About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Wednesday, January 30, 2013

यी कविताबाट अनन्त कालसम्म भूटानी नेपालीले भोगेका अत्याचार र कष्टका गीत सुसाइरहने छन्



श्री शिवलाल दाहाल नेपाली साहित्य सिर्जनामा समर्पित अत्यन्तै उर्जाशील कवि हुन् । यस अघि मलाई उनले सम्पादन गरेको सम्झनाका खण्डित आकृतिहरू (२०६७) माथि लेखिदिन आग्रह गरेका थिए । तर समय अत्यन्तै छोटो थियो । म बहिर्गमनको तयारीमा थिएा र भूटानी नेपाली कविहरूको उक्त सङ्ग्रहको  विमोचनमा मात्र बोल्ने अवसर मिल्यो । हेर्दा तीन वर्ष बितेछन् । नेपालका भूटानी शराणार्थीहरूमाथि यस बीचमा अनेक नयाा इतिहास लेखिए । उसबेला शुरु भएको पुनर्वास योजना अन्तर्गत परेर आधीभन्दा बढी शरणार्थीहरू युरोप, अमेरिका, अष्ट्रेलियाजस्ता तेस्रो देशमा विस्थापित भइसके, अरू बााकी जाने दिनको प्रतीक्षामा छन् । दुईदशक नाघि सकेछन् एउटा अस्थिर मानसिकता लिएर परिचयहीन, अनागरिक भई भूटानी नेपालीहरू पूर्वी नेपालका बगरहरूमा दिन व्यतीत गरिरहेका छन् । तिनैमध्ये एक हुन् युवाकवि श्री शिवलाल दाहाल ।

यसपालि देस्रोपल्ट उनले  यो शरण–भूमि (नेपाल) छोड्ने दिन नजिक आएपछि मलाई फेरि अनुरोध गरे— यो तुर्सा तयार गरेको छु यसमाथि सरका केही शभकामना शब्दहरू लिएर म अज्ञात भूमितिर उड्न चाहन्छु । मैले सम्झो सम्पूर्ण भूटानी नेपाली कविहरूमा शिवलालको कवित्व शक्ति र चेतना अत्यन्तै तृक्ष्ण र उच्च छ । स्रष्टा शिवले नेपाली साहित्यको माध्यम गरेर जगत्लाई एक युगान्तकारी सन्देश दिएका छन् । प्रस्तुत कवितामा   प्रजातन्त्रको सङ्ग्राममा  उपेक्षित प्रताडित भई देश गुमाउनु परेको  कुरा छ र फेरि एकदित त्यो स्थापित हुनेछ । भन्ने आशा छ । सात समुद्रपारि पुर्‍याएर छोडिएको   उनीहरूको  आफ्नो  माटोमा  पुनरागमन हुन्छ  हुन्न त्यो अर्कै  कुरा हो; तर त्यसको तिर्खा र भविष्यमा गरिने सङ्घर्षको मार्ग सदा खुला रहने छ । साथै त्यो नेपाली मूलका नागरिकको  साझा सपना र आस्थाको कुरा हो ।  शिवले विगत छ दशकदेखिको यो सङ्घर्षलाई अनेक प्रतीक र बिम्बले  प्रकट गरेर चिरकालसम्म अरूले उघारेर हेर्न मिल्ने झ्याल बनाएका छन्; यो खोलेर हेर्दा अनन्तकालसम्मको भविष्यले अनाहकमा प्रताडित स्वतन्त्रता प्रेमीनागरिक र अर्कातिर निरङ्कुश शासनहरूको  कठोरताको दृश्य देखिने छ । तर यो  घोषणा भइसकेको छ— एक्काइसौा शताब्दीको अन्त्य हुनुभन्दा पहिल्यै विश्वका सम्पूर्ण तानाशाहहरूको  अन्त्येष्टि भइसक्नेछ । त्यसपछि शिवलालका यी कविताको अन्तिम अर्थ फेला पर्ने छ ।


नेपाल बसाइका बिगत केही वर्ष यताका विचार र अभिलेहरू कवितामा उत्रिएर आएका छन् । तर कविले अतीतका विम्बहरूलाई भूटानको बसाइमा भोगिएको, बाल्यकालको आनन्दपूर्ण जीवन र त्यसपछि चलेको आाधीलाई विम्बात्मक रूपमा यहाा प्रस्तुत गरेका छन् । त्यसो त कविताहरूले सङ्केत गरेको छ—  निरङ्कुशतन्त्र भएको मुलुकमा धेरै अघिदेखि नै मानिसहरू पशुको तहमा राखिएका थिए । उदारता र प्रजातन्त्र खोज्नेहरूका लागि कतिको नियति महशूर क्षेत्रीको जस्तै भयो होला, कतिको आलो दोर्जी र फुन्सो दोर्जीको जस्तो भयो होला । भूटानमा चलेको निरङ्कुशता र नृशंसताको जीवन्त चित्र पढ्नका लागि ता टेकनाथ रिजालको  निर्वासन अथवा बलराम पौडेलको भूटान हिजो र आजजस्ता कृतिको अध्यययन  पनि आवश्यक छ ।

यस्ता संवेदना, भावुकता र अत्यन्तै तीक्त चोटहरूले गर्दा विभ्रान्त मनस्थितिमा पुगेका शिवलालका कविताले मेरो अन्तरहृदयसम्म स्पर्श गर्‍यो । उनका कति मापाको हुादोरहेछ विछोड, त्यही हो मेरो देश, वर्जित फल, त्यो वर्जित फलको रुख होइन, एक पाण्डव–यात्रा, म भयनक कस्मिक क्राइसेस्मा छु !, सौरेनी, उज्यालाको एक झलक, म जतिजति हिाड्छु, म अटाउान सकिना,  अन्तिम भेटजस्ता कविताहरूको मर्मले प्रत्येक पाठकलाई छुनेछ । यद्यपि कविको हृदयले एउटा स्थानरहीत, भूगोलरहीत स्थितिमा उडिरहेको विभ्रान्त चित्तले  अन्यमनस्क बनाएको अवस्थामा लेखिरहेको छ ।

गतवर्षको अगष्टमा भएको बेलायतको नेपाली साहित्यको दोस्रो महासम्मेलनमा मैले देखो अष्ट्रेलियामा प्रतिस्थापित भएका भूटानी नागरिक इन्द्र अधिकारीले एउटा अपिल गरेका छन्— कृपया प्रत्येक यस्ता सांस्कृतिक साहित्यिक सम्मेलनमा भूटानी नेपालीहरूको डायास्पोराबाट पनि कुनै प्रतिनिधि बोलाइयोस् । यस कविता सङ्ग्रभित्र प्रवेश गर्दा अस्थिर भएर मन उडेका बेलाको नेपाली जातिको भावमुद्रा पढ्न सकिन्छ । यसलाई सर्वप्रथम अत्याचार विस्थापनको इतिहास दोस्रोमा शरणार्थी जीवन र तेस्रोमा अनेक डायास्पोरामा वितारित (परिक्षेपित) भएको पुनर्वासलाई सम्झनु पर्नेहुन्छ । यस्तो ऐतिहासिकदेखि समसामयिक यथार्थतासम्म भिजेपछि मात्रै यस सङ्ग्रहका कविताको सारतत्त्व बुझ्न सकिन्छ, विगत दुई दशकदेखि यता लेखिएको भूटानी नेपाली साहित्यको मर्म बुझिन्छ ।

सङ्ग्रहको शीर्षक तुर्सादेखि लिएर प्रसङ्गवश आएका सौरेनी, सुनकोश, देन्चुखा, सामचु, मानस इत्यादि स्थान र नदीनालाको नाम पढ्दा तिनको पृष्ठभूमिमा रहेका सोझा नेपाली जातिसाग मिलेर मेरो मनले पनि सुदूर अतीतलाई छोयो । चालीस वर्ष नाघेछन् म पनि आफ्नो युवाकालका नयाा दिनहरू टेक्दै साम्चीबजार कटेर सौरेनी यताको उकालो चढ्दै साागुरी भञ्ज्याङ् पुगेको थिएा, त्यहााबाट ओरालो झरेर तुर्सा नदी तरी पारिपट्टिको नेपाली गाउा (देन्चुखा) मा दुईवर्ष विताएको थिएा । तिनै दिनको बसाइले नै मेरो प्रथम उपन्यास मुगलान (२०३१) जन्माएको थियो । शिवलालले त्यस भूमिमा बितेको अतीत स्मरणलाई विह्वल हुादै यहाा चित्रण गरेका छन् । शायद तिनै कुनै क्षणलाई सम्झेर उनले यी पङ्क्ति रचेका होलान् ।

उनीहरूलाई विदाइ भेट गर्न
पुग्दा
सााझ परेको थियो– झिसमिसे
हतारमा कुरा गर्‍यौं
मिलन विछोडका
(कति मापाको हुादोरहेछ विछोड)

बडो भावुक भएर अज्ञात  स्थलका लगि, अज्ञात भविष्य ताकेर हिाडे पनि आफ्नो देश भूटान सदा सम्झिरहेका छन् । त्यसैले उनको हृदयमा त्यही हो मेरो देश लेखिएको छ । तर आजका निर्वासित भूटानी नेपालीहरू यही हो मेरो देश भन्ने स्थितिमा छैनन् । सङ्ग्रहको ठूलो घर हो शीर्षकले एउटा सामन्ति संरचनाको र मूल्यहीन मानिसहरूको चित्र देखाउाछ । उनका बर्जित फल सदन्र्भका दुई कविता छन् । ‘बर्जित फल’ भनेको  बाइबल अनुसार स्वर्गको बगौचामा फलेको यस्तो एउटा फल हो जसलाई मानवले नचाख्नू भनी बर्जना गरिएको थियो तर इभ र आदमले चाखे अनि स्वर्ग र मत्र्यको निर्माण भयो । यहाा बर्जित फलको  तात्यर्य स्वतन्त्र प्रजातन्त्र हो । भूटानमा इतिहासको आरम्भदेखि आजसम्म त्यो फल चाख्न बर्जित छ  कविले त्यस कुराको उद्घाटन गरेका छन्:

बरु एकाएक त्यस वृक्षाको फल माग्नेहरुको
जिब्रो थुत्यौ
हाागा तान्न खोज्ने हातहरु भाच्यौ
हिड्न लम्किने खुट्टाहरु मर्कायौ
तर पनि हामीले त्यही फल खान पाउानु पर्छ भनेर
(बर्जित फल)

तर वास्तवमा त्यो बर्जित फलको वृक्ष थिएन त्यो त प्रजातन्त्रको वृक्षमा फल्ने स्वतन्त्रताको फल थियो । संसारभरि दोस्रो विश्वयुद्ध पश्चात् स्वतन्त्रताको लहर आाधी भएर चल्यो । एशिया र अफ्रिकाका आध्यारा प्रदेशहरू पनि आभासित भए । हिजो मात्र भएको पूर्वी युरोपको उन्मुक्ति सङ्ग्राम र आज चलिरहेको उत्तर र मध्यपूर्वको व्यग्र हावा सबै स्वतन्त्रताको बतास हो । तर आजसम्म भूटानमा त्यसलाई बर्जित फल बनाइएको छ । यद्यपि त्यो सदैव बर्जित रहने छैन । त्यसकारणले सबैले उद्घोष  गरेका छन् ।

युगले खनेको खाडलमा
र सहस्र मानिसहरु त्यही वृक्षको फल खान झुमिने छन्
र नयाा युगको उदयहुनेछ
जहाा स्वतन्त्रपूर्वक प्रत्येक मानिसले आफनो भाग्य निर्माण गर्न पाउनेछन्
(त्यो बर्जित फलको रुख होइन)

स्वतन्त्रताको आकाङ्क्षा राख्ने भूटानीहरूले विगत पााच दशकदेखि नै अनेक प्रकारले दण्डित र प्रताडित हुनुपर्‍यो । तीमध्ये देश निष्काशनमा परेका शरणार्थीहरूको पीडा अवर्णनीय छ । उनीहरू सधौ नै ‘पाण्डव यात्रामा’ छन् । कवि दाहालले ती सबै बञ्चित र क्रूद्धहरूको तर्फबाट एउटा उद्घोष गरेका छन् ।
अचेल मलाई –

घामले किच्न थालेको छ
अन्योलले थिच्न थालेको छ
जूनले पनि डाम्न थालेको छ
खुनले पनि पिरोल्न थालेको छ
कुनै दिन आगो खानु पर्ला
खान तयार छु
कुनै दिन जहर निल्नु पर्ला
निल्न तयार छु
(एक पाण्डव–यात्रा)

त्यसो त कविलाई सृष्टिको अनन्तता, निरन्तरता र यसमा मानिसको सारहीन स्थितिको  अनुभव छ र उनी भन्छन्—
दिन भन्नु
महिना भन्नु
वर्ष भन्नु
केही होइन
अनन्त समयको
एक–एक सानो प्रहर
(समय र अर्थ)

तर त्यसो भए तापनि यी दु:खहरू लुकाउने ठाउा कतै छैन, पीडाहरू सुनाउने ठाउा छैन ।  निर्वासित भएपछि पनि उनीहरूको जीवन पराधीन नै रह्यो । अझै कति समयसम्म कति पुस्तासम्म त्यो पराधीन नै रहनेछ । किनभने एउटा नयाा डायास्पोरा समुदायलाई भिन्न संस्कृतिमा रसाउनु भनेको धेरै समय लाग्ने कुरा हो । परिचयहीनताले गर्दा उनीहरूले वर्षाैंसम्म आफूलाई अपरिचयको दाम्लोले कसिएको ठान्नेछन् । त्यसैले कवि भन्छन्:

घडीको सुइरो भन्दा पर पटक्कै छैन
हामीले बुझेको स्वतन्त्र जीवनको मूल्य
पगाहा लगाइएको बस्तुको दाम्लो भन्दा पर पटक्कै छैन
(आचरण र स्वतन्त्रता)



यी सम्पूर्ण पीडाको बयान उनको आत्मवृतान्त कवितामा छ भने त्यसको जीवन्त चित्रचाहिा शीर्ष कवितामा तुर्सामा छ । तुर्सा पश्चिमी भूटानको एउटा ठूलो नदी हो । नेपाली बस्तीले भरिएको यस प्रदेशमा कति अत्याचारहरू भए हर्कबहादुर, नरबहादुर कति उत्तरतिर बाटो खन्न लगिए कति पहिरोमा परे, कति भोक तिर्खाले मरे तर उनीहरू आफ्नो देशका लागि नै बलिदान भएका थिए—

यही बाटो भएर
हर्कबहादुर, नरबहादुर,शिवसंकर
राजधानीको बाटो खन्न गएका थिए
तर
उनीहरु कहिल्यै फर्किएनन्
गाउामा हल्ला मात्र फर्कियो
हर्कबहादुर–
पुतलीभिरको बाटो खन्दा–खन्दै
डोजरले सोरेर गयो
नरबहादुर–
ढुङ्गा खोपेर बेलेस्टिनको ढिडो भर्दा–भर्दै
कम्मरमा बााधेको डोरी छिनेर
भिरबाट हुत्तियो
शिवसंकर–
हिउाको थुप्रो सोर्दा–सोर्दै
लेक लागेर मर्‍यो
(तुर्सा)

त्यसैगरी पूर्वी भूटानमा अनेक  जोङ र गुम्बा निर्माणमा जाने नेपालीहरू पुल र भवन बनाउन जानेहरू, कति फर्के कति फर्केनन् । उनीहरूको बलिदानी भावना र देश प्रेम सम्झादा आज मनमा भक्कानो छुट्छ ।  देश निर्माणमा बाटा पुल गम्बा निर्माणमा हजारौा नेपालीले ठूलो त्याग गरेका थिए त्यो त्यसैत्यसै व्यर्थ भयो । इतिहासका पात्रहरू सम्झेर कविले उल्लेख गरेका छन् :

गाउा फर्किए पछि
स्वास्नी मर्दा किन नआएको भन्नेहरुलाई
प्रतिमानको जवाफ थियो
देश भन्दा स्वास्नी ठूलो होइन
गुमानसिंहको जवाफ थियो
देश भन्दा छोरो ठूलो होइन
(तुर्सा)

 त्यसरी आफ्नो भूमिको लागि प्राण दिनेहरू सर्वस्व लुटिएर, कुटिएर, पाताकसिएर, बन्दुकको मोहोरीबाट हुादै सर्वस्व गुमाएर भाग्नुपर्‍यो, अन्योल दिशातर्फ लाग्नु पर्‍यो । यी यावत इतिहासको साक्षी तुर्सा नदी छ तर भन्नु हुादैन किनभने बोल्नु निषेध छ एउटा अव्यक्त पीडामा, गुम्फनमा जीवन भोगिरहेकाहरूको प्रतिनिधित्व गर्दै शिवलालले म भयानक कस्मिक क्राइसेसमा  छु भनेका छन्  ।

त्यहीा पश्चिमी भूटानको अर्काे डााडो छ— सौरेनी । स्नेह, प्रेम र शितलता दिने मातृभूमि सौरेनी आज खण्डहरझौ उजाड भएको छ । सङ्ग्रहमा कति श्रीफेल्लेनीजस्ता अत्यन्तै दु:खी, परिचयहीन पात्र–पात्रहरू छन्, कति बेनामीहरू छन् । उनले अतीतका मकैबारी धानबारी घाासका बोट र हजुरआमा सबैसबैझै सम्झेर कवितामा व्यक्त गरेका छन् । नेपाली जातिका दुर्दिनको सञ्चालक भएर धेरै माथि थिम्फु उभिएको छ, जो सधौ एकजाति, एकदेश, एक भाषाको गीत गाउादै जातीय सफायाको बन्दुक भिरेर उभिएको छ ।

शिवलालका यस्ता कविताले  म धेरै छोइएा र कति घटानापरिवेश तथा स्वतन्त्रताप्रेमीहरू दवाइएको भग्न इतिहास आाखामा आयो । आज शिवलाल यी सबै छोडिराखेर एक अज्ञात मुलुकतिर जाने समयको पूर्वसन्ध्यामा छन् । तर पनि म विश्वस्त छु स्तवन्त्रताको तिर्खा कहिल्यै मेटिने छैन आफ्नो मातृभूमिमा दु:ख खपेर बसिरहेका  स्वजनहरूलाई त्यस यातनामय जीवनबाट एकदिन मुक्त गर्न जहाा भए पनि उनीहरूले मद्दत गरून् । शिवलालको यो सङ्ग्रह नै त्यो पीडाको अभिलेख र भविष्यको प्रतिज्ञा पनि हो । केही कवितांश लघु आकारका  मुक्तकझौ छोटा पनि छन्, केही कविता माया र प्रेमका पनि छन् जस्तै क्लियोप्याट्रा । एकठाउा उनी बोलेको छन्:

तिम्रो मायालाई
म कसरी परिभाषित गरौं
जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन
जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन
(मायाको संसार छुट्टै हुन्छ)

 अरू केही कविता कुनै क्षणका तत्काल स्फूरणहरू पनि छन् । जे भए पनि शिवलालको लेखनी जहाा पुगे पनि यस्तै रहिरहोस् । उनी भूटानी नेपाली साहित्यका एक शक्तिशाली कविका रूपमा सम्झिइने छन् । गंगा लामिटारे, पशुपति तिमसिना, रमेश गौतम, पुरानाघरे...सबैसबै मिलेर बनाएको  गोरेटो एकदिन मूल सडकमा परिणत हओस् । म नित्य यही मात्र कामना गर्दछु । ‘लाटोकोसेरोले’ मात्र विश्वास गरेको छ । त्यो वर्वरतन्त्रको घर बलियो छ, तर त्यो मकाइसक्यो त्यो घर चााडै ढल्ने छ । एक्काइसौा शताब्दी नै स्वतन्त्रताको र प्रजातन्त्रको शाब्दीक हो ।

म रोकिनुभन्दा पहिले एउटा अत्यन्तै कोमल कविताको नाम उल्लेख  गर्न चाहन्छु । यसले अतीतको प्यारो गाउालाई सुन्दर चित्रमा प्रस्तुत गर्दछ ।

अतीत स्मरणको एक अति सुन्दर कविता छ त्यो बिहानको  अनुहार यस कविताले अत्यन्तै मुग्धकारी चित्र प्रस्तुत गरेको छ । सामचुखोलाको परिवेशमा, शान्त शितल औ प्रकृतिको न्यानो काखमा  कतिका जीवन बिते, कति शिवलाल दाहालहरू बाल्यकालमै उखेलिए । त्यसको पीडाले आज उनी भक्कानिन्छन्  ।

कति राम्रो कति निर्दाेष र स्निग्ध चित्र  छ एक बिहानको
त्यो बिहानको अनुहार
घाम त पश्चिमका पहाडबाट बिस्तारै ओर्लन्थ्यो
आागनका डीलमा बसेर म घामलाई पर्खिन्थो
र हेथो मकैका पिपिरा
र हेर्थेा खरी पाउलेका चिउला
र हेथो आरु फूलेका फूलहरु
एका बिहानै उड्दै गरेका चराहरुसंग मन उडाउाथ्यो
ती नीला–नीला पहाडहरुमा
ती तारे भीर र टारी खेतहहरुमा
भर्खरै फक्रिएको कमलको फूल जस्तो
त्यो बिहानको अनुहार
सााच्चै प्रिय र मायावी थियो

आश्विन ५, २०६९
टयाङ्लाफााट, कीर्तिपुर
काठमाडौा, नेपाल



No comments:

Post a Comment