About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Wednesday, July 17, 2013

साहित्यलाई सस्तो प्रचारबाट बचाउन सक्नुपर्छ

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोविन्द भट्टराई व्यक्ति एक प्रतिभा अनेक भएका साहित्यिक स्रष्टा हुन् । अंग्रेजी साहित्यका प्रखर व्याख्याता भट्टराईको नेपाली साहित्यमा पनि त्यतिकै ज्ञान छ । प्रजातान्त्रिक आस्थामा विश्वास राख्ने स्रष्टा भट्टराई वादविवादबाट मुक्त रहेर आफ्नो प्राज्ञिक स्वच्छ छवि बचाइराख्न सफल छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै नेपाली साहित्यको गरिमालाई  उच्च बनाउन उनी सक्रिय छन् । मधुर स्वरका धनी भट्टराई ‘सादा जीवन उच्च विचार’ का सार्थक साधक तथा स्रष्टाका रूपमा  परिचित छन् । स्वदेश तथा नेपाली डायास्पोपार (विदेश) मा आयोजना गरिने साहित्यिक कार्यक्रममा निमन्त्रणा गर्दा उनी पहिलो पंक्तिमा  नाम  लिइने स्रष्टाका रूपमा पर्छन् । पूर्वीय र पाश्चात्य दर्शनसागै साहित्यमा उनको विशेष अध्ययन छ । प्राज्ञिक स्रष्टा भट्टराईसाग नेपाली साहित्य र सिर्जनशीलताका विविध पक्षका बारेमा केन्द्रित रहेर कारोबारकर्मी सञ्जय पन्थीले गरेको कुराकानी :

Photo courtesy Binod Gaunle


तपाई, साहित्यकार, लेखक वा समालोचक के ?
साहित्यकार वा लेखक समानार्थी जस्तै कुरा हुन् । अझ स्रष्टा भन्ने शब्द छुटेको छ । यी छाता शब्द हुन् । एउटा साहित्यकार, लेखक वा स्रष्टा सिर्जनाका अनेक विधामा लागेको हुन सक्छ । त्यसकारणले गर्दा यी शब्दले स्रष्टाको रुचीको विधाको बारेमा कुनै परिचय दिादैनन् । तपाईंले साहित्यकार लेखकसाग समालोचक जोड्नुभयो । तर समालोचक त्यसमा अरूसाग नजोड्दा राम्रो हुन्छ किनभने  समालोचकसाग जोडिने ता कवि, निबन्धकार, नाटककार, आख्यानकार जस्ता सह–शब्दहरू हुन्छन् ।
म के हुा  भन्दा म सबैथोक हुा तर विशेषगरी मलाई साहित्य स्रष्टाको रूपमा चिनिन मन लाग्छ । मैले आख्यान र निबन्धमा  केही योगदान गरेको छु । त्यसैले मलाई  आख्यानकार वा निबन्कार भनिन मन लाग्छ ।  तर समालोचक भनेको सर्जक अथवा स्रष्टा जस्तो होइन ऊ एउटा सहसर्जक अर्थात उप द्रष्टा जस्तो मात्र हो । त्यसो त मैले केही समालोचना पनि लेखेको छु । साहित्यकार ‘स्रष्टा’ नहुन पनि सक्छ त्यसैले स्रष्टाको स्थान सर्वेपरि छ, त्यसपछि कुन  विधाको, छुटयाउने कुरा आउाछ ।

नेपालमा पुस्तक प्रकाशन गर्ने संख्या बृद्धि हुदै गएपनि पाठकले रुचीका पुस्तकको अझै पनि अभाव छ, भन्छिन नी ?
यो प्रश्नको तथ्यगत उत्तर हुन सक्तैन । किनभने यस्ता प्रकारका टिप्पणी अथवा भावनाहरू मानिस पिच्छे बेग्लै हुने गर्दछन् ।  पाठकको निमित्त रुचीका पुस्तक भनेर  केलाई बुझ्नु ? एउटा तहमा मुनामदन  रुचाउनेको सङ्ख्या सर्वाधिक छ । पाठकको त्यही वर्गले  सरल शैली र भाषामा लेखिएका कृति मन पराउाछ भने अर्केतर्फ उाभो चढ्दै जाादा मोहन कोइरालाका कविता, बैरागी कााइलाका कविता अथवा  नगदीस शमशेर राणाका  आख्यानहरू रुचाउनेको सङ्ख्या पनि रहेको छ । पुस्तकहरूको लेखन तथा प्रकाशन अनि  पाठकहरूको  सङ्ख्या र रुचीलाई एउटा पिरामिड अकारमा  सम्झनु पर्दछ । अथवा एउटा स्तूप अनकर सम्झे पनि हुन्छ । स्तूपको फेदले  ठूलो भू–भाग ढाक्तछ । त्यही स्तूपको टुप्पो सानो गजूर जस्तो हुन जान्छ ।  यसको तत्पर्य के हो भने  पाठकका रुचीहरू उनीहरूका स्तर  र ज्ञान अनुसार बेग्लाबेग्लै हुन्छन् । नेपाली वाङ्मयमा हरेक स्तरका लागि सुहाउने कृतिको सङ्ख्या पर्याप्त भइसकेको छ । उदाहरणका लागि  कसैलाई आत्मजीवनीमा रुची रहेछ भने १०० वटा कृति  कहिले पढेर सकिएला, उपन्यासमा रुची रहेछ भने १००० वटा कृति कहिले पढेर सकिएला ? रुचीअनुसारका कृतिले नेपाली प्रकाशन भरिएको छ ।

लेखन पेशा बनाउने भन्दा पनि रुचिले लेख्नेहरुको जमात बढ्दो छ, भन्निछ ?
यो धारणा ठीकै हो किनभने  धेरैले साहित्य सिर्जनामा जाने रुची राख्दछन् । र लेखन प्रकाशन थाल्दछन् । परन्तु त्यसमा अडिनेहरूको सङ्ख्या कम्ति हुन्छ । यो स्वाभाविक छ किनभने सुरुमा लेखिएका सबै कृति सफल हुादैनन् । त्यसकारणले गर्दा शुरुमा यसलाई पेसा बनाउने अठोट गर्न गाह्रो हुन्छ ।

लेखक र पाठकमा पनि राजनितीक आस्था र बादका आधारमा सिर्जना र अध्ययन गरिन्छ भन्ने सुनिन्छ , के साचो हो ? 
यो कुरा निर्बिवाद छ । भिन्न रुचीर्हिलोक: भनिएको छ ।  वास्तवमा  प्रत्येक व्यक्तिका दृष्टिकोण, विचार, मान्यता फरकफरक हुने भएकाले गर्दा नै  अनेक प्रकारका धर्महरू स्थापित भएका छन् ।  अनेक प्रकारका आग्रह छन्, सिद्धान्त छन्, मान्यताहरू छन्, आस्थाहरू छन् । तिनै अनुसारका कृतिको अध्ययन र सिर्जनमा रुची हुनु स्वाभाविक हो । राजनीतिक आस्था पनि त्यस्तै विभिन्नताको एउटा स्वरूप मात्र हो । हरेक विषय बहुल भएको जगत्मा राजनीतिक मान्यता  पनि बहुल नै हुन्छन् । कम्तिमा दुई वटा छन् । एउटा छ यथास्थितिवाद अथवा  सबैलाई मेट्न खोज्ने अधिनायकतावाद यसले अन्यवादहरूलाई निषेध गर्दछ भने अर्काे छ प्रजातन्त्रवाद अथवा बहुलतावाद यसले सबै प्रकारका विचार र वादलाई समेट्न खोज्छ । यी दुईका बीचमा अरू पनि छन् । कृति र पाठक सोही अनुसार होलान् ।

लेखन पेशा अपनाएर नेपालमा आत्म निर्भर हुनसक्ने अवस्था छ त ? 
यो एउटा सपेक्षित कुरा हो । नेपालमा मात्र होइन विश्वसाहित्यलाई हेर्दा पनि बीस प्रतिशत मात्र स्रष्टा आत्मनिर्भर हुन सकेका छन् । असी प्रतिशतको निमित्त यो अभ्यासको इच्छाको अथवा आत्माको आग्रह हो । कसैलाई पनि सिर्जना गर्न सल्लाह यसले पेसा बनाउाला भन्ने हुादैन ।  कृषिमा अथवा व्यापारमा जस्तो  लगानी गरेपछि त्यसको प्रतिफल अवश्य हुने प्राप्त हुनेछ भन्ने प्रत्याभूति यसमा छैन । एक त अभ्यासमा धेरै वर्ष वित्छ दोस्रो स्रष्टाले निरन्तर साधना गर्न सक्तैन अथवा भ्याउादैन त्यसकारणले गर्दा पनि लेखन कार्यले सफलता प्राप्त गर्न सक्तैन ।  नेपालको सम्बन्धमा आत्मनिर्भर हुनेको प्रतिशत अझ न्यून छ ।  त्यसकारणले  यो अन्तरात्माको आग्रहलाई, अभिव्यक्त हुन चाहने हृदयको उद्वेलनलाई, सरस्वतीको आराधनालाई  अधिकांशले द्रव्यसित तुलना गर्दैन । अधिकांश त यो शान्त:सुखाय गरिने कर्म रहेको छ । यसमा आश्चर्य छैन । अटूट सधना गर्नेहरूले त्यसको प्रतिफल सम्मानमा, पुरस्कारमा र केही मात्रामा  पाठकमा र द्रव्यमा  प्राप्त गरिरहेको हुन्छ ।

जति नै सफल लेखक भनेर परिचित भएपनि प्रकाशक र बितरकले शोषण गरिरहेका हुन्छन् भन्ने गुनासो लेखकहरुबाट नैं सुनिन्छ ? 
यस्तो प्रकारको दुराग्रह राख्नु ठीक छैन । अधिकांश लेखकको मनमा के हुन्छ भने आफ्नो पुस्तक प्रकाशित भएपछि  त्यसको बिक्री अवश्य हुनेछ अथवा भइरहेको छ । सुने अनुसार पुस्तकको मूल्य जोड्दा थुप्रै आर्जन भएजस्तो लाग्छ । उसले हिसाब गर्छ र त्यो पैसा र प्रकाशकको गोजीमा  गए जस्तो ठान्छ ।  तर यो भ्रम हो । साहित्यिक कृतिको बिक्री अत्यन्तै न्यून हुन्छ । केही सफल अर्थात लोकप्रिय कृतिले मात्र बिक्ने मौका पाउाछन् । प्रकाशक वा बितरकका घरमा कृतिको डङ्गुर हुन्छ । अनि ऊ पनि  तिनीहरूको बिक्री बितरणको चिन्तामै हुन्छ । त्यसकारणले प्रकाशक वा बितरकको स्थिति लेखकले सोचे जस्तो कहिल्यै हुादैन । पाठय सामग्रीको कुरा अर्कै हो तर  साहित्यिक कृति भने बिक्न धेरै समय लाग्छ ।  एउटा गरिब राष्ट्रमा भर्खर शिक्षाको स्तर उठ्न लागेको ठाउामा पठन संस्कृति शून्य भएको ठाउामा विचरा प्रकाशक र बितरकले चाहेर पनि शोषण गर्ने कुनै बाटो छैन । लेखकले त्यस्तो शंका गरी चिन्ता लिनु व्यर्थ छ ।  एउटा पुस्तक आफौ छापि हेरौा— कति मुश्किल छ ।

नेपाली साहित्य लेखनको अवस्था कस्तो अवस्थामा छ, सन्तोषजनक वा निराशाजनक ? 
अघिको उत्तरले पनि यसलाई सघाउला ।  लेखनलाई आर्जनसित मात्र जोड्ने हो भने त्यसको प्रशंसा गर्ने बेला भएको छैन तर राष्ट्रिय वाङ्मयको उन्नतिलाई हेर्ने हो भने अहिले हर्ष मान्ने दिन आइसकेका छन् । किनभने नेपाली वाङ्मयको सीमाहीन विस्तारले गर्दा नेपाली जाति पुगेका सबै ठाउामा नेपाली भाषामा साहित्य सिर्जना भइरहेको छ । नेपालको पनि शिक्षाको र चेतनाको स्तर निकै प्रशंसनीय भएकाले गर्दा फेरि  दूर दराजमा पनि प्रकाशन व्यवस्था सुगम हुन थालेकोले गर्दा  यो दशकदेखि लेखन प्रकाशन अभूतपूर्व गतिमा छ । यसको स्तरको कुरा अर्कै हो तर विद्युतीय माध्यम समेतले गर्दा नेपाली साहित्य सिर्जनाको अवस्था अत्यन्तै सन्तोषजनक छ । नेपाली भाषालाई अभिव्यक्तिको माध्यम बनाएर  अनेक जातिका, वर्गका अनेक भाषाभाषि, अनेक भूगोलका नरनारी सबै सिर्जनामा लागेका छन् । के यो स्थिति हर्ष लाग्ने छैन र ?

नेपालमा अन्तराष्ट्रिय साहित्यको प्रभाव कस्तो छ ?
आधुनिक नेपाली साहित्य सम्पूर्ण रूपले अन्तराष्ट्रिय जगमा टेकिएको छ भन्दा हुन्छ ।  आधुनिक नाटक, निबन्ध, कथा, उपन्यास जस्ता विधाका स्वरूप नै पश्चिमी जगत्बाट सर्दै भारतवर्षको बाटो भएर नेपालीमा आएका हुन् । नेपालीको पनि केही लोक र मौलिक तत्त्व छ तर त्यो लोकका र संस्कृतको जगमा अडिएको छ, जस्तै नाटक, काव्य  । रिमाल, सम, महाकवि, भवानी भिक्षू, वीपी कोइराला, विजय मल्ल, गोविन्दबहादुर मल्ल हुादै यताका स्रष्टाहरूमा पाश्चात्य जगत्को प्रभाव र प्रेरणाको मात्रा झन्झन् बढ्दै गएको हो । अघि शङ्कर लामिछानेले वीपी कोइराला, तारिणीप्रसाद, लैनसिंह वाङ्देलहरूले एकैचोटि सात्र्र, कामु, काफ्का, हाइडेगर, स्टिफन ज्विगको कुरा गरेका छन् ।  देस्रो महासमरपछिको साहित्यको संसार भिन्न र सर्वदेशीय स्वरूपको छ । अहिले ता हेर्नुहोस् हाम्रोमा  गद्यकविता हाइकु, ताङ्का, रुवाइ, सिजो,  मुक्तक थपिएका छन् भने लेखनका प्रयोग शैलीहरू, अनेक वादकहरू पनि अन्यत्रबाटै आएर स्थापित हुन्छन् ।

नेपालमा पत्रकारिता र साहित्य बिचको समवन्धको बिकास कसरी भैरहेको छ । 
यी दुइटै एक अर्कामा आश्रित छन् ।  अझ साहित्यचाहिा पत्रकारितामाथि आश्रित रहेको छ । कृति आगमनको सूचना, त्यस सम्बन्धि टिप्पणी व्याख्या आदि पनि  पत्रकारिता मार्फत नै सार्वजानिक हुने गर्दछन् । त्यसर्थ पत्रकारिताले साहित्य पनि जन्माइरहेको हुन्छ । दुवैको वृद्धि र विकास समानान्तर नै हुन्छ । गोरखापत्रको प्रकाशनदेखि यता हेर्नू अथवा साहित्यिक पत्रकारिताको आरम्भा शारदा, उदय, भारती, माधवीदेखि यता हेर्नू त्यसै अनुपातमा  आज  त्यस्ता हजारौा पकाशन पुगे त्यसै अनुपातमा साहित्यिक कृति पनि आइरहेका छन् ।

पत्रकार साहित्यकार हुनसक्छ तर साहित्यकार पत्रकार बन्न सक्दैन भनिन्छ नी ? 
यो कुरा सत्य लाग्दछ किनभने साहित्य सिर्जनाको निमित्त सिक्नै पर्ने प्रारम्भिक कक्षाहरूको आवश्यकता देखिादैन, भाषा माध्यम भए पुग्छ । साहित्यमा धर्खराएर हिाड्दाहिाड्दै आफौ दह्रो पाइला टेक्न जानिने कुरा हो ।  फेरि कुनै विश्वविद्यालयले कसरी साहित्य सिर्जना गर्ने भन्ने सम्बन्धमा कुनै पाठयक्रम गर्न सकेको छैन । तर  पत्रकारिताको कुरा गर्दा यसका निश्चित पाठहरू छन् । यसका कक्षाहरू छन् । यसका डिग्री र तहहरू छन् ।  पत्रकारितामा निश्चित अथवा विशेष शब्द र वाक्यको ज्ञान र प्रयोगको आवश्यकता  हुन्छ । त्यसैले एउटा डिग्री अथवा तहको ज्ञान प्राप्त गरेपछि पत्रकार बन्न सक्छ तर ऊ साहित्यकार पनि बन्छ भन्ने निश्चित हुादैन किनभने पत्रकारिता एकप्रकारको यान्त्रिक काम हो ।  साहित्य हार्दिक र भावनात्मक कुरा हो । त्यसो त कोही ठूला पत्रकार अझ ठूला साहित्यकार पनि भएका छन् । किनभने पात्रकारहरूमध्येबाटै साहित्यले आह्वान गरेका व्यक्ति हुन्  भने  साहित्यकार भइसकेको व्यक्ति पत्रकार बन्न एक किसिम असम्भवै छ ।

नेपाली पाठकको अवस्थालाई कसरी मूल्यााकन गर्नु भएको छ ? 
नेपाली पाठकको सङ्ख्या निरन्तर बढिरहेको छ । तर हाम्रो देशमा  पठन क्रियालाई औपचारिक रूपले निश्चित ठाउामा वा घरमा बसेर गर्ने कार्य ठानिन्छ ।  त्यसकारणले गर्दा हाम्रो पठन संस्कृति अत्यन्तै न्यून छ । विकसित  समाजमा मानिसहरू  यात्रामा, कार्यस्थलमा, विश्रामको समयमा जहिले पनि जहाा पनि  एउटा पुस्तक पल्टाइरहेका हुन्छन् अथवा इलेक्ट्रोनिक माध्यमले  श्रवण गरिरहेका हुन्छन् । उनीहरूको पठनसंस्कृति अत्यन्तै उच्च छ । यसको परिणाम कृति प्रकाशन, लेखन, वितरण सबै कुरा सोही अनुपातमा प्रभावित छ ।  हाम्रा वसपार्क, रेष्टुाराा, कफि हाउस्, भोजनगृह, विश्रामालय, कतै काहीा, कसैको हातमा एउटा पुस्तक  देखिादैन । हामी पठन संस्कृतिमा अत्यन्तै पछि छौा, पूर्वी एशियाका देशहरूले पनि  हाम्रो जस्तो अल्छे बानी त्यागी सके ।

पाठक र लेखक बिच कस्तो समवन्ध बिकास भैरहेको छ ? 
यो सम्बन्ध अहिले सकारात्मक भइरहेको छ । प्रकाशनको सुगमताले गर्दा  साना ठूला शहरमा र गाउामा पनि  लेखकहरू जन्मिन थालेका छन् । पाठकका निमित्त अनेक प्रकारका  रिडिङ क्लव, भेटघाट केन्द्र र विशेष गरी पुस्तकालयको  वृद्धि भइरहेको छ ।  अझ काठमाडौा उपत्यकामा अनेक प्रकारका विमर्श, विमोचत, प्रत्यक्षवार्ता, अन्तवार्ता, प्रश्नोत्तरी जस्ता कार्यक्रम बढिरहेका छन् । यसले गर्दा पाठकहरूले लेखकलाई प्रत्यक्ष देख्न, भेट्न , बोल्न पाउाछन् । त्यसले दुईबीच सकारात्मक सम्बन्ध बढिरहेको छ ।

यहाालाई बर्षमा कति लेखक आउनुहुन्छ पुस्तकको समीक्षा र भुमिका लेखाउन ? भुमिका लेख्दा पनि पारिश्रमिक लिने चलन शुरु भएको हो ? भको हो भने कति सम्म लिनु हुन्छ ?   
त्यसरी वर्षमा कति जना भन्ने तथ्याङ्क ता रहादैन, तथापि सधौ आइरहेको जस्तो लाग्दछ । पारिश्रमिकको कुरा कस्तो हो भने यी सबै प्रेम र अपसि सम्बन्धले, भावनात्मक बन्धन र विश्वासले गरिने कर्म हुन् । अदालतमा तमासुकको हिसाब गरेझौ यति पृष्ठको यति भनेर आपसि सम्बन्ध समाप्त गर्नेतिर लाग्ने छैन । तर लेखनलाई आफ्नो जीवन बनाइसकेपछि नि:सन्देह लेखनसित संबद्ध कर्महरूमा  पारिश्रमिक लिनु–दिनु आपसी इज्जतको, सम्मानको र मर्यादाको कुरा पनि हो । अघि मैले भनो— आपसी सद्भावको कर्म भएकाले गर्दा यसमा मोलतोल हुादैन । पुराण भन्दा पूजा लाउादा जोखाना हेर्दा  यति भन्ने चलन हादैन प्रेम तर विश्वासको बन्धन हुन्छ ।

अन्त्यमा लेखक तथा पाठकलाई सुझाव वा आग्रह ? 
लेखकहरू समक्ष मेरो निवेदन छ— अध्ययनको व्यापकताले नै सिर्जना पठनीय  र जीवन्त हुन सक्छ । आधि समय अध्ययनमा आधि सिर्जनामा लगाउनु होस् । साहित्यका पाठकवर्ग पनि  प्रकारान्तरले  साहित्यकार नै हुनुहुन्छ ।  त्यसकारणले  पठन संस्कृतिको स्थापनामा यहााहरूको योगदान प्रार्थनीय छ । अन्त्यमा   लेखक पाठक दुवैले साहित्यलाई  सस्ता प्रचार र प्रोपागण्डादेखि बचाएर राख्न सिक्नु र सक्नु पर्दछ ।

(२०७० साल  २८ असार शुक्रबार को कारोबार दैनिकले प्रकाशित पत्रिकामा)

1 comment:

  1. प्रणाम आदरणीय गुरु गोविन्दराज भट्टराईज्यू !
    शिक्षाप्रद,अनुकरणीय, हार्दिक, बौद्धिक खुराकयुक्त अन्तरवार्ता ।
    धन्यबाद !

    ReplyDelete