राष्ट्रिय र साहित्य जीवनमा ठूलो अभाव भएको छः
  

 प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाले महाकविज्यूप्रति श्रद्धान्जली अर्पण गर्दै भन्नुभयो स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटा एक प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो। यो कुरा २५/३० वर्ष अगाडिदेखि उहाँलाई थाहा भएको र उहाँबाट उहाँले आफ्नो विचारमा कसैबाट समर्थन नपाएको वखत पनि हृदयदेखि समर्थन पाउनुभएको थियो।  
          उहाँले देवकोटाज्यूको विचार बारेका केही कुराहरूको चर्चा गर्नका साथ उहाँको निधनले राष्ट्रिय र साहित्य जीवनमा ठूलो अभाव भएको छ भन्नुभयो। 
           प्रधानमन्त्रीज्यूले भन्नुभयो देवकोटाज्यू एक दैन्यजीवन विताएर जानुभयो। उहाँप्रति घटेका जस्ता घटना सबैप्रति घटिरहन्छ। अतः जबसम्म समाजमा रहेका आर्थिक विषमता आदि जस्ता अनेक खराबीहरू हटाई समाजलाई अगाडि बढाउने कामतिर लाग्न सक्तैनौं तबसम्म प्रचलित परिपाटीअनुसार शोकसभा मनाएर विधि पु194र्‍याउने काम गर्दैमा वा कसैको परिवारको केही व्यवस्था गरिदिंदैमा जिम्मेदारी पूरा गरेको भन्न हुँदैन। 
        स्रोत :  गोरखापत्र, १२ असोज २०१६ 
        भाग ५९, सङ्ख्या ६७


* * *

No comments:

Post a Comment