About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Friday, July 5, 2013

आरु फुलेको याममा यो सुन्दर काव्य वाटिका

कविता सिर्जनामा एउटा विशेष मूड भनौा मनस्थितिको तत्परता चाहिन्छ । म अनुभव गर्दछु । काव्य कविता बारे बोल्न पनि त्यस्तै चित्तबृत्ति आवश्यक हुन्छ । मैले अग्निपर्व बारे बोल्ने चेष्टा गरेको धेरै भएको थियो । उपयुक्त परिवेश नमिल्दा पाण्डुलिपि लिएरै युरोपको यात्रामा गएा; त्यहाा कति ठाउामा डायरी कलम लिएर झोक्राइहेरो तर सुपरसोनिक विमान भन्दा उच्च गतिमा छ त्यो जीवनचर्या । कविता चिन्तनमा हृदय आमन्त्रण गर्नु सम्भव थिएन । यसै निराश भएर अलिकति चिन्ता सागै फिरो ।

त्यो चिन्ताको कारण के थियो भने उता उड्ने बेलामा संयोगले दिदीको फोन प्राप्त गरेको थिएा— भाइ, अक्टोबर अन्तिमतिर म नेपाल आउाछु होला । मैले तत्काल भनेको थिएा— हुन्छ दिदी त्यसबेला सम्ममा मैले अग्निपर्व पठन र समीक्षण कार्य सम्पन्न गरेको हुनेछु ।

दार्जीलिङको डााडाबाट दिदी बोलेकी थिइन्, मैले काठमाडौा उपत्यकाबाट यात्राको लागि बिदा मागेको थिएा ।
उताबाट फर्किआउादा म अलिक तत्पर जस्तो पनि भएा । बेलायतका तीनवटा सम्मेलनमा उत्कृष्ट कविता गोष्टी भएका थिए । सुन्दर रचना श्रवण गर्ने सुयोग मिलेको थियो । त्यसमाथि देवेन्द्र खेरेस, विजय हितान, काङमाङ नरेश, गोपी प्रसाईं; मुकेश राई, रूपेश श्रेष्ठहरूका भर्खर प्रकाशित राम्रा सङ्ग्रहका कविता पढने सुन्ने अवसरले पनि ममा एउटा नयाा मूड उत्पन्न गरेको थियो । यता नेपाल फिर्नासाथ जीवन युगीनको जीवन स्पर्श अनि रामगोपाल आशुतोषको ईश्वर र फूलहरू जस्ता सङ्ग्रहले पनि राम्रा कविता ल्याए । यसै अवसरमा पूर्वको आफ्नो नेटिव रङ्गको दशौ पनि माया मारेर कीर्तिपुरको डााडामा बसी दिदीका कवितामाथि आराधना गर्दैछु ।

उता दार्जीलिङतिरका कविता धेरै पढ्न पाएको छुइन भन्दा पनि स्वतन्त्रोत्तर नेपाली कविता (सं. मोहन ठकुरी) मा परेका केही नामहरू पढेको छु । त्यहााका आधीजसो स्रष्टा नजिकबाट पढेको छु ।
त्यही सङ्ग्रहमा बीणा हाङखिमका पनि कृष्ण, अर्जुन र समय अनि समयान्तर शीर्षक दुई कविता सङ्कलित छन् हेर्दै गएा उनको अघिल्लो सङ्ग्रहमा पो ती छन कि ! नभन्दै, अन्तर समयान्तर (२०६५) मा पनि ती समावेश रहेछन् ।

अग्निपर्व नवीन कविताहरूको सङ्ग्रह पढन पाउादा मलाई दार्जीलिङको सुवास र शैलीले छोयो । भाषा उही छ, संस्कृति उही तर भू–सामाजिक परिवेश तथा धरातलजन्य कति कुराले केही रङ्ग्रहहरू थपघट गर्दाे रहेछ । अघि पनि मलाई यस्तो भएको छ; अन्यत्र पनि हुन्छ । यी कुरा अमेरिकी इङ्लिस, बेलायती इङ्लिस, अस्ट्रेलियाई इङ्लिस जस्तै हुन् । कविता लेख्ने र लेखाउने हृदय र मनोजगत् ता सर्वत्र उही छ, भाषा पनि उही छ, तर कतिपय लेख्य विषयमा भने विस्तारै विस्तारै इन्द्रेणीका रङहरू क्रमश: फेरिएझौ गरिकन रङ अलग हुादै जाने रहेछ । शव्द र वाक्यमा मात्र त्यो भिन्नता प्रकट हुने होइन, त्यो भोगिने यथार्थ नै भिन्न हुने हुादा तिनीहरूलाई अवलोकन गर्ने दृष्टिकोण पनि त्यही समाजले निर्माण गरिदिने हुादा त्यसो हुने रहेछ । बीणा दिदीका कवितामा उस्तो राजनीतिक रङ छैन । तर हुने हो भने उताको गोर्खाल्यान्ड आन्दोलन र यता हिजो वितेको जनआन्दोलन र तज्ज्यन्य प्रभावहरू नारामा उद्देश्यमा गन्तव्यमा अपेक्षामा सबै फरक हुादा हो ।
त्यसो हुादा कवितालाई संरचनाले हेर्दा के हो भन्ने प्रश्न पनि आउाछ । हुन ता लेख्य वस्तु एक सार्विक सत्य ‘युनभिर्सल टुुथ’ नै हो तथापि त्यो स्थान र काल विशेषमा पुग्दा अर्काे शव्दले, धारणाले, विचारले प्रकट हुने रहेछ; मानव देह उही हो तर संस्कृति अनुसार वस्त्र आभूषण र खाद्यान्न परिवर्तित भएझौ मात्र रहेछ । छेउको वरिपरिको रङ आफ्नै वगौचाको झौ लाग्छ, जति टाढा त्यति अर्कै रङ आउाछन् । उदाहरणको लागि बेलायतबाट हालै प्रकाशित रूपक श्रेष्ठको निबन्ध विगबेन र समय भित्रका कविताका ऐतिहासिकता, भौगोलिकता अर्थात् यथार्थतालाई रंगाउने तत्त्वहरू नेपालकाभन्दा फरक, त्यहीाका छन् । तर ती सदैव नेपाली कविता नै हुन्; त्यसको एक भेराइटी । वीणाका कविता अलिकति त्यस्तै लाग्छ ।

वीणाको अग्निपर्व एउटा अनादि र अनन्तको विम्व वरिपरि निर्मित छ । त्यो आवरण हो अग्नितत्त्व । अग्निका प्रायश: तातो, रातो, विद्रोहात्मकता, अत्तन्र्दाह, जलन, प्रकाश वा उद्भासन जस्ता अनेक सूक्ष्म बिम्बहरू हुादा रहेछन् । एउटा स्रष्टाको हृदयमा प्राय: सधै यस्तै विम्व नाचिरहने हुादा धेरैले अग्नि, सूर्य, चन्द्र आदि विम्वमा नेपालमा पनि कृति प्रकाशित गरेका छन् । अन्य साहित्यमा पनि यो बिम्ब प्रवल छ । यस क्रममा शारदा शर्माको अग्निस्पर्श (यात्रा सङ्ग्रह) जगदीश घिमिरेको अग्निपर्व (निबन्ध सङ्ग्रह), तारिणीप्रसाद कोइरालाको अग्निवाटिका (उपन्यास) हालका प्रकाशन हुन् । ती मूलत: अग्निबिम्बको वरिपरि छन् । अरू पनि कृति छन् । अग्निबिम्बले निर्मित तिनको विस्तारतिर यहाा जान चाहन्न ।

तर वीणाका सबै कविता अग्नि बिम्बका छैनन् । शीर्ष कविता छ अग्निपर्व त्यस मालामा समय, आगो र वर्तमान छन् । यस खण्डले त्यस्तो समयतिर सङ्केत गर्दछ जुन अविवेकले संञ्चालित छ; आगो बोकेर यसले निवेदन गर्छ, प्रतिज्ञा गर्छ, प्रतिरोध गर्छ; अविवेकी हुङ्कार गर्छ । गर्भमा ध्वंसकर अग्नि चेतना भिर्ने उसको चाला आज विपथगामीको यात्रा जस्तो भएको छ । यहाा पनि त्यहाा पनि उत्तेजनाले अर्थात् अग्निले अति ध्वंस गरिरहेको छ । यो अवाञ्छित भइरहेको छ । अग्निमा अन्तर्निहित प्रकाशचेतनाको सट्टा यो अविवेक र ध्वंसनको अग्निमा रूपान्तरित छ । समय, आगो र वर्तमानमा उनी बोलेकी छन् :

मान्छेका यी कोलाहलमय भीडहरूमा
भरभराउादो भई सल्किरहेको दावानल लिई
मन–मस्तिष्कमा सल्केको आगोले
घरघरलाई नै सखाप पार्न लागिरहेछ

(समय, आगो र वर्तमान)
यही दावानलले हाम्रो समाजमा आतङक ओसारिरहेछ, यसले बारम्बार ‘निख्लाम’ त्रासदी भर्दैछ, ध्वंसात्मक विचारले जुलुस चलाउादा आतङ्क उम्लेर उठेको छ, यहाा पीडा–उत्सब उम्लिरहेछ । निमुखा र निर्दाेषहरू यसरी शरणार्थी हुादाछन् । यस्तै वितण्डाको कथा र अग्नि नृत्य अनि निमुखाको नाशको काथ छ अग्निपर्वमा । यसरी शितलतारहीत, विवेकरहीत जगत्को भौतिक यात्राको आवेग र अन्धगति नै एक प्रकारले अग्निको प्रतीक हो ।

वीणाका कवितामा अग्निबिम्बले प्रकट गर्ने थिममा पनि विविधता र कन्ट्रास्ट छ । समयमाथि कति भयावह दावानल नाचेको छ भन्ने एउटा दृश्य छ, समाज कसरी दु:खी वञ्चित र निमुखाहरूले भरिएको छ भन्ने अर्काे दृश्य दावानल झौ शव्दको दुरुपयोगले, त्यहाा आडम्बर र क्रोध भरेर, घृणा र द्वेष भरेर समय सारथिमा झौ कसरी यो उत्पात मच्चाइरहेछ भन्ने कुरा तेस्रो । यस्ता स्थितिचित्र सडकहरू, आागनहरू, टेलिभिजनको पर्दाहरूमा व्याप्त छन् । यो कोलाहल उत्पन्न गर्न  शब्दले नभ्याउादा र मोडर्न मिडिया पनि थपिएकै छन् । यो वर्तमानको एक यथार्थता हो । भय उत्पादन र प्रत्युत्पादनका भौतिक रूपहरू जब मानसिकमा परिणत हुन्छन् तब ती बहुगुणा भएका छन् । वीणाले यस्तो यथार्थताको एक पाटो शव्द/निशव्द  जस्ता कवितामा प्रस्तुत गरेकी छन् ।

शव्दले सत्यप्रेम बोक्नु पर्ने, तर यो ता प्रतिदिन निम्छरो हुादै गएको छ कारण प्रविधिले शव्दभन्दा भयप्रद अरू कुराको आविष्कार गरिसकेको छ । शब्दहरूमा प्रेम नअडिने हो कि ? मलाई पनि निरन्तर डर छ ।
यस्तो जगत्चित्र उत्पादकहरूमध्ये राजनीति गर्नेहरू अग्रपङ्क्तिमा छन् । ती ज्यादा षठतामा विश्वास गर्दछन्— उनका कति कविताले पनि त्यो देखाएको छ । यो अक्षरमालामा तीनवटा कविता छन् ।
अर्काे मनिस्थितिका वीणाका कवितामा प्रकृति अनि परिवेश आउाछ । अतीतसम्म पुग्ने गरी त्यहाा मन वारपार गरिरहेको हुन्छ । जस्तो कि प्रियताको परिधिभित्र मेरो गाउा । अनेक विदुपता उत्पन्न गर्ने दावानल कुधाउने शहरमा त्यो गाउाको जस्तो अप्रदूषित शान्ति छैन । शहर केवल गति, बेग र आकाङ्क्षाहरू उचालिएर रेसमा कुध्ने मैदान हो । यो कविताले पाठकलाई एक निर्दोष बालकझौ सङ्लो गाउामा पुर्‍याउाछ । आज शहरको अन्योलताले जीवन उकुशमुकुश भएको बेला कविलाई त्यो प्रकृति काखको सम्झना हुन्छ :

आधुनिकताको साविक रोग नलागोस् भनेर
शुभकामनाका हरफहरू पठाइरहन्छु म
उसले पनि नसोधेको त होइन । कवै
नाममै मात्र बााचेको छ कि मेरो गाउा
या त सम्झनामै मात्र बााचेकी छु म
मीठो रहर छ यद्यपि यो मनमा
र गाउाका रमाइला सपना बोकेर भोलिको उज्यालोमा
शान्ति नै शान्तिको सन्देश छर्ने अभीष्ट छ
द्रुतगामी जीवन जिउन अभ्यस्त यी शहरहरूमा ।

(प्रियताको परिधिभित्र मेरो गाउा)

प्रकृतिमा अतुलनीय सौन्दर्य छ, स्वाभाविकता र सम्मोहन छ । तर फेरि किन यो कृत्रिमताले हाम्रो मनलाई लोभ्याइरहेको होला । किन तगाराहरूले हामीलाई यसरी निसास हुनेगरी छेकिरहेको होला ? यो विश्वका हरेक स्रष्टाको बुझाइ र भोगाई बीचको अन्तर हो । शहर र गाउाको जीवन चेतना त्यस्तै छ सर्वत्र । यी विश्वपरिस्थितिका प्रतिध्वनि हुन ।

त्यस्तै एकथरी कविता केवल मानव स्वभावका उसको अभ्यन्तरबाट निस्किरहेको अन्धकारका छायाा जस्ता विश्वउज्यालोमा लागेका दाग अथवा कहिल्यै नमेटिने छायााझौ छन् ।

मलाई अत्यधिक मनपरेका एकथरी कविता छन् ती ‘रहस्यमय’ बाट प्रभावित, प्रभुमा समर्पित अथवा कुनै अगम्य शक्तिको समीपमा उभिएर गरेका कोमल प्रार्थनाका लय जस्ता छन् । जस्तै ईश्वरत्व । यो रचना ध्यानावस्थाको संगीत जस्तो सर्वव्यापिताको अनुभूति र विलयन जस्तो छ । यस कविताले हृदयलाई सन्देश दिन्छ । यी जगती क्षणिकता भन्दा माथि, तात्कालिकता र अनेकरङ्गिता भन्दा माथि र परको एक अगम्यता छ । त्यसको अनुभूति गर्ने प्रयत्नमा नै सारा हृदय कल्मशरहीत औ निर्विकार बन्ला जस्तो कत्रो गहिराइ । यस लघु कविताले पूर्वीय दर्शनको मर्मश्पर्श गर्दै शायद आत्माको एवम् ईश्वरत्वको व्याख्या गर्दछ । यो व्याख्यातीत अनुभूतिको एक क्षण हो । यस्तो पौरस्त्य चेतना देखेर पश्चिम नतमस्तक छ, वशीभूत छ । यस्तो रचनाको स्रष्टाले बुझेको अगोचर स्थिति र गति यसको संचालन र यसमाथिको विश्वास हाम्रो पूर्वको सम्पदा हो ।

हे सर्वेश !
निराकार र व्यापक आकाशजस्तै
अदृश्यमा बोधगम्य हुनु नै के तिम्रो ईश्वरत्व ?
नछोइने तर सामीप्यको आभासभित्र
आत्मानुभूति तिम्रो ठोस विद्यमानता
त्यही तिम्रो ईश्वरत्व !
त्यही तिम्रो शाश्वतता !!

(ईश्वरत्व)



स्रष्टाको चित्त यो जगती मैलोभन्दा टाढा प्रभु निवास वरिपरि, भक्ति र ज्ञान मार्गका निकट पुगेको पनि आभास हुन्छ । त्यसघरी प्रभु निवासको परिवेश र वर्णन पनि सुन्दर लाग्छ— स्वानुभूतिमा । यस कवितामा दुइवटा चेतना वा व्यवहार सन्निकट छन्— भक्तिमार्गका अनुयायी एकथरी; मानव सेवा नै माधव सेवामा विश्वास गर्नेहरू । यो पनि पूर्वीय दर्शन निर्देशित एक उज्यालो पथ हो ।

यो मालाको अर्काे पुष्प छ तिम्रा आभासहरू । यो अत्यन्तै सुन्दर कविताको द्वयर्थकता नै विशेष कला हो । यो संवोधित पात्र प्रभू, कर्ता, स्रष्टा, देव, प्रेमी वा पति कुनै आराध्य होला पढ्दा लाग्छ एक रहस्यमयता । त्यो प्रतीक्षा गर्न पनि कविकै शव्दमा कति ‘लोभनीय’ छ, फेरि त्यो रहस्योद्घाटन हुादा कत्रो विनयशीलता प्रकट हुन्छ ! आफ्नै हृदयान्तरमा जो छ नित्य बास गरिरहेको त्यसैको खोजी कस्तो होला । एक उच्च कलाले युक्त मिस्टिक कविता जसले मलाई कसरी अझै छोइरहेको छ । मैले एक उद्घृतांश यहाा राख्ने लोभ गरेको छु यसरी :

तर तिमी त
हावाजस्तै सर्वव्यापी रहेछौ
केवल मनका आाखाले देखिने
र जब मैले आफ्नो मन छामिहेरो
मनका सङ्घारमै उभेर
तिमी साउतीको स्वरमा भनिरहेथ्यौ—
सुन्यौ ? म ता तिमीभित्रै थिएा नि !

(तिम्रा आभासहरू)

अन्तिमको मिस्टिक पोएम छ, स्पर्श । यो मालाका कविताले रचनाकारभित्र अर्काे चेतना र प्रकाश अथवा र प्रकाशको खोजी तीर्खा देखाउाछन् ।

यस्तै तर पार्थिव प्रयत्नले, अक्षरप्रतिको निष्ठाले, अक्षरकै उज्यालोले जगत्लाई झलमल पार्न चाहने स्रष्टा छन् झमक घिमिरे । उनैमा समर्पित छ एक अनुपम समर्पण रचना जीवनारोही ।  नेपाली साहित्यमा विशिष्ट स्थान प्राप्त गर्ने झमकको अदम्य, साहस, धैर्य र मानवतावादको गुणगानले हामी सबैलाई उत्प्रेरित गर्दछ । वीणा ग्राम्य निर्दाेषिता र शहरको जीवनरहीतता बीच पनि उभिएकी छन् । उताको निर्मलता र यताको कोलाहलबीच एक विभाजक रेखा अतीत र वर्तमान कोरिएझौ छ । त्यही आधारमा एकातिर वाल्यपन सम्झेर अर्कातिर वर्तमानको शुष्कताको तुलना गर्दै लेखिएका कविता छन् । वङ्गाली कवि जया मित्रालाई सम्वोधन गरेको शैशवका रमाइला दिनहरू कवितामा अत्यन्तै स्वच्छ, निर्दाेषिताले युक्त अतीतको पृष्ठभूमिमा छ एक रुग्ण वर्तमान जहाा सबै सम्वेदनाको अवसान भइसकेको छ । सहरमा लुकेका हामी सबैलाई त्यस्तो क्षयबोध हुन्छ ।

यतिखेर सबै यन्त्रोन्मुख छन्, यन्त्रवत र सम्वेदनहीनता छ सर्वत्र । ती परचालित छन् ज्यादा । यसको कारण हो प्रविधिको आक्रमण र ग्लोबल समरूपिता । बाल्यकालको अर्थ अब बीणाका समवयीको लागि, (मेरो लागि पनि) गाउा र स्वच्छता समानार्थी लाग्दछन् । आज विश्वपरिस्थिति नै भिन्न छ । हामी झस्किन्छौा तर अर्काे पुस्ता कम्प्युटरमै नदी र छाागा हेरिरहेको छ, स्क्रिनमै वन्यताको दर्शन गर्छ, प्रकृतिको, शहरको, विश्वको वा मङ्गल ग्रहको पनि ।

मानो तथागत अद्र्धमुदित नयन लिएर
वरको रूखमुनि समाधिमा लीन भई बसेका छन्
उनीहरूका आाखा अचेल रसाउादैनन्
किनकि तिम्रो संवेदनाले तिनलाई छुनै सक्तैन
त्यसो त टीभी र कम्प्युटरमा संवेदना नै कहाा हुन्छ र !
जहाा आासुको अविरल वर्षा होस्
जहाा मनले सुख–दुखको परिभाषा बुझ्न सकोस्
उनीहरूसाग न ता घाउ छन् न ता मल्हम नै

(शैशवका रमाइला दिनहरू)

यसरी साइवर संस्कृतिले विश्वलाई विस्तारै पक्रिादैछ, अनकन्टारका ठाउाहरू पनि बााकी छैनन् । नयाा समय भर्चुअल रियालिटी अर्थात् परोक्ष सत्यतापट्टि लिप्त छ, त्यसैमा उसको विश्वास छ । जबकि हामी आदिम कालदेखि ज्ञानेन्द्रियले बुझ्ने गरेका आदिम र प्रत्यक्ष सत्यमा बानी परेका छौा तर अबको पुस्ताले त्यो निर्मल अतीत देख्तैन र पुस्तान्तर खाडल झन्झन् फराक कुनै सााघुले जोड्न नसक्ने भएको छ । हाम्रा बुझाइहरू फरक छन् । मान्यताहरू भिन्न छन् किनभने विश्व भिन्न हुादैछ ।

यस्तो पक्षलाई यस्ता आआफ्ना भ्रमचेतनालाई कवितामा वीणाले प्रस्तुत गरेकी छन्— जस्तै कि शैशवका रमाइला दिनहरूमा । यस्तो परिवर्तनले गर्दा पुस्तान्तर बढेको छ र नयाा पुस्ताका आनन्दहरू हाम्रा भयमा/सन्देहमा परिणत भएजस्ता छन् । जस्तो कि शहर पसेको छोरोमा अभिव्यक्त छ । कसरी लोप भएको छ, यो साइबर संस्कृतिको प्रवेशले र आगमनले ल्याएको अन्तर हो । हामीलाई आआफ्ना संसार प्रिय छन् त्यसैले वीणालाई यस्तो लाग्छ :

अचेल गाउा–गाउामा पनि
इन्टरनेटको भाइरस पसेको छ
मोबाइल बोक्ने छोरीहरू सन्देश पठाउाछन्
होटल, बार र क्याफेबाट
राति अबेर घर पस्ने चिसा सन्त्रासहरू
गाउामा पनि ‘फास्ट लाइफ ’ शुरु भइसेकेको छ
अचेल फुर्सद छैन कसैलाई
कसैको दुखेसो सुनिदिन र पीडानुभूतिमा सहभागी बन्न
मनका चिसेनीहरूमा न्यानो घाम बनेर झुल्किदिन
ऊ वाहियात ठान्छ
शहर पसेको मेरो कलिलो छोरो
अब ता गाउाको पुकार सुनेर पनि
बाहिरो बनेको अभिनय गर्नमा खप्पिस भइसकेको छ ।

(शहर पसेको छोरो)

यसरी साइवर जगत्तिर हाम्रो प्रवेश भएको थाहा पाउनु पनि समय सचेतता हो । मैले भनो— यसले हाम्रा मूल्यमा अकल्पनीय फरकहरू ल्याएको छ । उनलाई गाउा नै बदलिएको पनि बोध भएको छ । उनी शहरी जीवनको परिभाषा गर्दछिन्— यी शहरहरू द्रुतगामी जीवन जिउन अभ्यस्त भइसकेका छन् । सााच्चै, हाइटेक प्रविधिले हो यो हाइटेक जीवन ओसारेको ।

यस्तो साइबर संस्कृतिको व्यापकताले गर्दा जीवन गतिमा हाइटेक पसेको छ । हजारौा वर्षदेखिका मूल्यहरूले परिवर्तित भएर पनि अर्कै गति लिन थालेका छन् । त्यसैले कविले कल्पना गरेकी छन्— हाम्रा आद्यखेलका नायक नायिकाहरू मिथकीय पौराणिक विश्वका पात्रहरू समेत अनुकूलित भएका छन्— भोलि ती आउटडेटेड हुनेछन् नत्र कसरी द्रोणहरू अभिमन्युहरू आजका अर्कै हुन्छन् (आजका अभिमन्युहरू) । रोलाा बार्टले भनेका छन्— हे मानव तिमी यन्त्रसागै चल्न सकेनौ भने ठान्नू तिम्रो अवसान भयो । ती पुराना, पछि परेका द्रोणहरू हामी नै हाौ दिदी, जो युगको सुपरसोनिक गति देखेर भयभीत हुन्छौा, विस्मित र विह्वल हुन्छौा ।

तर हाम्रो जीवनको लय नवीकृत गर्ने हो भने यी विष्मयकारी गतिमा वदलिएका मूल्यसाग पनि सहयोजन गर्न जान्नु पर्छ, कति विविधतापूर्ण भएको छ यो जीवन । हेर्नु नि आज एउटा ससानो कोठामा एक विशाल विश्वविद्यालय चल्छ त्यसैले आजको चक्रव्यूह तोड्ने यन्त्र पनि अर्कै हुनु स्वाभाविक छ । हामी यसैमा रमाउन सिक्नु पनि पर्छ ।

अग्निपर्व माथि आज यति नै लेखो । दिदीले दुइवटा कविता कृतिमा आफ्नो सिर्जना शक्ति प्रस्तुत गरेकी छन् । प्रस्तुत कृति अझ परिस्कृत र पठनीय सुन्दर कविताको श्रेणीमा प्रतिष्ठापित छ ।

 अघि मैले विद्यवारिधिको निमित्त भारतीय कविहरू खोज्दै दार्जेलिङ पुगेको थिएा । त्यहाा एक जना पनि नारी स्रष्टा जुरेनन् । दार्जीलिङ, सिक्किम, आसामसम्मका पन्धै्र जना पुरुष रोज्नु परेको थियो । दुई दशक वित्नै लागे स्वतन्त्रतोत्तर नेपाली कविता जस्तो एक प्रतिनिधिमूलक सङ्ग्रह चाल्दा सत्तरी जना स्रष्टामा बल्ल आठ नारी पुगेछन्, तिनैमध्येकी एक वीणा दिदी । आज उनै वीणालाई पढ्न पाउादा मलाई अत्यन्तै खुसी लागेको छ । किनकि मैले दार्जीलिङकी एक प्रतिनिधि स्रष्टाका ताजा सिर्जना पढ्ने सौभाग्य पाएा ।

अझ मैले अघि भिन्न ‘रङ’ को कुरा पनि गरेको थिएा— लोभनीय, निख्लम, अटब्वे, दर्पालु, विखेत, निमुखा, स्याही जस्ता शव्द सुन्दा अर्काे कुनै एउटा पुरानो गाउा पसेझौ लाग्छ । कतिपय वाक्यांशमा पनि इडिओमेटिक अभिव्यक्तिको भिन्नता र बेग्लै सुवास छ । जीवनलाई हेर्ने दृष्टिकोण, त्यहााका समस्यासागका जुधाइ र परिवेशले दिएअनुसार अलिकति भिन्न छ । सामाजिक राष्ट्रिय जीवनमा भिन्नता भएपनि हृदयमा, सम्वेदनाको तहमा, संस्कृति धडकनमा उही छ त्यहाा केवल अभिन्नता छ ।

अघि सिक्किम जाादा अम्बर गुरुङको यो नेपाली शिर उचाली..... गाएका थिए; यसपालि बेलायतको बेजिङस्टोकमा आयोजित एक विशाल कार्यक्रममा पनि त्यही गीत गाए । एउटा साझा, हार्दिक अविभाज्य र अकाट्य नेपालीत्व छ हाम्रो हृदयमा । भूगोलमा अनेक होलान्, हृदयमा र रक्तसंचारमा एक छ । भाषामा एक छ । त्यसैकारणले त्यति टाढादेखि गएको वर्ष हिउाद लाग्ने याममा दिदी माइत आएकी थिइन् । उनका आाखामा प्रेम र हर्षका फूल थिए । अर्काे पल्ट आरु फुल्ने याममा आउनू है भनेको थिएा; दिदीलाई आज यिनै शव्दपुष्प चढाएको छु । अरू के दिन सक्ला र यो माइतीले...।

सबैलाई यतातिर सुनाउने छु, डााडापारी फुल्ने नयाा पुष्पको सुवास लिने भए बीणा दिदीको अग्निपर्वबाट लिनू यसले त्यहााको समकालीन कविता चेतना र वृत्तिको, नारी सिर्जनाका ढपको सानो तर सुन्दर नमूना दिनेछ ।
त्यसो त मलाई उताकी लक्खीदेवी, विन्ध्या सुब्बा, सुधा एम राई, बीणाश्री खरेल जस्ता नारी स्रष्टा पढ्ने अवसर प्राप्त भएको छ, अनि विशेष गरी रेमिका थापाको सिर्जना कला र निखार चेतनाले मलाई पनि अधिक छोएको छ । तिनै हारमा एक परिष्कृत भाषा प्रयोक्ता बीणाका कविताले मलाई हृदयमा त्यतिकै गहिरो प्रभाव परेको छ ।

सङ्ग्रहले थिम्याटिक भेराइटि ल्याएकोले वीणा कविको प्रधान मार्ग कुन हो पाठकले भन्न नसक्ला । तर प्रेम, भक्ति, रहस्यपथका कवितामा उनको शान्त स्वरूप र स्थिर चित्त देखिन्छ । मलाई त्यही ज्यादा मन पर्छ ।
यो शान्त स्थिर भई बग्ने, सङ्लो खोला जस्तो उनको भाषा औपचारिक शैलीको प्रयोग विशिष्ट र अनुकरणाीय लाग्दछ । मलाई विश्वास छ, भाषामाथि राम्रो क्षमता र अधिकार बनाइसकेपछि मात्र सिर्जना गर्नुपर्दछ अथवा प्रत्येक सर्जकले त्यो प्राप्तिको निम्ति साधना गर्नु पर्दछ । विद्यावारिधि पुगेकी वीणामा त्यसको प्राचुर्यले सौन्दर्य र ओज ल्याएको छ । अझ काव्योचित भाषा चाहिा गम्भीर, तत्सममा प्रचलित शब्दको प्रयोगयुक्त, औपचारिक र ओजयुक्त हुनुपर्दछ । सामथ्र्य बेगरका हल्का शव्दले सारा सुन्दरता नष्ट गरिदिन्छ । त्यसरी नै गम्भीर औ शान्त मुद्रामा झौ रचित यी कविता मेरो हृदयमा त्यसैकारण सधौ बजिरहने छन्, बजिरहने छन् ।

टयाङ्लाफााट, कीर्तिपुर

No comments:

Post a Comment