साहित्य अकादेमीको निमन्त्रणामा हामी दिल्ली जाने भयौा । दशौ लाग्नेबेला असौजको अन्तिम हप्ताको लागि त्यहाा भारत–नेपाल लेखक सम्मिलनको तिथि तय भएको थियो । यो कुनै औपचारिक प्रकृतिको सम्मेलन वा गोष्ठी मात्र नभएर सहृदयतापूर्ण ‘सम्मिलन’कै परम्परा हो । यता नेपाल प्रज्ञा–प्रतिष्ठानको तर्फबाट कुलपति श्री बैरागी कााइलाको नेतृत्वमा हाम्रो दश सदस्यीय प्राज्ञ–दल तत्पर भयो । यो विशेष गरी पारस्परिक सद्भाव र आदानप्रदानलाई नयाा गति दिने उद्देश्यले आरम्भ गरिएको कार्यक्रमको निरन्तरता थियो । निरन्तरता किनभने नेपाल प्रज्ञा–प्रतिष्ठानको अग्रसरतामा सार्क मुलुकसित साहित्यिक प्राज्ञिक सम्पर्क अभिवृद्धि गर्ने उद्देश्यले एउटा प्रस्तावना–पत्र तयार गरी अघि बढाएका थियौा । त्यसैको कार्याण्वयनस्वरूप द्वैदेशीय आदानप्रदान आरम्भ भएको थियो । गत वर्ष नै चीन र भारतका प्रज्ञा–प्रतिष्ठानबीच यी सम्झौतामा हस्ताक्षर भएका थिए । यसमा नेपाल प्रज्ञा–प्रतिष्ठानका वर्तमान कुलपति र उपकुलपतिले दूरगामी महत्वको पाइला बढाएको कुरा इतिहासले सम्झिरहनेछ भन्ने विश्वास गर्दछु ।
यस ‘सम्मिलन’को प्रमुख कार्यक्रम ता एकदिन मात्र थियो तर हाम्रो यात्रामा अन्य स्थानको दर्शन र भ्रमणका ‘आइटिनरेरी’ थिए । पहिलो दिन हामी यहाादेखि दिल्लीसम्म उडेर विश्राम गर्यौा । भोलिपल्ट अक्षरधाम र निकटवर्ती दृश्य दर्शनको यात्रा थियो । पर्सिपल्ट गुलाबी शहर (पिंक सिटी) जयपुरको भ्रमण र अवलोकन गरी त्यहीा रात बितायौा । तेस्रो दिन आगराको ताजमहल र परिवेशको भ्रमण गर्दै राति दिल्ली फर्कियौा । हाम्रा यात्राको व्यवस्थापन अकादेमीले नै गरेको थियो ।
मध्य दिल्लीको जनपथ होटलमा आनन्दले बास बसेका थियौा । कार्यक्रमको बिहान हामी निकटवर्ती रवीन्द्र भवनस्थित साहित्य अकादेमी पुग्यौा । त्यस्तो कुनै चहलपहल भिड थिएन । त्यहाा यस्ता ‘सम्मिलन’ भइरहादा हुन् । चियापानसाथ एकैछिनको चिनापर्ची मिलनपश्चात् नै हलतिर आमन्त्रित भयौा । एकसयजना जतिको लागि बनिएको हल आकर्षक र शान्त थियो । हलको लम्बाइभरिका लाम्चे राउण्ड टेबलहरू, प्रत्येक टेबल स्पिकर–जडित र पछिल्तिर काला घुम्ने मेच थिए । बिना औपचारिकता हामी बस्यौा ।
कार्यक्रम तीन सत्रमा विभाजित थियो । पहिलो उद्घाटन विशेष थियो । यसमा अकादेमीका प्रभारी सचिव के. श्रीनिवास रावले स्वागत गरे । वक्ता, स्रोता, पत्राकार, अतिथि सहभागी गोलाकारमा घुमेर बस्यौा । कुनै विशेष आसन थिएनन्, हाम्रा जस्ता आसन ग्रहण पनि भएनन् । पानसमा बत्ती नबाली, फूलमाला र खादा अर्पण नगरी दश मिनेटको स्वागत मन्तव्य र ‘हाइलाइट्स्’ पछि कार्यक्रम शुरु भयो । उद्घाटनको अन्त्यतिर दुवै देशका प्रमुखहरू बीच केही पुष्पगुच्छा आदानप्रदान भए, आआफ्ना संस्थाका नयाा कृति जर्नल प्रकाशन उपहार गर्यौा । उताका विशिष्ट स्रष्टाहरू नेपाली टोपी वा मफ्लरमा बसे ।
साहित्य अकादेमीका अध्यक्ष श्री सुनील गंगोपाध्याय प्रतिकूल स्वास्थ्यका कारण अनुपस्थित भएपछि उपाध्यक्ष विश्वनाथ प्रसाद तिवारीले अध्यक्षीय मन्तव्य प्रस्तुत गरे । (दशैंकै छेउमा उनको निधनको दु:खद खबर पनि सुन्नु पर्यो ।) हिन्दी साहित्यका विशिष्ट कवि लेखक प्राध्यापक तिवारी गोरखपुरबासी भएकाले कतिपल्ट नेपालको भ्रमणमा आएका नेपाली साहित्यका अनेक पक्ष र व्यक्तिबारे अभिरुचि एवम् जानकारी भएका रहेछन । उनको विद्वत्तापूर्ण सम्बोधनभित्र यस क्षेत्रका साझा चुनौति र प्राप्तिका सम्भावनातर्फ लक्षित थियो । नेपाली दूतावासका तर्फबाट तीर्थराज वाग्लेको उपस्थिति थियो भने हाम्रा कुलपति वैरागी काइालालाई विशिष्ट अतिथिको आशन प्रदान गरियो ।
हाम्रा कुलपतिले प्रस्तुत गरेको द रोल अव् लिट्रेचर एण्ड कल्चर इन स्ट्रेन्देनिङ इन्डो–नेपाल रिलेशन्ज (भारत–नेपालको सम्बन्ध सुदृढतामा साहित्य र संस्कृतिको भूमिका) शीर्षक, लामो लिखित सम्बोधनको सार थियो— नेपाल भारतलाई जोड्ने ऐतिहासिक पक्ष, खासगरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक समता सहिष्णुता सहकार्यलाई भाषा साहित्य र आदान प्रदानले सशक्त बनाउन । हाम्रो वर्तमान परिस्थिति नितान्तरूपले परिवर्तित छ र यस्ता योजक, सम्मिलनको आवश्यकता बढ्दै गएको छ । कवि केदारनाथ सिंहप्रति हाम्रो कत्रो श्रद्धा र आदर रहेछ भन्ने कुरा बैरागी काइालाका यी शब्दमा प्रकट थियो प्रशिद्ध हिन्दी कवि श्री केदारनाथ सिंहको उपस्थितिले हामी सारालाई सम्मानित तुल्याएको छ । आधाशताब्दी पहिलेको नेपाली कविहरूको एक पुस्ताले उहााको नवीन सिर्जना चेतनबाट प्रेरणा लिने गथ्र्याे । म पनि त्यस्ता युवामध्ये एक थिएा । म ती दिनको स्मरण गर्दै आज उहााको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गर्दछु । अन्त्यमा ‘अकादेमीका महत्तर सदस्य’ केदारनाथसिंहको सद्भावना सन्देशयुक्त गम्भीर संभाषण थियो । यो एउटा सुखद संजोग थियो — आधुनिक नेपाली कवितालाई एक नयाा दिशाबोध दिने हाम्रा प्रयोगवादी अग्रणी बैरागी काइालाका समकक्षी श्री केदारनाथ सिंहले प्रत्युत्तर भाषण औ सत्र समापन गरे । ‘आधुनिक कवितामा बिम्ब’ शीर्षकमा विद्यावारिधि गर्नुहुने केदारनाथ सिंहले आफ्नो सम्पूर्ण स्रष्टा–जीवन कविता सिर्जनामा अर्पित गरे । हिन्दी कविताको नवीकरण, आधुनिकीकरण, नवीन प्रयोग र शिल्प चिन्तनमा बिताए । हाम्रो आयामेली चिन्तनको प्रस्ताव आउनुभन्दा बीस वर्ष पहिले सात जना भारतीय कविले (१९४३) मा तार सप्तकको परिवर्तनकारी काव्य चिन्तन प्रस्तावना ल्याएका थिए । यो एक क्रान्तिकारी कदम थियो । तारसप्तक आन्दोलनका सात प्रयोगवादी कविमा मुक्तिबोध, रामविलाश शर्मा, नेमिचन्द्र जैन, भारतभूषण अग्रवाल, गिरिजाकुमार माथुर, प्रभाकर माचवे र अज्ञेय थिए । उनीहरूको सिद्धान्त थियो: अबका सबै कवि यस्ता हुनेछन् जसले कवितालाई प्रयोगको विषय मान्नेछन् । जसले काव्यको सत्य पत्ता लागेको दावी गर्ने छैनन् । अनि आफूलाई केवल अण्वेषी मान्नेछन् । उनीहरूले हिन्दीमा प्रयोगवादी कविताको स्थापना गरे ।
अर्काे दशकमा दुसरा सप्तक (१९५१) आरम्भ भयो; यसले ‘नयी कविता’ को आन्दोलन चलायो । तार सप्तकका सातजनामा धूरी अज्ञेय थिए भने दुसरा सप्तकका धूरीमा धर्मवीर भारती र अर्काे दशकको तीसरा सप्तक (१९५९) का सातजनामध्ये एक थिए यिनै केदारनाथ सिंह । तीसरा सप्तकले आधुनिक संवेदनाको विस्तार एवम् निखारको ऐतिहासिक साक्ष्य प्रस्तुत गर्दछ । यही तिसरा सप्तकका सात अभियन्तामध्ये काव्यका अभिनव प्रयोक्ता एवम् नयाा कविताका सूत्रपातकर्ताहरूमा एक केदारनाथ साहित्य अकादेमी पुरस्कारद्वारा सम्मानित व्यक्तित्व पनि हुन् । अठहत्तर वर्षीय तर स्वस्थ्य तन्दुरुस्त कविको संभाषण अनेक स्मृति–मालाले बनेको थियो । उनले हाम्रा वीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथित, भवानी भिक्षु जस्ता स्रष्टाको नाम लिए । उसबेला वनारस, दार्जीलिङ जस्ता केन्द्रका सिर्जना अभियानका धेरै कुरा सुनाए— एक दिन महाकविको सम्मानमा विज्ञान भवनमा आयोजित कवि भेलामा उनीसमेत उपस्थित भएको एक अमर क्षणको स्मृति ताजै सुनाए । त्यसबेला अज्ञेय, राहुल अरू कैयौा विशिष्ट विद्वान्को उपस्थिति थियो । हामीलाई कत्रो गौरव लाग्यो भनिसाध्य छैन । हामी उनै महाकविको छायाामा सुरक्षित उभिएका छौा जस्तो भयो । हामी पनि केदारनाथका एक समकक्षी आधुनिक नेपाली कविताका ‘लिभिङ लिजेन्ड’ बैरागी काइालाको नेतृत्वमा त्यहाा पुगेको थियौा नत्र हाम्रो उपस्थितिको महत्त्व क्षीण हुन्थ्यो होला । त्यहाा डा. योगेन्द्रनाथ शर्मा र गंगााप्रसाद विमल जस्ता विशिष्ट स्रष्टा पनि थिए । हिन्दी साहित्यको सठोत्तरी कविता कालमा ‘अकविता आन्दोलन’ का अग्रणीमध्ये एक विमल थिए । त्यो समूहले ‘अकहानी’को पनि आन्दोलन चलाएका थिए ।
त्यसपछि एक घण्टा लञ्चको लागि छुट्टियौा । अर्काे हलको कोरिडारमा सामान्य इण्अिन क्विजिनले हाम्रो प्रतीक्षा गरिरहको थियो ।
दोस्रो सत्र भारतीय–नेपाली स्रष्टा डा. जीवन नाम्दुङको अध्यक्षतामा बस्यो । यस सत्रमा भारत–नेपालका स्रष्टाले रचना वाचन गरे । तिनीहरू क्रमश: गंगाप्रसाद विमल, योगेन्द्रनाथ शर्मा ‘अरुण’, गणेश गुंजन, रवीन्द्र श्रीवास्तव (भारत) र संजीता वर्मा, ललिजन रावल, गायत्री विष्ट (नेपाल) थिए । तोकिएको भाषा हिन्दी वा अङ्ग्रेजी थियो, कति रचनाको हिन्दी अनुवादमा संजीता बर्माको सहयोग थियो । नेपालीमा समेत वाचन गरिए । सत्रको समापन डा. नाम्दुङले गरे । यसैबेला उनले हामी कसरी र किन भारतीय नेपाली हौा; कसरी हाम्रो देश भिन्न हो भन्ने लामो व्याख्या गरे । यसै क्रममा उनले भारतमा नेपाली भाषाको मान्यता स्थापित गराउन स्वीकृतिको लागि गरेको लडाईं र सङ्घर्षको इतिहास अलिकति सुनाए । यसो भएर पनि उही भाषा साहित्यको अस्तित्व स्थापनाको लागि यसको सुदृढताको निमित्ता लागिपरेका छौा भनी उनले अकादेमीभित्र अन्य भाषा सरह नेपालीको स्थानको सुरक्षार्थ निरन्तर प्रयत्न गरिरहेको जानकारी दिए । हामीलाई अवगत भयो— अकादेमीको पुस्तकालयभित्र नेपाली पुस्तकहरूको समेत संग्रहण कक्ष छ । आसामी, वंगाली, बोडो, डोगरी, इङ्लिश, जुजराती, हिन्दी, कन्नड, काश्मिरी, कोंकणी, मैथिली, मलायालम, मनिपुरी, मराठी, उडिया, पंजावी, राजस्थानी, सन्ताली, सिन्धी, तामिल, तेलुगु र उर्दू गरी २२ भाषामा २०११ को लागि अनुवाद कार्यमा दिइने पुरस्कारको घोषणा भइसकेको थियो । नेपाली र संस्कृतको लागि मात्र पुरस्कारको घोषणा हुन बााकी थियो । यो बहुभाषिक पुस्तकालयमा बहुभाषिक स्रष्टा र अनुवादकले आफ्नो स्वामित्वको अनुभव गर्ने ठाउामा अरू अनेक साहित्यकार श्रष्टा पनि भेटयौा । त्यहाा मैथिली र भोजपुरी मूलका कवि पनि थिए तर गत वर्ष नेपाल एकेडेमीद्वारा आयोजित यसप्रकारको प्रथम नेपाल–भारत ‘सम्मिलन’ मा नेपाल–भारतका सीमाक्षेत्रका संस्पर्शी (कन्टिगुअस) भाषा र तिनको चर्चाबारे प्रस्तुति भएका थिए । सो अवसरमा भोजपुरी, अवधी, थारू, लिम्बू जस्ता भाषामा पनि विमर्श भएका थिए । यसपालि उता हिाड्ने बेलामा हाम्रा अवधी स्रष्टा लोकनाथ बर्माले नेपालगंजबाट फोन गरेका थिए— मेरो अवधी व्याकरण प्रकाशित भयो । उता दिल्लीमा देखियो यी चारवटै ‘संस्पर्शी’ भाषा उठ्न उठाउन निकै बााकी रहेछ । त्यहााको अनुवाद पुरस्कार स्थापनाले हामी प्रभावित भयौा । अनेक भाषाका कृति हिन्दी–अङ्ग्रेजीमा प्रकाशित गर्ने अनुवाद जर्नल पनि निरन्तर छ । हाम्रो रूपान्तरणको स्वरूप त्यस्तै हुनुपर्छ । नेपालमा अनुवादमा नयाा सक्रियताको आरम्भ भएको छ तर यसको निमित्त एक स्तरयि पुरस्कारको स्थापना नगरी हामी वाङमय विकासमा अघि बढ्न सक्तैनौा होला । अनुवादले सबै भाषालाई उठ्न सहयोग पुर्याउाछ तर यो हाम्रोमा उपेक्षित छ ।
त्यसपछि कवि वैरागी काइालाको वागमती लहरें उठकर बरसो कविताबाट अन्तिम सत्र आरम्भ भयो । अब मेरो पालो थियो कत्राकत्रा भारतीय साहित्यका ‘टावरिङ पर्शनालिटी’ समक्ष उभिनु पर्ला, के कसो होला भनी म निकै डराएको पनि थिएा । किनभने यो सत्र विचार विमर्शको समसामयिक सिर्जना र प्रवृत्तिमाथि समीक्षा चिन्तनको थियो । त्यतिमात्र नभै मलाई सत्राध्यक्ष तोकिएको थियो । त्यसो त अघि पनि साहित्य अकादेमी संलग्न भएको भारत–नेपाल लेखक सम्मिलन देहरादूनमा, त्यसपछि सिआइएल संलग्न नेहू, सिलाङमा पनि यस्तो अभिभारा पाएको हुा । तर यसपालिको यो विशेष गोष्ठीमा नेपालको प्रस्तुतिलाई कसरी उज्यालो पार्न सकिएला भन्ने चिन्ता गहिरिादै गएको थियो । त्यसो त भारत यात्राको तय हुनासाथ मैले विषयक्षेत्रको निर्णय नहुादै आफ्नो तयारी गर्न थालेको थिएा तर पछि आएर ‘सम्मिलन’का थीमको पनि सूचना प्राप्त भयो— समसामयिक साहित्यिक प्रवृत्तिमाथि चर्चा । सबै समीक्षक विचारकहरू यही विषयमा विमर्श गर्ने उद्देश्यले आएका थिए । द्वैदेशिक सम्बन्धलाई साहित्यले अझ सृदृढ पारोस भन्ने भावनाले मैले चाहिा— साहित्यले अरू सीमाना भत्काई प्रेम, अनुकम्पा र मानवताको दुर्ग निर्माण गरौा शीर्षक कार्यपत्र (अङ्ग्रेजी) मा तयार गरेको थएा । मेरो पनि रुचीको क्षेत्र हो, तथापि हाम्रा प्राज्ञहरूको पालो आयो; श्री भाउपन्थीको नेपाली साहित्यको वर्तमान झलक विषयमा एक पत्र थियो, विष्णु प्रभातको नेपालमा दर्शन र वर्तमान थियो, संजीता बर्माको अनुवाद विषयक अवधारणा, सुलोचना मानन्धरको आफ्नै विभागको विषयमा जानकारी र एक रचना । त्यसैगरी ललिजन रावलका र गायत्री विष्टका कविता थिए भने रीना तुलााधरको एउटा अनूदित कथावाचनले अनि बीएम प्रधानका समसामयिक चिन्तनले नेपाली जीवन र पुस्तान्तरको झलक प्रस्तुत गर्यो ।
भारतीय स्रष्टाहरू समसामयिक विचार, परिवेश र प्रवृत्तिका विषयमा बोल्न र सुन्न व्यग्र थिए । गंगाप्रसाद विमल र योगेन्द्रनाथ जस्ता स्रष्टाले वर्तमान सिर्जना प्रवृत्तिका प्रसंग निकाले । अहिलेको विश्वव्यापी परिवर्तनले, ग्लोबल संस्कृतिको प्रभाव र प्रहारले एकथरी लेखक पराजित ठान्दछन्, अर्काथरी सबै कुरासित जुध्नै पर्ने मान्यतामा छन् । कतिको चिन्ता मूल्य स्खलनको छ । कतिको धारणा यही यथार्थता हो, यसैमा समाहित हुनुपर्छ भन्ने छ । प्रविधिको फड्कोले ज्ञान विवेक सबै फरक भए र लेखन यसका मान्यता पनि परिवर्तित भए ।
यस्तो बहस ता रातिसम्म चल्थ्यो होला तर मेरो पत्र बााकी थियो । अनि हामी एक निष्कर्षमा पुगेर अडियौा— तेस्रो विश्वका हामी सबै, त्यसमा पनि भूगोल, इतिहास र संस्कृतिले जोडिएका नेपाल–भारतका समाज स्रष्टा, पाठक सबैको स्थिति, चिन्ता र परिवेशमा ठूलो अन्तर छैन । हामी एउटै जलवायु भोग्दै छौा ।
मैले आफ्नो कार्यपत्रामा एक महान् साझा अतीतको स्मरण गर्दै भनो— आज पनि त्यही समृद्ध सभ्यताको ज्ञानगंगाले हामी सिंचित छौा; एकै यात्रामा छौा फेरि कतै भूलेका, छुट्टिएका छरिएका जस्ता पनि भयौा । आऔा सहयात्रमा पसौा । भूगोल राजनीतिका सीमाहरूलाई साहित्य संस्कृतिले सधौ बिर्सेको छ ।
हाम्रा भगिनी भाषाबीच गहिरो आदानप्रदान थियो । नेपाली भाषाको जगत्मा कति भारतीय भाषाको योगदान छ, राजनीतिक कारणले निष्काशित भएर अथवा शिक्षालयहरूले तानेर धेरै नेपालीले भारतमा उच्च शिक्षा लिए तर भारती स्रष्टा पाठकलाई त्यस्तो दिन आएन । त्यसकारण आज पनि हामी कति भारतीय साहित्य सिधै पढ्न सक्छौा तर भारतीयहरूको निम्ति नेपाली सहज छैन । त्यसमाथि, आज अङ्ग्रेजीको आक्रमण बढ्दैछ । त्यसकारणले हाम्रो आपसी सद्भाव बढाउन केवल अनुवादलाई अघि बढाउनु पर्दछ; हाम्रा कुलपतिज्यूको मन्तव्यमा पनि यो कुरा उठिसकेको छ ।
कार्यपत्रको सार यही थियो । अन्त्यमा यस्तो सम्मिलनलाई निरन्तरता दिने प्रण गर्दै अबको नेपाल–भारत भेट अनुवाद विषयमा हुनेछ भन्ने निर्णय गरेर हामीले कार्यक्रम विसर्जन गर्यौा । बाहिर उता सूर्यास्त भइसकेको रहेछ ।
Published in Annapurna Post on Saturday, 25 Karthik 2069
सुखद अनुभव पढ्न पाउँदा ज्यादै खुसी लाग्यो । नेपालीको शिखरीय उन्नति भइरहोस् ।
ReplyDelete