About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal
Showing posts with label प्राण लिएपछिका शब्दहरु. Show all posts
Showing posts with label प्राण लिएपछिका शब्दहरु. Show all posts

Thursday, May 5, 2011

प्राण लिएपछिका शब्दहरु


शब्दहरु अलिक भुत्ते भएर हो कि जस्तो पनि लाग्छ तिनीहरुले काट्न छोडेका छन् । राजनीति गर्नेहरुले भनौँ सरकार चलाउनेहरुले यो देशमा सबैभन्दा बढी शब्दको प्रयोग गर्दछन् । पानी विजुली टेलिफोनको ´ैँ शब्द प्रयोगको कर लाग्ने हो भने उनीहरुको तलब बच्ने थिएन तर हेर्दा लाग्छ प्रकाश  वायु ´ शब्दहरु निःशुल्क छन् र निःशुल्क ठानेर ती खर्च गरिरहन्छन् । वास्तवमा ती निःशुल्क ता होइनन् । जलवायुको प्रकाशको अतिप्रयोग वा दुरुपयोगले सबै प्रदुषित भए  अतिप्रयोगले हाम्रा शब्द पनि प्रदुषित हुँदा छन् । यो प्रदुषणमा राजनीतिकर्मी मरेर लागेका छन् । शब्द प्रदुषणको श्रेय उनीहरुलाई नै जानेछ । जलवायुको प्रदुषण विषयमा शब्द खर्चिन उनीहरु कोपनहोगन पुगे; त्यो भन्दा भयानक शब्द प्रदूषण छ हामी कहाँ जाने
चल्तीका शब्द पुराना हुँदै गएपछि केही नयाँ पनि आविस्कृत छन् तर नयाँले पनि नथाम्ने भइसक्यो । कति पुराना शब्दमा धार लगाउँछन् केही नयाँ स्यूरिन्छन् तर अतिप्रयोगले मन्त्रको सिद्धि हराए´ैँ उनीहरुका शब्दको सिद्धि हराइसकेको छ । मानिसले विश्वास गर्न छाडेका छन् । यो देख्ता मलाई अङ्ग्रेजी कवि एमिली डिकिन्सनको एक कवितांशको सम्´ना हुन्छ-

कोही भन्छन्
बोलेपछि शब्दको
मृत्यु हुन्छ
म भन्छु
त्यो दिन बल्ल
त्यसको जीवन
सुरु हुन्छ ।


हाम्रोमा यसको ठीक विपरीत हुन्छ । नबोलिन्जेल पवित्र रहेका जीवित शब्दलाई उनीहरुले बोल्दै मार्दै गरेका छन् । उनीहरुले विजुली काटे भनेर मैनबत्तीको मधूरो प्रकाशमा घोप्टिएर म यो दुःख प्रकट गरिरहेको छुइनँ प्रकाशको विरोधमा उभिएकाहरुले चौबीसै घन्टा विजुली मारे पनि हामी केही बोल्ने छैनौँ त्यो कर्म आश्चर्य लाग्ने छैन । किनभने यतिखेर बोल्नुको कुनै अर्थ छैन । उनीहरुले प्रज्ञाप्रतिष्ठानको प्राण खुस्काए भनेर पनि दुःख प्रकट गरिरहेको छुइन; यसमा दुःख वा आश्चर्य प्रकट हुनु पर्ने कारण छैन । जसलाई चेतनाहरु लडाएर सिर्जना शक्ति भत्काएर मानव सभ्यताको दीयो नै घोप्टुउनु छ जसलाई भौतिक र आत्मिक दुवै अँध्यारा पि्रय छन् ती मित्रसँग रिसाउनु व्यर्थ छ । क्रोध प्रकट गर्नु पनि व्यर्थ छ । त्यसमा मलाई कुनै दुःख छैन । कसैले आश्चर्य मान्ने छैन । उनीहरुसमक्ष बिमति वा विरोधको कुनै अर्थ छैन । यो डरलाग्दो समय छ । अक्षरमा रमाउनेहरुलाई बेलाबेलै थला पारेका छन् । पाखुरा मर्काइ दिएका छन्; तिघ्रा फर्काइदिएका छन् । अँध्यारा बन्दुक पड्काइरहेका हाम्रै आँगनमा । बन्दुक पड्केको बेला हाम्रा शब्दको आवाज सुनिँदैन । अन्यत्र पनि त्यस्तो भएको छ । बर्मामा विश्वविद्यालय बन्द भए अफगानिस्तानका विद्यालय खण्डहरु भए र पनि समयले सास फेरिरह्यो । हाम्रोमा बल्ल एउटा प्रज्ञाको ढोका बन्द भएको छ । उनीहरु नै कुर्लिन्छन् । देशमा आएको लोकतन्त्र ठूलो कि प्रज्ञा प्रतिष्ठान सरकार ठूलो कि सर्जक चेतना देशको महान् उपलब्धीसँग सर्जकहरुको अरण्य रोदनको तुलना गर्ने समय छैन । यसमा कुनै आश्चर्य मान्नु पर्दैन । राजनीतिले केवल राजनीतिको सर्वसत्ताले सबैलाई किचेको पेलेको बुल्डोजरले थिचेको बेला छ । हाम्रा शब्दको बतास कहीँकतै पुग्दैन । उनीहरुका शब्दको बतास पनि ´न् कहीँकतै पुग्दैन । केवल शब्दाडाम्बरमा हुङ्कारको हावामा उनीहरु छन् । व्यर्थतावोध ग्लानी र पीडामा हामी छौँ । बीचमा सन्देह र भयको खाडल छ । संसार हाँस्तो हो सिर्जना चेतना संस्कार र जीवन परिस्कारको प्रतीक प्रज्ञा छोपेर केले शान्ति र स्थिरता ल्याउँछौँ भन्ने होला शायद केवल शब्दले । तर जब उनीहरु शान्ति सुरक्षा प्रयोग गर्दछन् जब आत्मनिर्णण र सहअस्तित्व भन्दछन् जब देश विकास प्रगति र छलाङ भन्दै लोकतन्त्रमा अवतरण गर्दछन् अ´ गणतन्त्र ताकेर उचालिन्छन् एउटा ठूलो हास्यास्पद स्थिति उत्पन्न हुन्छ । शब्दको झ्यासमा लुकेर केवल शब्दले हामीलाई लोभ्याउँदै तसा्रउँदै सबैसबै डन क्विक्जटहरु । हामीलाई कहीँ पुगिएला भन्ने कुनै विश्वास छैन किनभने-

उनीहरु नबोलुन्जेल
जीवित रहेको शब्द
बोलेपछि
निस्प्राण भै लड्छ ।

एक मन ठान्छ लडोस् तर यो देशको शब्द उनीहरुको मात्र हो र त्यत्रो मनपरी गर्न दिनु भोलि लेखकहरुलाई ती चाहिँदा के होला भन्ने ठूलो पीर लाग्छ । आज उनीहरुले प्रज्ञाको ढोका बन्द गरे भन्दैमा हाम्रा कलम रोकिएका छैनन् ती रोकिने पनि छैनन् । आज सभ्यताको धमनी खुस्काउनेहरु शक्तिमा पुगे सधैँ यस्तै रहने छैन । आज चेतनाका सम्वाहक कलमका विरोधी गर्जनले सबै स्तब्ध छन् सधैँ त्यस्तो हुने छैन ।

उनीहरुका ´ूटा शब्दले हाम्रा शब्दप्रयोग छेलिएको दशक । शब्दको दुरुपयोगले कला संस्कृतिका निरन्तरतामा तुवाँलो लागेको दशक । नेपालको इतिहासमा यो भूलिने छैन । दशवर्षे द्वन्द्व र युद्धमा पनि नभएको दुर्गतिमा लेखकहरु लडाइएका दिनहरु । तर यस्तो अकर्मण्यताको विरोध गर्नु व्यर्थ छ किनभने तिनीहरु संवेदनाशून्य छन् ।

शब्दमा तागत छैन भनौँ भने यतिखेर लेखेका बोलेका स्वर सुन्दा सर्जकहरुले हजारौँ वर्षदेखि व्यक्त हुन नसकेको पीडा र कुण्ठा बोल्दैछन् नयाँ आकाङ्क्षा खोल्दैछन् । परिवर्तित मूल्यहरुलाई ह्दय खोलेर आह्वान गर्दैछन् । ती शब्दले विम्बले परोक्ष भाषामा प्रतीकले नौलो चाहना बोल्दैछन् । त्यो भाषा अन्तर्हदयको र नयाँ समयको उदात्त वाणी । सबैसबै उन्मुक्तिको प्यासमा छन् । सबै नयाँ जीवनको चाहनामा । सबै पुराना विचारका परम्परामा सिद्धान्तका पिँजरा बाहिर उभिएर सुसेल्दै छन् । नत्र कसरी सुमित्रा बाङ्देल ुचेलीु ले यी शब्दविचार यसरी प्रस्तुत गर्थिन् ः

तिम्रो हेराइमा म
कोमल फूल जसलाई
फूलदानीमा सजाउन सकिन्छ र
ओइलाएपछि जुठेल्नामा
मिल्काउन सकिन्छ ।

आजकी नारीले बोलेका शब्दहरु । प्रकट गरेका भावना र विचार । यिनमा कत्रो शक्ति छ कत्रो विरोध पुरुषका शताब्दीयौँका दृष्टिकोण बदल्ने समय छन् । यस्ता स्वरहरु सुन्ने सुनाउने एउटा सा´ा चौतारी खोइ यो समय राजनीतिमा लाग्नेहरु अत्यधिक रमाएका छन् किनभने यो सारा परिवर्तन उनीहरुकै निमित्त भएका छन् । यी सारा परिवर्तन ल्याउने घडीमा सर्वत्र स्रष्टा नै उभिएका थिए तर आज ती सर्वाधित उपेक्षित छन् । यतिखेर कुनै ओतलाग्ने ठाउँ नभएका स्रष्टाले निरन्तर आवाज उठाएको आधा दशक भो तर खोइ सुनिएको । भनिएको यो परिवर्तन साहित्य संगीत कलामा लाग्नेहरुलाई सारा निरस उजाड र अर्थहीन लाग्दैछ । अभिभावकत्व विहीन सबै । पूर्वको पल्लो किनारबाट उठेर सुसाउँदै यस्ता शब्द सुनाउन आएकी ुचेलीु । पश्चिमबाट उठेर आएकी सरस्वती प्रतीक्षाले यतिखेर सरकारले खोलेको ुपाठशालाविरुद्ध पाठशालाु खोल्ने अठोट गरेकी छन्-

जीवन-सङ्गीतविरुद्ध घन्कने
तिम्रो पाठशालाविरुद्ध
म नूनत निर्गन्ध अक्षरहरु छान्छु
जीवनको पक्षधर
म जीवनको पाठशाला जान्छु ।

तर यो असम्भव भएको छ । अक्षरहरु उनीहरुले नै भुत्ते बनाइसके अब ती निर्मल र निर्गन्ध छैनन् । अनि दुरुपयोगले ती खिया लगाइसके । यो स्थितिविरुद्ध यतिखेरको सारा बेथितीविरुद्ध आफ्ना आक्रोश पोख्न दीपा राई आइन्; सात समुद्र काटेर आफ्नो आँगनमा यो यथास्थितिविरुद्ध पीडा र आक्रोश पोख्न । नयाँ शब्द लग्गा छुराजस्ता बिम्बमा-

- म नाङ्गी द्रौपदी
विराट त्यस महलको
भव्य कुसर्ीमा विराजमान
महाराज धृतराष्ट्रलाई
यो द्रौपदीको प्रणाम

सबै उल्टुउने प्रतिज्ञा छ । युगौँदेखि मौन दमितहरु यसरी उठेका छन् तर यी नवीनताहरुमाथि उही बुल्डोजर नाचिरहेछ । शब्द बोकेर हिँड्ने रित्ता छन् विचार बोकेर अकासिनेका पखेटा चुँडाइदैछन् । कत्रो उपेक्षा कत्रो आडम्बर । केवल भयसृष्टि र उपेक्षाले चल्ने लोकतन्त्रको कत्रो अपमान भो । देश चिन्ताले जल्दैछ । कृष्ण प्रधानले यो निसासिदो बाटोमा विचारलाई नछेक्न आग्रह गरेका छन्-

विचलित छ
विचार
विचार
विचलित भयो भने
विचार
सङ्कीर्ण भयो भने
विचार
अलमलियो भने
तिमी
आफूसित
महान विचार लिएर
कसरी
उभिन सक्छौ
आफूभन्दा पिन
महान
विचार लिएर उठ !

के उनीहरु त्यस्तो महान् विचार लिएर उठ्न सक्छन् उनीहरुले शब्दको प्राण लिएपछि यतिखेर विचार पनि खँजाहा भएको छ त्यो अँध्यारामा पल्टेको छ ; ती प्रकाश विरोधी हुन् ।

२१ पौष २०६६
शब्दः १०८०