About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Monday, March 4, 2013

कर्णाली पारि— २ (कार्यपत्र पहिलो भाग)


आज म वर्तमान शिक्षा प्रणालीमा दार्शनिक आधारको खोजी र उत्तरआधुनिकता विषयमा केही प्रकाश पार्ने प्रयत्न गर्ने छु ।

नेपाली वाङ्मयमा २०३८ सालदेखि उत्तरआधुनिक पद प्रयोग भएको  थियो । त्यसपछि फुटकर रचना आउन थाले तर पहिलो सिङ्गो कृति २०५१ सालमा आयो । त्यो थियो ऋषिराज बरालको माक्र्सवाद र उत्तरआधुनिकवाद । त्यसयता हालै प्रकाशित मेरो उत्तरआधुनिकता र समयवोध (२०६९ माघ) श्री जगदीश शमशेर राणाको  उत्तरआधुनिकता र बाहुल्यविष्फोट (२०६९) माघ)  यस विषयका हालसम्मका अन्तिम कृति हुन् । यस अवधिमा ‘उत्तरआधुनिकता’ शीर्षकमा प्रकाशित अनि यस विषयमा लेखिएका  कृतिको  सङ्ख्या ४१ पुगेको छ । यो अद्यावधिक अध्ययनको सूचना हो, हेर्नू गौतम (२०६९)

यसरी दुई दशकका बीचमा उत्तरआधुनिकताले  नयाा सोच सिद्धान्त र समयलाई  कसरी अभूतपूर्व  किसिमले आकर्षित गर्‍यो, यो कुराले नै यसप्रतिको जिज्ञाषा, लोकप्रियता र समयको आह्वानलाई पुष्टि गर्दछ ।
मैले २०४८ को कवितादेखि यस विषयको अध्ययन, लेखन र प्रकाशन आरम्भ गरेको हुा । आजसम्ममा प्रकाशित रचना/समालोचनाको सङ्ख्या एकसय जति पुगेको छ भने यसअवघि म पााचथरदेखि नेपालगन्जसम्म आयोजित अनेक गोष्ठी सम्मेलनमा यस विषयमा प्रस्तुत गर्दै हिाडेको छु । त्यसका साथै संसारका १६ वटा देशमा पुगेर अन्तर्राष्ट्रिय गोष्ठी सम्मेलनमा  यस्ता विश्व–विषयमा सहभागी हुने अवसर पाएको छु । विगतको एक दशकभित्र मेरा उत्तरआधुनिकता विषयक कृतिको सूची यस प्रकार छ:

क)  आख्यानको उत्तरआधुनिक पर्यावलोकन (२०६१)
ख) उत्तरआधुनिक ऐना (२०६२)
ग) उत्तरआधुनिक विमर्श (२०६४)
घ) उत्तरआधुनिकता र समयवोध (२०६९)
त्यसो त त्यसअघि प्रकाशित काव्यिक आन्दोलनको परिचय (२०४६) र पश्चिमी बलोसीका बाछिटा (२०६१) मा पनि पाश्चात्य जगत्को सैद्धान्तिक स्थापनामा आएका परिवर्तन र विश्वव्यापी प्रभावको चर्चालाई नै मूल विषय बनाएको छु । ती उत्तरआधुनिकतालाई  नेपालीमा अवतरण गराउने पूर्वविचार थिए ।

काठमाडौा उपत्यका बाहिरको विराटनगरमा सर्वप्रथम ३०५९ सालमा मैले नेपाली आख्यानमा उत्तरआधुनिकता विषयको कार्यपत्र प्रस्तुत गरको थिएा । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा यस नौलो विषयले  धेरैलाई असजिलो लगाएको थियो र यथास्थितिवादी कति विज्ञहरू,  कति स्रष्टाहरू अत्यन्तै आलोचक र अक्रामक भएका थिए । यो स्वभाविक थियो ।

त्यस यताको एक दशकमा मैले ३५ जिल्लामा उत्तरआधुनिकता विषयमा संवाद समीक्षा  गर्दै  हिाडोछु । काठमाडौा पश्चिमको सम्झना गर्दा एक दशक अधि (सन् २००२) वीपीकेएफद्वारा आयोजित नेपाल–भारत सम्मेलनमा उपस्थित भई विद्युतीय माध्यममा नेपाली साहित्य शीर्षक कार्यपत्रमा  प्रस्तुत गरेको थिएा । त्यो यतातिरको मेरो प्रथम यात्रा थियो । त्यसपछि नेपालगंज र सुर्खेतमा आयोजित गोष्ठीमा भागलिन केही वर्ष अघि पुगी फर्केको छु । ती दुवै गोष्ठीमा प्रस्तुत मेरा  पत्रहरू उत्तरआधुनिकता विषयमा थिए । यस विषयमा बोध र  विस्तारको अभावले यतातिरका  विचारक पनि  त्यति ग्रहणशील थिएनन् । यसपालि आशा गर्दछु, यस टीकापुर बहुमुखी क्याम्पस कैलालीमा विश्वपरिस्थितिको प्रभावले अब हाम्रो चेतना र वोधको स्तर भिन्न अनि उच्च भइसकेको  हुनुपर्छ ।

यति पृष्ठभूमि पश्चात् विषयतर्फ अवतरण गर्दछु ।

यतातिर १९७० को दशकदेखि उत्तरआधुनिकताको बतास चल्न थालेको हो । आरम्भमा  भारतका वाममार्गीहरू उत्तरआधुनिकताले ल्याएको उदारवाद विरुद्ध थिए । त्यसैले नेपालमा  पनि  ऋषिराज बरालले त्यसपछि निनू चापागाईले उत्तरआधुनिकता विरुद्धमा कृति निकालेर त्यसलाई रोक्ने प्रयत्न गरेका थिए ।  उनीहरूका कृतिमा  यसलाई  पश्चिमी पाूजीवादी विकृतिका रूपमा  चिनाउने प्रयत्न गरे कारण ती भारतीय माक्र्सवादीका आलोचनात्मक कृतिका  अनुगुञ्जन थिए । यी दुवै कृति राजनीतिक, सामाजिक सिद्धान्तका आधारमा  लेखिएका थिए । त्यसपछि लेखिएका प्राय: सबै कृति साहित्यिक वृत्तका छन् । खासगरी साहित्य सिद्धान्त र समालोचना पद्धति वरिपरि लेखिएका छन् । यसतर्फ प्राध्यापक कृष्ण गौतमले पनि ठूलो  योगदान गर्नुभएको छ । उहााकै सम्पादनमा प्रकाशित भृकुटी पब्लिकेशनको भृकुटी (उत्तरआधुनिकता विशेषाङ्क— २०६७) नेपाली साहित्य र विचारको एक कोशेढुङ्गा हो । यसमा उत्तरआधुनिकता सम्बन्धी नेपालका धारणा र प्रयोग प्रतिबिम्बित छन् ।

 साहित्यमा  र वैचारिक जगत्मा आजसम्मै उत्तरआधुनिकताले जति सङ्कथन र बहसलाई केहीले पनि जन्माएन होला । यो भनिरहनु आवश्यक छैन होला, वाममार्गी विचारकहरू यसलाई आलोचक दृष्टिले हेर्छन्; कारण के छ भने उत्तरआधुनिकताले अनेकता, वहुलता र विविधलाई आगाल्दछ । यसले महाआख्यानको विरोध गर्दछ । यसले अघिनायकवादको विरोध गर्दछ; त्यसकारण उनीहरूलाई लाग्दछ— रुसको विखण्डन र चीनको पश्चिमीकरणमा पनि यही उत्तरआधुनिक जिम्मेदार हुनुपर्दछ भन्ने शङ्का छ ।

एकलतावादको विरोध गर्ने भएकोले, त्यसको विकल्पमा अनेकतालाई  प्रस्तुत गर्ने भएकाले माक्र्सवादप्रणित कति कुरा भङ्ग हुादा छन् । त्यसकारण पनि त्यस्तो लागेको हुनसक्छ । यसले सर्वसत्तावाद
(टोटलिटेरिअनिजम्) लाई  अस्वीकार गर्दछ, ‘महाख्यान’ भन्नु नै सर्वसत्तावाद हो; त्यसरी पनि त्यस्तो लागेको होला ।

तर यतिखेर अन्यत्रझौ नेपालमा पनि उत्तरमाक्र्सिष्ट र नववाममार्गी विद्वान्हरू  बढ्न थालेकोले  क्लासिकल माक्र्सेली धारणाहरूले आफ्नो समय सकिएको स्वीकार गर्दैछन् । (हेर्नू  समयवोध र  उत्तरआधुनिकता २०६९) ।

उत्तरआधुनिकता विषय उठाएर सबैभन्दा ज्यादा साहित्य सिद्धान्त  र  समालोचनामा  बहस भएका छन् परन्तु विश्वसाहित्यतिर फर्किहेर्दा ज्ञानविज्ञानका, साहित्य संस्कृतिका, विचार दर्शनका प्रत्येक क्षेत्रमा यसको समान उपस्थिति छ । सिमद्वारा सम्पादित द रुटलेज कम्प्यानिअन  टु पोस्टमोडर्निजम
(२००५) मा परेका सूची टिपेर म चर्चा अघि बढाउाछु । यसमा :

उत्तरआधुनिकता र दर्शन
उत्तरआधुनिकता र समालोचना सिद्धान्त
उत्तरआधुनिकता र राजनीति
उत्तरआधुनिकता र  नारीवाद
उत्तरआधुनिकता र लैङ्गिकता र यौनिकता
उत्तरआधुनिकता र जीवन शैली
उत्तरआधुनिकता र धर्म
उत्तरआधुनिकता र उत्तरऔपनिवेशिकता
उत्तरआधुनिकता र विज्ञान र  प्रविधि
उत्तरआधुनिकता र  संघसंस्था
उत्तरआधुनिकता र वास्तुकला
उत्तरआधुनिकता र कला
उत्तरआधुनिकता   र सिनेमा
उत्तरआधुनिकता र टेलिभिजन
उत्तरआधुनिकता र आख्यान
उत्तरआधुनिकता र सङ्गीत
उत्तरआधुनिकता र नाटयकला
उत्तरआधुनिकता र लोकप्रिय सङ्गीत विषयका चर्चा छन् ।

द डेथ अव् ट्रुथका लेखक डेनिस म्याककलमले उत्तरआधुनिकताको आगमनलाई डार्विनको सिद्धान्तपछिको अन्योलसाग तुलना गरेका छन् । यसको कारण के हो भने   उत्तरआधुनिकता सम्बन्धी कृतिहरू विज्ञलाई  बौद्धिक तहमा  बुझिने  गरी मात्र प्रकाशित छन् । साधारण पाठकलाई यस्ता कति जटिल कुराको बोध गर्न गराउन मुश्किल छ । यसले कति स्थापित मान्यता वा  सत्यलाई  आक्रमण गरेको ठानेर  उनीहरू भन्दछन्— उत्तरआधुनिकता डार्विनवादजस्तो अनेक सत्यको  दावी गर्ने, सिद्धान्तहरूको  पुञ्ज होइन । तर यो  चाहिा विश्वदृष्टिकोणलाई हेर्ने पूर्ण भिन्न पद्धति हो ।  यसले  साहित्य, इतिहास,  राजनीति, शिक्षा, कानून, समाजशास्त्र, भाषाविज्ञान अर्थात् ज्ञानका  प्रत्येक शाखालाई  छुन्छ,  विज्ञानलाई समेत प्रभावित गर्दछ । यी परिवर्तनले गर्दा क्रमश: सिनेमा शिक्षा टेलिभिजन र अन्य मिडियालाई पनि प्रभावित गर्दछ ।   यसले  नछोएको कुनै क्षेत्र छैन । किनभने यसले जीवन छोएको छ ।  समकालीन समाज अनि सार्बिक चेतना र मूल्य छोएको छ ।

आधुनिकमा मात्र ‘उत्तर’ थपिएको होइन, अरू आधुनिकतामा शुरु नभएका अथवा शुरु भएर पूर्ण विकसित नभएका ज्ञान र सिद्धान्तका  धेरे शाखालाई  ‘उत्तर’ पदले  सम्बोधन गरिन्छ ।  जस्तै अघिको उपनिवेशवाद सकिएपछि आएको, बुझिएको  उपनिवेशिवादलाई त्यसको अवशेष प्रभावलाई ‘उत्तरउपनिवेशवाद’ (पोस्टकोलोनिअलिजम) भनियो; अघिको  नारीवादको समकालीन रूप  थप चेतनाले युक्त छ सो पोस्टफेमिनिजम् भयो । मानवतावाद पनि बदलिएर, अतिरिक्तरूपले  विशेषित भएर पोस्ट—ह्युमानिजम भयो, उद्योगको पनि  अर्काे पूर्ण प्राविधिक स्थिति पोस्ट—इन्डट्रिआलिजम भयो; माक्र्सवादको परिवर्तित मान्यता बोकेर पोस्टमाक्र्सिजम भयो, यस्तै यस्तै ।

एउटा उदाहरणको  व्याख्या प्रस्तुत गर्नका लागि  म पोस्टमाक्र्सिजम लिन चाहन्छु । यसले  शास्त्रीय (क्लासिकल) माक्र्सवादी अवधारणा अस्वीकार गर्ने अथवा  माक्र्सवादलाई समकालीन स्थितिका नवीन परिस्थितिसाग तालमेल गराई उत्तरमाक्र्सवादको रूपमा सिद्धान्तलाई निरन्तर गर्ने कुरा  जनाउाछ । माक्र्सवादले नछोएका परन्तु त्यतिकै क्रान्तिकारी वा अग्रगामी सिद्धान्तको विकास भएको छ— उत्तरसंरचनावाद, उत्तरनारीवाद, सबाल्टर्नवाद, लैङ्गिक सिद्धान्त आदि छन् । ती सबैको  केन्द्रमा ता बहुलताको र विविधताको सिद्धान्त छ । यी नवीनतालाई  अस्वीकार गर्दै  जाने हो भने  क्लासिकल माक्र्सवाद असामयिक र अप्रयोजनीय  हुन जान्छ । अरू सम्पूर्ण ‘पोस्ट’ सिद्धान्त यस्तै कुराका दृष्टान्त हुन् ।

एउटा युगमा ज्ञानका सबै विधालाई  एउटै दर्शनका स्वरूपले  सञ्चालन  गर्ने रहेछ ।  पुनर्जागरणकालका  ऐतिहासिक वा सांस्कृतिक मान्यता एक प्रकारले चले, आधुनिककालका अर्काे प्रकारले  भने  उत्तरआधुनिककालमा अझ अर्काे प्रकारले  । यी दृष्टान्त भिन्नभिन्न कालका  प्रत्येक बगौचामा फलेका भिन्न फल जस्तै हुन् । ती रूपरङ्गमा, स्वभावमा, गुणमा  फरक भएरै यस्ता नाम दिइएको हो । फेरि अर्काे उदाहरण छ । उत्तरआधुनिक विज्ञान (पोस्टमोडर्न साइन्स)  बाट म लिन्छु । पोस्टमोडर्न साइन्सले भन्छ— यसले ज्ञात वस्तु छोडेर अज्ञातको  आविस्कार गर्न चाहन्छ; कहिल्यै पत्ता नलागेको क्षेत्रको भ्रमण गर्न चाहन्छ जस्तै कि ल्योतारले प्रस्तावित गरेका क्याटास्ट्रोफि थ्योरी, केअस थ्योरी, कम्लेक्सिटी थ्योरी, कृष्णविवर सिद्धान्त (ब्ल्याक होल थ्योरी) आदि ।

यता म धेरै जान चाहन्ना । उत्तरआधुनिकता अनेक विधामा हामीले जानेको जीवनका सबै पक्षामा  पुगेको कुरा सर्वविदित छ । त्यसैले गर्दा अब  म टीकापुर कैलालीतिर फर्किन चाहन्छु । यस  टीकापुर बहुमुखी क्याम्पसले आयोजना गरेको यो  क्षेत्रमा बौद्धिक समाजको ऐतिहासिक सम्मेलनमा  शिक्षाक्षेत्रमा  उत्तरआधुनिकतालाई  कसरी कहाा अनुभव गर्न सकिन्छ,  यसलाई  कसरी प्रयोग गर्नुपर्दछ, भन्ने सम्बन्धमा आफूले बुझेका र आफूलाई लागेका केही धारणा–मार्गतर्फ यात्रा गर्दछु ।

यो धारणा हाम्रो परिप्रेक्षमा नवीन भएकाले परम्परित दृष्टिले यसलाई  देख्न मुस्किल पर्दछ । यसलाई  हेर्न  अलिकति  इतिहासको र अलिकति दर्शन समर्थित दृष्टिकोण आवश्यक पर्दछ  ।

सर्वप्रथम कुनै विचार, मान्यता, प्रचलन, रुचि आदि कहिले स्थिर भएन, त्यो बदलिइरह्यो र हाम्रा दर्शन वा विश्वास पनि युगैपिच्छे बदलिरहे भन्ने  मान्यतामा उत्तरआधुनिक धारणा स्थापित छ । प्रत्येक  युगले नयाा विषयक्षेत्रका मान्यता खोज्दै जानुपर्छ, यथास्थिति त्याग्दै जानुपर्छ भन्ने दृष्टान्त र मान्यतामा यो अडेको छ । तीन हजार वर्षको  सभ्यतामा,  यस समयको मालामा आएका दर्शन, मान्यता, धारणा कुनै पनि यथावत् रहेनन्, परिवर्तनले तिनलाई  नवीकृत गर्दै, परिवर्तित गर्दै लग्यो, नयाा संस्कृतिले पुरानोलाई  प्रतिस्थापित गर्दै लग्यो, उदारवादले अधिनायकवादलाई  प्रतिस्थापित गर्दै गयो भन्ने मान्यतामा आधारित छ । यी मान्यता अस्वाभाविक छन् भन्ने लाग्दा उत्तरआधुनिकता नमान्दा हुन्छ । तर त्यस स्थितिलाई, त्यस परिवर्तितलाई पनि कुनै नामले ता पुकार्नै पर्ने हुन्छ ।

त्यसमा तपाईं स्वतन्त्र हुनुहुन्छ किनभने उत्तरआधुनिकतामा निषेधको निषेध छ, सबै विचार, चिन्तन, दर्शन स्वीकार्य छन् । यो सर्वास्थित्ववादी दर्शन हो । जसरी पर्यावरणलाई प्रकृतिको साझा आागन भनिन्छ, त्यसैगरी अनेक विचारको जीवन्तताले यो जगत् सञ्चालित छ । अशुद्ध र अप्रिय  विचार कुनै छैन  छ भने  सभ्यताले त्यसको  व्यवस्थापन गर्दै जानेछ । प्रत्येक विचार तत्कालको लागि  निर्मित समयसापेक्ष अस्तित्व हो, समय बदलिादै जाादा विचार मान्यता आदर्श स्वत: अर्कै हुन्छन् । त्यो नै सत्य हो, त्यसको  परिवर्तनशील स्वरूप हो यही अस्थिरतामा निर्मित शाश्वतताको स्वरूपमा उत्तरआधुनिकता अर्थिन्छ । सत्यलाई सापेक्षताले निर्माण गर्छ, दृष्टिकोणले, त्यसैले प्रत्येकको लागि त्यो भिन्न छ । उसको उमेर, शिक्षा, चेतना वा संज्ञानले सत्य निर्माण गर्दछ ।

म शिक्षामा उत्तरआधुनिकता विषयमा बोल्नै आाटेको थिएा । अलिकति विषयान्तर भएा कि; अब फेरि आउाछु ।

मैले यसअघि शिक्षामा उत्तरआधुनिकता विषयमा  धेरै बोले–लेखेको छैन । यद्यपि त्रिभुवन विश्वविद्यालय र काठमाडौा विश्वविद्यालयका गेस्ट लेक्चरहरूमा त्यो प्रकट गर्दछु ।  सर्वप्रथम काठमाडौा उपत्यका बाहिर सन् २०६४ सालमा सुकुना बहुमुखी क्याम्पस मोरङ्मा शिक्षामा उत्तरआधुनिकता विषयमा एक कार्यपत्र प्रस्तुत गरेको थिएा । त्यसपछि अन्य केही भागमा  तीनचारवटा शैक्षिक र जर्नल पत्रिकातिर पनि देखिादै  गएा । आज म अलिक लामो पत्र पस्तुत गर्न चाहन्छु किनकि यस विषयको बहसबोध गर्न सक्ने एक ग्रहणशील बौद्धिक समाजको  निर्माण भइसकेको छ ।

 युरोप र अमेरिकातिर  अध्ययन गरी आउने धेरैलाई  ‘ग्रान्डन्यारेटिव्’ के हो र किन यसको  विरोध गर्नु पर्दछ भन्ने कुरा थाहा छ । उनीहरू विश्वस्त छन् । त्यतैबाट  शिक्षामा  उत्तरआधुनिकता कसरी  कसरी लागू हुन्छ, कहाा केमा  हस्तक्षेप हुन्छ भन्ने  कुरा अवगत हुन्छ ।

उक्त विषयमा सिधै प्रवेश गर्नुभन्दा पहिले म उत्तरआधुनिकतालाई  परिभाषित गर्न चाहन्छु । सर्वप्रथम ता ‘महावर्णन’ अथवा ‘महाख्यान’ पदको आशयसागै उत्तरआधुनिकता जेडिएको हुन्छ । आधुनिक गुण भएका कला, सङ्गीत, सहित्य, आख्यान, संस्कृति, नाटक, दर्शन प्रत्येक विषयको बेग्लाबेग्लै परिभाषा हुन्छ ।  उदाहरणको लागि सङ्गीत वा साहित्यको क्षेत्र मिश्रितता, अतीतको पुनरभ्रमण  प्यास्टिस  जस्ता विशेषताले परिभाषित गरिन्छ । उत्तरआधुनिक संस्कृतिको कुरा गर्दा १९६० देखि १९८० सम्मलाई पहिलो  चरण र त्यस यतालाई दोस्रो चरण मानिन्छ । १९९० बर्लिनको पर्खाल ढलेको काल हो;  त्यो पर्खाल  ढल्नुलाई  महाख्यानको अन्त्यको प्रतीक मानिन्छ । महाख्यान मान्नुको तात्पर्य एउटा अन्तिम/अपरिवर्तनीय सत्यको स्वरूपको  अस्वीकृति र ससाना अनेक परिवर्तनशील सत्यहरूले  यो विश्व निर्मित छ भन्नु हो । तिनीहरूलाई उदाउन दिनु हो । महाख्यानलाई लघुआख्यानले प्रतिस्थापित गर्नेमा विश्वास गर्नु हो । अहिले हाम्रो  परिस्थितिमा  अनेक जाति, वर्ग, धर्म, लिङ्ग, पेसा, क्षेत्र, राजनीतिक विश्वासकाहरू आजसम्म छेलिएकाहरू, उठ्न नसकेकाहरू उठ्ने प्रयास गरेको स्थिति त्यसको उदाहरण हो; लघु आख्यानहरूको उदाहरण हो ।

आधुनिकतावादसाग दााजेर हेर्दा आहिलेका परिस्थिति, विचार, सामाजिक रूपान्तरणको स्थिति र मान्यता अति भिन्न भएका छन् । यसलाई  आयाम  परिवर्तन (प्याराडाइम शिफ्ट) भनिन्छ ।

उत्तरआधुनिकतालाई बुझ्न अनेक प्रकारका  भोगिएका अनभूति (लिब्ड एक्सपीरिअन्स) बाट हेर्दा पुग्छ । वर्तमानले भोगेको तीव्र परिवर्तन र यसको पृष्ठभूमिमा बसेको कारक तत्त्व  प्रविधि नै पोस्टमोडर्न  सिचुएसन उपस्थिति गराउने  मुख्य कुरा हुन् । त्यसैले अहिले  समय र आकाश ( टाइम एन्ड स्पेस) को परिभाषा वा मान्यता अर्कै भएझौ अनेक वस्तु विचार धारणा भिन्न छन् ।  ती विभिन्न रूपले विनिर्मित छन् । प्रविधि र सिद्धान्त दुवैको तीव्र परिवर्तनले  मिलेर हाम्रो शिक्षा भिन्न बनाएका छन्, पाठयक्रम अर्कै बनाएका छन् । त्यसैले ‘शिक्षामा उत्तरआधुनिकता’ को  कुरा गर्दा  धेरै लामो पृष्ठभूमिको आवश्यकता पर्दछ । कारण अमूर्त सिद्धान्त र विचारले मस्तिष्कको धेरै स्पेस लिन्छन् ।

अघि आधुनिकतावाद के हो भन्ने विषयमा छलफल नगरी, परिभाषातिर  नलागी चिन्तक र स्रष्टाहरू चूपचाप भिन्न कार्य गर्नतिर  लागेका थिए । पिकासोका कला वा पौल भ्यालरीका विचार र कविता त्यस्तै रिमालका रचना आधुनिकतावादी हुन् भनेर गरेका थिएनन् आधुनिकतावाद यसरी आफ्नै कर्म र उदाहरणले परिभाषित हुादै गयो । तर दोस्रो विश्वयुद्धको संहारपछि स्थापित भएको उत्तरआधुनिकतावादको  सम्बन्धमा भने प्रयोगभन्दा परिभाषा र विशेषताको चर्चा ज्यादा भएकाले कहिलेकाहीा छुटयाउन मुस्किल पर्दछ । त्यसमा पनि विषयपरकमा, अन्यता, अर्थस्थगन, भिन्नता, रिक्तता, उपस्थिति, अनुपस्थिति, मिश्रितता  जस्ता आधारभूत धारणा छन्, तिनको व्याख्या नगरी उत्तरआधुनिक सिद्धान्तलाई बुझाउन सकिादैन । मैले सर्वप्रथम उत्तरआधुनिक ऐना (२०६२)  र उत्तरआधुनिकता विमर्श (२०६४) मा  गरी २५ वटा आधारभूत पदावली प्रस्तुत गरेको छु । उत्सुक पाठकलाई त्यता जान पनि आह्वान गर्दछु । त्यसका साथै अद्यावधि उत्तरआधुनिकतावादका  सम्बन्धमा  नेपाली साहित्य र चिन्तनपद्धतिमा के कति  पूर्वकार्य उपलब्ध छन्, त्यसको  अध्ययनबिना पनि कति कुरा अमूर्त र अस्पष्ट हुनेछन् । त्यसकारण म पश्चिमाञ्चलका विद्वान् अध्येता तथा शिक्षकलाई आफ्ना महाविद्यालयमा, पुस्तकालयमा डा. लक्ष्मणप्रसाद गौतमको नेपाली साहित्यमा उत्तरआधुनिकता (२०६९) शीर्षक कृतिमा उल्लेख गरिएका मुख्य नेपाली प्रकाशनहरूको सङ्ग्रहको लागि अनुरोध गर्दछु ।

उत्तरआधुनिकता विषयमा ससानो प्रवेश सम्म गरो । तर यसको इतिहास, विशेषता, आलोचना, यसले ल्याएको परिवर्तन आदिबारे अत्यन्तै धेरै फुटकर रचनामा व्यक्त गरेको छु । तिनको संकलन आएपछि यहााहरूलाई सूचित गरौाला । आज त्यो लामो अभिलेखको कुरा नउठाई शिक्षामा उत्तरआधुनिकता विषयतिर प्रवेश गर्न चाहन्छु ।

शिक्षामा उत्तरआधुनिकता विषयमा चर्चा गर्दा पनि केही नयाा मान्यताको  आधारमा हेर्नु पर्दछ । तीमध्ये एउटा हो ह्याबर्मास र अल्थ्युजरको  निओ–माक्र्सिस्ट थ्योरी । विद्वान्हरूले सम्पूर्ण भारतीय  परिस्थितिको व्याख्या पनि यही सिद्धान्तका आधारमा गर्दछन् (हेर्नू दोषीकृत मोडर्निटी, पोस्टमोडर्निटी एन्ड निओ–सोसिओलजिकल थ्योरी २००९) । नयाा समाजशास्त्रीय सिद्धान्त भनेको १९९० मा सोभियत संघको विघटन पश्चात् उत्पन्न परिदृश्य हो । यो महाख्यानिक  विशालतालाई   थाम्न नसक्ने नयाा धारणा र अनेक अनेक लघुआख्यानको उदय काल हो । एक वर्गसङ्घर्षको स्थानमा  अनेक प्रकारका  द्वन्द्वको उदय बहुल सङ्घर्ष र बहुल समण्वय अपरिहार्य गरायो । त्यसपछि माक्र्सवादले व्याख्या गरेको  पूाजीवाद र अन्य क्लासिकल सिद्धान्तहरू असामयिक हुादै गएको स्थिति आयो । तब पूाजीवाद र नयाानयाा सङ्घर्षको  सिद्धान्तको उदय भवश्यम्भावी देखेर, क्लासिकल सिद्धान्त प्रतिस्थापित भएको देखेर फुकुयामाले आफ्नो कृतिमा इन्ड अव् हिस्ट्री (इतिहासको अन्त्य) भनेका हुन् । वास्तवमा इतिहासको  अन्त्य एक प्रतीकात्मक ध्वनि मात्र हो । यसको अर्थ पूाजीवाद र लिबेरल डेमोक्रेसीको अपरिहार्यता प्रमाणित गर्नु थियो । तर यताको पूाजीवाद अघिको भन्दा भिन्न छ; कार्पाेरेट निजीकरण, सामूहिकताले भरिएको छ, तथ्याङ्कको नियन्त्रणमा  छैन अनि लिबरल डेमोक्रेसीले अरू अनेक विचार वर्ग स्कूललाई जन्म दिएको छ । हामी समाजशास्त्रमा, साहित्यमा, राजनीतिमा सबैतिर अकल्पनीय रूपका, माक्र्सले कल्पना नगरेका वर्ग उदाएको देख्तछौा ।

नेपालमा पनि ती उदाएका छन् । दश वर्षे सशस्त्रयुद्ध तिनै अनेक वर्गको बलिदानी कथाले आकाङ्क्षाले ज्यादा सञ्चालित थियो । आज यता स्थापित नारीवाद, जातीय अध्ययन, भाषिक सांस्कृतिक र पुनरजागरण, स्वायत्तता आदि गरेका अनेक वैचारिक प्रतिनिधित्वहरू  त्यसैका  परिणाम हुन् । नेपालको आन्दोलन  पनि १९९० पछिको  बहुलतामुखी  स्वतन्त्रताप्रेमले उठेको, पहिचानप्रेमले उठेको लहर थियो । यो माक्र्सको  वर्गसङ्घर्ष होइन, यो ता नवसङ्घर्ष  सिद्धान्त (ल्भय(अयलाष्अित  तजभयचथ) हो । यद्यपि सबैसबै नयाा क्रिटिकल थ्योरीहरू माक्र्सवादकै बिस्तार हुन्, नवीकृत रूप हुन् । आज स्वयम् प्रचण्डले पनि ‘पूजीवाद’ को अपरिहार्यतालाई स्वीकार गर्नु भएको छ । यसरी उदारवादलाई सबैसबैलाई नुहाएको स्थिति छ यो सबै उत्तरआधुनिकताले खनेको मार्ग हो ।

 यस्ता सामाजिक सन्दर्भका परिप्रेक्ष्यमा म नेपालको  शैक्षिक  जगत्लाई सम्बोधन गर्दै आजको शिक्षामा उत्तरआधुनिकता विषयमा   केही कुरा प्रस्तुत गर्ने अनुमति चाहन्छु । यतिखेर सबै कुराको  आयाम पूर्ण परिवर्तित छ  । सम्पूर्ण रूपले नयाा आयाम  प्रतिस्थापित छ । त्यसकारणले शिक्षणविधि वा पाठयपुस्तक वा शिक्षाको उद्देश्यमात्र फेरिएको होइन भन्ने कुरा मननीय छ । सोही अनुसार व्यापक विश्वमा चलेको  परिवर्तित सन्दर्भमा  शिक्षक एवम् विद्यार्थी दुवैका भूमिमा एवम् परिभाषा भिन्न छन् ।

No comments:

Post a Comment