माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञासुले बरिष्ठ साहित्यकार तथा उपन्यासकार डा. गोविन्दराज भट्टराईसाग कुराकानीको लागि पठाएका प्रश्न र तिनको उत्तर
प्रश्न नं. १
तपाईको विचारमा साहित्य के हो ?
उत्तर : साहित्य भनेको अन्तर्हृदयको आवाज हो, जीवनको दर्पण हो; सभ्यताको जीवन्त प्रतिबिम्ब ।
प्रश्न नं. २
तपाईको पहिलो रचना कहिले छापिएको थियो र लेखनको प्रेरणा को हुनुहुन्छ ?
उत्तर : मेरो पहिलो रचनाको रूपमा २०३१ साल साउनको गोरखापत्रमा एउटा कथा छापियो । मेरो सिर्जनाको प्रथम प्रेरणा आफ्नै पिताजी हुनुहुन्छ । पछि ता भेटिएका वा पढिएका नेपालका र भारतका साहित्यकारहरू थपिादै जानु भयो; स्नातक पुगेपछि अङ्ग्रेजी साहित्यकार पनि ।
प्रश्नं. ३
तपाई आफूलाई के भनेर चिनाउनु हुन्छ ?
उत्तर : एक जनाका धेरै परिचय हुन्छन्; कताबाट हेर्नुहुन्छ, त्यसमा भरपर्छ— सर्वप्रथम पण्डित टेकनाथ भट्टराई र मन्दोदराको साहिालो छोरो, डा. तुलसी भट्टराईको भाई, डा. अञ्जना भट्टराई (वस्ती) को पति, सेवा रिचाको पिता, देवेन्द्रको दाजु । इमान्दार भएर सरकारको कर तिरिरहने एउटा सोझो नेपाली नागरिक । झापा जिल्ला स्थायी घर भएको एक डेमोक्रेट भोटर । यतिखेर त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विषयको प्राध्यापक । कीर्तिपुरको टयाङ्लाफााटमा बसी नेपाली साहित्यको सेवामा यो जीवन अपर्ण गरेको ठान्ने व्यक्ति म ।
यता सिर्जनातिर प्रवेश गर्दा एक स्रष्टा हुा । एक सर्जक । मेरो आख्यान र निबन्धमा केही क्षमता र बढी अभिरुची छ । म अनुवादक र भाषाकर्मी हुा । म एक सक्रिय समालोचक पनि हुा तर मलाई सर्जक भनिदिादा बडो आनन्द लाग्छ । म प्राध्यापन सेवामा बितेका दशक र गरेका कर्मको सूची बनाउन चाहन्ना । ती कर्म पेटको लागि गरो; यो भाषा–साहित्यका लागि मस्तिष्कका लागि । यसरी पेट र मष्तिष्क गरी दुइवटा देउता मानिरहेको छु । यो असाध्यै कठिन कार्य रहेछ ।
प्रश्न नं. ४
आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
उत्तर : भर्खर मेरो आख्यान सुकरातको डायरी प्रकाशित भयो । त्यसको लागि छ वर्ष लगानी गरोछु । यतिखेर त्यसको अलिकति थकाई मार्दैछु । तर थकाइ मार्न किन पाइन्थ्यो— म तीनवटा काम गर्दैछु । झमक घिमिरेको जीवन कााडा कि फूलको अङ्ग्रेजी अनुवादको सम्पादन कर्म सम्पन्न गर्ने अवस्थामा छु । श्री लेखनाथ शर्मा पाठकद्वारा अनूदित मेरो पहिलो उपन्यास मुगलान (२०३१) लाई पनि प्रेस पठाउने प्रबन्ध गर्दैछु । त्यसपछि आफ्ना निबन्धहरूको एउटा सङ्ग्रहको तयारी छेउमा राखेको छु ।
यी कुरा सम्पन्न भैसकेका छन् ऐले समयबोध र उत्तराधुनिका प्रेस्स्मा पठाएर पुस्तकको प्रतिक्ष्या गर्दैछु
प्रश्नं. ५
जिवनलाई कसरी हेर्नुहुन्छ ?
उत्तर : जीवन एकै दिनमा ओइलने अनमोल पुष्प हो । घाम अस्ताउनु पूर्वै केही गर्न सक्नु भयो भने त्यो सदा सुगन्धित र अमर रहन्छ; त्यो जीवनरूपी अजम्बरी पुष्प हो । तर तपाईंले सदा अन्य इच्छाको वशमा परी केही गर्न सक्नु भएन भने, अथवा गर्ने दिन आउला भन्दै प्रतीक्षा गरिरहनु भयो भने यो (जीवन) मकाएर जाने झारपात वा बनस्पति तुल्य हुन्छ । केही गर्नुको अर्थ मानव सभ्यतामा अलिकति योगदान थप्नु हो । हाम्रो शास्त्रले ‘परमार्थ’ भनेको छ, त्यो टाढाको बाटो देखाएको हो । अध्यात्ममा त्यसको एउटा अर्थ होला परन्तु सचेत मानवको लागि अझ स्रष्टाको लागि ता त्यसको अर्थ राम्रो सिर्जनामै जीवन बिताउनु भनेको हो । कलासाहित्य कर्म गर्नू; अध्ययन, मनन र लेखनले मात्र अमरताको पथ हिाडाउन सकिन्छ भनेको हो । त्यो साहित्यकार हुन चाहनेले अवश्य बुझ्नु पर्छ । यसलाई केवल लहडकर्ममा सीमित गर्नु हुादैन
प्रश्न नं. ६
साहित्य र राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
उत्तर : राजनीतिले ठान्दछ विश्व मेरो वशमा छ । नभन्दै विगतका सारा शताब्दीमा राजनीतिले सधौ धेरैलाई वश्य गरायो; अझ लेखक विचारक स्रष्टालाई ता समाप्तै गर्न खोज्यो । ठूलाठूला स्रष्टा कि राजनीतिको शरणमा गएर सुरक्षित भए कि कारावाशमा अर्थात् निर्वाशनमा; आज पनि स्थिति भिन्न छैन ।
यसको मूल कारण के हो भने स्रष्टाले शक्ति उत्पन्न गर्छ; राजनीतिले वा सत्ताले त्यसको (शक्तिको) द्वेष गर्दछ । त्यसलाई आफ्नो वशमा ल्याउन खोज्छ, किनभने राजनीतिलाई सधौसधौ शक्तिको मात्र भोक लागेको हुन्छ । उता एउटै स्रष्टा अनेकौा व्यक्तिभन्दा अझ राजनीतिक युगभन्दा पनि महान् हुन्छ । त्यसैले मलाई लाग्छ— हृदयमा दासत्वको भावना जागृत छ भने राजनीतिको शरणमा जानू, आफ्नो हृदयको स्वतन्त्र वाणीलाई सुरक्षित राख्ने वा प्रकाशित गर्ने हो भने अलग्गै रहनू । कुनै राजनीतिक प्रणाली पर्फेक्ट छैन । त्यो भीडमा विश्वास गर्छ; शक्तिमा, प्रोपागण्डामा र दमनमा विश्वास गर्छ । त्यसको विपरीत स्रष्टा एकान्त हो; एक्लो हो । त्यसैले साहित्यलाई राजनीतिमा सुम्पिनुको अर्थ स्रष्टा पनि परालम्वी हुनु मात्र हो । साहित्य राजनीतिको साङ्लामा नबााधियोस् ।
प्रश्न नं. ७
साहित्यमा लागेर के पाउनु भयो ? के गुमाउनु भयो ?
उत्तर : मानवले एउटा अमर संसारको सिर्जना गर्न सक्छ भन्ने कुरा थाहा पाएा; त्यो संसार साहित्यकलाकै हो । त्यो मानव कल्याणकै पथ हो । त्यता लाग्ने प्रेरणा पाएा । साहित्यको अध्ययनद्वारा आफूले पनि त्यसको सिर्जना गरेर एक अपार आनन्दको जगत्मा विचरण गरिरहेको छु । बरु मैले आफिूसित टाासिएका केही अज्ञानता, बृथा आडम्बर र जगती तृष्णाहरू बिस्तारै गुमाइरहेको छु ।
प्रश्न नं. ८
तपाईलाई सबैभन्दा बढि मन पर्ने विधा कुन हो र किन ?
उत्तर : म गद्यमा पनि आख्यान, संस्मरण, निबन्ध मन पराउाछु । तिनमा फैलिने स्वतन्त्रता छ । त्यहाा पूरा जीवन लेख्न पाइन्छ; अनेक जीवन वा कालखण्ड देखाउन सकिन्छ । त्यहाा अनेक प्रयोग गर्न सकिन्छ । विश्वले सर्वाधिक रुचाएका कुरा यिनै हुन् । म यिनैमा छु ।
प्रश्न नं. ९
यहााको भावि योजना र अन्त्यमा केही भन्नु बााकी छ कि ?
उत्तर : भावी योजना एउटै छ— विश्वसाहित्यको अध्ययन गरी नेपाली वाङ्मयको विस्तार र व्यापकतामा सहयोग पुर्याउनु । डायास्पोरिक नेपाली साहित्य र मार्जिनल स्थितिको लेखन र लेखकलाई उठाउनु । नेपाली साहित्यमा युगानुकूल सिर्जना र अनुवादको लागि उत्प्रेरित गर्छ । योभन्दा मुख्य कुरा चाहिा आफ्नै सिर्जना र प्रकाशनमा लागिरहनू, लागिरहनू ।
प्रश्न नं. १०
साहित्यप्रेमी नयाा पुस्तालाई केही सल्लाह दिनु हुन्छ कि ?
उत्तर : सर्वप्रथम बारी जोतखन गर्नुहोस्, मल छर्नुहोस्, पानी पटाउनोस् अनि मात्र बीउ राख्ता उम्रिन्छ । वर्तमान पुस्ता बााझैमा बीउ हाल्दैछन् । यसबाट फलको आशा नगरे हुन्छ ।
नयाा पुस्ताले लेख्न थाल्नुभन्दा पहिले गम्भीर अध्ययन गर्नु अति आवश्यक छ । सबै ज्ञान र सूचनाको स्तर उठ्नु पर्छ अझ साहित्यिक ज्ञान पर्याप्त चाहन्छि । त्यसैले तपाईंलाई कवितातिर जान मन छ भने १० उत्कृष्ट काव्य/कविता सङ्ग्रह पढ्नोस्, आख्यानतिर जाने भए १० आख्यान सङ्ग्रह पढ्नोस्, निबन्ध नाटकतिर जान मन भए तिनै बिधाका उत्कृष्ट कृति पढ्नोस्, अनुवादतिर भए पनि यसरी नै प्रेरणा लिनोस्, सबैतिर यही नियम लागु हुन्छ । नेपालीमा पनि एक जीवनलाई पढ्न पुग्ने कृति आइसकेका छन् । छेउमा शब्दकोश र व्याकरण राखेर गहिरो अध्ययनले मस्तिष्क मलिलो भएपछि लेख्न थाल्नोस् ।
त्यसपछि पनि साहित्य र राजनीतिका नाराबीच फरक थाहा पाइएन भने कागज–मसीको नाश गर्नु व्यर्थ छ । साहित्य अनिर्देशित, स्वतन्त्र, स्वतस्फूर्त अन्तर्हृदयको वाणी हो । यो दाशता उन्मोचन हो । स्वविवेक र स्वनिर्णय हो । व्यक्तिसत्ताको स्थापना हो । त्यसैले यो बोध गर्न नेपालीदेखि विश्वसाहित्यसम्म लेखिएका केही नामी कृति पढ्नुपर्छ । खासगरी ती अङ्ग्रेजी माध्यममा छन्, हिन्दीमा र अब ता नेपालीमा पनि प्रशस्त छन् ।
रुढताबाट मुक्ति लिनोस् विज्ञानभन्दा साहित्य अघिअघि हुन्छ; बरु साहित्यको कल्पनाबाट विज्ञानले प्रेरणा लिन्छ । त्यसकारण आफ्नो सोच्ने शक्तिलाई कुनै सााचामा लगेर हाल्नु भयो भने सबै थोकको उत्पादन हुन्छ; साहित्य चाहिा सदाको लागि टालिन्छ । यसको प्रेरणा र प्रकाश साहित्यको अध्ययनले दिन्छ ।
आफ्ना अतीतका पूर्वीय मान्यता र महानताको पनि साहित्यले नै रक्षा गरोस्; यसले वर्तमान विश्वपरिस्थितिको ग्लोबल चरित्रबाट पनि प्रेरणा प्राप्त गरोस् । नयाा पुस्तालाई मैले भन्ने यति हो । पढ्नोस्, पढ्नोस्, फेरि पढ्नोस्; अनि त्यसको प्रेरणाले लेख्नोस् । नयाा पुस्तालाई म यति भन्न चाहन्छु ।
टयाङ्लाफााट कीर्तिपुर
२०६९ जेठ १
गोविन्दराज सरको साहित्यिक जीवनका केही अन्तर कुन्तर उप्काउने कोशिस गरेको छ अन्तर्वार्ताले । यहाँनेर म धेरै छोइएँ "पेट र मष्तिष्क गरी दुइवटा देउता मानिरहेको छु । यो असाध्यै कठिन कार्य रहेछ"
ReplyDeleteI love the way Dr Bhattarai inspires the youths and analyzes the asthetic beauty of life. Thank you sir.
Deletesagun
This comment has been removed by a blog administrator.
ReplyDeletehajurko uttarharu padne layak bhayeka chan ,dishabodh pani cha
ReplyDeleteRohit gautam