About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Tuesday, August 14, 2012

जसको उचाइको मापन त्यो निष्ठा र स्वाभिमानको इतिहासले गरोस्


एउटै मूल्यको लागि नेपाली साहित्यलाई साधन र साध्य बनाई, एउटा निष्ठामा जीवन व्यतीत गर्ने स्रष्टाको नाम हो डायमनशमशेर राणा जसको निष्ठा र  मान्यता थियो नेपालमा खुला समाजको स्थापना अथवा प्रजातान्त्रिक शासनप्रणालीको स्थापना । 


उहाँले बसन्ती र सोतोबाघमा  जालझेलको नेपाल, सामन्तिहरूको नेपाल, गरिब र दुःखीहरूको नेपाल, अन्धकार र अशिक्षाले भरिएको नेपाल, खान नपाउनेहरूको देश नेपाल भनेर बारम्बार भन्नुभएको छ र एउटा शासक वर्गाको, सम्भ्रान्त परिवारको व्यक्तित्वले यस्ता शब्द प्रयोग गर्नसक्ने बेला थिएन, तर वहाँले भन्नु भएको छ— जंगबहादुरहरूले नै बेलायतबाट रक्सि ल्याएर, यहाँ मगाएर ठूलोठूलो खानपिनको तरिकाहरू सिकाउनु भयो तर डेमोक्रेसि सिकाउनु भएन र शिक्षा ल्याउनु भएन, त्यसैकारणले गर्दा राणाहरूको पनि अन्त्य भयो देशबासीको पनि विजोग भयो । उहाँले  जनतालाई के चाहिएको छ भन्दा स्वतन्त्रता र खासगरी डेमोक्रेसि र त्यसको लागि चाहिँ शिक्षादीक्षा चेतना चाहिएको छ अनि यो भ्रष्टाचार, या अत्यचार, यो शोषणा व्याप्त समाजको अन्त्य हुनु पर्छ भनेर पचास वर्षसम्म लडार्इँ गर्नु भयो । उहाँ साहित्य लेखेवापत कोर्ट मार्शल भोग्नबाट अथवा मृत्युदण्डबाट बाँचेको साहित्यकार हुनुहुन्छ । 

वहाँले बेलायतको जस्तो संसदीय व्यवस्था नेपालमा हुनुपर्छ भनेर पचास साठी वर्ष अगाडीदेखि आफ्नो कृतिमा लेख्नु भएको छ  तर आफ्नो विद्रोहलाई आक्रामक स्वरले होइन अति परोक्ष रूपले साहित्य भित्र लुकाएर साहित्य पढ्दाखेरि बिस्तारै रस भिज्ने गरी प्रस्तुत गर्नु भएको छ; ऐतिहासिक पात्रहरू राखेर परिवेशहरू राखेर वहाँले भन्नु भएको छ— यो राणाहरूको विषयमा म त्यही परिवारको सदस्य भएकोले गर्दा मैले जति अन्तरकुन्तर, जति यसको सारा अध्ययन गर्न, भित्री कुराहरू कसैले बुझ्ने थिएन होला । त्यसकारणले मैले आफ्नै घरभित्रको कुरा र गुनासोहरू लेखेँ । त्यसले गर्दा मेरा दाजुभाइहरू, इष्टभित्रहरू, राणा परिवारहरू, राज खान्दानहरू मदेखि क्रुद्ध भएर यस्तो मैले भोग्नु प¥यो । 

वहाँलाई नेपाली ऐतिहासिक आख्यानको एक मात्र धरोहर मानिन्छ । ऐतिहासिक उपन्यासको संरचना मात्र इतिहास हुन्छ त्यसमा शरीर र प्राण लेखकको शिल्प र कल्पनाले भर्छ । वसन्ती पहिलो उपन्यास २००६ सालमै त्यो छापियो । वहाँ त्यतिबेला आर्मीमै हुनुहन्थ्यो । लेखिसकेर नेपालका भाषा अनुवाद परिषददेखि  लिएर अरू साहित्यिक संस्थाहरू पनि थिए । पुष्कर  शम्शेर अरू राणाहरू मृगेन्द्र शम्शेर आदि थिए । यिनीहरूले त्यसको अवलोकन गर्थे । सेन्सरशिप कडा थियो । यहाँ छाप्न नमिल्ने भयो र पछि वहाँले बनारस लगेर छापेर ल्याउनु भयो । २००७ साल नआएको भए म जीवित रहन्नथेँ भन्नु हुन्छ । यसरी राणाको पालामा स्वभावैले वहाँ आँखाको तारो हुनुभयो, पछि २०१७ सालपछि विपि कोइराला लगायतका, स्वतन्त्रता पक्षधरसित लाग्नेहरूसँग वहाँ लाग्नु भयो त्यसैले फेरि पनि वहाँलाई काराबास पठाइयो । 

वहाँको स्मरण शक्ति राम्रो थियोे देहावसान हुनुभन्दा केही अघिको एक अन्तर्वार्तामा पनि भन्नुभएको छ अघि पनि त्यही भन्नुहुन्थ्यो कि मेरो परिवार, यी दरबार, सिंहदरबारदेखि लिएर अन्य दरबारहरूमा उठने, बस्ने, खेल्ने र मेरो विशाल राणा परिवारसँग संस्कारसँग जो सम्पर्क भयो ती सबै घटना त मलाई कण्ठ नै छन् । अहिले पनि म भन्न सक्छु । त्यसकारणले जेलभित्रै लेखेता पनि मलाई स्मरण थियो त्यो सबै त्यसलाई मैले प्रयोग गरेँ । उहाँलाई प्रेरित गर्ने मुख्य व्यक्ति एक वंगाली गुरु हुनुहुन्थ्यो । वंगाली गुरुले पाश्चात्य साहित्य पढाउनु भयो । तर डाइमनले धेरै शिक्षा लिन पाउनु भएन हाइस्कुल मात्रै भयो । त्यस पछाडि त्यो शिक्षा लिँदा शेक्सपियरदेखि यताका उर्बर विचारका अनेकौँ कृति पढ्नु भयो अनि एउटा ओपन सोसाइटी अर्थात् खुला समाज यस्तोे हुँदो रहेछ भन्ने थाहा भएर साहित्य पट्टि जानुभयो । त्यस प्रेरणाले गर्दा वहाँ आफँै वसन्ती लेख्न थाल्नु भयो । वसन्ती चाहिँ जंगवहादुरको कोत पर्वको हत्याकाण्डमा पुगेर टुङ्गिन्छ । यो राणाहरूकै चकचकी हो । अनि त्यसको क्रमलेखनमा सोतोबाघ (२०३०) आयो । सोताबाघमा जंगबहादुरका भाइ र छोराहरूका बीचको षडयन्त्र, युद्ध र विनाश छ । यसरी अशिक्षाले गर्दा राणाहरू आफू पनि समाप्त भए । अशिक्षाले गर्दा देशलाई पनि उनीहरूले समाप्त गरे वहाँको भनाइ त्यही छ । अज्ञानताले गर्दा समाप्त गरे । उदार शिक्षा ल्याइएको थियो भने उनीहरू पनि बच्थे, देश पनि बच्थ्यो । आफ्नो परिवार चाहिँ भोग विलाशमा, अन्याय अत्यचारमा, अन्धकारमा, अन्धविश्वासमा जादू, भूतप्रेत, टुनामुनामा लागेको देखेर, सम्पत्तिको मोजमस्तिमामात्र लागेका देखेर अशिक्षाले यस्तो भयो भन्ने वहाँलाई भयो र ती कुरा खोल्न यी लेखिए ।  

वहाँको सिद्धान्त बोकेको र मास्टरपिस किताबै सेतोबाघ हो । सेतोबाघको तीस वर्ष अगाडी नै गे्रटा राणाले द वेक अफ द ह्वाइट टाइगर शीर्षकमा अनुवाद गर्नुभएको छ । खासगरी नेपाली उपन्यासलाई पाश्चात्य जगतमा केही मात्रामा भए पनि बुझाउने त्यो ह्वाइट टाइगर नै हो । त्यस पछाडि जर्मनमा भयो, फ्रेन्चमा पनि भयो । गतवर्षको यात्रामा मलाई कोरियाली विद्वान्ले कोरियनमा पनि यसको अनुवाद पूरा हुन लागेको बताएका थिए ।

त्यसो त वहाँले कुनै जागिर कुनै पद एकेडेमी वा अन्यत्र कुनै संस्थाहरूमा पुरस्कारहरूमा प्रवेश गर्नु भएन, यद्यपि देहावसान हुनुअघिको अन्तर्वार्तामा र दुई तीन वर्ष अगाडिको लेखमा पनि वहाँले भन्नु÷लेख्नुभएको छ मैले एकवर्षको छ लाख रुपैयाँ प्राप्त गरेँ मेरा  किताबहरूबाट विदेशबाट र देशबाट पुरस्कार लिन म फ्रान्ससम्म गएँ÷रोयल्टि लिन म वहाँसम्म गएँ त्यसकारणले मलाई महिनाको सातहजारजस्तो औषधीमा खर्च  गर्न पुगेको छ । अहिले पनि रोयल्टिले बाँचेको छु गौरवसाथ भन्नु भएको छ । 

वहाँको पछिल्लो उपन्यास अनिता डा. रामदयाल रकेशले हिन्दीमा अनुवाद गर्नु भयो । त्यो लिएर म प्रवद्र्धन गर्न सकिएला कि भनी २०१० सितम्बरमा दिल्लीसम्म पुगेको थिएँ । त्यसमा हाम्रो सरकारी पुस्तक नीति बाधक रहेछ । अब खगेन्द्र नेपालीले वहाँको सेतोबाघलाई सुन्ने सिडी बुक पनि बनाउनु भयो त्यो पनि त्यतिकै लोकप्रिय भएको छ । 

प्रजातन्त्र आइसकेपछि सत्र सालसम्म अरू डेमोक्रेटिक मुभमेन्टमा बित्यो त्यसपछि पञ्चायतकालले उहाँलाई लामो कारावास सजाय दियो; ४६साल सम्म वहाँ हरेक किसिमको कैदी देशद्रोही भएर बस्नुभयो । त्यस पछाडि पनि साहित्यकारले वहाँको प्रेम गर्न जानेनन्, वहाँप्रति इष्र्या नै भयो । त्यसले गर्दा जीवनभरि नै वहाँ उपेक्षित जस्तो भएर साठीवर्षको लेखकीय जीवनभरि कहिल्यै कसैको प्रिय हुन नसकी सबैको आँखो, सबैको तारो भएर बिताउनु भयो । 

डेमोक्र्याटिक मुभमेन्टको वहाँ, नेपाली काङ्ग्रेसको नजिक भएको वहाँ, वहाँलाई मन नपराउने अथवा त्यो साहित्यलाई अगाडि आउन नदिने खेमा अझै पनि रहेछ । त्यसले गर्दा २००६५ साल अगाडि जुन बसन्ती छापिन नसकेदेखि लिएर अहिले ६५—६६ सालसम्म वहाँ जुनजुन सरकार आए पनि एक थरीका मानिसको विपरितमा उभिएर प्रजातान्त्रिक लागि लडेकोलड्यै गर्नु भयो । त्यत्रो निष्ठाको कुनै नेपाली सहित्यकार जन्मिएको छैन ।  

अब वहाँका तीनवटा कुरा गर्न बाँकी छन्— नेपाली कृतिको समग्र मूल्याङ्कन, अनुदित कृतिको समग्र मूल्याङ्कन र उहाँको बाँकी रहेका आख्यानहरू त बाँकी छैनन् उहाँ संस्मरण भन्दै हुनुहुन्थ्यो कति बनाउनु भयो ? त्यो संस्मरणमा थपेर वहाँको जीवनीलाई पूर्ण बनाउने र उच्च मूल्याङ्कन गर्ने यो काम उहाँमाथि अध्ययन अनुसन्धान गर्न बाँकी छ । केही काम यस प्रतिष्ठानले आरम्भ गरेको छ  । बीस वर्षको उमेरदेखि लेख्न थालेको व्यक्तिले बाँकी रहेको सत्तरी वर्ष लामो उपेक्षामा पनि नझुकी लेखिरनुभयो । उहाँको निधन ९३ वर्षको उमेरमा भयो ।

(डाइमन शमशेरको ९३ औँ जन्म जयन्तीको अवसरमा मिति २०६९ असार २५ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रस्तुत गरिएको पाठ)



डायमन शमशेरको सङ्क्षिप्त जीवनी

नाम : डायमन शमशेर राणा
जन्म  : विक्रम संवत १९७५ आषाढ २१ गते पाल्पा, ठुटे पिपल
बाजे : शेरशमशेर ज.ब.रा. (धीरशमशेरका १७ भाइ छोरामध्ये १४ औँ
बुबा : बुधशमशेर ज.ब.रा
आमा   :  मोहनकुमारी राणा (बुधशमशेरकी साहिँली पत्नी) 
बाल्यावस्था : सुखमय, छ महिनाको उमेरमा काठमाडौँ आगमन
गुरु  :  हिन्दूस्तानका बङ्गाली विद्वान् गुरु अनिमेषचन्द्र राय गुरुसँगै प्रभावित भई प्रजातन्त्र र साहित्यप्रति आकर्षित.  बुबाको मृत्यु पश्चात् नेपाली सेनाको लेफ्टिनेन्टबाट जागिर सुरु ।
विवाह  :  वि. सं. २००१ सालमा बालिका शाहसँग सम्पन्न छोरा— रघुशमशेर राणा र स्व खुस्बुशमशेर तथा छोरी गीत (राणा) कार्की । 
वि.सं. २००६ सालमा एकतन्त्रीय राणाशासन विरुद्ध सक्रिय भई जेलजीवन बिताएका 
२००७ सालमा प्रजातन्त्र आएपछि नेपाली काङ्ग्रेस ललितपुर जिल्लाको सभापति ।
२०१७ सालमा एकतन्त्रीय पञ्चायतीशासन विरुद्ध सक्रिय रहँदा २०१७ सालदेखि २०२३ सालसम्म लगातार ६ वर्ष र त्यसपछि पटक–पटक गरी ३० वर्ष लामो जेलजीवन । 
देहावसान २०६७–११–२० गते, नर्भिक अस्पताल काठमाडौँ । (९३ वर्षको उमेरमा)

हालसम्म प्रकाशित ऐतिहासिक उपन्यासहरू
१) वसन्ती (२००६), (हिन्दीमा समेत अनुवाद) 
२) सेतोबाघ (२०३०), (फ्रेन्च, जर्मन, अङ्ग्रेजी, जापानी, हिन्दीमा समेत अनुवाद) 
३) प्रतिबद्ध (२०३४)
४) सत्प्रयास (२०३८)
५) अनिता (२०४३) 
६) धनको धुब्बा (२०५१) 
७) गृह प्रवेश (२०५९) 

भ्रमण
(१) बेलायत (२) फ्रान्स (३) जर्मनी (४) पोर्चुगल (५)  थाइलैण्ड
उहाँमाथि लेखिएका कृति
१) आख्यानकार डाइमण्ड समीक्षाग्रन्थ
२) सन्दर्भ डायमण्ड शमशेर राणाका कऐतिहासिक उपन्यास ः सिद्धान्त र समालोचना— डा. टीकाराम पोख्रेल । 

श्री खगेन्द्र नेपालीलाई प्रथम डायमन शमशेर प्रतिभा पुरस्कार तथा सम्मान  

बीबीसी नेपाली सेवामा रहेर लामो समयसम्म नेपाली वाङ्मयको सेवा गर्नु हुने श्री खगेन्द्र नेपाली सबै नेपालीको अति प्रिय र आदरणीय व्यक्तित्व हुनुहन्छ । उहाँले डाइमन शमशेर राणाको लोकप्रिय कृति सेतोबाघलाई अडियो सिडीमा आफ्नै स्वरमा भरेर संसारभरि पु¥याउनु भयो । यसरी उहाले प्रजातन्त्रको प्राप्ति सङ्घर्षमा लामो योगदान गर्ने डाइमन शमशेरप्रति नेपाल बाहिर बसेर पनि ठूलो सम्मान पु¥याउनु भएको छ । यसका साथै महाकवि देवकोटा तथा बीपी कोइरालाका कृतिलाई समेत नयाँ प्रविधिको सहयोगले विश्वभरि पु¥याउने व्यक्ति उहाँ नेपाली वाङ्मयका एक अग्रणी अभियन्ता हुनुहुन्छ । यिनै योगदानको लागि डायमन शमशेर राणा साहित्यिक प्रतिष्ठान नेपालले  स्थापना गरेको पहिलोपल्टको डायमन शमशेर प्रतिभा पुरस्कार तथा सम्मान  श्री खगेन्द्र नेपालीज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ  । हाललाई सो पुरस्कारको राशी रु. २५०० पच्चीस हजार रहेको छ । 

संयोजक डा. गोविन्दराज भट्टराई
०६९ असार २६ गते, मङ्गलबार 

1 comment:

  1. Thank you sir, for sharing such an interesting detail of Diaman Samsher Rana. I've read his two books- Basanti and Seto Bagh. Both are much interesting pieces of Nepali literature. For those, who want to study the history of Nepal in the form of story, especially the children, his books would be perfect and inspirational too. He was a real freedom fighter. Unlike many, who believed bullet can ensure freedom, his fight for the same through literature will always be considered the best way.

    ReplyDelete