सुकुम शर्माले ठूलो परिश्रमसाथ तयार पार्नु भएको नेपाली भाषामा टर्नरको योगदान शीर्षक ग्रन्थ देखेपछि मलाई टर्नरसित भेटका अनेक सम्झना भए । प्रत्यक्ष्य भेट ता भएको होइन उनको नाम नसुनी, उनको योगदानको चर्चा नसुनी, उनी जीवित रहेका दिन यसै बितेर गएछन् । त्यसको पन्ध्रवर्ष पछि विद्यावारिधि गर्न म हैदरावाद विश्वविद्यालय पुगेँ । मेरो विषय अनुवाद भएकाले अनेक प्रकारका द्वैभाषिक कोश सङ्कल्लन गरेको थिएँ ।
काम निकै अघि बढेपछि एकदिन गुरुजीले भने— तिमीले टर्नर (१९३१) ले दिएको लिप्यान्तरण संकेत (ट्रान्स्लिटरेशन सिम्बल) प्रयोग गर्नू । हतारहतार गएर हेरेँ, पुस्तकालयको रेफरेन्स सेक्शनमा टर्नहरू प्रतीक्षामा थिए । मलाई त्यसबेला मिलेको खुसी र आनन्द बयान गरी नसक्नु छ । त्यसपछि तत्कालै एलाइड पब्लिशर्स दिल्लीबाट टर्नर मगाएँ, आइपुग्यो । त्यो हेर्दा र देखाउँदा पनि मलाई सानो आनन्द भएन । त्यसैबाट अनुवादको धेरै गर्ने गरेँ यद्यपि पचास वर्ष अघिको दार्जेलिङ परिवेशको कथ्य नेपाली आज बदलिएर कति भिन्न भइसकेको होला ।
Ralph Lilley Turner |
टर्नरबाटै अति प्रभावित भएर, उनीप्रति कृतज्ञता प्रकट गर्न र नेपाली जातिप्रति उनले देखाएका आभारका शब्दहरू अरूलाई सुनाउन मैले १९९४ मा पुनरमुद्रित संस्करणको अन्त्यमा भएको एउटा अनुच्छेद नै टिपेर आफ्नो शोधग्रन्थको शरुमै राखेँ— 1
आज यी अन्त्यका शब्दहरू लेख्न बसेको बेला हे मेरा मित्रहरू, मेरा भावना तपाईंसम्म पुगेका छन् । हे नेपालका अनम्य तथा दुर्दमनीय जातिहरू, म फेरि आज एकपल्ट त्यस्तो हाँसो सुन्दैछ जुन हाँसोसित तपाईंहरूले कति कठिनाइको स्वागत गर्नुभयो; आज एकपल्ट फेरि म तपाईंहरूलाई ती खुला बासहरूमा अथवा अग्नेठको वरिपरि अथवा मार्चपास गरिरहेको ठाउँमा अथाव ट्रेन्चहरूमा कहिले चिसो र जाडोले कामिरहेका, कहिले त्रूmर अग्निझैँ सूर्यमा डढिरहेका देख्दछु । कहिल्यै केही गुनासो नगर्ने हे नेपालीहरू तपाईंहरू भोक सहनुहुन्छ, तिर्खा सहनुहुन्छ र चोटहरू सहनुहुन्छ अनि अन्त्यमा तपाईंहरूको एउटा अटल पङ्क्ति युद्धभूमिको धूँवा, बारुद र अक्रोशमा गएर बिलाउँछ । वीरहरूमध्येका पनि वीर, दयालुमध्येका पनि महान् दयालु हे नेपालीहरू, कुनै मुलुकमा तपाईंहरूभन्दा विश्वासी मित्रहरू मैले कहीँ भेटिनँ ।
विशप्स् स्टोर्टफोर्ड १९३० आर एल टर्नर
यो अनुच्छेद उदृत गर्नुको तात्पर्य टर्नरका शब्दहरूले मेरो हृदयलाई कसरी छोए र यी शब्दहरूले नेपाली योद्धाहरूको निर्दाेष इमानदारीताको कत्रो बयान गरेका छन् । यी शब्द सुन्दा नेपाली जातिप्रति कत्रो गौरव भाव उत्पन्न हुन्छ भन्ने कुरा प्रकट गर्नुथियो । यस्तो सुललित र प्रभावशाली गद्यले नेपाली जातिको प्रशंसा गरेको सुन्दा आत्मगौरवले म उठेको थिएँ ।
Sukum Sharma |
त्यसको एकदशक पछि संयागले म बेलायत भ्रमणमा जाने अवसर मिल्यो । त्यहाँका ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने क्रममा एकदिन बृटिस मेमोरियल घुम्न जाने भयौँ । मलाई मिजास तेम्वे, मुलीवीर राई जस्ता बेलायती शैन्यहरूले त्यहाँ पु¥याए । गोर्खाली सैन्यको नाममा निर्मित र समर्पित लण्डनस्थित बृटिस मेमोरियलको एकदशक अघि मात्र अनावरण भएको रहेछ । महारानी एलिजावेथ द्वितियाले तीन डिसेम्बर १९९७ मा अनावरण गरेको त्यो स्मारकपटको शिरमा जोर खुकुरी त्यसदेखि मुन्तिर द गुर्खा सोल्जर लेखेर त्यस मुनि प्रोफेसर राल्फ लिलि टर्नरका तिनै शब्दहरू स्वर्णाक्षरमा लेखिएको देख्ता हर्षले हो वा अज्ञात कारणले मेरा आँखा रसाए र आँशु टप्किए ...
भारतमा अध्ययनरत रहेको बेला अनेक खोजी गर्दा आशरका विश्वकोशमा बाहेक अन्यत्र कतै टर्नरबारे पाइनँ ।
विद्यावारिधि अध्ययन सकेर स्वदेश फर्की आएँ अनि २०५५ सालको प्रतिभा (दमक) मा टर्नरबारे एक सामान्य परिचायक लेख छपाएँ ।
त्यसको अर्काे वर्ष शोधार्थी भाइ सुकुम शर्मासित भेट परिचय भयो; निकटता थपिँदै गयो; निकटता थपिँदै गयो । उहाँले २०५४ मै स्नातकोत्तर तहको लागि टर्नरबारे शोध गरिसक्नु भएको रहेछ । त्यसको लगत्तै उहाँको नेपाली भाषामा टर्नरको योगदान (२०५९) शीर्षक कृति लघु प्रकाशित भयो ।
नेपालीभाषाीलाई त्यत्रो गुन लगाउने टर्नरप्रति हामीले कहिल्यै त्यो तिरिनसक्नुछ ।
त्यसको एक दशकपश्चात् आज सुकुम शर्माको नेपाली भाषामा टर्नरको योगदान शीर्षक झन्डै तीनगुणा ठूलो ग्रन्थ लिएर सुकुम शर्मा आएको देख्ता फेरि प्रशन्नताले यो मन भरिएको छ । यसले टर्नरको अत्यन्तै ठूलो आदरणीय व्यक्तित्व प्रस्तुत गर्दछु । उनको ज्ञान, विद्वत्ता र अनुसन्धान प्रेम देखाउँछ । यस्ता आदि कर्मले नै नेपाली वाङ्मयको स्वरूपलाई अन्यत्र चिनाउन सक्यौँ र यत्रो कर्म सम्पन्न गर्न एक जीवनमा सम्भव छैन । त्यस्ता असम्भव कर्म गरी नेपाली एवम् आर्यभारोपेली भाषाको सम्पदा छोडीजाने टर्नरको यथासंभव पूर्ण परिचय नेपालीमा आउनु अत्यन्तै ठूलो कुरा हो । यस्तो अनुसन्धान अरूबाट संभव थिएन । नेपाली भाषा व्याकरणको ऐतिहासिक अनुसन्धानमा आफूलाई ममर्पण सुकुम शर्मा अत्यन्तै गम्भीर वस्तुवादी अध्येता, अनुसन्धाता र विश्लेषक हुनुहुन्छ । उहाँका नेपाली भाषाको अझ नेपालीको व्याकरणको ऐतिहासिक पक्षको खाजी र अनुसन्धान अत्यन्तै प्रशंसनीय पक्ष हो । उहाँको नेपाली व्याकरणमा विकाशक्रमको अध्ययन शीर्षक विद्यावारिधि शोधले पनि नेपाली वाङ्मयलाई ठूलो योगदान पु¥याएको छ । २०६७ सालको गरिमा पूर्णाङ्क ३३२ प्रकाशित यस विषयको उहाँको संक्षिप्त सर्वेक्षण खाकाको अनुसन्धानात्मक आलेख नेपाली व्याकरण लेखन परम्परामा विदेशी विद्वान्हरूको योगदानलाई श्री टेकनारायण ढकालद्वारा अनुवाद गराई Foreign Scholars and their Contribution to the Tradition of Writing Nepali Grammar (s) शीर्षकमा नेपाल एकेडेमीको जर्नल अव् नेप्लिज लिट्रेचर आर्ट एण्ड कल्चर (भोल्यूम NO 1, 2, 2012) मा प्रकाशित गरिएको छ । त्यसमा जे ए इटन १८२० देखि क्लार्क १९६३ सम्मको सर्वेक्षण छ । यस प्रकारले नेपाली भाषा व्याकरण र व्याकरणको ऐतिहासिक कालाक्रमिकता अनुसन्धानमा समर्पित श्री सुकुम शर्माको प्रस्तुत ग्रन्थ नेपाली अङ्ग्रेजी व्याकरणको अध्ययनमा अत्यन्तै ऐतिहासिक महŒवको माइलस्टोन हो । यसले नेपाली जातिको उन्नतिप्रति समर्पित विदेशी विद्वान्को खोजी अध्ययन र अनुशन्धानमा अबका अनुसन्धाताले लाग्नुपर्छ भन्ने संकेत गर्दछ । यसले हाम्रो नेपाली भाषाको अरूले देखेबुझेको स्वरूप के कस्तो थियो र कसरी यो परिवर्तित हुँदैछ, कसरी यस आधारमा अन्य अध्ययन थपिँदैछ, ती कुरा पनि देख्न पाइन्छ ।
यस्तो वृहत् औ असाध्यकर्म सम्पादन गरेपछि पनि विनयशील हुँदै अनुसन्धाता (सुकुम शर्मा) बोलेका छन्ः
टर्नरका कार्यको भाषावैज्ञानिक आधारमा विषयगत अध्ययन हुनु आवश्यक भए पनि यहाँ भने सामान्य रूमा टर्नर र उनका कार्यको रूपरेखा तयार पारिएको छ (पृ. ३) ।
आज म लेखककै शब्द पुनः उद्घृत गर्दै अग्रणी विद्वान् प्राध्यापक टर्नरप्रति आफ्नो आभार र श्रद्धा प्रकट गर्दछुः
नेपाली भाषाको मूल आधारको स्पष्ट धारणा दिने टर्नर नेपाली भाषाशास्त्रका आधार पनि हुन् । यो सङ्क्षिप्त रेखाङ्कनमा नै केन्द्रित छ (पृ. ३) ।
अन्त्यमा मेरो विश्वास छ, यस्तो अमूल्य ग्रन्थ प्रत्येक नेपाली भाषाप्रेमी नेपालीको साथमा पुग्नेछ; प्रत्येक विद्यालय र पुस्तकालयको यसल शोभा र महŒव बढाउनेछ, यसले अरू अनेक अनुशन्धातालाई प्रेरित गर्नेछ ।
(यो कृति बेलायतमा रहेका नेपालीहरूको निमित्त विशेष उपहार सामग्री बन्नेछ । यस कृतिले नेपाली भाषाको योगदानमा बेलायती एवम् अन्य विदेशी विद्वान्हरूले गरेको योगदानको कदर गर्न नेपाली जाति पनि उदारमनले अघि बढेका रहेछन् भन्ने प्रमाणित गर्नेछ । नेपाली भाषाको मान्यताको निमित्त चिन्तारत नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले पनि यस कृतिलाई सहअस्तित्वको एक आधार मान्नेछ । यस्ता कर्मका उदघाटक विद्वान् अनुशन्धाता श्री सुकुम शर्मालाई अनेक बधाई छ ।)
_________
[1] As I write these
last words, my thought return to you who were my comrades, the
stubborn and indomitable peasants of
Nepal. Once more I hear the
laughter with which you greeted every hardship. Once more I see you in your bivouacs
or about your fires, on forced
march or in the trenches, now shivering
with wet and cold, now
scorched by a pitiless and burning sun. Uncomplaining you endure
hunger and thirst and wounds; and
at the last your unwavering lines
disappear into the smoke and wrath of
battle. Bravest of the brave, most generous of the generous, never had a country
more faithful friends than you.
BISHOP'S STORTFORD. R.
L. TURNER 1930
गज्जब अनुसन्धानात्मक कृति र त्यसको मूल्य निरूपणमा लेखिएको सारगर्भित लेख । सारै मन पर्यो ।
ReplyDeleteAdds an honor to Nepalese people !
ReplyDeleteपढेर दुबै स्रष्टालाई साधुवाद भने ।
ReplyDelete