वसन्त ऋतु विदा हुने एक बिहान झ्यालमा बसेर माथि बाघभैरवको गजूरतिर एक दृष्टि लगाएँ । फेरि एक दृष्टि इन्बक्सका इमेलतिर दिएँ । माथि सल्लेरी पनि बिस्तारै हल्लिरहेको छ । यो मौसमका चरा कराएको सुनिने गरी झ्यालबाट सिरसिरे बतास ओहरदोहोर गरिरहेको बेला तल खेतका गरा खनेर तयार छन्; धानका वियाड घामले जल्ने हुन् कि पानी पर्खिरहेछन् । कान्तिपुरवाला आएर गइसक्यो, काठमाडौँ पोष्ट त्यसैमा हुन्छ । नागरिक, द हिमालयन पनि मोमटरसाइकलमै बोकिएर आउँछन् । यति बिहानै पारी कलङ्कीतिरका गाडी हल्लिन थालेका छन् । जीवनको प्रारम्भ यिनै दृश्य, ध्वनि, गन्ध र अक्षरबाट हुन्छ यो कीर्तिपुरमा ।
यो सुन्दर र स्वच्छ कीर्तिपुरले मलाई चिन्दैन तर चालीस वर्ष पुग्नै आँटेछन् म यसको काखमा बसेर वरपर नाचिरहेको छु । आजको दैनिकी हेरेँ— प्रज्ञा–प्रतिष्ठानमा रुसी विद्वान बोइड माइकलोब्स्कीको हायू भाषासंस्कृति माथि प्रवचन छ । आजै विनय रावलको पाँचौ वार्षिक श्रद्धाञ्जली कार्यक्रम छ । राष्ट्र बैङ्क जानु छ । त्यहाँ उनको योगदानबारे बोल्नु छ । “एक अमर योद्धाको सम्झनामा” शीर्षक रचना तयार गरेको छु । उनको स्वतन्त्रता प्रेम र विचारको साम्राज्य स्थापनामा गरेको लडाईं हामीले भूलेका छैनौँ । कठोर कालमा आस्थाका लागि लडेका थिए; लडाइँको बिचमै÷असमयमै उनी बितेर गए । उनले आजको परिवर्तित दिन अझ भोलीको बिहान देख्नु पथ्र्यो । स्रष्टा र बौद्धिकहरू निरङ्कुश भएर बोल्न सकेको लेख्न सकेको दिन उनले पर्खिरहेका थिए । यस्तो व्यक्तिको सम्झनामा स्थापित एक सम्मानित पुरस्कार ज्ञानु पाण्डेलाई प्रदान गरिने अवसर पनि छ ‘विनय रावल पुरस्का’ । डा. ज्ञानु पाण्डे एक वैचारिक बौद्धिक एवम् स्वतन्त्रता प्रेमी विदुषी हुन् । उनले वीपी कोइरालाका उपन्यामाथि विद्यावारिधी गरेकी हुन् । उनको सम्मान हुनु पनि मानव स्वतन्त्रताप्रतिको आस्थाको अभिव्यक्ति हो । यतिखेर हामी स्पष्ट विचारक विदुषी मान्दछौँ उनलाई ।
आज एक ठाउँ मात्र जान सक्छु होला ।
फेरि भोलिको हेरेँ—भोलि पनि रहेछ । भीमनिधि तिवारीको शतवार्षिकी समारोह हिजो आरम्भ भयो । त्यो वर्षभरि चल्ने छ । भोलि पनि छ ।
भोलि प्रा. केशवप्रसाद उपाध्यायको दुःखान्त नाट्य परम्परा र नाटककार तिवारीको दुःखान्त नाट्यविधान शीर्षक एक कार्यपत्र छ— प्रज्ञा–प्रतिष्ठनमा । हाम्रा समयका एक उच्च समालोचक प्रा. सुवेदी । अब पुराना पुस्ताका सम्मानित समालोचकहरू धेर नै विदा भइसकेको रिक्तता छ । खासगरी कृष्णचन्द्रसिंह प्रधानको अवसानले उत्पन्न गरेको रिक्तता अब कहिल्यै भरिने छैन । यही आउँदो सोमबार उहाँको पनि प्रथम वार्षिकी छ र पुस्तुनजीले भन्नु भएको छ— केही लेख्न सके हुने । मनमा कति सपना छन् । शरीर चटपटाउन नसकिने गरी बाँधिएको छ— विविध प्रकारका कर्तव्यले वाञ्छनाले, दैनिकीले अठचालिस घण्टे दिनरात भइदिए अलिक भ्याइन्थ्यो कि ? यस्तो सुन्दर, स्वच्छ शुभ्र बिहानीमा पनि यो मन तीब्र बतासले छचल्काएको तलाऊझैँ छ । कति काम भ्याउँछु होला ! कति धेरै काम ता नभ्याएर नै छुटिरहेका ।
डा. पुस्तुन प्रधानले आफ्नो पिताको वार्षिकी सम्झाएझैँ डा. बेन्जु शर्माले पनि आफ्ना पिता तिवारीजीको शतवार्षिकी सम्झाएकी छन् । तर दुवै स्रष्टा परिवारबाट माथि टाढा पुगेका, राष्ट्रकै वन्दनीय व्यक्तित्व हुन् । त्यहाँ प्रा. उपाध्यायको प्रस्तुतिमाथि टिप्पणी छ । एक पुराना पुस्ताका समर्पित विद्वानले लेखे÷बोलेको कुरा छ । अब यस्तो आदरणीय पुस्ता ओझेल पर्न लागेको समय छ । त्यताको तयारी गर्नु छ ।
यति कामहरू मनमा छचल्किन थालेपछि इमेल खोल्दै, कौसीबाट देखिने कीर्तिपुर डाँडातिर आँखा लगाउँछु । नजिकै छ नेपाल भाषा एकेडेमी, नजिकै छ मोडेल अस्पताल, नजिकै छ सेता गाडी कुदाउँने रिङरोड, प्लटिङले धसारेको फाँट र नजिकै छ मसलाका बोटले छोपेको त्रिभुवन विश्वविद्यालय ।
चार दशक पुग्नै लागेछन् । यी निर्जन स्याल कुद्ने झोडी जङ्गल, खेतका फाँट र एकान्तहरू पहिलोपल्ट देखेको आज त्यो सपना भएको छ । बिहानैदेखि इँटा ओसार्ने ट्रकहरू धुलो उडाउन थालेका छन्, बालुवा बोक्ने टिपरहरू फर्किसकेका छन्, कर्मी ज्यामी कति घरका गारामा झुन्डिएका; छानामा काँटी ठोक्न थालेक ठेकेदार, बेल्चा भिरेर उडेका बालुवाचालक, फाँटभरि सिग्रेट तान्दै कान्लाकान्ला हामफाल्दै गरेका जग्गा दलाल, जमीन भत्काउन तत्पर भएको पहँेलो एक्स्काभेटेर, काँधमा जाँडका गाग्रा बोकेर खेत खन्न झरेका अनेक खेतालाको लस्कर । तर बिस्तारै तिनीहरूको संसार विस्थापित हुनेछ । कहाँ छन् र अब खन्नलाई बाँकी रहेका खेत ? ढुङ्गाले, बालुवाले छडफलामले, घडेरीले गगनचुम्वीले सारा निल्यो । त्यसमाथि काला प्लाष्टिक र भुस्याहा कुकुर छारिएर उडेको दृश्य हेर्नू त्यसमाथि ट्याङ्लाको डिलमा उठेको एउटा कोलोनी उता ढुङ्गा अड्डातिर फैलिएको अर्काे विशाल हाउजिङ् कम्पनी हेर्नू । यी फाँटहरू समाप्त पारिए ।
यी व्यस्तताहरू उठेर मनमा बसिसके पछि तिनीहरूलाई विर्सन खोल्दै इन्बक्समा क्लिक गर्छु— मेरो मनमा यतिबेला कुनै गोप्य आशाहरू हुन्छन् । यति स्वच्छ बिहान यो यन्त्रमा केही राम्रा खवर आए हुने । दिनभरिलाई उज्यालो दिने शब्दहरू भए हुने । नभन्दै एउटा थियो मुकुल दाहालको । बेलायतमा बसेर आधुनिक नेपाली कविताको अध्ययन गरिरहेका विद्वान भाइ । आफ्नो साइट सुदृढ गर्न अङ्ग्रेजीमा लेखिएका कविता विषयक लेख रचना समालोचना पठाइदिनु होला दाजु । म विश्वलाई अवगत गराउन चाहन्छु । उनले त्यही लेखेका छन् । मैले उत्तर दिएँ भाइ मैले गतवर्ष देहरादुनको सम्मेलनमा प्रस्तुत गरेको आधुनिक नेपाली कविताका प्रवृत्ति विषयक कार्यपत्र (त्यसको अङ्ग्रेजी अनुवाद) अट्याच गरिरहेको छु । नेपाली कवितालाई विश्वतिर परिचित गराउने तपार्इंको यस प्रयत्नको म हार्दिक स्वागत गर्दछु । मेरो पनि त्यहीँ खिलिदिनु होला ।
माथि रिङरोडमा सेता माइक्रो, पहेँला मिनी र नीला साझाहरू उड्न थालेका छन्् । बाघभैरवसँगै नारिएर कसरी त्यो वाइफाइको टावर उभिएको आकास छुनेगरी । मलाई त्यो एक अत्याधुनिक जीवनसँग प्रत्यक्ष जोडिएको बाघभैरवको अर्कै गजूर लाग्छ । एकछिन त्यो (वाइफाइ) देवता अप्रशन्न हुँदा कत्रो अन्धकारले छुन्छ । तल भाइ देवेन्द्र ल्यापटपको छेउमा चिया राखेर बसिरहेका छन् । पर्तिर ऋचा पनि ब्ल्याङ्केट भित्र ल्यापटपमै छिन्, टाढाकी सेवाले भनेकी छन्— मैले लस एन्जेलसबाट फर्किंदा भ्यान गगको चित्र देखेँ बुबा ।
भ्यान गगको ?
उनले बनाएको ।
म खुसीले उत्तेजित भएँ किन मलाई भ्यान गग सधैँ चिनेको जीवित व्यक्तिझैँ लागेको होला । लैनसिंह बाङ्देलले अनेक पल्ट उनकोबारेमा लेखेका छन्; मुकेश मल्लले आफ्नो पुस्तकको एक च्याप्टर अर्पित गरेका छन् । यसै वर्ष प्रकाशित कुमार नगरकोटीको मास्टरपीस मोक्षान्तः फिभर काठमाडौँमा पनि भ्यान गग कसरी पसेका छन् नेपाली कथामा । एक विश्वचित्रकारले पाएको सम्मान कति ठूलो छ; कति ब्यापक उनको प्रभाव ! मैले पनि वाङदेलको विषयमा लेख्ता कसरी भ्यान गग जोडेको छु । फेरि यतिखेर मोमिलाको सेलेक्टेड पोएम्समाथि परिचय समीक्षा लेख्दैछु । त्यहाँ एक कविता छ, उनले भ्यान गगलाई समर्पित गरेकी । त्यो पनि मैले सम्झेँ—
दुई ताराबिचको दुरीमा
कति पीडाहरू अटाउन सक्छन् !
जीवनभन्दा पनि दिव्य मृत्यु
यो रात !
यही दुरी मीठो लागेको छ
तारा बलेको यो मलामी रात !
तिम्रो प्रेमको आकाश फैलिन
मलाई तिमै्र समयको वेश्या हुने रहर छ
तिमीजस्तै, म
मेरो समयको ‘आउटसाइडर’ हुँ
...................
तर सभ्यताको प्रेममय विश्राम
यो साइबर रात !
सम्झेरै आत्महत्याको कुरा गर्ने छैन
रात त आखिर
उज्यालोमा छायाँ परेको न हो !
भ्यान गगको आफ्नै पेन्टिङ कि अरूले गरेको उनको छोरी ? मैले सोधेँ ।
त्यसपछि मैले हेरेँ— आइरिस ग्रिक पुराकथाबाट आएको शब्द जसका अर्थ हुन्छ इन्द्रेणीकी देवी र दूत । आँखाको नानीलाई पनि आइरिस भनिन्छ । तर यहाँ भ्यान गगको आइरिसको अर्कै अर्थ छ । यो एक प्रकारको पुष्प हो । पातलो तरवारझैँ पात गरेको, बहुरङ्गी ससानो भुइँफूलको नाम आइरिस हो । भ्यान गगले बनाएका आइरिसेसको बारेमा लस् एन्जलसको गेटि सेन्टरले व्याख्या गरेको छः मई १८८९ मा भ्यान गग आत्मध्वंशको असफल प्रयत्नले विक्षिप्त थिए । ती उनको मृत्युपूर्वका अन्तिम दिन थिए । ती दिनमा उनले १३० वटा पेन्टिङ बनाए । उनले पहिलो हप्ता आइरिसेज (इन्द्रधनुषी) फूलबाट आरम्भ गरे । जापानी बुट्टाबाट प्रभावित ती अमर कर्महरू विविध रङ्गमा थिए, कुनै पूmल यसका किनारा उम्लेर बुट्टामा परिणत भएका अनेक रूप रङ्ग, आकृति र स्वरूप देखेर त्यही वर्षको प्रदर्शनीमा उनका भाइले लेखेका थिए— टाढैबाट यसले आकर्षित गर्दछ । यी जीवन र प्रकाशले युक्त रचना हुन् ।
भ्यान गगले रचेको प्रत्येक आइरिस भिन्न र विभित्र छ । उनले ती पुष्पको गति, चाल, रङ्ग, आकारको गहिरो अध्ययन गरी, अनेक प्रकारका पाश्र्वचित्र, तरंगित, वटारिएका, लर्केका, उठेका, छाँयामा, रेखामा, प्रकाशमा हुँदाका भिन्नाभिन्नै रूप रचेका थिए । “पुष्पको प्रकृतिलाई कसरी भ्यान गगले जीवन दिएका होलान् !” त्यसबेला मानिसले आश्चर्य प्रकट गरेका थिए । ती पेन्टिङ्को पहिलो धनी भ्यान गगका समर्थक, पे्रमी, फ्रान्सेली कला समीक्षक अक्टेव मिर्बाैले भनेको थिए— पुष्पको आत्मालाई उनले कति गहिरो गरी बुझेका थिए । (How well he has understood the exquisite nature of flowers!)
तर मैले सोचेँ आजसम्म ती चित्रका कतिवटा धनी फेरिए होलान, फेरि कसरी गेटि म्युजियममा पुगे होलान् । मेरी छोरीले हेरेका आइरिशेस के कस्ता थिए हुनन् । ती प्रतिकृति मात्र यो थिए कि ?
त्यसपछि गुगलमा जिज्ञाषाबश हेरेँ— रचेको एकसय वर्ष पश्चात भ्यानगगको आइरिशेस विश्वका अत्यन्तै मूल्यवान् कलामध्ये एक गनिएको थियो । अकल्पनीय मूल्यमा उक्त कला अमेरिकाको न्युयोर्कमा बिक्रि भएको थियो । उनी पिकासो, रुबेन, एन्डी वारहोल, क्लड मोने, रोथ्को, वाङमेङ आदि बीसौँ शताब्दीका महान्तम चित्रकारसँग जोडिएका छन् । ती साराको बारे लैनसिङ वाङदेलले चर्चा गरेका छन् ।
त्यसपछि विश्वकलाका केही अपूर्व रचना हेरेका केही सम्झनाले मलाई छोप्यो । त्यो पनि अघिल्लो यात्राको कुरा थियो । मैले च्याटमै छोरीलाई सोधेँ— हामी सँगै यात्रा गर्दा एक महान्
चित्र
मूर्ती हेरेको सम्झेकी छौ नानी ?
चित्र
बाल्टिमोरको एक सङ्ग्रहालयमा ?
हो बुबा, रोदाँको मूर्ती मेरो मनमा बसेकै छ ।
![]() |
Thinker by Rodin |
मैले भनेँ म ती यात्राबारे लेखिरहेको छु । तिमी र म न्यूयोर्क हुँदै बाल्टिमोर पुगेको । हामीलाई त्यहाँ एचवी भण्डारी प्रभातले लगेका थिए ।
सर्वप्रथम हामी जोन्स हप्किन्ज विश्वविद्यालय गयौँ जहाँ डेरिडाले १९६७ मा स्ट्रक्चर साइन एन्ड प्ले प्रस्तुत गरेपछि विनिर्माणवादी प्रकृया विश्वतिर फैलेको थियो जहाँ पछि पल द मन्, लुइ आल्थ्युजर, रोलाँ बार्ट सबै यो युगका महान् चिन्तक बौद्धिक भेट भएका थिए ।
म त्यता जान्न तर एकैछिन रोदाँको सम्झना नगरी कहाँ जानु ?
ती महान् फ्रान्सेली मूर्तिकार अगष्त रोदाँ— आधुनिक स्कल्चरका अग्रणी । उनी परम्परा विरुद्ध विद्रोहका एक प्रतीक भएकैले जीवनकालमा उनको प्रशंसा भएन । रोदाँले १९०२ बनाएको कास्य र सिंगमरमरको द थिङ्कर (चिन्तक) को मूर्ति त्यहाँकोे म्युजियममा हामीले देख्यौँ सायद त्यो प्रतिलिपि थियो । संसारभरि त्यसका अनेकौँ प्रतिलिपि पुगेका छन् भनिएको छ । यस मूर्तिमा । एउटा पुरुष गम्भिर मुद्रामा चिन्तन गरिरहेको छ; यो चिन्ता र चिन्तनको भित्री प्रभाव त्यसले उत्पन्न गरेको तनावसंग सङ्घर्षरत देखिन्छ निहुरेको, चिन्ताले घोप्टिन खोजेको, टुसुक्क बसेको, नसाहरू फुलेका जस्ता नाङ्गो । कत्रो कला !
अनि सेवालाई भनेँ— तिम्रो यात्रा वर्णन जीवन्त शैलीमा आउँछ । अस्ति...ग्यालिस्बर्ग[s1] जाँदाको यात्रा कस्तो जीवन्त लेख्यौँ शहरमा अब्राहाम लिङ्कन भेटेको लेख्यौ ।
म यस्तै च्याटको अन्त्यमा थिएँ । अलिकति बिहान उम्किनै लाग्यो । दूधवाला फर्किए, पेपरवाला फर्किए । चिया कफीको वाफ सेलाइसक्यो । बाघभैरवमा घण्ट बज्न छोडिसके । प्रभातकालीन प्रभुका आराधनाको समय समाप्त भयो । कलंकीमा गाडी बत्तिएर बेगले उडन थालेको अथवा दिग्दारीले हरन फुकेको आवाज आइरहेछ ।
एकमन सम्झिएँ— यतिखेर नगरकोटमा अञ्जना के गर्दै होलिन् ? आजको दिन म प्रतीक्षामा छु ।
भोलिको रुटिन यो मनमा फिजाउँन चाहन्न । मलाई समय सकिएको लाग्छ, हतारले छोप्छ, एक सूर्यभरिलाई फिँजाइएका कामको बिस्कुन छिचोलेर पारी पुग्नै नसक्ने हुँ कि भन्ने चिन्ताले छोप्न थाल्छ । त्यसैले दिनदिनको बाटो मात्र हेर्दैछु मनमा । सूर्य उदाएदेखि अस्ताइन्जेलसम्मको मात्रै । आजलाई यति पूरा गर्न पाए भयो ।
तर ठीक त्यसैबेला भोलिको पनि आयो— अहा, जेठ ३१ गते सोमबार छ त्यो । मैले नोट गरेकैछु— पद्मावती दिदीको पुस्तक विमोचन । दुइवटा एकैचोटी— एउटा कथा सङ्ग्रह छ (समयदंश) र एउटा उपन्यास प्यारालाल स्काइ । प्यारालाल स्काइ उनको अत्यन्तै शक्तिशाली उपन्यास समानान्तर आकासको रूपान्तर । यो नेपाली नारी लेखनको एक अध्यावधिक बिसौनी पनि हो । नेपालीबाट अङ्ग्रेजीमा अनूदित उपन्यासको सङ्ख्या तीन दर्जन कटेको छ तर केवल पाँच नारी श्रष्टाका उपन्यास अङ्ग्रेजी अनुवादमा आउन सकेका छन्— वानीरा गिरी, गीता केशरी, उन्नती बोहोरा ‘शीला’, शर्मिला खड्का–दाहाल र पद्मावती सिंह । त्यहाँ पनि बोल्नु छ— भोलि एकेडेमीमा । एक महिना अघि भनेकी दिदीले । उनलाई हार्न म सक्तिन । अघिलो पुस्ताकी अति ऊर्जाशील र समयको चेतना बुझेर लेख्ने सम्मानित स्रष्टा । नेपाली नारी सिर्जनाको सबैभन्दा नयाँ चेतनाको बिसौनी प्यारालाल स्काइ नै हो । त्यो लिएर उनी अर्काे महिना एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका जाँदै छन् ।
त्यहाँ पनि बोल्नु छ— फोरवर्ड लखेको छु; त्यसैबाट मिलाउनु पर्छ ।
तर कीर्तिपुरबाट फाल हानेर प्रज्ञा–प्रतिष्ठान पुग्दा, कार्यक्रम सकेर फर्किंदा तीनचार घण्टा समाप्त भइसक्नेछ । म हार्न पनि सक्तिनँ र आफूभित्रको स्रष्टालाई ठगेर, फकाएर, झुक्याएर म यसरी बत्तिएर अरूको भएर अरूकै लागि कुदिरहेको छु ।
भोलिदेखि पछि आउने कार्यक्रमलाई एकछिनको लागि मनबाट डिलिट गरेँ । त्यसो त आउँदो असार २१ सम्मका कार्यक्रम छन्, सुर्खेत जानु छ १८ मै । अहिले ती बिर्सन्छु, पछि नै रिट्रिब गरौँला । सधै कृषकको असार पन्ध्र जस्तो छ यो जीवन । यो म्याराथुन छ । तर सम्झिनु प¥यो अलिकति ता अरूको लागि पनि बाँचिन्छ । म आफ्नो लागि कम बाँचेँ कि ?
यस्तो सोचेर फेरि शान्त, सफा कीर्तिपुर डाँडातिर दृष्टि लगाएँ । इन्बक्समा क्लिक गर्दा फेरि एउटा ससानो अनुरोध पत्र आयो— ज्योति पौडेलको । त्यो रातको पत्र थियो अमेरिकाको । झल्याकझुलुक मनमा अमेरिका थोप्लाथोप्ली आइरहेको बेला जस्तो हिजो मात्रै भारती दिदीलाई पनि बोलाएको थिएँ । आज एक अनुरोध पत्र आयो ज्योति पौडेलको ।
ज्योतिसँग त्यति घनिष्ट हुन सकेको नभए पनि जान्दछु परोक्षबाट, उनको भाषा थियो— हामी अन्तध्र्वनिको प्रकाशन गर्दैछौँ । तपाईंबाट एउटा रचनाको आशा गरेका छौँ ।
उनको अत्यन्तै विनयशील स्वभाव त्यहाँ छ । समय कम्ती छ, स्वीकार गर्न नसकिने जस्तो छ आग्रह । फेरि नाइँ भन्न सकिएला ? एक दूरभूमिमा नेपालीहरूको अमेरिकी डायास्पोरामा हाम्रो संस्कृतिको बीउ रोप्न लागिपरेका उनीहरूलाई सम्झेँ । त्यो हामी साराले गर्ने कर्म हो । भाषा साहित्य कलाले हाम्रो परिचय स्थापित गर्न लागिपरेकाहरू, उनीहरूले गरेको दुःख ज्यादा छ । देखेको सपना ठूलो छ । यसबेला होष्टेमा हैँसे गरिदिनु हाम्रै कर्तव्य हो । मूलधारबाटै त हो उनीहरूले सबै उर्जा प्राप्त गर्दछन् । त्यहाँ पनि हाम्रै संस्कृतिको ससानो बोटमा पानी हाल्दैछन् ।
गतवर्ष यसैगरी क्यानाडाका मित्र गोविन्दसिंह रावतको अनुरोधमा एएनए स्मारिका (२०१०) को लागि लेखँे— नेपाली भाषा साहित्यको विस्तारले जब यो हृदय उचालिन्छ शीर्षक रचना । कति राम्रो एक प्रकाशन पुष्प आएको छ । यो वर्ष ज्योतिले आग्रह गरेको पनि यस्तै कुनै ऐतिहासिक कर्मको लागि होला ।
म दोधारमा परेँ । समयाभावले असमर्थ जस्तो भएँ । अझै राम्ररी निको भइसकेको छुइन । हेर्नू नि बैनी बैसाख २०६८ को गरिमामा दाजुले लेखेको डा. गोविन्दः नर्भिक बेड नं. २१३; म भर्खर निस्केको । यस्तै उत्तर दिन मन लागेर आएको थियो । तर रोकिएँ अनि लेखेँ — बैनी यो डेडलाइन अत्यन्तै छोटो भयो । मेरो स्वास्थले र पुराना कामका चापले मेरा शरीरमा त्यति तागत उत्पन्न हुन सकेको छैन । त्यति चाँडो सक्तिनँ कि ?
फेरि तत्कालै उनले लेखिन्— २४ जून सम्म भए हुन्छ सरको रचना सम्पादन गर्नुपर्ने छैन । प्रेसमा जाने अन्तिम तयारी छ हामीलाई त्यसबाट प्रेरणा मिल्नेछ ।
मेरो दैनिकीमा बस्ने बेला हुन लागेको थियो । मैले एउटा कुरा मनन गरेँ— नेपाली साहित्यको उत्थानमा लाग्नेहरू यहाँ भन्दा त्यहाँ वा अन्यत्र अझ कठिन परिस्थितिमा छन् । यसबेला जहाँबाट भएपनि उठ्न खोज्ने नेपालीलाई प्रेम र सहयोग प्रकट गर्नु पर्छ । उनीहरू सर्वप्रथम नेपाली साहित्य संस्कृतिको सहयोगले जातिको इज्जत स्थापित गर्न, अनि यसलाई उच्च गर्न लागिपरेका छन् । यही भावनाले आफ्ना अधिकांश समय अनेक भूगोलका नेपाली डायास्पोराबाट भएका कर्महरूलाई प्रोत्साहित गर्नमा अर्पित गरिरहेको छु । अलिकति उबारेर, बचाएर पनि यो समय अर्पित गर्दैछु ।
यतिखेर हङकङका देश सुब्बाको भयवादी दर्शन माथि लेख्तैछु, अफगानिस्तानी केदार सङकेतको नियात्रा सङ्ग्रह माथि बोल्दैछु, यतिखेर जर्मनी मिजास तेम्बेहरूको रिफ्लेक्सन्ज वियोन्ड बोर्डरमाथि गर्दैछु, यतिखेर अमेरिकाकी निलम कार्की र अरूको स्टोरिज फ्रम द डायास्पोराजमाथि गर्दैछु; यतिखेर बेलायति टंक वनेमको मिथकको हाक्पारे गडतिर र डायास्पोरा माथि पनि गर्दैछु । यी सबै गराइहरू नेपाली साहित्यलाई व्यापक र विस्तार गराउने उद्देश्यका हुन् । मैले नभ्याए कसलाई गुहार्ने होला । मैले दुई अक्षर यही (नेपाली) भाषामा गरेँ । यसैबाट गरेँ मलाई जगत्ले चिनेको यही भाषाका अक्षरको खेलले हो । डेरिडाले यसैले ‘खेल’ भनेका छन् । यसैबाट सिकेर होला धर्मेन्द्रले आफूलाई ‘लेखक’ होइन ‘खेलक’ भनेका छन् । मैले पनि केही दिनको यस खेलमा सक्रियतासाथ भाग लिनु पर्छ ।
मनमा सम्झिएँ— अब ज्योतिलाई के भन्ने होला ? न्यूयोर्कबाट प्रकाशित हुने प्रतिध्वनिको प्रवेशाङ्कको लागि कस्तो लेख सिर्जना गर्नु होला । सायद अमेरिकी डायास्पोरा र नेपाली भाषा साहित्यसिर्जना शीर्षक अत्यन्तै उपयुक्त हुन्थ्यो होला । त्यता घुमेर आउने ओम सुवेदी, हिरण्य भोजपुरे, चन्द्रकान्त आचार्य, खेम दाहाल— अनेक कृति, अनेक अनुभूतिका निरन्तर आइरहेका छन् । त्यहीँ बस्नेहरूले पनि प्रकाशित गरिरहेकाछन् । राजबको एक नयाँ पक्रे हुन्छ अथवा होमनाथको अथवा रीताको अथवा भारतीको अथवा यस्ता अन्यहरूको । तर यो समग्रताको प्रयत्न ठूलो छ, हार्दिक र प्रशंसनीय ।
एक भिन्न भूमिमा आफ्नो संस्कृतिको विरुवा रोप्न चाहनेहरू त्यसमा पसेर विस्तारै दुवैतिर जराले छोएको एक हाइब्रिड विरुवा फलाउन चाहनेहरू । दुवैतिर स्वाद हुने, रङ दिने र अबको नेपाली संस्कृति र इतिहास त्यतैतिर छ । विश्वको स्वरूप पनि त्यस्तै छ । त्यो एक भूल्न नसकिने यथार्थता पनि । यसैको आशयले ज्योतिले मागेकी हुन् ।
यहाँ (नेपालमै) पनि यसरी बदलिएको संस्कृतिमा गम्भीर चर्चा गर्न थालेका छौँ । बोद्रियारले भनेझैँ हामी बिस्तारै साइबरनेटाइजेसनले बाँधिदै छौँ । त्यसैले ज्योति बैनीको इमेलले म संबेदित भएँ । तत्कालै म उहाँहरूसित जोडिएको भएँ, उहाँहरूको प्रयत्नको समर्थक र सहभागी म पनि हुँ भन्नेमा पुगेँ र लाग्यो साँच्चै सेन्स अव् स्पेस ह्याज रियलि रिप्लेस्ट ज्योग्राफि । भूगोलको ठाउँमा आज स्पेस (दिक) प्रतिस्थापित छ । त्यसैले उनलाई मैले नजिक देखेँ, सँगै ठानेँ र यो प्रकाशन कार्यमा हार्दिक सहयोग गर्ने उद्देश्यले जुरुक्कै उठेँ ।
दिउँसोको तालिकाले मनलाई बाँधेको थियो; तर फेरि मुक्त भएर सारा दाम्ला चुँडाएर उठेँ । अहिलेको यस्तो बन्धित अवस्था र साइबर संस्कृतिमा फँसेको मानिसको लेखान्तमा पनि हामी यस्ता गम्भीर छलफल गर्दछौँ । अघिल्लो हप्ताको “उत्तरआधुनिक समयबोध” शीर्षक कार्यपत्रमा कत्रा छलफल र विमर्श उठे, हल्लिए । कसरी त्यहाँ नित्सेदेखि गायत्री स्पिभाकसम्मका अनि आल्थुजर, डेरिडा, लकाँ, बोद्रियार, सिक्सू.... सबै पश्चिमी जगत् उर्लिएर उठ्यो । हाम्रो वर्तमान कसरी एक भिन्न जगत्को रूपमा परिभाषित छ ! पाटनको एउटा रेष्टुराँभित्र हामीले विश्ववतास फेरेका थियौँ त्यो दिन ।
हाम्रा ज्ञानका स्रोत, विधि र उद्देश्यहरू पर्लक्क पल्टेर भिन्न भएको समयमा हामीलाई एक प्रकारको संन्त्रासले नै खेदिरहेको छ । मानवता अलिक कम्ती भएर यन्त्रले हामीलाई विस्थापित गर्न लागेको छ । यस्तो अनुभूति नै ज्योती बैनीलाई लेखी पठाउँ कि जस्तो पनि भयो । तर यो पोष्टमोडर्न विश्वको धुरीमा उनीहरू नै बसेका छन्; टाइम र स्पेस मेटिएको ठाउँमा यान्त्रिकता बिरुद्ध लर्दै अलिकति बाँकी सम्वेदनलाई यताको पनि सम्झनाले उनेर आफ्नै लिपि अक्षरमा ती सुरक्षित गर्न सकिन्छ भनी समर्पित भएर लागेका छन् ।
ज्योतिको चिन्ता भनाँै कि प्रेम डायास्पोरिक हो ।
यसको व्युŒपत्तितिर जान्न आज, बेविलोनबाट निस्कासित यहुदी अथवा पछिका अफ्रिकन, आर्मेनिअन्, आइरिस— अनेक कारणले देशबाट निस्कासित अभिघात भोगिहरू छन्— आज म त्यतातिर पनि जान्न । आज म वर्तमान विश्वले बुझेको, व्याख्या गरेको डायास्पोरिक सिर्जना र समालोचनाबारे बोल्न चाहन्थेँ आज म अमेरिकी–नेपाली डायास्पोराका साहित्यिक कृतिमा प्रवेश गरेर गम्भीर वार्ता उत्पन्न गर्न चाहन्थेँ; उपन्यास कथा कविता, यात्रा संस्मरण आदिले उनीहरूको संस्कृति–सचेततालाई अथ्र्याउन चाहन्थे । यो भिन्न सौन्दर्य र विषयवस्तुको साहित्यबारे आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्न चाहन्थेँ परन्तु ज्योति बैनी आज समय कम्ती छ, अर्काे पल्ट यही विषयमा लेख्ने बाचा गर्दै आज यहीँबाट विदा माग्न चाहन्छु ।
२९–२–०६८
कीर्तिपुर