टंक वनेमलाई धेरै वर्षपछि मात्र मैले सशरीर भेटे“ । बेलायत पुगेको समयमा पनि जोग परेन केवल दूरभाषामा भर्चुअल भेटघाटमा उनिएर बसेको थिएँ । त्यसो त उनको साँघुरी र बूढासुब्बा उनी र म बिचको साँघु थियो । पाँच वर्षअघि त्यो सङ्ग्रहभित्रका सुन्दर कविता पढेर उनलाई लेखेको थिएँ ।
यसपालि उनले सङ्गिनको मूच्र्छना पठाएका थिए । यो हिउँद जाने समयमा उनी बेलायतदेखि बिरामी आमाको दर्शन गर्न र एक माला कविता उनेर जन्मभूमिलाई चढाउन आएका छन् । यी ढुङ्गेसाँघुका सपना बोकेर उडेका युवा बेलायतमा तिनको खोजी गर्दा छन् । ढुङ्गेसाँघुकै मिजास र काङमाङ्को रिफ्लेक्सन्ज वियोन्ड बोर्डर्सलाई एकछिन लुकाएर, लन्डनकी जया राईका बेकर स्ट्रिटका दुई आँखा एकछिन बिसाएर म टंक वनेमतिर ढल्केको छु । चौरासी वर्षकी आमा अस्पतालमा, एकहार कविताको माला उपहार जन्मभूमिलाई चढाउन आएको आफ्नो भाइलाई भेटेर म भावविह्वल भएको छु ।
टंकका कविता पढेपछि मनमा अनेक प्रश्नहरू उठेर आए । म यो सङ्ग्रह भित्रभन्दा पनि बाहिर उभिएर केही प्रश्न आफैलाई गर्दछु ः
कविको परिचय के हो ?
कविता के हो ?
कविताको रचना किन गरिन्छ ?
यसको उपादेयता के हो ?
यसमा के कस्ता विषयवस्तु अथवा भावना व्यक्त हुन्छन् ?
यसले मानव सभ्यतालाई के दिन्छ ?
काव्यमा स्रष्टाको अनुहार कहाँनेर देखिन्छ ?
भर्खरै अक्टाभिओ पाजको कवितात्मक जीवन पढेर उनीमाथि लेखिसकेको थिएँ । उनले कविता विनाको समाजले आत्मध्वंसको बाटो रोज्छ भनेका छन् । कविता समाजको लागि कति अपरिहार्य तङ्खव रहेछ त्यसबारे अरू चिन्तन गर्नु आवश्यक छैन । तर कविता दिवस (मार्च २१) नजिक आएको बेला टंक यहाँ कविता लिएर आएकाले मेरो मनमा माथिका सबै प्रश्न एकपल्ट उचालिएर उठेका छन् ।
सर्वप्रथम त यो (कविता सिर्जना) स्रष्टाको निजी आग्रह अनुरोध, निवेदन वा आक्रोश भएकाले गर्दा, उसलाई समाजले र राष्ट्रले भन्दैन तिमी कविता लेख— ऊ आफै लेख्छ । यो मूलतः आत्मप्रकाशन हो । त्यस प्रकाशनले गर्ने अरू अनेक कर्म छन् । अर्थात् ल्योनार्ड कोहेनले भने झै“ कविता जीवनको साक्षी हो । तपाईंको जीवन राम्ररी जलिरहेको छ भने कविता त्यसैको खरानी हो ।ृज्ञे हो पनि, कति सुन्दर र चित्त बुझ्दो छ यो कुरो । टंकका यी कविता उनी जीवित छन्, जीवन्त छन् भन्ने प्रमाण हुन् । उनको हृदयमा अनेक संवेग छन् । इच्छा, आकाङ्क्षा, चाहना, घृणा, द्वेष र कल्पना सधैँ उम्लिरहेका छन् भन्ने पनि प्रमाण हो । कविता तिनै इच्छाहरूको वा अस्तित्वबोधको प्रकटीकरण रहेछ । यसरी कोहेनले हेर्दा त्यो इच्छा आकाङ्क्षाको श्वासप्रश्वास हो भने अक्टाभिओ पाजले हेर्दा मानव समाज जीवित छ भन्ने प्रमाण अर्थात् यसलाई जीवित राख्ने सञ्जीवनी ।
टंकको हृदयबाट उठेका दुई प्रकारका तरङ्गले सङ्गिनको मूच्र्छना बनेको छ । यसमा मिथकको हाकपारे गडतीर र डायास्पोरिक चिन्तन मिलाएर उनले सङ्ग्रह बनाएका छन् । यसको पृष्ठभूमि टंकका बँचाइ हुन्; उनका बँँचाइका दुई स्थिति छन् । उनले जीवनका दुई भोगाइ उत्तरी र दक्षिणी गोलार्ध भएर उनको सिङ्गो जीवन बनाएका छन् । यी कविताहरूमा तिनै अवस्थितिका दुई ध्वनि प्रबल छन्— पहिलो खण्ड छ जीवनको उत्पत्तिकाल, आदिम सम्झना, आद्यरूपीय संस्कृतिको कोक्रामा हल्लिएका, निधाएका, लोलाएका, ब्युँझेका, फेरि तर्सेका सम्झनाहरू । आज ती सम्झनाभूमिबाट उनी छुटेका छन् । टाढा छ शरीर मन पनि त्यतै कतै अल्झिरहेको छ ।
शरीर टाढा छ आज सात समुद्रपारि । त्यसैले अरू आधी कविता छन् डायास्पोरिक चिन्तनका । स्थानभञ्जन, समयभञ्जन, विस्थापन भय र प्रतिस्थापन पीडा डायास्पोरिक जीवनका अनुभूति हुन् । ती कुराले, त्यस्ता भावनाले यस खण्डका कविता भरिएका छन् । दुवै खण्डका, प्रकृतिका कविता त्यति सहज, एकार्थक र सुस्पष्ट छैनन् तर मैले मेन थिमको मात्र कुरा गरेको हुँ । स्रष्टाले लगाएको भागको विशेषताबारे बोलेको हुँ ।
सोरेन किर्केगार्डले भनेका छन्— कवि सदैव एक दुःखी प्राणी हो । जसको हृदय कुनै गोप्य पीडाले गर्दा चिरिएको हुन्छ । तर उसका ओठहरू यति विचित्रतापूर्वक निर्मित हुन्छन् कि तिनीहरूबाट निसृत व्रmन्दन र सुस्केरा सुन्दर सङ्गीत हुन्छ ।ृद्दे यिनै कविता–सङ्गीतमा टंकको हृदयभित्रका गोप्य पीडा छन्, स्थानभ्रंशका, स्थान अनिश्चितिका, अपरिचित संस्कृतिका ।
यिनै कुराले यसरी प्रतिस्थापित गराउने तङ्खवप्रति, त्यो परिस्थिति, लेखान्त, भाग्य वा इतिहासप्रति उनी बारम्बार आक्रोश व्यक्त गर्दछन् । आदिम रसले भिजेको पूर्वको लिम्बूवान आफ्ना देवदेवी, सिमेभूमे, सिहेसिकारी मन्साउने, जगाउने, समन गर्ने, पितृ पुज्ने, दोख खेद्ने अतीत गौरवको स्मरण गर्ने अनेक आदिम विश्वास रोपिएको ठाउँ— लिम्बूवान अनेक विश्वास र मिथकको एक पुञ्ज । त्यहाँ हुर्केको स्रष्टा आज उठेर हेर्दा न फक्ताङ्लुङ छ, न त्यो तमोर, न लुङा, कुङ्वा, फेदाङमा, न हाक्पारे साम्लो, न सोल्टिनी कत्रो विभ्रान्ति छ आज यो जीवनमा । कवितामा त्यो क्षतिबोध छ, त्यो गुमाउनुको पीडा, आक्रोश, विद्रोह, सबै छ, किनकि शरीर आज धेरै गुमाउँदै अरू प्राप्ति नहुने सपनाको बजारमा छ । सबैको छ, तर टंकको बढी । टंकहरूको बढी किनभने उनी एक योद्धा पनि थिए र हुन्, जो अरू भूमिमा छन्, आफ्नो सारा त्यागेर अन्यकै लागि । यतिखेर यस्तो नियति भोग्नेका कविताहरू निरन्तर आउँदै छन् । भर्खरै मैले रामकृष्ण सुनुवारका सन्तानहरू माथि लेखेँ, सीमाहीन विम्बहरू पढेँ, त्यसको अनुवादमाथि लेख्तै छु र सबैभित्र प्राप्त हुने एकस्वरको साम्य देखेर म भन्न सक्ने भएको छु—नेपाली समालोचनाले साहित्यको यस पक्षलाई बेवास्ता ग¥यो, बिर्सियो, चिन्नै सकेन । त्यो पक्ष हो— युद्ध साहित्य ।
नेपाली नागरिकले योद्धा भएर खेलेको भूमिका र बिताएको जीवनको नियति भिन्न छ । ती लाहुरे भनिएका छन् । ती अनेक स्रष्टा जो लाहुरे भएर जीवन चलाउने र आफूभित्र एक स्रष्टा हुर्काएर काव्य कविता लेख्ने प्रयत्न गर्दैछन्, सफल प्रयत्नको नेतृत्व गर्दैछन्, त्यो एक ऐतिहासिक महङ्खवको कुरा थियो । आधा जीवन परदेशमा बिताउने, युद्धभूमिको नजिक बिताउनेहरू अहिलेको ग्लोबल दुनियाँमा द्वैदेशिक नागरिक भएका छन्, नयाँ समालोचनाले अथ्र्याएको डायास्पोरिक जीवनतिर पनि प्रवेश गरेका छन् । अब कविता लेख्ने विषय भिन्न भयो, भावना भिन्न भयो, जीवनको लक्ष्य भिन्न भयो । सारा टुटेको फेरि नजोडिएला जस्तो । त्यसैले जब म भित्रभित्रै टंक वनेमका कविता पढ्छु मलाई जेम्स ब्रान्च क्याबेलको सम्झना हुन्छ— कविता भनेको आफू हुनुको विरुद्धको विद्रोह हो ।ृघे
यी कवितामा टंक जे भएका छन् त्यही हुनुको, त्यो गराउने नियतिको, ऐतिहासिक भुलको र लेखनको विरुद्ध छन् ।
म फेरि एकपल्ट पहिलो खण्डमै प्रवेश गर्न चाहन्छु ।
मिथकको हाक्पारे गडतीर लिम्बू जातीय मिथकले जटिलतापूर्वक बुनेको काव्य तरङ्ग हो । यो खण्डभरि सबै सबै कविता अनेक पुराकथा, जातीय विश्वास, जातीय चेतना, सांस्कृतिक परम्परा र आद्यचेतनामा चोबिएका, रँगिएका, त्यहाँबाट पलाएका छन् । मैले वैरागी काइँलाकृत लिम्बू जातीय सांस्कृतिक मुन्धुम् पढेँ, चन्द्रकुमार सेर्माका कृति पढेँ, धनहाङ सुब्बाको लिम्बू लोक कथा पढेँ— आफूले जानेका लिम्बू धर्म संस्कृतिका ऐतिहासिक गाथा र मिथकका कुराहरू सम्झिन खोज्दै टंकका कवितामा डुबेँ । सुरुमै मिथकीय फक्ताङ्लुङबाट कविता उदाउँछ । कवितामा तिगेन्जङना, मुन्धुम् फलाक्नु, हाक्पारे गाउँनु, कुङबा, नाहाङ्मा (देव), आम्बेपोजोमाकी राजकुमारी, चुक्मिवा र लादिप्पा (मिथकीय पात्र), निस्सिम साम्वा, बिजुवा साम्वा, फेदाङमा, वानायुज घोडा, कक्क्भिक्ना, सिङ्दुम्–पक्वा, अम्लारी तेक्तारी झोला, वशाङ पःङ्गे, चोःत्लुङ्, कानायङ्बा, घुङ्रिङ, अम्लिसो, खिर्राको बोट, अछेता, सेरगेम, याग्राङ्सिङ, तागेरा निङ्वा फुमाङ, सेवारो, साजारा लुम्दाङ्या, वशाङलुङ, दुङदुङ्गे, साम्माङ—देवदेवता, मानव, पशुपक्षी, वृक्ष वनस्पति, अनेक आनुष्ठानिक क्रियाकलाप, कति अतीतका मिथकीय स्वरूपका कथा— युद्धका, लडाइँका, पूजाका, सुरक्षाका लिम्बूको जातीय संस्कृतिको इतिहास चेतना बताउने यी बिम्बहरू, ती खेल्ने पूर्वका ठाउँहरू, खेलाउने अनेक धामी, बिजुवा फेदाङ्मा अरू धर्मगुरुहरू— कवि अत्यन्तै आदिम चेतनाको उद्गम स्थलमा पुगेका छन् ।
कविता पढ्दा कवि मन अत्याधुनिक बाटाघाटा, विद्युत् प्रकाशले झल्झलाकार सहर, अन्य साइबर विश्वभूमिका उद्योग र कलकारखानाले भरिएको ठाउँमा रमाएर कुदेको वर्तमान मानव छैन । आदि देवदेवता सँगै मुन्धुम् शास्त्रसँगै प्राकृतिक अवस्थामा, वन्यतामा गुज्रने अप्रदूषित, आफ्नै वर्णको, रूपको, ध्वनिको, वाणीको, वस्त्रको, भूमिको आदिमानव चित्र आउँछ । वर्तमान समयको चित्रमा पनि तिनै पुराना परम्परागत सांस्कृतिक बिम्बचित्र आउँछन्, अन्य कतिपय किराती स्रष्टामा पनि आदिमता अति प्रगाढ देख्तछु— वैरागी काइँलामा, विक्रम सुब्बा पछिका श्रवण मुकारुङ, धर्मेन्द्र, उपेन्द्र, चन्द्रवीर, चन्द्र योङया, विजयबोध लावती । अरू धेरै स्रष्टा छन् जसमा सचेततापूर्वक मिथकीय बिसौनी र जातीय संस्कृतिका बिम्ब आएका छन् । ऐतिहासिक पौराणिक गाथाचित्र आएका छन् । देश सुब्बाले त आफ्नो उपन्यास आदिवासीमा पनि त्यसको प्रचुर प्रयोग गरेका छन् । यसबेला मलाई रविन्सन जेफर्सले परिभाषित गरेको तङ्खव जस्तो लाग्छ ः कविता सभ्यताकारक तङ्खव होइन, बरु यो त्यसको विपरीत हो, किनभने महान् कविताले सबैभन्दा आदिम सहज वृत्ति (प्रिमिटिव इन्स्टिङ्क्ट) लाई छुन्छ ।ृद्धे हो पनि टंकको पहिलो खण्डका कविता त्यही आधा स्वप्नका कहिल्यै नमेटिने चित्र हुन् ।
अहिलेको भाषामा टंकका कविताको अर्थ जातीय÷जनजातीय लेखनको समालोचना सिद्धान्तले गूढ अर्थ फेला पार्न सक्छ ।
प्रत्येक जातिका, संस्कृतिका सौन्दर्य निर्माण गर्ने तङ्खव फरक हुन्छन्, त्यसैले तीभित्र पस्न एउटा महाख्यानिक स्वरूपको सिद्धान्तले नभेट्ने हुँदा ससाना नवकेन्द्रको उदय हुनुपर्छ, हुँदैछ, तिनीहरू आफ्नै धर्मको, दर्शनको, मुन्धुम्को, संस्कृतिको प्रकाशनले मात्र अर्थिन्छन् । नेपाली एक सिङ्गो ढिको जस्तो छ, त्यसले हेर्ने हुँदा धेरै टंकहरू सदाको लागि छोपिएका छन् ।
उनले जातीय मिथक बिम्ब मात्र चलाएका छैनन्, टाढाटाढाको विश्वको विराट् भूगोल र संस्कृतिबाट, जहाँकही“बाट टिपेर पनि ल्याएका छन् । अघिका कवितामा केही बिम्बहरू ग्रिसेली आउँथे आज विश्व सभ्यता नै साझा भण्डार झैँ भएको छ । हाम्रा स्रष्टा भ्रमणशील भएका छन् र जहाँको बोटबाट पनि एक थुँगा टिप्न सक्छन् । पाठक समालोचकको गति पनि स्रष्टासँगै दौडन सक्ने हुनु पर्छ ।
पाब्लो नेरुदा जङ्गलको गीत सुन्थे
माचु पिच्चुको घाम तापेर
अँध्यारो विरुद्ध
उज्यालाको अक्षर घोट्थे ।
(माचु पिच्चु र फक्ताङ्लुङ)
यसरी पेरुको एक मिथकीय पर्वतमाथि नेरुदा चढेको देख्ने कविले आफ्नो जातीय मानसको कल्पित फक्ताङ्लुङसित तुलना गर्नु कत्रो चेतनाको कुरा हो । त्यसैगरी फक्तालुङ्वासीको आख्यानको भ्रमण÷यात्रालाई जापानको स्राइन यात्रासँग पनि जोडेका छन् । बिम्बहरूको विश्वव्यापीकरण भएको छ । त्यसैगरी लिम्बू र तामाङका अनेक मिथकलाई जोडेर एक आदिम यात्राको कथा लेखेका छन्— तिगेन्जङबासीहरूलाई एक थुँगा फूलमा । लिम्बू संस्कृतिका जनजीवनको स्मृति झलक छन् साइनेडमा त्यस संस्कृतिका अनेक वनस्पति, वृक्ष, पशुप्राणी आइरहन्छन् । अहिले समयले ती ढोल, ढ्याङ्ग्रा, जाबे, जामा, खिर्राे र बोहोरी, रातो भाले, सिस्नाको जरा मेटाउँदै लगेको छ तर कविताले जुन आदिम समयको एउटा लोकल कलर उत्पन्न गर्दछ त्यो लिम्बू रङ्ग, चेतना, मानसिकता र भूगोल हो । विराट् वैश्विकतासँग लोकल स्वरूप मेटिन लागेको, भूमण्डलीय हुरीको अघिल्तिर पिलपिल गरिरहेको यो लिम्बू दियो कति सुन्दर । कविले उचालिएर कति ठाउँमा आइवी राई र वैरागी काइँलाले अथवा पछिका अनेक उत्तरवर्ती अनुयायीले गरेझैँ विशेष गतिमयता र साङ्गीतिक रन्को उत्पन्न गरेर त्यो ध्वनिलाई धेरै अर्थ बोकाएका छन् । यस्तो प्रयोग चार ठाउँमा छ । यो अनुकरणात्मक ध्वनिले अनेक शब्दलाई प्रतिस्थापित गरेको छ ः
चोकेमा मायाको डोरो झुन्ड्याएर
साहित्यको आकाशमा
जीवन र जगत्को रङ पोत्दै
बाढीको गडगडाहट कुर्ले जस्तो
उराली रहने भावनाको साहित्यिक मन
झङ ... झङ ... झङ ...
झङ ... झङ ... झङ ...
एउटा अमूर्त विद्रोह
जुठो नपरेको जून घाम खोज्दै
पैताला नअटेको धर्ती विरुद्ध ।
तर छैन टंक, जून घाम पनि आज जुठो पारिसके । तिम्रो निर्मल र सङ्लो लिम्बू प्रदेश पनि ग्लोबलताले आफ्नो ध्वाँसे रङ पोतिसक्यो । यहाँ नभन्दै वैरागी काइँलाको विचार बिम्ब प्रतिध्वनित छः
बुद्धिको छेलो हानेर
चेतनाको पानसमा
हुर्रर्हुती आगो सल्काउँदै
एउटा बिहानको उद्घोष गर्ने शक्ति
ब्रह्म दृष्टिले ठम्याइ रहेछ
चुक्मिबा र लादिप्पाको अवतार अवतरण
एउटा भूगोल छ— अरुणपूर्व, मैवा, मेवा, तमोर, फावाखोला, तेम्बे, कावेली, हेवाँ, जोरसाल, अरू छन् पूर्वी पहाडका । अघि उता पेरुको माचु पिच्चु, जापानको स्राइन पुगेझैँ क्राइस्ट, बेथलहेम सहर र श्रीजङ्गा, उर्गेन अनेक मिथकीय र यथार्थ पात्र छन्; सहादतका कथा र अत्याचार खपिएका सङ्केत छन् । तर अब समय बदलिएको छ । विचारको लिङ्गो चेतना घुम्ने छ वरिपरि सबै धर्महरू, धर्मान्धताहरू, शासकीय अत्याचारहरू— ङोपा, बिजुवा, साम्माङ, धम्मपद एउटा समानान्तर कथा छ— मिथकहरू पुनर्निर्मित छन्— कसरी सिसिफस ग्रिसेली पहाड छोडेर झ्यामोलुङ्माको फेदबाट चढ्न आइपुग्छ !
उनले सङ्केत गरेका छन्— यो कविताभरि मिथकलाई करङ भाँच्तै इतिहासको वरपर तलमाथि टाँगेका छन्— विन्ध्याचल, शालीनदी र दारे गौँडा । कानायङ्वा एक मिथकीय पात्रको कथा हो । तर कवि प्रश्न गर्छन्— अन्त्य भइसकेको त्यो राक्षसको कथा फेरि किन बौरिँदै छ ? पहिचानको अनुष्ठान अर्काे महङ्खवपूर्ण कविता हो । यसले जातीय परिचय लोप भएको समयमा पहिचानको अनुष्ठान बताएको छ । अनेक विधि छन्, गुरु र तन्त्रमन्त्र छन्, अन्त्यमा झ्याम्टा बज्छ— झ्याम्म...झ्याम्म...झ्याम्म..., झ्याम्म... झ्याम्म... झ्याम्म...।
ड्ड
विचित्र चेतना बिम्ब छन् । टंकले आफ्नो दर्शनको केन्द्रीय चेतना सप्तकोसीको निलो छायाँमा प्रकट गरेका छन् । एकातिर छ आदिमताको मोह अर्कातिर छ जीवन एक डायास्पोरिक आँगनमा— कत्रो विचित्रता, भ्रमजस्तो असङ्गति—
विश्वासको नाङ्लो भरिभरि
डायस्पोरिक मन त्यसै
कविता भएर निफनिएको होइन
मुटुभित्र फक्ताङ्लुङ् अग्ल्याउन चाहन्छ
मन्त्र उच्चारण गर्दै
ओत !
तागेरा निङ्वाफुमाङे सेवारो ।
अर्काे खण्ड छ डायास्पोरिक चिन्तन डायास्पोराको विशाल मरुभूमिमा कहीँ जीवन नफर्किने गरी हराएको छ उता । आत्माको मैनाम उतै छ, आफ्नै घरमा छ । गाउँमा अतीत पुख्र्यौली भूमिमा छ ।
हो माइला
ज्यान जता गए पनि
मन अझै उतै छ
मैनाम त्यतै छ
मैनाममा बचेको आत्मा
वा सातो उतै छ ।
यस कविताले दोस्रो खण्डको पूर्वाभास ल्याउँछ । यी मिथकभूमि, अतीतका स्मृति अवशेष हृदयमा राखेर एक उदास वर्तमान भोग्नु छ—
लाग्छ —
त्यो नियतिको सम्बोधन हो
त्यो नोस्टाल्जिक धुनमा
हाम्रो वर्तमान उदास छ
त्यो उदास वर्तमान भोगेर
थाहा छैन
कति दिन बाँच्न सक्छ ?
कति दिन हाँस्न सक्छ ??
दोस्रो खण्डमा—२७ वटा कविता छन् । यी डायास्पोरिक जङ्गलबाट लेखिएको स्मृति अवशेषका, सम्झनाका, मायाका कविता हुन् । दोस्रो खण्ड पढेपछि मलाई सिग्मन्ड फ्रायडको कविता विषयक धारणा उद्घृत गर्न मन लागेको छ । उनी भन्छन्— कविहरू ज्ञानमा सामान्य मानिस झैँ हुन्छन् किनकि तिनीहरू त्यस्तो झरनाबाट पानी पिउँछन् जुन कुरा हामी अझै विज्ञानलाई उपलब्ध गराउन सकेका छैनौँ ।ृछे
अघिल्लो खण्डमा विलीन भएको गाथाको, अनुभूतिको, पुराण र इतिहासको संस्कृति अवशेषको अतीत छ, अतीत प्रेम छ, त्यहाँ प्रवेश गर्ने इच्छा छ । तर दोस्रामा एउटा डरलाग्दो यथार्थ र त्यो जोगाउने अथवा त्यसमा भोगिने प्रयत्न ।
कवि एक सैन्य भएकाले उनको जीवन कतिपल्ट युद्ध सम्मुख भयो । त्यसैले यहाँ प्रेमका, सम्झनाका र युद्धका कविता छन् । अझ बढी त युद्धका छन् । यी सैन्य कविता भर्भराउँदा छन् । सङ्गिनको मूच्र्छना एक विरोधाभासयुक्त कविता हो, सङ्गीतको मूच्र्छना हुनसक्थ्यो तर यहाँ जीवनको यथार्थता सङ्गिनको मूच्र्छना भएको छ ।
सङ्गिनका रक्तबीजहरू
राइफल बनेका हुन्
मेसिनगन बनेका हुन्
मिसाइल बनेका हुन्
तोप र ट्याङ्क बनेका हुन्
हुँदा हुँदा सङ्गिनको महाराजा
अटोमिक बम बनेको हो
सङ्गिन बिना हाँस्न जानेनन् वादशाहहरू
यस कविताले युद्धभूमिको भयङ्कर त्रासदी र तरङ्ग उत्पन्न गर्छ । आगो पनि त्यस्तै युद्ध कविता हो । तर यहाँ मानिसभित्र रहेका अतृप्ति र राक्षसी चेतनालाई आगाको बिम्बमा उभ्याइएको छ—
युद्ध आगो हो
भोक आगो हो
ईष्र्या आगो हो
लोभ आगो हो
दम्भ आगो हो
जीवन र जगत् नबुझ्नु आगो हो
आगो मात्रै,
कविताको पेरुङ्गामा आगाको कविता नलेखौँ
कवि एक शान्तिकामी युद्धविरोधी गीत गाउँछन् । यहाँ युद्धको मात्र कुरा छैन, देशको सार्वभौमिकताको चिन्ता छ, देश बोक्ने र साट्ने इतिहासको छ, किन्न ढुक्नेहरूको छ, जङ्गे पिलरको दशाले त्यो देखाउँछ, कसरी देशले अपमान खपिरहेछ त्यो सङ्केत छ । हामीलाई चाहिएको आत्मिक शान्ति हो, तर यहाँ तृष्णाका ज्वालाहरू लपलपाएका छन् । हामीलाई सपनाले खेदेको छ, केवल इल्युजनले । त्यसैले हामी कहाँ कहाँ छौँ फ्याँकिएका ! मानिस अधिक शक्ति र सत्ताको भोकले गलेका, आडम्बरले उचालिएका छन् ।
एक वर्ष भयो टंक सम्वाहाम्फे, देश सुब्बा आदिले हङ्कङबाट रेखा कविताको आरम्भ गरेका छन् । यसका एक व्याख्याता टंक वनेम पनि हुन् । उनको मानव सभ्यताको बिन्दु र रेखा कविताले प्रस्तावित रेखा सिद्धान्तलाई बुझाएको छ— उच नीच, सानो ठुलोको अहङ्कार, भेद र अन्तर, अघिपछि सारा व्यर्थ छन् किनभने;
जसरी जोडे पनि
जीवन र मृत्युको सरल रेखा बन्छ
विगतको द्वन्द्व र युद्धको स्मारक छ— छापामार छोरीको सम्झना भने केही प्रेम कविता छन्, सुन्दर र कलकलाउँदा— प्रेमको अुनराग र गुल्मोहरको फूल कति सुन्दर प्रतीकले बनेको छ एक प्रेममय अनुभूति—
यौवनको पैताला धमिराको पैताला जस्तै त हो
बैँसको ढिस्को चढ्छ र ओर्लिन्छ
सतिसालको पत्करमा बतासिँदै
दबदबे खोल्सी र सूर्यको तोते बोलीमा लाडिन्छ
गुल्मोहरका हाँगाहरूले
स्नेहको ताप ताप्दा
चखेवा भाषामा
छिल्लिन्छ प्रेममग्न हाँसो
यस हारका अरू कवितामा वैशाखको वाचा पनि यस्तै सिर्जना हो । नेपाली गोर्खाली भएर बाह्य विश्वमा योद्धा भै जाँदा भिन्न छ परिचय । त्यसको सौन्र्दयमा भय मिसिएर जीवन कठोर बाँचिनसक्नु छ—
तिनै भोगाइका थाङ्का बनाउँदै
डायास्पोरिक याक्साको भर्जिन माटोबाट
सपना रोपिन सुरु भएको छ
कालीझारका कथाहरू
अटप्पे जङ्गलको सुनाखरी र
डेथ भ्याल्लीमा हाँस्ने फूलहरू जस्तो
प्रदेशी डिहीको डिलमाथि हल्लिरहेका छन्
आगत र विगतका कथाहरू
सुसाइ रहन्छन् युद्धका सुसेलीहरू
याक्साको थुम्कीमा राग अलाप्दै
तिमी आफैले गोड्नु पर्छ
जीवन मरणका कथाहरू
सबैले जानून्
त्यो पर्ती बाँझोमा धेरै गोर्खालीहरूको रगत
पसिना भएर बगेको छ ।
पर्ती बाँझो एक उत्कृष्ट कविता हो । लाहुरेको नियति र कविता औ युद्ध अनुभूतिको आमने सामने । सय रुप्पेले बाँधेको साइमासा जस्ता कविता धेरै परदेशीले, अझ लाहुरेले रचेका छन् । कति सुन्दर इमेज छन्, एक लाहुरेकी पत्नीको जीवनलाई अथ्र्याउने—
चिमखोलाको डाँडाकाँडाले
एम्बुस थापेको ऐ“सेलु बै“स
त्यही उकाली ओरालीले
नमेटिने तिर्सना
सबै सबै घरका सम्झना छन्, अतीतका मिथकीय होइन, वर्तमानका ।
सम्झनाको पाना पर्लक्कै पल्टाउँदा
वनको बुकीफूल जस्तै लाग्छ
मनसुनी हावा आएर
पहाडमा ठोक्किए जस्तो
खोइ के फरक थियो होला र ?
बुकीफूल र लाहुरेनीको
अभिशप्त जीवन
प्रतीक्षाको बाघे ऐनामा कैद भएका
सुकुमारी माया र सम्झनाहरू ।
लाहुरे फूल पनि यही थिमको अझ मृतक लाहुरे पतिको बिम्ब हो । फूल र लाहुरेमा एउटा भ्रामक सम्बन्ध छ । यस्तो कविता तीर्थ श्रेष्ठले पनि लेखे ।
तिमी सम्झिन्छौ
म मान्छे मात्र मार्छु
युद्ध मात्र गर्छु
तरबार मात्र उध्याउँछु
बन्दुक मात्र पड्काउँछु
म कहाँ
मान्छे मात्र मार्छु र ?
तिम्रो जस्तै
मायाको पहाड उभिएको छ मभित्र
तिम्रै जस्ता इच्छाका
कुइनेटाहरू घुमेका छन् फनफनी
र
मनका नदीहरू बग्दै गइरहेछन् सलल ... ... ...
करुणा मानवीय पक्ष छ ।
असुरक्षा पनि युद्ध कविता हो ।
बोल्ने अरू कुरा छन् तर यो मन टंकका कविताले उकुसमुकुस भएको बेला छ । म यहीँ एकछिन बिसाउन चाहन्छु, तथापि एउटा कुरा यो बिसौनीमा बोल्दछु— नयाँ नेपाली कविताको इतिहास र मूल्याङ्कनको प्रसङ्ग चल्दा टंक वनेमको नाम कहिल्यै छुट्न हुँदैन । यति पर्याप्त छ ।
७ जेठ २०६८
[1]. Poetry is just evidence of life. If your
life is burning well, poetry is just the ash.
[2]. A poet is an unhappy being whose heart is
torn by secret suffering, but whose lips are so strangely formed that when the
sighs and cries escape him, they sound like beautiful music. - Suren
Kierkegaard
[3]. Poetry is a means of rebeltion against
being what he is James branch Cabel.
[4]. Poetry is not a civiliser, rather a
reverse, for great poetry appears to be the most primitive instincts. - Robinson
Jefters.
[5]. Poets are members of us ordinary men in
knowledge of the mind, because they drink at streams which we have not yet made accessible to science. - Sigmund
Freud
No comments:
Post a Comment