विश्वपरिवेशको प्राज्ञिक उन्नतिलाईहेर्दा अध्ययन तथा अनुसन्धानका नयाँनयाँ शाखाको अत्यन्तै तीव्र गतिले बिस्तार हुँदैछ । ज्ञानविज्ञानका सबै शाखा प्रशाखा नवीन र बिस्तारित हुँदैछन् । तीमध्ये एउटा हो डायास्पोरा अध्ययन (म्ष्बकउयचब क्तगमष्भक) । यसको सम्बन्धमा नेपाली भाषा साहित्यमा खासगरी समालोचनामा निकै चर्चा चलेको छ । केही मात्रामा शैद्धान्तिक र प्रायोगिक कर्म पनि भएका छन् । परन्तु यसविषयको मातृभूमि ता जनसङ्ख्या, समाजशास्त्र, मानवशास्त्र, भूगोल जस्ता क्षेत्र र विभाग हुन् ।
विगतको दशकभरि म साहित्य र डायास्पोरा विषयलाईलिएर अनेक स्थानमापुगँे; छलफल, गोष्ठी र सम्मेलनमा भाग लिएँ र मैले देखँे यो अत्यन्तै शक्तिशाली स्वरूप धारण गरेर फैलिरहेको छ । भारतभूमिमापनि यसकोगम्भीर अध्ययनले विश्वलाईजोड्दै छ । संसार विश्वग्राममा परिणत भएको यो स्थितिमा हाम्रा विश्वविद्यालयका सम्बद्ध विभागमा यसका प्रवेश र परिचय हुन नसकेको स्थितिबारे मैलेपपुलेशन डिपार्टमेनका विद्वान्मित्रहरूसँग कुरा राखेँ । मैले त सर्वप्रथम मेरा विद्वान् शिष्य श्री बालकृष्ण माबोहाङसित केही चर्चा गरेँ; डा. गोविन्द सुवेदीसित गरेँ; त्यसपछि विभागीय प्रमुख प्रा.डा. रामशरण पाठकज्यूसित भेट गरेँ । उहाँ नेपाल जनसंख्या संघको पनि अध्यक्ष हुनु भएकाले उहाँलेउत्साह देखाउनुभयो । त्यसपछि संघका महासचिव श्री त्रिलोचन पोख्रेलको सहकार्यमानेपाली डायास्पोरा स्टडिजमा विचार विमर्श, छलफल गोष्ठीका आयोजना गर्ने निश्चय गरियो । दशैँ अघिदेखि हामीले योजना गरेका थियौँ तर गर्दैलाँदा यो कार्यपत्र आज प्रस्तुत गर्ने संजोग मिलेको छ ।
यो मूलतः साहित्यिक विषयमा लेखिएको कार्यपत्र थियो । सन् २०१२ को जून ३० जुलाई १ पारेर आयोजित महासम्मेलनका लागि यो कार्यपत्र तयार गरेको थिएँ । एसोसिएशन अव् नेपालिज इन् अमेरिका (आना) द्वारा टेक्ससको डलासमा आयोजित सो कार्यक्रममाभाग लिन म सशरीर उपस्थित हुन सकिनँ तथापियो कार्यपत्र त्यहाँ वाचन गरिएको थियो ।
सोही कार्यपत्रलाईकेही परिमार्जनर अनुकूलन गरी जनसंख्या, भूगोल, संस्कृति, भाषा आदि अनेक विधाको मर्म समेटी आज यहाँ प्रस्तुत गर्दछु । आशा छ यसले हाम्रा विद्वान्लाईयसनयाँ क्षेत्रतिर प्रवेश गर्न प्रेरित गर्नेछ; केही मार्गहरू देखाउने छ । हाम्रो विश्वविद्यालय र सम्वन्धित मन्त्रालयले पनि नेपाली डायास्पोरा केन्द्रको स्थापना र यसको अन्तर्राष्ट्रियकरणमा उत्साह राख्ने छन् ।
सर्वप्रथम २०५८ सालदेखि नेपाली वाङ्मयमा ‘डायास्पोरा’ शब्दको प्रयोग भएको थियो । त्यस यताका अनेक संकलन र प्रकाशनमा यस सम्बन्धका लामा चर्चाहरू भइसकेपछि नै हामी ‘प्रवासी’ ‘आप्रवासी’ आदितिर नलागी ‘डायास्पोरा’ तिर लागेका हौँ । त्यसको इतिहास पनि निकै लामो भइसकेको छ ।
नेपाली साहित्यमा डायास्पोराको इतिहासको बारेमा मैले विस्तृत चर्चा गरिसकेको छुः यसको लागि सर्वप्रथमडायास्पोरा अध्ययनको नेपालीइतिहास मा प्रवेश गर्नु आवश्यक छ । त्यसपछि प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, न्यूयोर्क अमेरिकाकोस्मारिका२००९, दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लण्डनको प्रकाशन वाङ्मय २०११ मा यो कुराको टुङ्गो लागेको छ । त्यसो तउत्तरआधुनिक ऐना (२०६२) देखि नै नेपाली साहित्यमा डायास्पोराविषयका लेख समीक्षा आएका हुन् । पछिउत्तरआधुनिक विमर्श(२०६४) प्रकाशित हुँदैखेरि त्यहाँ एउटा लामो खण्ड (पृष्ठ ११५ देखि १९२सम्म) डायास्पोरा÷आप्रवासी साहित्य शीर्षकमा अर्पित गरेको थिएँ । नेपालमा यस विषयको प्रकाशन त्यही पहिलोथियो । विद्वानहरू बीच दुइटै शब्द छनौटमाराखिएका थिए ।‘डायास्पोरा’ ‘आप्रवासी’ अरू पनि शब्द खोज्याँै— देशपारीय, परादेशीय, परासांस्कृतिक, पारदेशीय, परदेशी आदि। यस्ता पदमा पनिहामीले चर्चा ग¥यौँ तर विद्वतवर्गबाट‘डायास्पोरा’ र ‘डायास्पोरिक’ नैप्रयोग गर्ने निर्णय भएको थियो । गर्दैलाँदा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायएवम् मानविकी तर्फका उच्च कक्षामा एम ए, एम फिल, र पीएचडीसम्म डायास्पोरिक नेपाली साहित्यमा पनिअध्ययन अनुसन्धानगराउन थालियो । त्यतिमात्र नभई गतवर्ष(२०११) देखि नेपाल प्रज्ञाप्रतिष्ठानले पनि पहिलोपल्ट डायास्पोराका नेपाली कविताशीर्षकमाविद्वतवृत्तिको घोषणा ग¥यो ।धेरै अघि१९९० को दशकदेखि नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) का संस्थापक अध्यक्षश्री होमनाथ सुवेदीले डायास्पोराको भावना र स्वरूप विकासमा निरन्तर योगदान गर्दै आउनु भएको हो । परिणामस्वरूपअनेसासले ठूलाठूला पुरस्कार पनि स्थापना ग¥यो; यी प्रदान भइरहेका छन् । यसै सम्बन्धमा ‘डायास्पोरा’ शब्दलाई यथावत प्रयोग गरेर २००९ अगष्टमा भएको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन (न्यू योर्क)ले आफ्नो घोषणा पत्रमा यसरी उल्लेख गरेकोथियोः
परम्परागत भाषा, भाव र शैलीको बन्धनबाट मुक्त भएर डायास्पोरिक नेपाली साहित्यको सिर्जनालाई प्रोत्साहित गर्ने ।
समालोचनामा डायास्पोरिक साहित्यको सिद्धान्त र व्याख्यालाई प्रोत्साहित गर्ने ।
(स्मारिकापृष्ठ १५९)
पछि अगस्ट २०११ मा लण्डनमा सम्पन्न भएकोअनेसासको दोश्रो महासम्मेलनले पनिआफ्नो घोषणापत्रमा एउटा बुँदा यसरी राख्योः
‘डायास्पोरा’ लाई नेपाली भाषामा आगन्तुक शब्दको रूपमा लिई शब्दकोशमा यसको प्रबिष्टी गराउने ।
(वाङ्मयपृ १७४)
यी सबै महादेशकासहभागीले गम्भीरतापूर्वक सोचेर बुझेर गरेकानिर्णय थिए ।
यता एक्काइसौँ शताब्दीसँगै सिर्जना र मूल्याङ्कनका कति नयाँ क्षेत्रहरू टड्कारो भएर आएका छन् ।लेखन र समालोचनाका अनेक पद्धतिमध्ये ‘डायास्पोरिक लिटरेचर’, ‘डायास्पोरिक क्रिटिसिजम्’ लाई प्रमुख स्थान दिइएको छ (हेर्नू उल्फ्रेज २००७) । विश्वले त्यसैलाई टिपेको छ र नेपालीमा पनि त्यसैलाई स्वीकार गरिएको हो । ‘प्रवासी’ शब्दले उत्पन्न गर्ने अष्पस्टता र अप्ठ्यारा धेरै छन् । अन्य भूमिमा पुगी कानूनी र राजनीतिक स्थिरता प्राप्त गरिसकेका बासिन्दालाई एक दिन त्यहाँबाट उखेलिन सक्नेसम्भावना र भयले सधैँ खेदिरहन्छ त्यसकारण ‘प्रवासी’ शब्द अर्कै अर्थ बोक्तछ । ‘प्रवासी’ को दर्जामा राख्ता उनीहरू समक्ष सदा पहिचानको सङ्कट कहिल्यै समाधान नहुने गरी रहिरहन्छ ।
यसै क्रममा म एउटा अनुभव बताउन चाहन्छु— मार्च २००९ मा नेहूविश्वविद्यालय अन्तर्गत पूर्वोत्तर भारत सिलाङका नेपालीहरूले स्थापना गरेको बुद्ध भानु सरस्वती कलेजमा आयोजित मेरो प्रवचनको क्रममा मैले ‘प्रवासी नेपाली बन्धुबान्धवहरू’ सम्बोधन गरेको थिएँ; पछि अगष्ट २००९ को वीपी कोइराला फाउण्डेशन, भारत नेपाल लेखकको चौथो सम्मेलन देहरादूनमा पनि तिनै शब्दले सम्बोधन गरेँ । परिणामस्वरूप दुवै ठाउँका सहभागी नेपाली असन्तुष्ट हुँदैस्पष्टिकरण दिए— हामी डायास्पोरिक होइनौँ, ‘प्रवासी’ ‘आप्रवासी’‘विदेशी’‘परदेशी’ पनि होइनौँ । हामी केवल ‘नेपाली’ हौँ । नेपालमा हुँदा ‘नेपालका नेपाली’ थियौँ; त्यही भूमि भारतमा पर्दा भारतीय–नेपाली भयौँ । अझ आसाम, सिलाङ, भूटान, मणिपुर जस्ता हाम्रै पुर्खाले सयौँ वर्ष अघिदेखि आर्जेका भूमि सधैँ हाम्रै हुन् । हामी यहाँ ‘प्रवासी’ कहलिन अस्वीकार गर्दछौँ । पछि देहरादुनमा भने ‘प्रवासी नेपाली’ का तर्फबाट कवितासुनाउने समय माग्दै स्रष्टाहरू आए । यसरी भारतमा त्यहीँका ‘भारतीय नेपाली’ र अस्थायी रूपले आवागमन गर्ने ‘प्रवासी नेपाली’ को विभाजन छ, तिनीहरूको स्थान र मर्यादा फरक छ अन्य देशहरूमा स्थायी रूपले बसेका, बस्ने आकाङ्क्षामा प्रयत्नशील नेपालीहरूलाई (वा कसैलाई) ‘प्रवासी’ भनिदिनु हुँदैन । यता लखनौदेखिपरदेशी बिम्बहरू (२०६८÷०६९ साहित्यिक वार्षिक, वर्ष ४) शीर्षक एक बृहद्आकारको(पृ ३२४ को) विशेषाङ्क प्रकाशित गरेका छन् । सुरेन्द्र लिम्बू ‘परदेशी’ को नेतृत्वमा अन्तर्राष्ट्रिय परदेशी साहित्य समूह स्थापना गर्ने र प्रकाशनअघि बढाउने प्रस्तावना पनि लिएर अएका छन् । यसरी भारतीय नेपाली साहित्यलाई हेर्ने विश्लेषण गर्ने हाम्रो दृष्टिकोण भिन्न हुनु पर्दछ ।भारतीय–नेपालीहरूको एक समूह ‘प्रवास’ शब्द मन पराउँछ; अर्काेले ‘प्रवास’ लाई अस्वीकार गर्दछ । ‘प्रवास’ अस्वीकार्नुको मनोवैज्ञानिक एवम् सांस्कृतिक कारण उपयुक्त छ । हामीले उनीहरूलाई‘प्रवासी’ भनिदियौँ भने त्यसकोअर्थ त्यो अस्थायी बसोबासको भूमि रहेछ भन्ने लाग्छ ।एक देशको भूगोल र इतिहासमा रमाइसकेपछिफेरि त्यसबाट ‘मेटिनु पर्ने’ मनोवैज्ञानिक चिन्ता उत्पन्न हुनसक्छ, जुन अति अप्रिय हुन्छ । त्यसैले भारतीय–नेपाली साहित्यका दुईवटा प्रकृति देखिन्छन्— स्थायी नेपालीद्वारा उत्पादित प्रवद्र्धित हो कि अस्थायीद्वारा । त्यसो त यस्तो ‘अस्थायी’ समूहलाई सङ्केत गर्ने गरी प्रवासी नेपाली साहित्य समाज ब्रुनाइ÷बेलायत पनि स्थापित छ । विश्वासदीप तिगेलाको नेतृत्वमा महŒवपूर्ण कार्य गर्दै आएको ब्रुनाइ÷बेलायतमा चलायमान यो संस्था निरन्तर रहला तर ‘स्थायी’ होइन ।भारतमा नेपालीहरूलाई बुझाउने वा उनीहरूलाईपुकारिने अनेक नामहरूको श्री मणिकुमार शर्माले चर्चा र विश्लेषण गरेका छन् । तीमध्ये केहीकोउल्लेख गर्नु प्राशङ्गिक होला भन्ने ठान्दछु ।
हाम्रो परिचयको क्रममा ‘गोर्खा’ शब्द
भारतको वर्तमान स्थितिको सन्दर्भमा बहुनामले परिचित हाम्रो जातिको परिचय एउटै, उपयुक्त औ वैज्ञानिक नामद्वारा स्थिरीकरण गरिनु प्राथमिक आवश्यकता भइसकेको छ । यसर्थ गोर्खा, नेपाली, प्रवासी नेपाली, भारतीय नेपाली इत्यादि नामद्वारा सम्बोधित भई अन्य जातिका बीचमा स्थायी परिचयको अभाव भएको देखिन्छ । अतः यो जातिको तर्कसम्मत औ वैज्ञानिक नाम के हुनुपर्ने हो भन्ने विषयमा यहाँ आफ्नो मत व्यक्त गर्ने चोष्टा गरिन्छ ।
आजसम्म देखापरेकाहाम्रा प्रचलित परिचयहरू यस प्रकारका देखिन्छन्—
१. अनेपाली नेपाली ७. आञ्चलिक नामहरू
२. प्रवासी नेपाली ८. भारतीय नेपाली
३. नेपाल बाहिरका नेपाली ९. भारतेली नेपाली
४. भारतका नेपाली १०. भारतीय गोर्खा
५. भारतभित्रका नेपाली ११. गोर्खा
६. मुगलाने
यी ११ वटा प्रस्तावनामध्ये यहाँ तीनवटाको चर्चा गर्दछु ।
अनेपाली नेपाली
स्व. रामकृष्ण शर्मा, भारतीय हाईकोर्टका न्यायाधीश, यस भेकका वरिष्ठ साहित्यिक एवम् हामीलाई अस्तित्वबोध गराउनेहरूमध्येका एक विशेष व्यक्तिले हाम्रो परिचय यसरी दिनुभएको कारण त्यति वैज्ञानिक देखिँदैन । नेपाली शब्दकाअघि ‘अ’ उपसर्ग जोडिनेबित्तिकै नेपाली शब्दले नेपालीत्व हराएपछि पुनः ‘नेपाली’ परिचय दिन खेज्नु नै हाँस उठ्दो देखिन्छ । भारतका नागरिकले आफूलाई ‘अबङ्गाली बङ्गाली’ भनेर परिचय दिएको सुनिएको छ र ? त्यसो गरे आफूले आफैलाई पहिले नै न यताका न उताका जस्ता देखाएको हुँदैन र ? तसर्थ शर्माज्यूले दिन खोज्नुभएको परिचय युुक्तिसङ्गत देखिँदैन ।
प्रवासी नेपाली
प्रवासी अर्थ हो ‘विदेशमा रहने’, ‘विदेशमा बस्ने’, ‘देश–निष्काशिशत’ ।
हामी भारतराष्ट्रका नागरिक हौँ । प्रवासी होइनौ । केवल नेपालाराष्ट्रका नागरिक जो नेपाल बाहिरकाअस्थायी बासिन्दा हुन्— ती मात्र नेपालीय दृष्टिमा ‘प्रवासी’ नेपाली हुन् । जुन नेपालका नेपाली या भारतका गोर्खा जसले हाम्रो परिचय ‘प्रवासी’ ठान्दछन्, तिनीहरूले सार्वभौमिकताको अर्थ बुझेका छैनन् भन्नु अत्युक्ति नहोला । एक समयमानेपालका प्रसिद्ध कवि श्री भूपि शेरचन हाम्रा स्व. गिरीको यादमा यसरी गिरीको परिचय दिन्थे—
जो प्रवासको निराश र उदास जीवनमा पनि,
आफ्नै घरको गुनगान गर्नमा मस्त छ,
उनै परदेशिएका
तर नबेचिएका, नेपाली सपूत
मेरो मित्रवर, कविवर अगमसिंहलाई
म दिन्छु उपहार, मेरो कविताको सङ्ग्रह
मेरा पीडा र व्यथाहरूको सङ्ग्रह
यो घुम्ने मेचमाथि अन्धो मान्छे
नोटः यस प्रकारले गोर्खा–भाषा एकचिन्तन (१९८९) शीर्षक पुस्तक पुस्तकमा दार्जीलिङका श्री मणिकुमार शर्माले माथिका बाह्रवटै बुँदाको विपक्षमा तर्क दिई अन्त्यमा जाति र भाषा दुवैलाई ‘गोर्खा’ भनौँ भन्ने प्रस्ताव राखेका छन् । तर भाषाको मान्यताको लागि कैयौँ वर्षदेखि दार्जीलिङ् सिक्किम आदि ‘नेपाली’ भाषाकै लागिलडेका थिए;गोर्खाभाषाकोलागि ता होइन;यद्यपि यो विषय विचारणीय छ । त्यसो त सैन्यसेवासँग सम्बद्ध सबै नेपालीको निमित्त ‘गोर्खा’ शब्द प्रिय छ, कारण त्यहाँ गोर्खा पल्टन छन्; उनीहरू ‘गोर्खा’ भनेरै चिनिएका छन् । हालै बेलायतकाकाङनाम् नरेशले पनि यस आशयले लेख प्रकाशित गरेका थिए । माथिको अंश श्री शर्माज्यूको उक्त कृतिको पृष्ठ ६६—६८ बाट लिइएको हो ।
सबै अधिकार सम्पन्न भएपछि त्यहीँको नागरिक भएपछि फेरि ‘प्रवासी’ ट्याग लगाउँदा असुरक्षाचेतना रहिरहने रहेछ । त्यो भाषालाई आफ्नो बनाउन भारतीय–नेपालीहरू लडेको इतिहास, गरेको सङ्घर्ष सानो छैन । अब ती स्वतन्त्र देशका स्वतन्त्र नागरिक भइसकेपछि फेरि हामीले सम्बोधन गर्दा हुने शब्दप्रति सचेत हुनुपर्छ । त्यसैले टीवी सुब्बा तथा मित्रहरू (२००९) ले नेपालिज अव् इण्डियन ओरिजिन रइण्डियन अव् नेपाली ओरिजिनमाफरक छुट्ट्याएका छन् । अब क्रमशः बेलायत, अमेरिका र हङकङका अन्यत्र पनिस्थायी हुँदै गरेका नेपालीको सामुन्ने देखिएको यही जटीलताबारे गम्भीर विश्लेषण गरिकन नेपाल प्रज्ञाप्रतिष्ठानले २०११ देखि नै पहिलोपल्ट डायास्पोरिक नेपाली साहित्यमा रभारतीय नेपाली साहित्यमाएकएक विद्वत्वृत्ति प्रदान गरेको हो । पहिलो बृत्ति नेपालका स्रष्टा डा. दुवसु क्षेत्रीलाई र दोस्रो गुवाहाटी भारतका डा. खगेन्द्र शर्मालाई प्रदान गरिएको छ ।
यतिखेर केहीनेपाली भाषाप्रेमीहरूले डायास्पोराको सट्टा नेपाली शब्द खोज्ने प्रयत्न गरेको खबर आउँदैछ । तर यो त्यति महŒव राख्ने कुरा होइन भन्नेमा म विश्वस्त छु । ग्लोबल परिवेशमाबाँच्न थालेका हामीले अन्यभाषाबाट,संस्कृतिबाट कति शब्द ग्रहण गर्नु परेको छ, तिनको हिसाब गरी साध्य छैन । एउटा नयाँ भाषाले सम्पन्न विश्वसँगको शैक्षिक, प्राज्ञिक, आर्थिक र अझ प्राविधिक आदानप्रदान गर्दा बीस प्रतिशत शब्द अन्यत्रबाटै निरन्तर ग्रहण गर्नु परेको छ । यो स्थिति अझै बढ्दै जानेछ ।
‘डायास्पोरा’ त्यस्तै एक शब्द हो । यो वहुअर्थबोधक एक अवधारणा हो । यसलेबाहिरबाट पसेकोअल्पसङ्ख्यकहरूकोएक (माइनोरिटी) समुदाय, त्यसको द्वैदेशिक संलग्नता, त्यसको अनुभवको नवीनता र विलयनको प्रक्रिया जस्ता अनेक अर्थको पुञ्ज बोकेको हुन्छ । त्यसै अनुसार डायास्पोरिक साहित्य हुन्छ; त्यसको आफ्नै सिद्धान्त छ, डायास्पोरिक पपुलेशन, कल्चर, स्पेस, आइडेन्टिटी यस्ता धारणाले यो अध्ययन अलगैछुट्टिन्छ । त्यहाँ नयाँमानिस हुन्छन, तिनीहरूको समाज–राजनीतिक परिवेश हुन्छ, तिनीहरूकोसंस्कृति हुन्छ, भूगोल हुन्छ, त्यसैले विश्वले एउटा भिन्नताबोधक परिस्थिति र जीवन पद्धति बुझाउन‘डायास्पोरा’ शब्दको पुनः प्रयोगगरेकोे हो ।यसको आदिम अर्थ ग्रिसेलीको ‘डेइस्पर’मा (हेर्नू उल्फ्रेज २००७)‘परिक्षेपित’वा ‘विकीर्ण’ वा ‘निस्काशित’ वा‘छरिएको’ हुन्थ्यो तर बीसौँ शताब्दीको मध्यदेखिडायास्पोरा स्टडिज्को स्थापना भएदेखि यसको अर्थविस्तार भएर ‘घरदेश’ छोडेर ‘परदेश’ पुगेकोवा बोलाएर लगिएको व्यक्ति वा समुह, यसको बचाइका यावतभिन्नतालेयुक्त जीवन र तिनले निर्माण गरेको एक हाइब्रिड संस्कृति त्यसैको व्याख्या विश्लेषण भन्ने अर्थ दिन्छ ।
नेपालीमा डायास्पोराको अनुवाद छैन । भारतीय, फ्रेन्च, जर्मन विश्वका अधिकांश भाषामा अनुवाद छैन । भारतीय विश्वविद्यालयमा मात्र होइन, एसियाभरि नै ‘डायास्पोरा स्टडिज’ नै अध्ययन हुन्छ । यही शब्द प्रयुक्त छ । किनभने यसको धारणागत समानार्थी पद अरूसँग छैन ।यसका अग्रणी व्याख्याताहरूले, खासगरी नट तथा म्याक्लौलिन (२०११) र नेल्सन (२०१०) ले भनेका छन्— धेरै विचार गरेर हामीले ‘फरिनर’,‘स्ट्रान्जर’, ‘एलिअन’, जस्ता शब्दको सट्टा विश्वले चलाएको मोर न्यूट्रल(तटस्थ) शब्द ‘डायास्पोरा’ चलाउनु उपयुक्त ठानेकाछौँ ।
विश्वभरिका प्रायशः विश्वविद्यालयका पाठ्यक्रममाडायास्पोरा स्टडिज राखिएपछि यस पदले झन् व्यापक रूप ग्रहण गरेकोछ । त्यसलाईअनुवाद गर्न खोज्दा अनर्थ मात्र बाँकी रहन्छ । आइ ए रिचार्डस्ले समवर्डस् आर चार्जड् विद स्पेशल मीनिङभनेझैँ कति शब्दहरूमाअर्थको शक्ति घनिभूत हुन्छ । कुनै शब्दले कुनै अवधारणाको सतही वा आंशिक अर्थ मात्र बोक्छन् । त्यसकारण एक शब्दको अनुवाद अर्काे शब्द हुँदैन । हामीले डायास्पोरिक शब्दलाई विदेशी, मुगलाने, परादेशी, प्रवासी, आप्रवासी, पराई आदि भन्न सक्छौँ तर आधुनिक विश्वमाडायास्पोरालेजति अर्थ बोक्छ त्यसको दशांस पनि तीमध्ये कुनै शब्दले बोक्तैनन् । किनभने हाम्रा शब्दले ‘डायास्पोरा’ को गुण र विशेषता बोक्नु परेको थिएन ।डायास्पोराको खेपाइ र भोगाई पश्चिमबाटै आरम्भ भयो । यसको लामो इतिहास उनै छ; यसको अर्थ विस्तार भई वर्तमान समयमा मात्रै यो सर्वत्र विश्वपरिस्थितिभरि फैलिएको छ ।
एसियाली र अफ्रिकी जगत्का विद्वानहरू यतिखेर ठूलो सङ्ख्यामा‘डायास्पोरा अध्ययन’ मा समर्पित छन् । फिजी र अफ्रिका लगिएका तमिल, बेलायत पुगेका खालिस्तानी, मलेसिया पुगेका पाकिस्तानी, विश्वभर छरिएका चिनियाँ डायास्पोराले ती व्यक्ति, तिनको नयाँ भूमि,तिनको पुरानोसितको नाता, नयाँ परासांस्कृतिक विश्व (ट्रान्स्कल्चरल जीवन) यस्ता सबै अर्थ एकैचोटि बोकेको हुन्छ । प्रत्येक राष्ट्रले आफ्नोसीमाना भित्र कुनकुन डायास्पोरा बसोबास गर्दछन् त्यसकोहिसाब गर्दछ आफ्नाले बाहिर पुगेर कहाँकहाँ ‘डायास्पोरा’ निर्माण गरे त्यसको हिसाब गर्छ । यसैले प्रायः सबै भूगोल विभाग, जनसंख्या विभाग, समाजशास्त्र विभागमा डायास्पोरा स्टडिज अनिवार्य छ । हाम्रो परिप्रेक्ष्यमा आरडी पनि यो बेगर अधूरो रहन्छ । बैधतापूर्वक आवागमन गर्ने हो भने एकजना पनि नागरिक दुवैतिरबाट अदृश्य हुनसक्तैन । अरू कुनै शब्दले नेपालीमा यो बहुआर्थिकतालाई अँगाल्न सक्तैन ।
अघिल्लो पल्ट (२०१०) थाइल्याण्डको चुन्थाइबुरीस्थित रम्भाइ बार्नी विश्वविद्यालय गएको अवसरमा यस विषयकोव्यापक अध्ययन देखेको थिएँ । यसपालि (२०१२) कोरिया भ्रमणका क्रममा चोम्बुक न्याशनलयुनिभर्सिटी तथा मोक्पो न्याशनल युनिभर्सिटीमा सञ्चालित डायास्पोरा स्टडिज सेन्टरहरू र तिनीहरूको परियोजना देख्ता म छक्क परेको छु । उनीहरूले नेपाली डायास्पोरामा पनि अध्ययन आरम्भ गरेका छन् । अरू युरोपेली, अमेरिकी, जापानी, चिनियाँ विद्वान्सँग भेट भयो, तीपनि आआफ्ना डायास्पोराको अध्ययनमा समर्पित छन् । यो अध्ययन साहित्यमा सीमित छैन; विशेषगरी डायास्पोरिक पपुलेशनको बसाइ, खानपिन, धर्म, संस्कार, सामाजिक स्थिति, राजनीतिक बृत्त, कानूनी मान्यता र अझ भिन्न समाजमा पुगेपछि त्यहाँ समायोजित भएर बस्ने कलाको कुरा आउँछ;उनीहरूलेकति आफ्नो गुमाए, कति नयाँ ग्रहण गरे त्यो कुराआउँछ ।
नेपालीको अध्ययन भर्खर छ । कुनै पनिसाउथ एसिअन डायास्पोरा स्टडिजमा नेपाली अझै देखिएको छैन; रोबिन कोहेनको ग्लोबल डायास्पोरा(२००८)माअझ नेपालको नाम छैन । अब नेपालीले आफैँ कस्सिनुपर्ने दिन आएको छ । (सर्वप्रथम माइकल हटले १९९८ मा ‘नेपाली डायास्पोरा’ मा अध्ययन गरेपश्चात कनुैकुनै प्रकाशनमा भर्खर नेपालको नाम आउन थालेको छ) ।
साहू (२०१२) कोग्लोबल इण्डिअन डायास्पोरा हिष्ट्रीकल्चर एण्ड आइडेन्टिटी (२०१२) जस्ता प्रकाशनले प्रष्ट पार्दछन्— यसभित्र साहित्य मात्र होइन बसैँ सराईको इतिहास, निस्काशनकाप्रक्रिाया वाकारण, आप्रवाशनको आरम्भ कहिलेदेखिभयो आज तिनको संस्कृति के कस्तो छ, ती कुराको अध्ययन भएको हुन्छ । यस कृतिमाग्लोबल इण्डियन डायास्पोराको इतिहासछ ।त्यसो त भारतको र नेपालको डायास्पोरिक इतिहासिक फरक छ, तथापि विश्वमा चीनपछि सबैभन्दा बढी डायास्पोरामा वितरित (धेरै जनसंख्या बाहिर पुगेको) मुलुक भारत भएकोले भारतसित सम्बद्ध डायास्पोरा अध्ययनबाटै हामीले पनि सिक्नुपर्दछ । उपनिवेशकालमा उनीहरू मलाया कसरी लगिए, जर्मनी कसरी लगिए, अफ्रिका र क्यारिविअनमा कसरी पु¥याइए आज उनीहरूको परिचय कस्तो छ भन्ने उल्लेख छ । तिनीहरूको स्थिति हेर्नलाई साहित्यको सहयोग लिइन्छ । यसरी डायास्पोरा स्टडिजभित्र अध्ययन हुने अनेक शाखा छन्, तीमध्ये एक सानो अंश भएर डायास्पोरा साहित्य आएको छ । नेपालीलाई पनि त्यसरी हेर्ने समयभएको छ । ‘डायास्पोरा’ भन्नु नै पोष्टमोर्डन कण्डिशनको एकस्वरूपहोे, जहाँ मिश्रितता हुन्छ, केही नवीनता हुन्छ, मेट्ने र लेख्ने प्रकृया तीव्र हुन्छन्; ‘माइनोरिटी’ भएकोले ‘पहिचान समस्या’ सम्पूर्ण डायास्पोरा स्टडिजको केन्द्रमा हुन्छ ।
त्यसैगरी राजेश राई र पिटर रिभ्जको द साउथ एसिअन डायास्पोरा (२००९) मा परादेशीय संजाल र मानिसका बदलिइरहेका परिचयको अध्ययन छ जस्तो कि सोसिओलोजिकल रिफ्लेक्सन इन् डायास्पोरिक बंगलादेशिज्इन् सिङ्गापुर एण्ड युएस; लेबर, डेमोक्रेटाइजेशन एण्ड डिभलपमण्ट इन इण्डिया एण्ड पाकिस्तान आदि । यसै कृतिमा भारतीयहरू कुनकुन देशमा कुन दक्षतामा पुग्दछन् भन्ने कुरा गर्दा नेपालमा ‘कन्स्ट्रक्शन’ अन्तरगत आउनेमा पारिएका छन् (पृ.२६) भने वीसी उप्रेतीले एउटा रचनामा इण्डिअन डायास्पोरा इन नेपालको चर्चा गरेका छन् । अजयसाहूको सोसलजी अव् डायास्पोरा (२००७) लेयसको सामाजिक पक्षको मात्र विश्लेषण गर्दछ । किम नट र म्याक्लौलिनकोडायास्पोराजः कन्सेप्टस्, इन्टरसेक्सन्ज आइडेन्टिटी (२०११) लेत्यहाँ कति विविधविषय मिसिन्छन् र डायास्पोरिक कम्युनिटिको पचिाहन कसरी स्थापित हुन्छ भन्ने विषयमा विषेश अध्ययन गरेका छन् । त्यसो त ‘डायास्पोरा’ भनेको वहुविषय केन्द्र अथवा अन्तरविषय केन्द्र मात्र नभई नयाँ परिभाषा अनुसार यो पारविषय(ट्रान्स्डिसिप्लिनरी) अझ क्रस–डिसिप्लिनरी अध्ययन केन्द्र हो । एउटा देशभित्रका जाति, संस्कृति, धर्म, भाषा, आर्थिक जीवनका विषयमाजे जति अध्ययन क्षेत्र हुन्छन्, तीभन्दा बढी डायास्पोरा क्षेत्रमा हुन्छन् ।त्यसैले ‘डायास्पोरा स्टडिज’ कहिल्यै एकपक्षीय अध्ययन हुन सक्तैन । डायास्पोरा द्विपक्षीय हुँदै सर्वपक्षीय सम्बन्ध र स्थितिबोधको विषय हो । अतिथि र आतिथेय (गेष्ट एण्ड हष्ट) दुवै देशका सन्दर्भमा मात्र यसको अध्ययन सम्भव छ । किनकि त्यो जीवन अन्य भूगोल, इतिहास, भाषा, राष्ट्रियतासँग जोडिन बलगरिरहेको हुन्छ ।डायास्पोराको प्रमुख विषयनयाँ ठाउँमा संस्कृति निर्माण र परिचय स्थापना हुन् । यसको निमित्त दशकौँदेखिशताब्दीऔँसम्म लागेको इतिहास छ ।त्यस अवधिमा लिखित साहित्यबाट ती कुरा प्रकट भइरहन्छन् । यसको प्रमाण उमा परमेश्वरनको राइटिङ द डायास्पोरा (२००७)ले प्रस्तुत गर्दछ । उनलेक्यानाडाली–भारतीयको लेखनबाटडायास्पोराबोधक सारा चरित्र देखिएका छन् ।
सबैभन्दा ठूलो महŒवको प्रकाशन त नेल्सन (२०१०) को राइटर्स अव् दि इण्डिअन डायास्पोरा हो । यसमा सल्मान रुश्दी, भिएस नैपल, निरद सी. चौधरी, अनिता देशाई जस्ता विश्वप्रसिद्ध विभिन्न इण्डियन डायास्पोराका लेखकको परिचय छ ।भारतीय साहित्यको झण्डै एक चौथाई सिर्जना र विश्वस्तरमा स्थापित स्रष्टा अनेक डायास्पोरामै छन् भने नेपाल भर्खर पाइला टेक्तै छ ।नेपालीमा होमनाथ सुवेदीले संस्थागत गर्न खोज्नु भएको ‘अनेक डायास्पोरा’को अवधारणा अत्यन्तै महङ्खवपूर्ण छ । यद्यपि नेपाली सन्दर्भमा सर्वप्रथम डायास्पोरा शव्द प्रयोग गर्ने अवसर मलाई प्राप्त भएको थियो । हालै प्रकाशित अनेक डायास्पोराकाकविता (२०१२) ले हाम्रो यसतर्फको एक ऐतिहासिक प्रयत्न देखाउँछ ।
वास्तवमा साहू (२०१२) को इण्डिअन डायास्पोरा एण्ड ट्रान्सन्याशनालिजम जस्तो कृतिले प्रष्ट पार्दछ यो एक परादेशीय समुदायको अध्ययन हो, यसका कला, संस्कृति, मिडिया, साहित्य, वस्त्र, धर्म, खाना सबै जोडेर हुने परिचयको खोजी हो । त्यहाँ भएका ‘डायास्पोरा स्टडिजका समकालीन विमर्श’
(कन्टेम्पोरेवरी डिस्कोर्श अव् डायास्पोरा स्टडिज) अथवा टुवार्डस् ट्रन्सन्याशनल स्टडिज जस्ता रचनाले ‘डायास्पोरा स्टडिज’ को सैद्धान्तिक आधार र यसको बढ्दो महŒव प्रष्ट पार्दछन् ।
यो परादेशीय समुदाय, सधैँ एक अल्पङख्यक र द्वैध चेतनामा बाँचेकोहुने हुनाले अर्थाेकभन्दा ती नागरिकहरूको पनि पहिचान नै प्रथम सङ्कट भएर उभिन्छ । नेपालीहरूले साहित्य संस्कृति कलामा, जीवनको विविध क्षेत्रमा प्रकट हुन जति प्रयत्न गर्दैछन्, खाडीमा, कोरियामा, जर्मनीमा, बेलायत वा युएसमा सबैसबै पहिचानकाप्रयत्न हुन् । उनीहरूमा पुरानाको मिथ र नयाँका सपना सँगसँगै हुन्छन् । यी कुराको बृहत चर्चा मैले अनेकडायास्पोराकाकविता (२०१२) मा गरेकाछु; त्यहाँ नेपाली कविताबाट उदाहरण प्रस्तुत गरेको छु ।
यसपछि म डायास्पोराले हेर्ने विविध क्षेत्रको केही झल्का प्रस्तुत गर्न चाहन्छु । यसले बसाईंसराइको आरम्भ कहिले भयो र यसको गत्यात्मकता (डाइनामिक्स) कस्तो छ त्यो हेर्छ जस्तो नारायण सम्पादितदि इण्डिअन डायास्पोराः डाइनामिक्स अव् माइग्रेशनमाछ; त्यो जातिले विश्वभरिछरिएर के कस्तो परिचय स्थापित ग¥यो त्यसकोअध्ययन गर्दछ जस्तो इन्डिअन डायास्पोराज्ः ग्लोबव आइडेन्टिटिज्मा छ ।त्यसो त हाम्रोमा गुर्खाजबारेका प्रकाशनहरू विश्वसाहित्यमा नपुगेको कतै नहोला तर आम नागरिकको सिभिलिअन स्वरूपको वहिर्गमन त १९८० पश्चात ग्लोबल परिवेश अर्कै भएपछिको कुरा मात्र हो । त्यस परिवर्तनमा विश्व राजनीति, अर्थनीति र साइबर संस्कृतिको प्रमुख भूमिका छ । सबै त खुला समयले गर्दा नै विश्व सीमाहीन बन्न थालेको हो । यतिखेरकाबसाइँसराइहरू स्थानीय वा अन्तर्देशीय छैनन् अबका बसाइँसराइहरू अन्तर्राष्ट्रिय र परादेशीय भएका छन् । यो ट्रान्स्न्याशनल मुभमेन्टलाई अहिलेको हाइटेकल अत्यन्तै सरल बनाएको छ । हाम्रा गतिहरू क्रसन्याशनल, ट्रान्स्न्याशनल भएझैँ हाम्रा जीवन पद्धति, शिक्षा, जागिर, भाषा सबैसबै मिश्रित र हाइब्रिड भएका छन् ।
यतिखेर डायास्पोरा विषयक अध्ययनमा अन्तर्राष्ट्रिय स्तरका ठूलाठूला विश्वविद्यालयले यस्तै पाठ्यक्रम बनाएका छन्, उदाहरणार्थ युनिभर्सिटि अव् टोरन्टोको सेन्टर फर डायास्पोरा एण्ड ट्रान्स्न्याशनल स्टडिज हेरौँ । त्यसले देखाउँछ— डायास्पोरा अध्ययनभित्र मानिसको बैध बसाइँसराई मात्र होइन, अबैध कर्महरू, मानव तस्करी, मल्टिन्याशनल कम्पनी भित्रको शोषणमा परेका अल्पसङ्ख्यक, यो अवैधताको प्रवाह जस्ता क्षेत्रमा अध्ययन भएका छन्; मानव प्रवाहलाई तीव्रता दिन, उसका कति कर्मलाई ढाकछोपगरी अपराधिकरणलाई संरक्षण गर्न साइबर कल्चरले, ग्लोबल संस्कृतिले झन् ज्यादै मलजल गर्दैछ । त्यसैले ‘डायास्पोरा’ शब्द नै कतिपय समस्यासित जोडिएको हुन्छ । यस्ता कुनै ‘अन्य’ अर्थहरू ‘प्रवास’मा हुँदैनन् ।डायास्पोरिक खानपानः परादेशीय टेवलहरू तथाखाद्यपदार्थको शैली जस्ता विषयमा पनि अध्ययन भएका छन् । ती सबैमाहामी छौँ तर त्यता पस्न सकेको छैन । ती कुरा व्यक्त गर्न सकेका छैनौँ । अमेरिकी विश्वविद्यालय अन्तरगत भएका डायास्पोरा अध्ययन केन्द्रको सूची मात्र हेर्दा पनि आश्चर्य लाग्दो छ । मकल्पिन्छुयुरोप वा अमेरिकामा अध्ययन गर्ने हाम्रा नेपाली विद्यार्थीले यो नवीन रिक्त विषयमा प्रवेश गरिदिए त्यस्ता अध्ययनले हाम्रो स्थितिबोध गर्न, यसको वैज्ञानिक विश्लेषण गर्न कत्रो सहयोग पु¥याउँथ्यो होला । जसले हाम्रो डायास्पोरा ज्ञान र चेतनालाई अरू फराक पार्ने थियो होला । यो कुरा अत्यन्तै आवश्यक हुँदैछ कारण यतिखेर विश्वका ६० भन्दा बढी देशमानेपालीको स्थायी÷अस्थायी बसोबास छ । यसको अध्ययनार्थ घरदेश र परदेश दुवै तिरबाट प्रयत्न थाल्नुपर्ने स्थिति छ ।
अरू मुलुकले डायास्पोरा अध्ययनका अनेक शाखा खोलिसकेका छन् । कुनैले विश्वको अध्ययन गर्दैछ भने कुनै अध्ययन क्षेत्रीय÷देशीय स्वरूपमा आउँछ; जस्तो—घोष तथा चटर्जीकोइण्डिअन डायास्पोराज इन एसिया एण्ड प्यासिफिक रिजन्ज ः कल्चर, पीपल, इन्टरयाक्शनज् (२००४) ले एसिया मात्र प्रस्तुत गर्दछ ।धेरैले डायास्पोरा फैलनुको परिणाम सम्बन्धित देशको भूमि नै विस्तार हुनु सरह ठान्दछन्। परमिन्दर भाजुलेदि एक्स्प्याण्डिङ ल्याण्डस्केपः साउथ एसिअन एण्ड द डायास्पोरामा पिएचडी गरिन् र उनले आफ्नो अध्ययन डेन्जरस डिजाइनः एसिअन विमिन फ्याशन दि डायास्पोरा इकोनोमिक्स; डिजाइनिङ डायास्पोरा मार्केटस, मल्टिपल माइग्र्यान्टस् एण्ड द मल्टिपल डायास्पोराज्; ट्वाइस माइग्यान्ट्स्ः इष्टअफ्रिकन शिख सेट्लर्स इन ब्रिटेनसम्म बिस्तार गरिन् । यस्ता शीर्षकलेकति विविध र सूक्ष्म विषयक्षेत्र रहेछन्भन्ने थाहा हुन्छ । यो अन्तिमको शीर्षक अहिले अमेरिका पुगेका भूटानी शरणार्थीलाई पनि लागू हुन्छ । एकपल्ट नेपाल सरे फेरि युरोप वा अमेरिका— ती डबल माइग्रान्ट भए अरू नेपाली पनि छन्— हङ्कङबाट बेलायत जाने जस्तो, तिब्वतबाट नेपाल पसेर फेरि युरोप पुग्नेजस्तो । यतिखेर कहाँबाट कहाँ भन्ने शब्दको पनि त्यति अर्थ रहँदैन । किनभने टाइम र स्पेसको विभाजन रेखा मेटिएको बेलापृथ्वीको कुना र आफ्नै जिल्लाको दुर्गम कुनो बराबर छन् ।राष्ट्रसंघको अध्ययन (२००८) अनुसार तीस करोड मानिस सधैँ ट्रान्जिटमै छन्, उखेलिएका, उडिरहेका, स्थिर हुन खोजिरहेका, अथवा स्थिर भइसकेको । यतिखेर बढी डायास्पोरा हुनुलाई विकासको सकारात्मकतासँग जोडिन्छ । बार्बारा मर्जहरूले लेखेको डायास्पोरा एण्ड डिभलपमण्ट (२००९) कृति हेर्दा यो स्पष्ट हुन्छ । नयाँ भूमिमा पुगेकाहरुले जुन त्याग, समर्पण र चिन्ताले श्रम गर्दछ त्यसको प्रतिफल ता आतिथेय भूमिलाई नै जान्छ । अमेरिका, क्यानाडा, अष्ट्रेलियाले विश्वलाई आकर्षित गरेको त्यसै होइन । (हेर्नू नट तथा मक्लौलिनः २०११)।
डायास्पोराको मूल अध्ययन बसैँ सराइबाट आरम्भ हुन्छ । त्यो कुरा मिसिनाकोद माइग्रेशन रीडर(२००५) ले बताउँछ । एउटा जातिमा वा धार्मिक समूहमा सीमित अध्ययन हुनसक्छन् जस्तो मार्क–एन्थोनी फोल्जोनकोकज्मोपोलिटन कनेक्सन्जः द सिन्धि डायास्पोरा (२००४) छ जसभित्र बेलायतमा बस्ने सिन्धी डायास्पोराको १४० वर्षको मानवशास्त्रीय अध्ययन छ । धार्मिक विषयमा मात्र पनि डायास्पोराको अध्ययन हुन्छ जस्तो कि भेर्टाेभिचकोद हिन्दू डायास्पोराः कम्पेरेटिव् प्याटन्र्स् (२०००)ले दोखाउँछ भने कसैलेविश्वको भ्रमणकारी परदेशी र त्यहीँ बस्ने धार्मिक समूहको अध्ययनगरेका छन्—तेर हारकोस्ट्रान्जर्स एण्ड सोजर्नर्सः रिलिजिअस कम्युनिटिज इन द डायास्पोरा (१९८८)छ । यसभित्र पसेरधार्मिक रूपले हेर्दा अमेरिकी महादेश विशेष गरेर अफ्रिकीले अनियुरोपेली महादेश विशेष गरेर हिन्दू र मुस्लिमलेभरिएको देखाउँछ । एउटा देशमा अन्य देशको सबै नागरिककोअध्ययन हुन्छ—रोजर बलार्डकोदेश परदेशः द साउथ एसिअन प्रेजेन्स इन ब्रिटेन (१९९४) शीर्षक कृतिले बेलायतमा रहेका साउथ एसिअन डायास्पोराको अपार शक्ति, क्षमता र योगदानको चर्चा गरेको छ । वास्तवमा कुनैपनि डायास्पोराले दुवै देशको सेवा गरिरहेको हुन्छ । यसैका ठूलाठूला संगठित रूप छन् । एउटा खास बर्गको गत्यात्मकता बुझाउने जैनको इण्डिअन लेबर माइग्रेसन टु द गल्फ(२००६) जस्तो एउटा सूक्ष्म विषयक्षेत्रको अध्ययनहुन सक्छ; महिलाको मात्रै अध्ययन हुन सक्छ जस्तो कि प्रवार तथा रघुरामको साउथ एसिअन विमिन इन दि डायास्पोराज(२०००) छ ।हाम्रो सन्दर्भमाएनआरएनले प्रकाशित गरेका वार्षिक स्मारिकाहरू,सुरेशजंग शाहकृत युके नेपाली एक परिचय(२००८),शरद अधिकारीले तयार पारेको विदेशमा नेपालीसफलताको कथा २०१०जस्ता कृतिको पनि ठूलो महŒव छ।
यसरी डायास्पोराले विविध क्षेत्र र विषयको अध्ययन गर्ने भएकाले ‘डायास्पोरा’ शब्द प्रयोग नगरेसम्मत्यो समूहले दिने अर्थ अन्य शब्दबाट आउँदैन; त्यसका विविध पाटाले उत्पन्न गर्ने इमेज पनि उत्पन्न हुँदैन । यो फराक विश्वमा अरूसँगको तालमेलमा चल्नु पर्दछ । अमेरिका जस्तो अनगिन्ती माइनोरिटी कम्युनिटी भएको सयौँ ‘डायास्पोराज’ले युक्तदेशमा बसोबास गर्ने मित्रहरूले हङकङ अथवाबेलायत जस्तो अनेक मार्जिनल जातजातिमाबसोबास गर्ने नेपालीहरूलेयस विषयतिरध्यान दिनुपर्ने समय आएको छ ।
‘डायास्पोरा’ विषय नै विश्वसँगको संबादको विषय हो ।यतिखेरसयौँ विश्वविद्यालयमा डायास्पोरा सम्बन्धी उच्च अध्ययन अुनसन्धान र अनगिन्ती प्रकाशन उपलब्ध हुने देशमा बस्ने मित्रहरू समक्ष अनुरोध गर्दछु— डायास्पोराको सैद्धान्तिक आधारबाटै यसलाई नेपालीमा स्थिरीकरण गर्न सहयोग गर्नुहोला भन्ने अपेक्षा पनि गर्दछु ।
हामीले जेन इभान्स (२००३) को थ्योराइजिङडायास्पोराज् जस्तो कृतिलाई आधार मान्नु पर्ने हुन्छ । नेपालीमा भने भर्खर त्यतातिर हाम्रोध्यान आकर्षित हुँदैछ ।यस सम्बन्धमा आजसम्ममा समुद्रपारका समालोचना (२००७), उत्तरआधुनिक विमर्श (२०६४¬), स्मारिका (२००९),स्रष्टा रडिजिटल वार्ता (२०१०), वाङ्मय (२०११),अन्तर्राष्ट्रिय नेपाली डायास्पोरा प्राज्ञिक अध्ययन (२०१२), अनेक नेपाली डायास्पोराका कविता (२०१२) नैउल्लेख्य आधार कृति हुन् । अरूले पनि यसतर्फ योगदान गरिरहेका छन्, जस्तैहङकङको स्मारिका (२००९), कतारको प्रवासी सँगालो (२००९), रेगिस्तानी सपनाहरू (२०१२) र इजरायली भूमिमा नेपाली कलमकहरू (२०१०) आदि ।मूलभूमिका यात्री, अध्येता, स्रष्टाहरुले अनेक डायास्पोरिक भूमिको भ्रमण अध्ययन गरेर लेखेका कृति ता नेपालीमा अत्यन्तै धेरै छन् । कुनै देश छैन जहाँको नेपाली जीवनबारे नलेखिएको होस् । उता लाहुरे स्रष्टाले बसेघुमेका, लडेका डायास्पोरा भूमि अझ भिन्न छन् । यी विषयमा म गणेश राईको राइफलको नालबाट जीवन नियाल्दा र देवेन्द्र भट्टराईको रेगिस्तान डायरी अध्ययन गर्ने सल्लाह दिन्छु ।
डायास्पोरा विषयका अनेक विश्वप्रकाशन, प्रतिवेदन जर्नलको तुलनामा हामीले धेरै गर्नु छ तर पनि विस्तारै नेपाली डायास्पोराका अनेक पक्ष र दृष्टिकोण छुँदै अब हामी पनि अघि बढ्ने बेला भएको छ । आंशिक रूपले कतिपय हामी विश्वका नागरिक भइसकेका छौँ त्यसकारणले यो एउटा शब्दको विकल्प खोज्ने प्रयत्नले ग्लोबल विश्वमा हाम्रो सोचको कट्टरता वा अव्यवहारिकता मात्र देखिनेछ, अझ अनेसासले आजसम्म गरेका डायास्पोरिक नेपाली साहित्य विषयक अनेक प्रयत्नको अवमूल्यन गर्नेछ । यसमा एनआरएनले गरेको अमूल्य योगदानको पनि अवमानना हुनेछ । ‘डायास्पोरा’ का साइट खुले, पुरस्कार खुले, सम्मान खुले, प्रकाशन खुले । विश्व त्यसैमा छ, हामी त्यतै पसौं ।
विश्व परिस्थितिको गम्भीर अध्ययन गरौँ;डायास्पोरा स्टडिजका सैद्धान्तिक आधारको अध्ययन गरौँ;डायास्पोरा बुझाऔँ । नेपालीमा यस्ता प्रकृतिका सिद्धान्त बुझाउने कृतिभर्खर आउँदैछन् ।त्योभन्दा विश्वमा यस अध्ययन विषयलाई पनि कसरी हेरिन्छ त्यो बुझेर र अध्ययन गरेरमात्रै आफ्नो डायास्पोराबारे चिन्तन गरौँ । त्यस तर्फको एउटा महŒवपूर्ण प्रकाशन हुनेछ डा. गोविन्दराज भट्टराईकृत प्रेसमा रहेको डायास्पोरा ःसिद्धान्त र समालोचना (नेपाली सन्दर्भ)यसमा नेपाली डायास्पोराको आरम्भ
(हेर्नू डायास्पोरा प्राज्ञिक अध्ययन २०११) लाई गाँसेर १९९८ देखि २०१२ को मध्य सम्मकोअध्ययन समेटिएको छ । त्यसैमा समस्त सिद्धान्त र नेपाली सन्दर्भको समालोचना समेत समावेश छ । त्यसैगरी डायास्पोरा विषयमा प्रथम विशेषाङ्क राजकुमार राईको सम्पादनमा हङकङबाट प्रकाशित भएकोसाब्लाबुङको पाँचौँ अङ्कका रूपमा योनेपाली साहित्य डायास्पोरा विशेषाङ्क (२०१३) एक ऐतिहासिक प्रकाशन हो । नेपालीमा डायास्पोरा शब्दको प्रवेश र प्रयोग भएको एक दशक नाघ्यो । यस अवधिमाधेरै अध्ययन भए, हुँदैछन् । तर ज्यादाअध्ययन साहित्यकेन्द्री छन् । गत वर्ष अनेसासले प्रकाशित गरेकोअन्तराष्ट्रिय नेपाली डायास्पोरा प्राज्ञिक अध्ययन (२०१२)शीर्षक कृतिमाडायास्पोरिक नेपालीबीचको भाषा, नयाँ शब्दकोशको आवश्यकता, महिला स्रष्टा, वेब पत्रकारिता, भाषा शिक्षण, मशिन ट्रान्स्लेशन जस्ता नितान्त नौला विषयको चर्चा आरम्भ भएको छ ।
यता बेलायतबाट हालै प्रकाशित नेपालीज इन दि युनाइटेड किङडमः एन ओभरभ्यू (२०१२) ले संयुक्त अघिराज्य बेलायतमा रहेकानेपालीहरूकोविषयमातथ्याङ्कपूर्ण जानकारी दिन्छ । डा. कृष्ण अधिकारीद्वारा सम्पादित उक्त कृतिकोप्रकाशन सेन्टर फरनेपाल स्टडिज इन दि युनाइटेड किङडमले गरेको हो जसमाएनआरएन युकेको सहयोग रहेको छ । यस कृतिले बेलायती नेपालीकोसांस्कृतिक दृष्टिले, धार्मिकदृष्टिलेती नागरिकमा देखिएको ज्ञान शिल्प र सङ्गठनको दृष्टिले कसरी वितरित छन्, एक महŒवपूर्ण अध्ययन प्रस्तुत गर्दछ ।
सेन्टर फर नेपाल स्टडिज इन दिन युकेका कार्यकारी निर्देशक डा. सीके लक्सम्बाकोयसमामहŒवपूर्ण भूमिका छ । यो कृति बेलायतीनेपाली डायास्पोराको अध्ययनमा एक अपरिहार्य सामग्री मानिने छ । यस नमूनाबाट अरू डायास्पोराले पनि धेरै कुरा सिक्नेछन् ।
त्यसैगरीडा. लक्सम्बाले ग्लोबल नेपालीको अवधारणा अघि ल्याउनुभएको छ । अक्स्फोर्ड विश्वविद्यालयका प्रा. डेभिड गेल्नर, डा. सिके लक्सम्बा र सिक्किम विश्वविद्यालयकाभाइस चान्सलर डा. टंक सुब्बा समेत मिली बेलायतमाडायास्पोरा विषयक एक प्रकाशनको तयारी गरेका छन् ।
यी सारा कुरालाई ध्यानमा राखी नेपालमापनि सबै विषयलाई समेट्ने डायास्पोरा स्टडिजलाई लिएर, नेपाली डायास्पोरालाईछुनेगरी एउटा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्ने आवश्यकतातर्फ हाम्रो ध्यान आकृष्ट भएको छ । यसकोडा. गोविन्दराज भट्टराई लगायत डा. ज्ञानू पाण्डे, लेखनाथ शर्मा पाठक, श्री रामजी तिमसिना, श्री सजनकुमार, श्री बलराम अधिकारी मिली एउटा डायास्पोरा छलफलकेन्द्रको परिकल्पना गरेका छौँ । यसलाईबिस्तार गरी समाजशास्त्र, जनसङ्ख्या, नृतत्व शास्त्र, भूगोल भाषाविज्ञान विभागलाईपनि समावेश गरी डायास्पोरा विषयमा हामीलेसकेका गोष्ठी, छलफल आदानप्रदान गर्दै लाने निर्णय गरेका छौँ । यसले अन्तर्राष्ट्रिय जगत्कानेपाली डायास्पोराविषयका अध्येता, ज्ञातासँग सम्पर्क बढाउँदै लानेछ ।
प्रा.डेविड गोल्नर, प्रा. टंक सुब्बा, प्रा. माइकल हट, प्रा. गोविन्दराज भट्टराई तथा डा. चन्द्र लक्सम्बा तथा लेखनाथशर्मा पाठकको अगुवाइमा सन् २०१४ भरिमा नेपालको डायास्पोपरा स्टडिज सेन्टरको सुदृढ केन्द्र स्थापना गरी नेपाली डायास्पोरा सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गर्ने सम्बन्धमा प्रस्तावना अघि बढाउँदै छौँ । त्यसबेलासम्ममा हाम्रा त्रिविका केही विभाग पनि समावेश गर्नसकियोस भन्ने उद्देश्य रहेको छ । त्यसमा पनि पपुलेशन डिपार्टमेन्टको प्रमुख भूमिका हुनेछ । हाम्रा विभागले यथासमयमै आफ्नापाठ्यक्रममा डायास्पोरा स्टडिज समावेश गरी विश्वमा छरिएका एक चौथाई नेपालीको अध्ययन अनुसन्धानमा समर्पित भई नवीन प्राज्ञिक चेतनालाईसंस्थागत गर्नेछन् भन्नेमाम विश्वस्त छु ।
त्यस्तो लक्ष्यलाई प्रेरित गर्न आयोजित आजको यस सम्मेलनलाई मैले एक ऐतिहासिक कदम मानेको छु । तपाईंहरुले पनि यस कुरालाई हृदयंगम गर्नुभएकै होला । यसका प्रायोजक नेपाल जनसंख्या संघलाई धन्यवाद छ ।
धन्यवाद ।
सन्दर्भसूची
अधिकारी, कृष्णप्रसाद. २०१२. नेपालीज इन दीयुनाइटेड किङडमः एन ओभरभ्यू.यु.के. सेन्टर फर नेपाल स्टडिज, युनाइटेड किङडम ।
आचार्य, खिमानन्द (प्रधान सम्पादक). अनेका डायास्पोराका कविता. वासिङटन डि.सी.ः अनेसास (२०१२) ।
इजरायली भूमिमा नेपाली कलमहरू (सं. कृष्णपक्ष) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, इजरायल च्याप्टरको प्रकाशन
(२०१०) ।
उल्फ्रेज, जुलिआन (सम्पादक.). ट्वेन्टिफस्ट सेन्चुरी क्रिटिसिजम्. न्यु देल्ही ः रावत पब्लिकेसन्ज (२००७) ।
एएनएस्मारिका. सम्पादक गोविन्दसिंह रावत, हेमन्त श्रेष्ठ तथा शाश्वत पराजुली. नेपाली साहित्य प्रतिष्ठान, उत्तरअमरिकाको अठ्ठाइसौँ सम्मेलनको विशेष अवसर २–४ जुलाई २०१०, बोस्टनको विशेष प्रकाशन ।
कोहेन, रोबिन. ग्लोबल डायास्पोराज. इन्डिया ः रुटलेज. २००८ ।
खत्री, गीता (सं.) अन्तर्राष्ट्रिय नेपाली साहित्य डायास्पोरा अध्ययन. वाशिङ्टन डीसी ः अनेसास (२०११) ।
घोष, लिपि तथा रामकृष्ण चटर्जी (सं.)इण्डिअन डायास्पोरा इन एसिअन एण्ड प्यासिफिक रिजन्जः कल्चर,पीपल, इन्टरयाक्शनज्.न्यू देल्हीः रावत पब्लिकेशन (२००४) ।
जैन, प्रकाशचन्द्र. इण्डिअन लेबर माइग्रेशन टु द गल्फ.इण्डियाः गल्फ रिसर्च सेन्टर(२००६) ।
नट, किम तथा सिआन मक्लौलिन. (सं.)डायास्पोराजः कन्सेप्ट्म् इन्टरसेक्सन्ज्, आइडेन्टिटिज. न्यू देल्हीः रावत पब्लिकेशन्ज (२०११)।
परमेश्वरन, उमा. राइटिङ द डायास्पोरा. इण्डिया ः रावत पब्लिकेसन्ज (२००७) ।
पुवार, निर्मल तथा पार्वती रघुराम. साउथ एसिअन विमिन इन द डायास्पोराः अक्सफोर्ड (२००४, पुनर्मुद्रित) ।
प्रवासी सँगालो (सम्पादक तीर्थ संगम राई) कतारका विविध स्रष्टाको रचनासङ्ग्रह, प्रकाशक तीर्थ संगम (२०१०) ।
फोल्जोन, मार्क–एन्थोनी. कज्मोपोलिटन कनेक्सन्जः द सिन्धि डायास्पोरा. द नेदरल्यान्ड्स ः कोनिन्क्लिज्के ब्रिल (२००४) ।
बजगाईं, कृष्ण (सं.). स्रष्टा र डिजिटल वार्ता. काठमाडौ“ ः कखरा प्रकाशन. २०६७ ।
बजिएल, जानाइभान्स तथा अनिता मन्नुर (सं.). अमाजोन. (२००३) ।
बलार्ड, रोजर. देश परदेशःद साउथ एसिअन प्रेजेन्स इन ब्रिटेन. लण्डनः हष्र्ट एण्ड कम्पनी (१९९४) ।
ब्राउन, जुडिथ एम. ग्लोबल साउथ एसिअन्ज ः इन्क्लुडिङ द मोडर्न डायास्पोरा. क्याम्ब्रिज ः क्याम्ब्रिज युनिभर्सिटी प्रेस. २००० ।
भट्टराई, गोविन्दराज. उत्तरआधुनिक ऐना. काठमाडौ“ ः रत्नपुस्तक भण्डार. २०६२ ।
))))। ‘डायास्पोरा÷आप्रबासी साहित्य’, उत्तरआधुनिक विमर्श (पृष्ठ ११५–१९२). काठमाडौ“ ः मोडर्न बुक्स. २०६४ ।
))))। नेपाली साहित्यमा डायास्पोरा ः सिद्धान्त र समालोचना (प्रेसमा) ।
भर्ताेविच, स्टिभिन्सन. दहिन्दू डायास्पोराःकम्पेरेटिव् प्याटनर्ज (२०००) रुटलेज ।
भान हर, निकोलास्. १९९८. न्यू डायास्पोराज ः द मास इग्जोडस, डिस्पर्शल, एण्डरिगू्रपिङ.अव् माइग्र्यास्ट कम्युनिटिज्. लण्डनः युसीएल प्रेस लिमिटेड ।
मेसिना, एन्थोनी एम तथा गाल्या लाहभ (सं.) द माइग्रेशन रीडरः एक्स्प्लोरिङपोलिटिक्स, पोलिसिज् (२००५) ।
नेल्शन, इम्यानुएल एस. (सं.). राइटर्स अब् दि इण्डियन डायास्पोरा. न्यू देल्ही ः रावत पब्लिकेसन्ज ।
राई, राजेश तथा पिटर रीब्ज्. साउथ एसिअन डायास्पोरा ः द ट्रान्स्न्यासनल नेटवक्र्स एण्ड च्यान्जिङ आइडेन्टिटिज्. रुटलेज ः श्पेशल इण्डिअन सिरिज ।
रेगिस्तानी सपनाहरू (सम्पादक हेमन्त परदेशी). कतारी स्रष्टाहरूको साहित्य सँगालो (२०१२) ।
वाङ्मय (सम्प जया राई). दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, लण्डन ः २०११ बेलायतको प्रकाशन. २०११÷२०६८ ।
साहू, अजय कुमार तथा बृज महाराज (सं.). सोसलजी अव् डायास्पोरा (भोल्युम १, २), न्यू देल्ही ः रावत पब्लिकेसन्ज ।
साहू, अजय कुमार, मिसिएल बास तथा टमस फाइस्ट (सं.). इण्डिअन डायास्पोरा एण्ड ट्रान्सन्याशनालिजम. न्यू देल्ही ः रावत पब्लिकेसन्ज ।
साहू, अजय कुमार तथालक्ष्मीनारायण कडेकर (सं.) ग्लोबल इण्डिअन डायास्पोराः हिष्ट्री कल्चर एण्ड आइडेन्टिटी. न्यू देल्हीः रावत पब्लिकेशन्ज (२०१२) ।
सुब्बा, टीबी, एसी सिन्हा, जीएस नेपाल तथा डीएन नेपाल. इन्डिअन नेपालिज ः इस्युज एन्ड पस्र्पेक्टिब्ज्. न्यु देल्ही ः कन्सेप्ट पब्लिसिङ कम्पनी. २००९ ।
सुवेदी, होमनाथ. समुद्रपारका समालोचना. वासिङ्टन डीसी ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज. २००७ ।
स्मारिका (सम्पादक भारती गौतम). प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, न्यु योर्क ः २००९ अमेरिकाको प्रकाशन. २००९÷२०६८ ।
स्मारिका (सम्पादक टङ्क सम्बाहाम्फे). नेपाली सहित्य प्रतिष्ठान हङकङको दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित. हङकङ ः फेब्रुअरी २००९ ।
शाह, दिनेशजंग. युके नेपाली एक परिचय. युकेः नेपाली विकास परिषद (२००८)
हार तेर, गेरी. स्ट्रयान्जर्स एण्ड सोजर्नस्ः रिलिजअस कम्युनिटिज् इन द डायास्पोराज्. पीटर्स पब्लिशर्स (आमाजोन)
(१९८८) ।
१०चैत्र २०६९
ट्याङ्लाफाँट, कीर्तिपुर
टिप्पणी एक — रामजी तिम्सिना
आदरणीय सभाध्यक्षज्यू,
नेपाली डायास्पोरा डिस्कोर्सका अभियन्ता कार्यपत्र प्रस्तोता प्रा. डा. भट्टराई,विद्वान टिप्पणीकारहरू
र प्राज्ञिक श्रोतागण ।
नेपाली डायास्पोरा साहित्यमाथिको हाम्रो वहसको इतिहासले एक दशक छिचोल्न लागिसक्यो । यो देशको भूगोलभन्दा बाहिरका महत्वपूर्ण वाद, विचार र आन्दोलनहरू हाम्रो समाज र साहित्यको विकासकालागि प्रेरणाका श्रोत हुँदै आएका छन् । तिनीहरूलाई नेपाली भूगोलमा भिœयाउन सधैँ क्रियाशील विशिष्ट अध्येता प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईज्यूको कार्यपत्रमाथि टिप्पणी गर्ने गहन जिम्मेवारी दिएर मेरो डायास्पोरा साहित्यमाथिको अध्ययनलाई थप प्रोत्साहित गर्नुहुने आयोजकप्रति विशेष आभार प्रकट गर्दछु ।
डायास्पोरिक अध्ययनको क्षेत्र तचबलकमष्कअष्उष्लिबचथ (पारविषयक) नै हो । सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरूकै साथमा मानवीय भावना र संवेगका समस्तपक्षहरूलाई एकसाथ वहसमा अगाडि नलगे यस्तो अध्ययन सदैव आंशिकमात्र हुन्छ । शायद साहित्यभन्दा पर गएर बहुआयामिक बनाइएको नेपाली डायास्पोरा सम्बन्धि राष्ट्रिय स्तरको प्रथम कार्यक्रम हो यो प्राज्ञिक तहमा । त्यसैले यस कार्यक्रमको ऐतिहासिक महत्व छ । अझ बसाइसराइबाट शुरु हुने डायास्पोरा निर्माण र विशेषतः साहित्यमाथिको प्राज्ञिक बहस जनसंख्या विभागले आयोजना गर्नुको अर्कै साङ्केतिक अर्थ पनि छ । यस ऐतिहासिक दायित्वबोधका लागि जनसंख्या विभागलाई विशेष बधाइ तथा धन्यवाद ।
परिचयको सङ्कट र परिचयको निर्माणका साथै सामाजिक–मनोवैज्ञानिक सन्तुष्टिको निर्माण र प्राप्तिका लागि डायास्पोरिक कर्महरू गरिन्छन् । तिनै कर्महरू मध्येको एक हो साहित्यिक कर्म पनि । नागरिकहरूको आफ्नो राष्ट्रबाट बाध्यात्मक वहिर्गमनपछि मात्र डायास्पोराको निर्माण हुन्छ । नेपाली डायास्पोराको निर्माण पनि त्यसैगरी भएको हो । तसर्थ डायास्पोरिक जीवनको प्रथम समस्या मनोवैज्ञानिक हुने भएकाले डायास्पोरा साहित्यमाथिको विमर्शले नै अन्य पक्षहरूमा संयुक्त प्रकाश पार्न सक्छ । त्यस अर्थमा पनि यो कार्यक्रम महत्वपूर्ण छ ।
कार्यपत्र प्रस्तोता विद्वान डा. भट्टराईको यो प्रस्तुतिले नेपाली डायास्पोरिक जीवन र साहित्यमाथि निकै गम्भीर विमर्शहरू उठाएको छ । यस प्रकृतिको अध्ययनमा ‘डायास्पोरा’ शव्दकै प्रयोग गर्नुपर्ने कारणहरूको पुष्टि गर्न यो कार्यपत्र सफल छ । साथै कसरी नेपालको प्राज्ञिक अध्ययनमा डायास्पोरालाई किनारामा पारिएको छ भन्ने सङ्केत गरेर यसले हाम्रो चिन्तन र सपनाको यात्राको चित्र पनि उतारेको छ । यसमा राखिएका प्रस्तावहरू अत्यन्तै सकारात्मक छन् । यस कार्यपत्रको सन्दर्भसूचि नेपाली डायास्पोराका नयाँ अध्येताहरूका लागि एक अमूल्य सम्पति भएर आएको छ । यो पुनर्वाचित कार्यपत्र हो । त्यसैले नेपालका सन्दर्भमा यो विषयको उठान र त्यसमाथिको छलफलको आवश्यकता वोधक छ यो ।
भारतमा बसेर नेपाली भाषामा साहित्यको सेवा गर्नेहरू सबैलाई नेपाली डायास्पोराका साहित्यकार भन्न मिल्दैन भन्ने तर्फ गरिएको सङ्केत स्वाभाविक छ । त्यस्ता साहित्यिकहरू यदि भारतकै स्थायी नागरिक हुन् र त्यहाँकै संस्कृतिमा नेपाली संस्कृतिको विलयन चाहन्छन् वा त्यस्तो विलयनलाई स्वाभाविक मान्दछन्; स्थानीय समस्याहरूकै बारेमा बोल्दछन् र तिनीहरूको नेपाल राष्ट्र र यसको संस्कृतिसँग कुनै मनोवैज्ञानिक सम्वन्ध छैन भने ती स्वतः भारतीय नेपाली साहित्यकारहरू हुन् र ती भारतीय नेपाली डायास्पोराका लेखकहरू होइनन् । त्यस्तै अस्थायीरुपमा कामको सिलसिलामा भारत गएका, जागीर बाहेक सम्पूर्ण परिवारिक, संस्थागत र सांस्कृतिक संलग्नता नेपालमा नै भएका र भारतमा आफ्नो कुनै भविष्य नदेख्ने वा बनाउन नचाहने साहित्यिक श्रष्टाहरू ‘परदेशी नेपाली साहित्यकार’हरू हुन् । तिनीहरू पनि नेपाली डायास्पोरिक श्रष्टाहरू होइनन् । तर ती नेपाली नागरिकहरू जो विविध कारणले भारत पसेका छन्, त्यहाँ आफूलाई स्थापित गर्न चाहन्छन् तर राजनैतिक, सांस्कृतिक, भाषिक र सामाजिकरुपमा सधैँ सीमान्तीकृत भएको र आफ्नो राष्ट्रसितको अलग्याइको पीडाले परिचयको सिर्जना र निरन्तरताका लागि नेपाली भाषा, साहित्य र संस्कृतिको सेवामा संलग्न छन् तिनीहरू मात्र भारतीय नेपाली डायास्पोराका सर्जकहरू हुन् । तिनीहरू भाषिक, सांस्कृतिक र परिचयात्मक संक्रमणको पीडा साहित्यमा लेख्छन् । डा. भट्टराईको यस्तो सङ्केत भारत लगायत अन्य सम्पूर्ण देशका नेपाली भाषाका सर्जकहरूमा लागू हुन्छ । भाषा नेपाली बाहेक अन्य नै भए पनि यस्तो प्रकृतिका लेखनहरू पनि नेपाली डायास्पोरिक लेखन हुने कुरा यहाँ छुटाउनु उपयुक्त हुँदैन ।
यस्तै नेपाली डायास्पोरामा रचिएका सम्पूर्ण सिर्जनाहरू डायास्पोरिक भाव संवेग, र चेतनाकै हुन्छन् भन्ने पनि छैन । कुनै साहित्यिक कृति डायास्पोरिक हुन डायास्पोरामा नै बसोबास गर्ने सर्जकले लेखेको हुनुपर्दछ भन्ने भ्रमबाट पनि हामीले मुक्त हुन जरुरी छ । डायास्पोरिक विषय र भावको कलात्मक प्रस्तुति हँुदा नेपालकै विकट पर्वत जिल्लाका सरकारी कर्मचारी टुकनाथ रेग्मीले अरब भूमिमा नेपालीले पाएका सास्तीका बारेमा लेख्नुभएको छन्दकवितामा पनि नेपाली डायास्पोरिक कविताका निकै गुणहरू पाइन्छन् ।
कुनै पनि कार्यपत्र आफैँमा सम्पूर्ण बहस होइन । यो त केवल बहसको प्रारम्भबिन्दू मात्र हो । प्रा. डा. भट्टराइको कार्यपत्रले आफ्नो त्यो भूमिका निर्वाह गरेको छ । डायास्पोराका नेपलीहरूले गरेका र गर्नुपर्ने कामहरूको महत्वमा बढी केन्द्रित छ यो कार्यपत्र । नेपालको प्राज्ञिक परिवेशमा डायास्पोरामाथिको अध्ययन–अनुसन्धानको विस्तारका लागि के के गर्नुपर्ने, यसका समस्या के के हुन् र तिनका समाधान के के हुनसक्दछन् भन्ने बहस यो कार्यक्रमको प्रमुख विषय हो । विर्सनै नहुने अर्को कुरा के हो भने नेपाली डायास्पोरिक साहित्यमा समालोचनाभन्दा सिर्जना अधिक क्रियाशील छ, यद्यपि सिर्जनाको गुणस्तरको बारेमा पर्याप्त बहस गर्न बाँकी छ । त्यस्तै कसरी नेपाली डायास्पोरिक साहित्यमाथिका अधिकांश समालोचना र टिप्पणीहरू सिर्जनात्मक कर्मलाई प्रोत्साहन दिनकै लागि प्रशंसामुखी बनेका छन् र कसरी यो खतरनाक प्रवृत्तिलाई कमगर्दै लगेर सिर्जनाको गुणस्तरमा वृद्धि गर्न सकिन्छ भन्ने तर्फ पनि अबका छलफलहरू केन्द्रित हुन आवश्यक छ । गुणस्तरीय सिर्जनाको मात्र साहित्यिक मूल्य हुन्छ । यसका लागि डायास्पोरिक सिर्जनाका समालोचकहरूले विधागत विशिष्टतातर्फ पनि केन्द्रित हुनुपर्ला अब विस्तारै ।
नेपालको प्राज्ञिक परिवेशको वास्तविक चित्रण र मूल्याङ्कन गरेर यसको वर्तमान अवस्थामा कसरी डायास्पोराजस्तो नेपाली जीवनको अन्तर्राष्ट्रिय महत्वको विषयको व्यापक अध्ययन र उन्नति गर्नसकिन्छ भन्ने बाटो भेट्टाउनु आजकोजस्तो कार्यक्रमको लक्ष्य हुनु आवश्यक छ । यस सन्दर्भमा हाम्रा विश्वविद्यालयहरूमा डायास्पोरिक अध्ययनको अवस्था के छ, सम्भावना र चुनौतिहरू के के छन् र तिनको समाधान र अध्ययनको स्तरीकरणका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल, व्यावहारिक अध्ययन र अनुसन्धान गर्न जरुरी छ । हाम्रै छिमेकी भारतका विश्वविद्यालयहरूमा चालीस प्रतिशत साहित्यिक लेखन र अध्ययन अनुसन्धान डायास्पोरिक सिर्जनामाथि हुन्छ । विभिन्न देश र महादेशका भारतीय डायास्पोरामाथिका अध्ययनहरूका हजारौँ शोध एवम् यसको गम्भीर बहसका सयौँँ पुस्तकहरू प्रकाशित छन् । यता नेपालमा भने विश्वविद्यालयका साहित्यका विभागहरूमा नेपाली डायास्पोरिक साहित्यको अध्ययनलाई असान्दर्भिक ठानिन्छ । यो विडम्वनापूर्ण प्राज्ञिक परिवेशबाट शीघ्र मुक्तिका लागि हामीले सचेततापूर्वक सक्रिय भएर अगाडि बढ्नु पर्ने बेला हो यो । आजको यस कार्यक्रमको आयोजनाले कमसेकम हाम्रो मातृसंस्था त्रिभुवन विश्वविद्यालयका भाषा, साहित्य र संस्कृतिका विभागहरूलाई पनि नेपाली डायास्पोरा डिस्कोर्सको उन्नतिमा आफ्नो भूमिकाको पहिचान र उत्तरदायित्वको वोध हुनसक्यो भने एउटा सकारात्मक स्थिति उत्पन्न हुनेछ ।
अन्त्यमा, आयोजक एयउगबितष्यल ब्ककयअष्बतष्यल या ल्भउब,ि कार्यपत्र प्रस्तोता एवम् नेपालमा डायास्पोरा अध्ययनका अभियन्ता प्राध्यापक डा. भट्टराई, ध्यानपूर्वक मेरो कुरा सुनिदिनु हुने सहभागी विद्धत श्रोतागण सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
स्थानः त्रि. वि. वि. जनसंख्या अध्ययन केन्द्रीय विभाग, कीर्तिपुर काठमाडौँ
मितिः २०६९ चैत ११ गते आइतवार
टिप्पणी दुई — सजन कुमार
डायास्पोरा, केहि बर्ष अगाडी सम्म मेरो लागि यदाकदा सुनिने अथवा
भनौ झन्डै अपरिचित शब्द मात्र थियो तर दुइ
या तिन बर्ष भयो मेरो लागि यो बज वर्ड
बनेको छ / उतरआधुनीक विमर्शमा डायास्पोराको बारेमा थोरै पढेको थिएँ, अनि
मेरो भट्टराई सर संगको बिगत पांच बर्ष देखिको नित्य भेट र सम्बादमा डायास्पोरा शब्दको
उच्चारण, यसको अध्यनको ब्यापकताको चर्चा, नेपाली
डायास्पोराको बर्तमान अवस्था, नेपाली
डायास्पोरिक संस्कृति, भाषा, साहित्य तथा समालोचना र हुँदाहुँदै त्यो भन्दा पनि पर
उचाईमा गएर डायास्पोरिक अध्यनको अपरिहार्यताको बारेमा वंहाको परिकल्पना अनि चिन्तन, प्रेरणा अनि निरन्तर प्रयासको कारण आज
डायास्पोरा मेरो शब्दकोशको दश एयाकटिव भोक्यबुलारी मध्ये एक भएको छ / छ महिना
अगाडी मात्र वंहाले मलाई नेपालि डायास्पोरिक साहित्यसंग सम्बन्धित पुस्तकहरु उपहार
दिनु भयो -अनेसासले प्रकाशन गरेको ‘बांग्मय’, अन्तरराष्ट्रिय नेपाली
डायास्पोरा प्राज्ञिक अध्यन, अनेक डायस्पोराका कविताहरु पढ्ने मौका
पाएँ/ त्यस कविता संग्रह भित्र मनु ब्राजाकी, गीता खत्री, भिम कार्की, भगवती
न्यौपाने, गोकुल भण्डारी, मंजु निरौला जस्ता स्रजकहरुको रचना संग भाव बिब्हल भएँ/
यी कविताहरुले भी एस नैपल, सलमान रस्दी,
झुम्पा लाहिरी, कमला दास, अमिताभ घोस जस्ता महान स्रस्टाहरुले ब्यक्त गरेका
मनोभावनाहरु भिन्न शब्द र भिन्न भाषामा ब्यक्त गर्दैछन, त्याँहा देश भन्दा बाहिर
रहदाको नोस्टाल्जिया अभिव्यक्त छ, देश पुनः फर्किने गहिरो चाहना छ, परदेश छोड्न
नसक्ने बिबशता छ अनि परदेशमै रहेर भए पनि देश प्रतिको अगाध प्रेम पर्तिगुन्जित
भएको छ / हालै हंकंगबाट प्रकाशित शब्लाबुंग हेर्ने मौका पाएँ, डा. कुमार
कोइराला सर द्वारा डा. गोविन्द राज भट्टराइको साहित्यिक जीवन माथि लेखिएको आलेख,
डा. ज्ञानु पाण्डे द्वारा डायास्पोरिक
साहित्यको बिशेषता झल्काउने आलेख, दीप्श शाह द्वारा लिखित आलेख मार्फत इजराइलमा
नेपालि साहित्यको स्थिति बारेमा बुझ्ने मौका पाएँ र शिलु
घिमिरेले कोरेका अनौठो र सुन्दर कथा पढें र त्यसको अंग्रेजी अनुबाद प्रारम्भ गरें / त्यसै गरि सुन्दर जोशीका क्यासल रक की अप्सरा, कथा
संग्रह पढ्ने मौका पाएँ, त्यस भित्रको सोहि शिर्षकको एक कथा नेपालीमा अनुबाद गरें,
त्यसमा पर्योग भएका भाषाको नविनताले मलाई तान्यो, नेपाली डायास्पोरिक साहित्य र
त्यसको अनुवादमा देखिएका समस्यामा केन्द्रित रहेर एउटा आलेख तयार पारें र विश्व डायास्पोरिक साहित्य तिर पनि आकर्षित
भएँ / आज डायास्पोरिक साहित्य मेरो प्राज्ञिक रुचिको एक क्षेत्र भएर थपिएको छ/ यसरि
नेपाली साहित्य, उतरआधुनिकता, अनुबाद, डायास्पोरा सबै तिर मेरो रुची जगाउने अरु
कोहि होइन मेरो प्रेरणाको श्रोत डा. गोविन्द राज भट्टराई नै हुनहुन्छ/ आज वंहा द्वारा प्रस्तुत कार्यपत्रमा मैले तिन पटक
पढें-यो यति सन्तुलित समावेशीय र स्पष्ट
भेटें की मैले टिप्पणी गर्नु भन्दा
पनि आफुले डायास्पोरा सम्बन्धि गरेको अध्यनबाट र
आफ्नो मनमा लागेका केहि बिचार थप गर्ने मात्रै जमर्को गरेको छु /
आदरणीय सभापति
............................................................... ज्यु,
श्रद्धेय गुरु तथा
कार्यपत्र प्रस्तोता प्रा. डा. गोविन्द राज भट्टराई ज्यु, टिप्पणीकारहरु डा.
ज्ञानु पाण्डे म्याडम, धरान क्याम्पस देखिन आउनु भएका श्री रामजी तिम्सिना ज्यु , टिप्पणीकर्ता
-श्री लेखनाथ पाठक सर, आदरणीय प्राध्यापकज्युहरु, मित्रहरु र उपस्थित सम्पूर्णमा
मेरो अभिबादन / धन्यबाद छ आयोजक पोपुलेसन असोसियेसन अव नेपाल लाई र खास गरि यस संस्थाका महासचिब श्री त्रिलोचन
पोख्रेल ज्यु लाई मलाई यसरि आयोजीत कार्यक्रममा
निम्त्याएर बोल्ने अवसर दिनु भएकोमा /
नेपालको प्राज्ञिक
परिबेश र डायास्पोरा अध्यनको आबश्यकता शिर्षकको कार्यपत्रमा डा. गोविन्द राज भट्टराईले यसको पहिलो र धेरैजसो अंश
डायस्पोरा शब्दको पक्षमा वकालत गर्नु भएको छ / यसको कारण नेपाली प्राज्ञिक
क्षेत्रमा यस शब्द प्रयोग प्रति देखिएको अन्यौल वा आशंकाको कारण भएको होला/ शेक्सपियरले भनेका थिए:
What’s in name? That which we call a rose.
By any other name would smell as sweet.
नाम भित्र के पो छ र ?
गुलाब लाइ कुनै अन्य नामले बोलाउदा त्यसको
सुगन्धमा कुनै परिबर्तन त आउंदैन
तर त्यसो हुँदो रहेनछ/ एउटा शब्दको प्रयोग र त्यसले परम्परागत रुपमा
बोक्ने अर्थ, समय संगै त्यसमा आउने संकुचन
वा तन्काई, त्यसको प्रयोगले पाठकको मन
मस्तिष्कमा पार्ने प्रभाब-सब हेर्दा शब्दको चयन ठुलो महत्व राख्छ भन्ने मलाई
लागेको छ/ ग्रिक उत्पतिका र एपिक्युरस
द्वारा दार्शनिक सन्दर्भमा प्रथम पटक पर्योग भएका शब्द डायास्पोरा अहिले
विश्व प्राज्ञिक परिबेशमा यसको क्षितिज यति
व्यापक भै सकेको छ की यसको बिकल्पमा अर्को शब्द खोज्नु देउता अगाडी हुँदा हुँदै ढुंगा खोज्दै हिंड्नु जस्तो लाग्छ मलाई/ यूनिवर्सिटी अव
क्यालिफोर्नियाका समाज शास्त्रका प्राध्यापक रोजर्स ब्रुबेकरले डायास्पोराको
ब्यापकताकै बारेमा एक सम्पूर्ण आलेख खर्चेका
छन् / उनका अनुसार १९८० को दशक देखि ब्यापकता पाएको डायास्पोरा शब्द दैनिक दस लाख पटक गुगलमा खोजिन्छ- कोहि प्राज्ञिक उदेश्यले भने कोहि अप्राज्ञिक
अभिप्रायले / यस संगै डायास्पोरा शब्दको
अर्थ पनि फराकिलो भएको छ/ डायास्पोरा भनेको अब जेविश, ग्रीक र अर्मेनियन वा भिक्टिम डायास्पोरा मात्र रहेन
/ डायास्पोरा शब्दको ब्यापक प्रयोगका कारण यसको अध्यन अध्यापनलाइ सहज बनाउने
उदेश्यले बिभिन्न डेरीभेटिवहरु निर्माण भएका
छन - डायास्पोराले समुह र समुह
निर्माण हुने प्रक्रिया (collectivity & process
of forming collection ) देखाउँछ भने डायास्पोरिसिटि वा डायास्पोरिजमले अवस्था र यस संग
सम्बन्धित दर्शन (condition & Philosophy), डायास्पोराइजेस्न, डी -डायास्पोराइजेस्न-रि
डायास्पोराइजेस्नले पनि प्रक्रिया (process) डायास्पोरोलोजी वा डायस्पोरिस्टिक्स ले अध्यनको
क्षेत्र (a field
of inquiry) भने डायास्पोरिस्ट ले डायास्पोरा प्रतिको झुकाव (stance) इंगित गर्छ/ याँहा
उपस्थित हामि सबै डायसपोरिस्ट्स हौँ –हामीलाई डायास्पोरा र यसको अध्यन प्रति
चिन्ता छ/ त्यस्तै डायास्पोरिक नागरिकता(diasporic citizenship), डायास्पोरिक चेतना(diasporic
Consciousness), डायास्पोरिक पहिचान(diasporic identity), डायास्पोरिक कल्पना(diasporic
imagination), डायास्पोरिक संजाल(diasporic networks), डायास्पोरिक राष्ट्रियता(diasporic
nationality), डायास्पोरिक संस्कृति(diasporic culture), डायास्पोरिक धर्म(diasporic
religion), डायास्पोरिक सृजनात्मकता(Diasporic creativity) आदि जस्ता पदहरुको निर्माण र प्राज्ञिक
क्षेत्रमा देखिएको पर्योगले अज्झ यस
शब्दको ब्यापकता र गहिराई बताउँछ/ डायास्पोरा जसले एक समयमा जेविश,
ग्रीक, र अर्मेनियन परिक्षेपन जनाउथ्यो, आज त्यसले अहिले immigrants,
expatriate, refugee, guest-worker, exile community, overseas community, ethnic
community लाई समाबेश गर्छ/ अब यस्तो समृद्ध र प्रचलित पद हुँदा हुँदै कुनै पनि
नेपाली अनुदित शब्द –प्रवाशी, आप्रवाशी, अनेपाली नेपाली जस्ता शब्दहरु त्यो गहिराई
र उचाई कदापि प्राप्त पनि गर्न सक्दैन / डायास्पोरा शब्दको बिकल्प खोज्नु भनेको
धेरै अमुल्य समय जो हामि डायास्पोराको बिभिन्न पक्षको अध्यन-अनुसन्धानमा लगाउन सक्छौं त्यो निरर्थक खेर फाल्नु मात्र हुनेछ/ र त्यसो गर्दा
हामी विश्व डायास्पोरिक बहस(World Diasporic Discourse) बाट पनि एक्लिंछौ जस्तो लाग्छ
मलाई/ तसर्थ डा. गोविन्द राज भट्टराईले भन्नु भए जस्तै डायास्पोरा शब्दको नेपाली
रुपान्तरण खोज्नु खासै महत्व राख्दैन/
कार्यपत्रको दोश्रो खण्डमा वंहाले डायास्पोरा बास्तवमा के हो भन्ने बिषयमा
प्रकाश पार्ने प्रयास गर्नु भएको छ र वंहाले डायास्पोरा एक बहुआर्थक अबधारणा हो भनेर भन्नु भएको छ / स्टुआर्ट हल ले पनि
डायास्पोरा purity बाट परिभाषित नभई heterogeneity, hybridity र diversity बाट चित्रित
हुन्छ भनेका छन / बास्तवमा Diaspora is both a process and
a product. डायास्पोरा भनेको डिसपर्सन( परिक्षेपन)
र डिसपर्सड कम्युनिटी(परिक्षेपित समुदाय) दुवै हो/ एक हिसाबले डिसपर्सन
एउटा प्रोसेस हो भने डिसपर्सड कम्युनिटी
प्रोडक्ट हो / तर फेरी पहिचानको दृष्टिकोण बाट डिसपर्सड कम्युनिटी पनि चलायमान हुन्छ, अस्थिर हुन्छ / हल को
अनुसार पहिचान जति भुत संग सम्बन्ध राख्छ त्यतिकै भबिष्य संग पनि / (Identity belongs to the future as much as to the past). अज्झ डायास्पोरिक कम्युनिटीको
पहिचान संधै तरल अर्थात् fluid हुन्छ, जहिले पनि निर्माणाधीन अवस्थामा हुन्छ, (in the process of becoming) / हामि पहिचान भन्ने
बितिकै जात, धर्म, लिंग, भाषा, संस्कृति
आदि जो हामी आ-आफ्ना पुर्बज बाट ग्रहण गरेका हुन्छौं, त्यसमै बढी केन्द्रित
हुन्छौं/ यो त collective identity or shared identity मात्र हो/ एक व्यक्तिको
व्यक्तिगत पहिचान भनेको त उसको सोच, चिन्तन, योगदान, खोज, अन्वेषण, आदि बाट नै
हुन्छ/ त्यसैले दीकारटे ले भनेका छन् “I think therefore I am”/
तसर्थ पहिचान तरल हुन्छ, डायास्पोरिक समुदायको लागि यो अज्झ संधै परिबर्तन
भै राख्ने हुन्छ/ Grace Nicholas ले आफ्नो कवितामा डायास्पोरिक समुदायको यहि नया
पहिचानका कुरा अभिव्यक्त गर्दैछन :
I have crossed an ocean
I have lost my tongue
And from the old root
A new one’s sprung
रोबिन कोहेनले विलियम सफ्रण लाइ आधार मान्दै डायस्पोराका बिशेषताहरुको ९
बुंदे लामो सुची प्रस्तुत गरेका छन् / त्यसमा उसले डिस्पर्सल, होमल्याण्ड,
क्लेकटिव मेमोरी, डिसटिन्कटिभनेस, कमन हिस्ट्री, ट्रब्लड रिलेसन विथ होस्ट कन्ट्री
आदिको सहारा लिएका छन/ यसले केहि हद सम्म
डायस्पोरालाई विश्वब्यापिकरण (universalisation) अर्थात् latitudinarian वा let a thousand diaspora bloom को खुला अबधारणा बाट
प्रतिबन्धित गर्न खोजेको जस्तो आभाष हुन्छ
/ तर पनि डायास्पोरा अहिले उही जेविश डायस्पोरा
जस्तो अर्थ्याएर पनि हामि अगाडी बढ्न सक्दैनौ र त्यसलाई transcend बढोतरी गर्नु आज को आबश्यकता
हो/ बर्तमान परिप्रेक्ष्यमा डायास्पोरा भनेको त ‘any and every nameable
population category that is to some extent dispersed in space’ कुनै वा हरेक त्यस्तो
जनसांख्यिक समुह हो जसको स्थान केहि हद सम्म परिक्षेपित भएको छ’ / डायास्पोराले अहिले तिन वटा
तत्वलाई समाबेश गरेको पाइन्छ –स्थान परिक्षेपन(Space dispersion ), स्वदेशउन्मुखता (Homeland
Orientation), सिमा अनुरक्षण /पालन (Boundary maintenance) / अर्थात् डायास्पोरा कुनै न कुनै रुपमा स्थान
परिक्षेपित हुन्छन, उनीहरु भित्र अन्तात्वोगत्वा स्वदेश फर्कने तिब्र चाहना हुन्छ
र उनीहरु आतिथेय समुदाय (host land) बाट पृथक हुन्छन /
कार्यपत्रको अर्को खण्डमा डा. भट्टराईले डायास्पोरिक अध्यन अनुसन्धानमा
विश्व समुदायले मरेको छलांग र नेपाली प्राज्ञिक क्षेत्रमा बहस सम्म प्रारम्भ नभएको
स्थिति प्रति चिन्तित देखिनु हुन्छ/ त्यो चिन्ता सर्बथा जायज छ / देशका युवा
जनशक्ति बिदेशिने क्रम नपत्याउने हिसाबले जारि छ, यस बारे केहि अध्यन अनुसन्धान
हुन सकेको छैन / यो दुख र चिन्ताको बिषय हो/ नेपालि डायास्पोराको इतिहाँस,
जनसंख्या, भाषा, साहित्य, संस्कृति, रहन सहन मा आएका परिबर्तन आदि द्यास्पोरिक
अध्यनका बिषय हरु हुन सक्छन / हुनत डायास्पोरिक साहित्य बाट पनि हामी डायस्पोरिक
नागरिकहरुको सामाजिक, संस्कृतिक र मानसिक पक्षहरुको अध्यन गर्न सक्छौं/ तर नेपाली
डायास्पोरिक साहित्यको अध्यनमा पनि उल्लेख्य काम नभएको जस्तो लाग्छ मलाई, यो अहिले प्रारम्भिक बिन्दु मै
भएको जस्तो लाग्छ /
कार्यपत्रमा वंहाले ‘यो मुलत: साहित्यक बिषयमा
कोरिएको कार्यपत्र हो’ भने पनि वंहाको सोच र दर्शन सम्पूर्ण नेपाली डायास्पोरिक
अध्यन(A Complete
Diasporic Study) नै हो/ बिश्वका प्रायजसो मुलुकका विश्वबिध्यालयहरुमा डायास्पोरा स्टडिज सेन्टर, अज्झ डिपार्टमेन्ट
अव डायास्पोरा नै खोलिएको छ, उनीहरुले डायास्पोरिक अनुसन्धान गर्ने, जर्नल प्रकाशन गर्ने र सम्मेलन हरुको पनि आयोजना गर्छन / उदाहरणको लागि क्यानाडाको यूनिवर्सिटी अव
टोरोन्टो र यूनिवर्सिटी अव फिजी मा एक छुटै ‘सेन्टर फर डायास्पोरा एण्ड
ट्रान्सन्यास्नल स्टडिज’ खडा गरिएको छ/ यो कार्य राष्ट्रको र बिश्वबिधालयको
दायित्व पनि हो जस्तो लाग्छ / बेनेडिक्ट
एन्डरसन ले त डायास्पोरा लाई long -distance nationalists अर्थात् पर रहेका
राष्ट्र्यबादी भनेका छन/ डायास्पोरिस्ट्सहरु जँहा जुन मुलुकमा आश्रय लिए पनि
उनीहरुलाइ होमलेस्नेस ले जहिले सताएकै
हुन्छ, भबिस्यमा कुनै समयमा घर फर्किने आशा मरेको हुँदैन, देशको आर्थिक बिकाशमा
ठुलो टेवा पुर्याएकै हुन्छ/ त्यसैले
होला कोहेनले ‘Diaspora is an
agent of development’ भनेका छन्/ अज्झ
थपेका छन् “Diaspora bridge the gap between the
individual and society, between the local and the global, between the cosmopolitan
and the particular. They can be used to spread liberal democratic values to
their home country”. एन र एन ले
बिभिन्न बिकाशका प्रोजेक्टहरु मार्फत देशलाइ गरेको सहयोग हामीलाई थाह छ/ देशको ठुलो हिस्सा यसरि विदेशमा रहंदा रहदै पनि
साउथ एसियन डायास्पोरा स्टडिजमा नेपाली नदेखिनु दुर्भाग्यको कुरा हो, यसमा हाम्रो
प्राज्ञिक त्रुटी र समयबोधमा समस्या भएको जस्तो लाग्छ मलाई / तसर्थ हरेक राष्ट्रको
दायित्व बन्न जान्छ की देश बाहिर रहेका आफ्ना नागरिक हरुको जीवन, भाषा, संस्कृति,
पहिचान, साहित्य आदिको बारेमा अध्यन गर्नु अनि गराउनु / हामि बल्ल यस बिषयमा
प्राज्ञिक बहस प्रारम्भ गरेका छौं र यसको पायोनियरको रुपमा डा. गोविन्द राज
भट्टराई उभिनु भएको छ/ अहिले हामि एउटा डायास्पोरिक संस्थाको कल्पना गर्दै छौ र
त्यसैले विश्वबिधालयहरुमा जनसंख्या बिभाग, मानवशास्त्र बिभाग, समाजशास्त्र बिभाग,
दर्शनशास्त्र बिभाग, भाषाबिज्ञान बिभाग, साहित्य बिभाग हरु -अंग्रेजी, नेपाली
बिभाग, अंग्रेजी शिक्षा बिभाग संग समन्वय गर्दै एक छुटै इन्टरदिसिप्लीनरि, वा
ट्रान्सदिसिप्लिनारी बिभागको स्थापना गर्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ/ अन्तमा एक नेपाली डायास्पोरिक कबियात्री कल्पना
सत्यालको दुख भरेको कविता जो मैले अंग्रेजी मा अनुबाद गरेको छु, सुनाउदै बिदा
लिन्छु /
One hill is my birthplace
Another is my workplace
Body is here, but soul dwells there
The heart keeps on wandering
Only there, underneath the stream
धन्यबाद /
References
Bhattarai, G. R.(2007).
Uttaraadhunik Bimarsh. Kathmandu: Modern Books.
Bhattarai, G. R.(2003).
Uttaraadhunik Aaina. Kathmandu: Ratna Pustak Bhandar.
Bhattarai, G. R. (2011). Sahityako bistarma Nepali
sahityako yogdan. Bangmay.Washington: INLS.
Bhattarai, G. R. (2012). Nepali diaspora adhyanma
yas pratham eitihansik uplabdhiko swagat gardachhu. International Nepalese
Diasporic Academic Studies.
Brubaker, R. (2005). The ‘Diaspora’ diaspora. Ethnic
and Racial Studies, Vol. 28, No.1, 1-19.
Cohen, R. (2010). Global diasporas: an
introduction. India: Routledge, Taylor and Francis Group.
Hall, S. (1990). Cultural Identity and Diaspora. In
J. Rutherford (ed.) Identity, community, culture, cifference. London:
Lawerence and Wishart.
Kabir, A. J. (2010). Diasporas, literature and
literary studies. In K. Knott & S. McLoughlin’s Diasporas:concepts,
intersections, identities. India: Rawat Publications.
Pandey, G. (2012). Diasporako saidhantik aadhar
tatha nepali bangmaybritma yasko charcha. Sablabung, 5, 177-181.
Satyal, K. (2012). Anek Diasporaka Kawita.
Washington: International Nepali Literature Society.
Joshi, S. (2012). Castle Rockki Apsara.
Kathmandu: Khumbila Books.
Among other commentators, Lekhnath S. Pathak, third from left, and Dr. Gyanu Pandey, fifth from left |
No comments:
Post a Comment