About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal
Showing posts with label एथेन्सको झरीले भिजेका केदार सङ्केतप्रति. Show all posts
Showing posts with label एथेन्सको झरीले भिजेका केदार सङ्केतप्रति. Show all posts

Monday, June 27, 2011

नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प एथेन्सको झरीले भिजेका केदार सङ्केतप्रति



धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको, कृषकले धानका वियाड सिङ्गै माया मारेको यसपाली मात्र राम्रो मनसून चल्योतर लेट मनसुन साउन पन्ध्रदेखि राम्रो बर्षा भो पछुवा खेती लागाए अझ भदौं लागेदेखि आजसम्मै आँखा उघारेको छैन आकाश सधैँ डम्म , बादलले ढाकेको बाटाहरू हिलाम्मे, अझ ट्याङ्लाफाँटको भट्टराई निवासदेखि बजार जानु, अथवा विश्वविद्यालय पुग्नु असम्भव भएको जीवन यस्तै

विद्युतीय माध्यममा परोक्ष परिचय भएका केदारले मलाई निकै अघि एकहार यात्रा निवन्ध तयार भएको सुनाएका थिए त्यसले मलाई विशेष प्रसन्नता दियो नभन्दै एकदिन पुस्प राईले एथेन्सको झरी मेरोमा ल्याई  छोडेका थिए आज झरीवादलले आकाश ढाकेको कीर्तिपुरमा केही लेख्न बसेको छु

बादल ओर्लेर उपत्यकाका डाँडातिर सेतो फूल स्यूरेझै कीर्तिपुर डाँडो सम्म छोपिएको आकाश कालै , एकछिनमा झरी बर्सिन्छ होला यस्तो बेलामा मैले एथेन्सको झरी हेर्न थालेँ यो झरी त्यो झरीको एक ध्वन्यात्मक निकटताले मलाई निम्त्याइरहेको थियो पढेर बोल्न लेख्न चाहन्थें तर उपयुक्त समयको प्रतीक्षा थियो

एथेन्सको झरीका लेखक केदारलाई मैले भेटेको छैन अघि बेलायतको भ्रमणमा पुगेको समयमा विश्वासदीपले उनको धेरैपल्ट नाम लिएका थिए तर भेट भएन सुन्छुयतिखेर तिनी अफगानिस्तानको कुनै अनकन्टार प्रदेशमा सैन्य अभ्यास गरिरहेका छन् त्यो सम्झिदा यी स्रष्टा भाइप्रति यो हृदयमा प्रेम उम्लिएर पोखिन खोज्छ त्यसैले हो कि यसमाथि लेख्न निकै हतारिएको छु नियति एउटा तर हृदयमा साहित्य; बन्दुक छेउमा तर कलम भिरेको छातिमाकसरी कतिबेर लेख्ता हुन् मलाई केदारले छोए जीवन साहित्यको सम्बन्ध कहाँ ? मेरो मन पीडाले उद्विग्न भयो सम्झेँ ती भाइ तोराबोराको अनकन्टार पर्वतदेखि कति टाढा होलान ? आजको अफगानिस्तान विश्वकवि रवीन्द्रनाथ ठाकुरको पात्र काबुलीवालाको देश जस्तो छैन अर्कै तालिबानको ती कुनै कठोर ठाउँमा लुकेर, कतै छेलिएर लेखिरहेका होलान् मेरा केदार यतिखेर सैन्य साहित्यको कसरी उत्पादन हुँदोछ, यो राष्ट्रले बुझ्नु पर्ने समय तर यो बुझेको छैन

एथेन्सको झरी शीर्षकले नै मलाई आकर्षित ¥यो त्यो प्राचीन सभ्यता केन्द्र ग्रिसको एथेन्स पुग्ने त्यसबारे यात्रास्मरण लेख्ने मात्रै हुँला जस्तो ठान्दथें तर केदार भाइको शीर्षक देख्ता एक भाग्यमानी स्रष्टा त्यो भूमिमा पुगेछन् भन्ने हर्षले मेरो मन भरियो त्यो भूमिको भ्रमण पश्चात नेपाली साहित्य सिर्जने मभन्दा पहिलेका मनुजवावु मिश्र पछिका केदारलाई सम्झिछु त्यसो अरूले पनि ग्रिसको यात्रा गरे होलान् तर नलेखिए पछि त्यो त्यसै विस्मृत हुँदो रहेछ

एक सर्काे शीर्षक पल्टाएँनौवटा यात्रा सस्मरणले भरिएको यस सङ्ग्रहको निर्माण अर्कै ढङ््गले भएको प्रत्येक निवन्ध आरम्भ गर्नुभन्दा अघि एक पूर्वयात्राकारको कुनै सङ्ग्रहबाट अलिकति उद्धरण राखेका छन् उदाहरणको लागि पहिलो निबन्ध पहाडघरतिर लाग्दा त्यसमा मेरो सङ्गै बसौँ यो रात शीर्षक  यात्रा निवन्धको एक उद्धरण रहेको यस्ता उद्धरणले लेखकलाई मनपर्ने नौजना नियात्रा लेखकलाई प्रस्तुत गरेको

ती नौ लेखक तिनका कृतिलाई यहाँ क्रमश राख्न चाहन्छुः
·         गोविन्दराज भट्टराईको सङ्गै बसौँ यो रातबाट
·         विश्वासदीपको तिगेलाको देश बोक्नुको पीडाबाट
·         मोदनाथ प्रश्रितको सुन्दरी रात सुस्केराका अनुहारबाट
·         ध्रुवचन्द्र गौतमको जर्मनीः नयाँ आँगनमा पाइला टेक्ताबाट
·         युवराज नयाँघरेको अनाम पहाडमा फनफनीबाट
·         अमर नेम्वाङ लिम्बूको सम्झनाका तरेलीहरूबाट
·         दयाकृष्ण राईको सम्झनाको आलिङ्गनमा वाँधिएरबाट
·         जय छाङछाको विब्ल्याँटो आकाशको धरातलतिरबाट
·         ताना शर्माको बेलायततिर बरालिँदाबाट


यो छनोटले अनेक नयाँ अर्थ दिन्छलेखक केदार कति अध्ययनशील रहेछन् उनी समसामयिक यात्रा  साहित्यलाई कति नजिकबाट कति प्रेमले पढिरहेका रहेछन् अनि नेपाली यात्रा लेखन कति ज्यादा विविधतापूर्ण हुन थालेको रहेछ केदारले रोजेका नौ कृतिमध्ये एकजना तानाशर्माको बेलायततिर बरालिँदा झन्डै चारदशक अधिको हो भने बाँकी आठ कृति वर्तमान एक दशक भित्रका अर्थात समकालीन भ्रमणका अनुभूति हुन भ्रमणशील नेपालीको सङ्ख्या बढेको , देश थपिँदा छन्

नेपाली जातीले गरेको अन्य भूमिका यात्रा साहित्यको खोजी गर्दा जङ्गबहादुरको बेलायत यात्रा प्रथम हो भने लामो समय पश्चात आधुनिक साहित्य चित्रकलाका एक शिखर लैनसिंह वाङ्देलको भ्रमण साहित्य प्रकाशित हुन थालेको पनि आधा शताब्दी भइसक्यो हालै उनको छोरी डीना बाङ्देल देवेन्द्र भट्टराईद्वारा सम्पादित मुलुकबाहिर यात्रा साहित्यको एक अमर गाथा प्रकाशित भएको यसले पचास साठी वर्ष अघिको फ्रान्स बेलायत त्यहाँ पुगेको एक स्वप्नद्रष्टा नेपालीको जीवनीचित्र प्रस्तुत गर्दछ त्यस पछिका ताना शर्मा, पछिका विजय चालिसे, यादव खरेल आदि हुन तर वर्तमान एक दशकको लेखन पहिलेकोमा ठूलो अन्तर आज नेपलीमा नियात्रा लेखनको मात्रात्मक गुणात्मक  गति भिन्न भएकोे त्यो कुरा माथिका कृति शीर्षक पढ्दा थाहा हुन्छ नेपाली लेखनको अवस्थिति (लोकेल) अर्कै भएको , पात्र परिवेश घटना अर्कै विषयवस्तु भिन्न; शैली पनि अर्कै भएको सबै  आश्चार्य लाग्दो

तिनै आश्चार्य लाग्दो समूहका एकजना नियात्राकार हुन केदार यहाँ देखिन्छनयाँ लेखनका नौजना स्रष्टामध्ये तीनजना देशभित्रको नियात्राकार छन् गोविन्दराज भट्टराई, अमर नेम्बाङ युवराज नयाँघरे अरू सात जनाले प्रस्तुत गरेका विविधतापूर्ण चित्र हेर्दा नेपाली नियात्रा लेखनको आसीम विस्तृति देख्न पाइन्छ आजको देशकोभन्दा परदेशको यात्राले ज्यादा कृति जन्माउन थालेको कत्रो खुसी नवीन उज्यालोको कुरा

यहाँका लेखकमध्ये विश्वासदीपले बेलायत, दक्षिणी अमेरिका एसियाई मुलुक डुले, धु्रवचन्द्रले जर्मनी, दयाकृष्णले पूर्वी एसिया, तानाशर्मा बेलायत, अरुले विविध पश्चिमी मुलुकहरू यसै क्रममा दामोदर पुडासैनी, इल्या भट्टारई, जीवनाथ धमला, इसान गौतम, गणेश राई, राजेन्द्र अर्याल पनि विविधतापूर्ण शक्ति लिएर उठेका छन् नेपाली यात्रा साहित्य चिनिनसक्नु भएको तिनै चिनिनसक्नुका लहरमा एक हुन केदार
वर्तमान यात्रा लेखनका विविधता ठम्याइनसक्ता छन विश्वासदीप, गणेश राई, केदारले एक प्रकारको सैन्य साहित्यको जग बसाएका छन् देवेन्द्र भट्टराईले रेगिस्तान डायरीमा प्रवासी नेपालीका जीवन देखाएका छन् गणेश राईले, विश्वासदीपले नेपाली डायस्पोराको चित्र पनि उतारेका छन् नेपाली जाति यतिखेर विश्वव्यापी भएको सैन्य भएर, कामदार भएर, आप्रवासी भएर, जागिरे वा व्यापारी भएर त्यतैको स्थायी नागरिक भै डायस्पोरिक समुदायका सदस्य भएर बेलायतीनेपाली, अमेरिकीनेपाली, हङ्कङेनेपाली भएर यिनीहरूमा प्रत्येक नेपाली जीवन फरक फरक दयाकृष्णले ल्याएको, कृष्ण प्रसाईले, मुक्ति काफ्लेले, हेमराज पहारीले, गोविन्द गिरीले, चन्द्रप्रसाद भट्टराईले, चन्द्रकान्त आचार्यले  प्रत्येकले बेग्लाबेग्लै संसारचित्र ल्याएका छन्

यात्रा साहित्यको विविधताले मलाई धेरै तानेकोछ यो हर्ष लाग्दो स्थिति यसले दुई कुरा बताउने शिक्षित वा स्रष्टा नेपाली सर्बत्र पुगेको त्यसैले त्यो निरन्तर आइरहेको

हरिहर खनालको चीन भ्रमण आएको , चन्द्र भट्टराईको पपुआ न्यूगिनी भ्रमण आँउदो आइरहेको ध्रुवचन्द्र गौतमको रुस भ्रमण, चन्द्रकान्त आचार्यको अमेरिकी पोषराज चापागार्इंको थाइल्यान्ड, सिङ्गापुर आदिको भ्रमण आउन लागेको

यस्तो नयाँ दिशा, नयाँ उत्पादन, नयाँ विश्वको अनुभव भित्रिरहेको बेला केदार आएका छन्

केदारको आगमन मलाई अप्रत्यासित जस्तो लागेको तर उनको लेखनशैली, प्रस्तुति विषयवस्तु देख्ता उनी एक अनमोल बस्तु लिएर उपस्थित भएका छन् यहाँ ती खारिएका पनि

यो कृति पढ्दा उत्पन्न भएको आनन्द हृदयमा ताजा यो कहिल्यै नमेटिने गरी रहेको बेलायतीनेपाली डायस्पोरामा गद्य लेखकहरू धेरै पुगिसके—  ईश्वर मानन्धरदेखि यता हरिसिंह थापा, सुरेशजंग शाही, यतिबेलाका गणेश राई, दयाकृष्ण राई, जया राई, भर्खरै कृति विमोचन गरेर जाने बिकलचन्द्र आचार्य यो हेर्दा बेलायतीनेपाली डायस्पोराको स्वतन्त्र अध्ययन गर्न पुग्ने गद्यकार आएका छन्; गद्य आएका छन्

जया राईको कथासङ्ग्रह प्रतीक्षारत यो लेख्तासम्म थिएन तर आज जया राईको बेकर स्ट्रिटका दुई आँखा आइसकेको यो बेलायतीनेपाली डायास्पोराको उत्कृष्ट कथा जीवन चित्रण गर्ने एक उत्कृष्ट कथा हो त्यसैगरी अर्को उल्लेख्य बेल्जियमबाट नेपाली जीवन लेख्ने सञ्चू बजगाईंको समुद्र सपना पनि भर्खरै आएको

तर आज केदारमै समर्पित छु

किनकि केदारको लेखाइले बाँधेर ल्याएको उनी आफ्नै जन्मभूमिको यात्राबाट आरम्भ गर्दछन्  पहाडघरतिर लाग्दाबाट कठमाडौं, लामोसाँघुदोलखा, जिरीको यात्रा हृदयले आफ्नो माटोलाई अत्यन्तै सूक्ष्म भित्री आँखाले, मायाले, प्रेमले भिजेको बेला अतीतसँग रसिएको प्रत्येक हेराई कसरी छुने यो निबन्ध बारीमा फलेका आरुको राताम्मे फूलहरू रातो माटाले बनेका घरहरूले पारिपट्टिका पाखाहरूमा बुट्टाझै लाग्थ्यो खोलाको सङ्लो पानी गन्तव्यविहीन यात्री जसरी बग्दै थियो झ्याल खोलेर आरूका फूलहरूको केही मात्रामा भए पनि बास्नाको सर्काे लियौं हामीले बस चारखालको जङ्गल खोल्साहरू छिचोल्दै हुइँकिदै थियो

अरू बाँकी आठ यात्रा अन्य भूमिका छन्, अनेक भूमिका, विविधतापूर्ण अनुभूतिका सरल सुन्दर कुनैमा एक बर्दीधारी भै खटिएर पुग्दाका, कुनै उद्देश्यसाथ गरिएका यात्राका केदारको मनमा सधंै एउटा तीक्ष्ण निरीक्षक  अवस्थित , त्यसलाई व्यक्त गर्ने शिष्ट शैली त्यसैले उनलाई लेखाएको

इटलीका पहाडमा पुग्दा गोर्खालीका स्मारक हेर्ने इच्छा भएका केदार जव अन्य देशको समुन्नति देख्छन् आफ्नो दुर्गतिको सम्झना गर्दछन् नेपाली पनि शायद त्यस्तै उन्नत हुन सक्थ्यो, तर सकेन, देश पछि आफ्नो देश पछि पर्नाका कारण सोचेर उनी दुःख व्यक्त गर्दछन् सिङ्गापुरभन्दा कमी लागेन यहाँका बाटाघाटा मलाई सोचेँ हैन हाम्रो नेपाल पनि यो भन्दा कमको छैन प्राकृतिक सौन्दर्यमा सबै कुरा मेहनत विकासका आयोजनामा निर्भर पर्ने कुराहरू हुन यीत स्विजरल्यान्ड पनि सबै समथल भूगोलले समेटिएको यहाँ झन् नेपालको भन्दा विकट पहाड, पर्वत भिरपाखाहरूले भरिएका छन् भिराला पाखाहरूमा नै मनग्गे खेतीपाती लगाएका छन् यी सबै कुरहरू विकासको भौतिक पूर्वाधार, संरचना, आर्थिक लगानीमा कम चुहावट सो देशका जनताको इमान्दारी हो यो

भावना कोमलता मिसिएको केदारको गद्य कतिवेला सुन्दर कविता लाग्छ एथेन्स्को झरीमा एक उदाहरण हेरौँ

जब सिन्ताग्माको उद्यानमा ओर्लन्छु
सिन्ताग्मा सहर यतिखेर पनि रुझिरहेको देख्छु नेपथ्यमा
क्रिसमसमा यथावत् राखिएका कृत्रिम धूपिका रूखहरू रुझिरहेछन्
जापिया प्यालेस रुझिरहेछ
बोटानिकल बगैंचा रुझिरहेछ
पहाडहरू क्रमशः मानास्तिराकी, कोलानाकी ल्याकावेटुस  पनि रुझिरहेछन् रुझिरहेछ बडेमाको भवन एथेन्स
पार्लियामेन्ट हाउस रुझिरहेछ
झन् त्यसै रुझिरहेछ
खुशीमा रुझिरहेछ निथु्रक्क !

उनका लेखाइ शुद्ध नेपालीमा, चोखो ग्राम्य बाणीमा, पढ्दा अत्यन्तै सुन्दर लाग्ने, वोधगम्य कति उखान टुक्का तथा लोकबाणीले भिजेको एउटा उदाहरण एकै छिनको गड््याङ्गुडुङ्ले धुले सडक भिजेर हिलामा परिणत ल्यासल्यास्ति परेका राता चिम्टेमाटाको रजाईँ अनि हाम्रा चिल्ला गाडीहरू हिलेमाछा जस्ता ल्यातेप्याते भए एकैछिनमै घरी तल्लो छेउ, घरी पल्लो कहिले अथाह पानी भएको खाल्टोतिर लतपतिन थाले बडो छिल्लिँदो पाराले सुरेशजीलाई बढो कठिन भो कन्ट्रोलमा ल्याउन भने चिउँचिउँ हुँदै पाखाका उमे्रका सप्त इन्द्रेणीलाई कैद गर्न क्यामराको ढकनी पुछ्न थालेँ साथीहरू घुर्न थाले चिडियाखानाका चितुवा घुरे झैं

अरु केही यस्ता उपमा यहाँ टिप्नु उपयुक्त ठान्दछु
लल्याकलुलुक घाममा रायोको साग ओइलिएझै
चिप्ले कीरा जसरी भुइँमा टाँसिन्छु
सल्किरहेछ मसमस मनमा हर्राेको जस्तो टर्राे स्वाद
सिलभरे डेक्ची कुच्एिझै किचिक्कै मेरो चस्मा पनि
खर्कमा भदौरे भैँसी उघ्राएझै विस्तारै, प्रशङ्गमा कुरा आउँदा अन्य सभ्यताको कति उदाहरणीय विशिष्ट कुरा यहाँ दिएका छन्
उभिएर भए पनि पढनेले पढेका छन्
हाम्रो नेपालमा जस्तो गोठालाको यहाँ आवश्यकता देखिन मैले

एथेन्सको झरी ज्ञान, सूचना, कलाले भरिएको बाहिर पुगी बसेका नेपाली डायस्पोरिक समुदायको जीवन झल्का , सम्पूर्ण बाहिरी चेतना प्रगतिको नेपालसित तुलना , सर्वत्र  राम्रोको कामना राखिएको सङ्कीर्णताले कहीँ नछोएको एक उदारमना स्रष्टा झुकेर बसेको आफ्नो जाती सम्झेर लेखकमा देखिएको पुस्तकप्रेम, विद्वानप्रतिको आदर लाल रापचामा ठाउँठाउँ पुरातात्विक महत्वका कुरामा ध्यान जान्छ, असल नौला कुरामा ती कुरा देशले सिके कस्तो हुन्थ्यो अन्यत्रको परिस्थितिले छोएको बेला उनको मन आफ्नोमा जान्छ यसरी हामी पनि दशबर्से जन युद्धले उँधोगतितिर धकेलिँदै छौँ झन् आज आएर देशले अर्कै विकराल युद्धतिर धकेल्दै गरेको एकिन गरिरहेछु लिङ्ग, वर्ण जातित्वलाई आधार बनाएर अगाडि बढ्नु निमुखा जनतालाई शिक्षामा उन्मुख गराउनुभन्दा पनि वित्थाको रगत उम्लने भाषणले सोझा नेपाली जनताहरूको मनलाई कुबाटो तर्फ डाइभर्ट गराउनाले फेरि एकचोटि मन दुख्न थालेको मेरो के अव हामी मुस्लिम हिन्दु, बुद्धिस्ट क्रिस्चिएन अथवा जात जातित्वलाई आधार मानेर लडाईँ लड्ने कि देश विकासको लागि एकजुट भएर अगाडि बढ्ने भावनात्मक शैली गुथ्ने ?

लेखक धेरै ठाउँ सैनिक पोशाकमा छन् तर जहाँ पुगेपनि स्रष्टाको मन भावना लिएर पुगेका छन् उनले गरेको अफगानिस्तानको यात्रा ग्रिनजोनको यात्रामा वर्णन गरेको आफ्नो आउटफिट कति भिन्न जगतको कुरा !

मुभमेन्ट कमान्डरका हातहरूमा वाकिटकी रेडियो
दायाँबायाँ सडकका पेटीहरूमा तैनाथ गरेका सैनिकहरू

कम्मरमा नाइन मिलिमिटर पिस्तोल काँधमा एके फोर्टीसेभेन बन्दुक कम्मरको पोचेसमा .७२ गोलीका म्यागाजिन म्यागाजिनको छेवैमा छुरी के के नै गरिहाल्लान जस्तो तडकभडकका नौटङ्की बाटामा पर्ने घर, अफिसका गेटहरू बन्द गर्ने सङ्केत गर्छन् चाहे त्यो अमेरिकी राजदूतावास होस् कि बेलायत सरकारको होस, गेटको अगाडि आएर इारकी सिपाही उभिएपछि सवारी नसकुन्जेल कसैको केही नलाग्ने हामी पनि रोकिन्छौं पसिना चुहिन्छ तरररर जिउभरि, पाकेको कागती निचोरे झैं बिचरा हामी ठुटे टुरिस्टको हरिबिजोग कस्ले देख्ने !

नेपाली साहित्यमा केदारको प्रवेशलाई एक महत्वपूर्ण कुरा ठान्दछु उनको लेखन सरल, सरस साहित्यिक कोमलताले निर्मित अत्यधिक नेपाली स्रष्टा विश्वतिर छरिएर अनेकतिरको सूचना ल्याइरहेछन् नेपाली बाङ्मयलाई अझ सम्पन्न बनाईरहेका छन् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महत्वपूर्ण कर्म गरिरहेको होमनाथ सुबेदी दयाकृष्ण राईको अत्यन्तै सुन्दर विश्लेषण व्याख्याले यस निबन्धसङ्ग्रहको सैद्धान्तिक आधार स्थापित गरेका छन् नेपाली साहित्य उत्तरआधुनिक परिवेशको विस्तृति यसले विविधतापूर्ण स्थितिको स्वागत गर्दछ डायास्पोरिक एक हो, युद्ध साहित्य अर्काे हो

बेलायती नेपाली गद्यकार÷यात्राकारको नाम लिँदा समकालीन चेतना भएका पठनीय सुन्दर कृतिकारमा यतिखेर गणेश राइ, दयाकृष्ण राई केदार सङ्केतको नाम लिन चाहन्छु अव नयाँ समयको साहित्यको अध्येताले थाप्ने अरु धेरै नाम छन्, अघि उल्लेख गरिसकेँ तर यी चार नाम कतै नछुटून् आज यहीँबाट अनुरोध गर्दछु आजका साहित्य पाठकले केदारझै सुसूचित हुनु आवश्यक उनले एउटा कृति रच्न नौ वटा लेखक पढे भने, अरू कति पढे हुनन् केदारलाई आजका लेखकले अत्यन्तै ठूलो उदाहरणीय पाठ सिकाएका छन् धेरै लेखक पढ्न चाहँदैनन् तिनीहरू अन्यबाट अनुभव ग्रहण गर्न असमर्थ हुन्छन् तिनीहरूको लेखन पनि सधैं कमजोर हुन्छ यस्तो समयमा नयाँ सोच भएका केदारको फेरि झुकेर प्रसंसा गर्दछु

उनले भ्रमण गरेका देशहरू विश्वासदीपका झैं, गणेश राईका झैं, ईशानका अथवा दामोदरका झैं विविध छन् बेलिज, इटाली, एथेन्स, बेलायतसित जोडिएका दुई अरु भूमिका तीन यात्रा छन्

मलाई अघि कहिल्यै यस्तो भएन केदारका जति पढ्छु त्यति पढौं लाग्ने, नटुङ्गिओस जस्तो हुने विस्तारै बगेको, सूचनाको भारी नभएको विवरणको पट्यारले नकिचेकोसरक्क सरक्क एउटा उड्न तत्पर चरीले एक डालीबाट अर्काेमा सरे जस्तो कति राम्रो यो लेखन अर्थात यो गद्य शैली

केदारका यात्रा निबन्ध जोन्सनले परिभाषित गरेका जस्ता लाग्छनलूज स्यालि अफ् माइन्ड मस्तिष्कको सरल निष्पादन, कुनै बोझ बेगर, हल्का, सरलताले घटनालाई, स्थानलाई, कथ्यलाई छोएर साथै वान्ट अफ् फिनिस जस्ता पनि छन् ती अझै अघि बढिरहे कहीं नठोक्किएलान जस्ता अन्त्यमा अचानक बिसाउँने छन् एक रहस्य जिज्ञाषा अझै एक सफल निवन्ध यस्तै हुन्छ

दक्षिण अमेरिकाको बेलिज अघि विश्वासदीप गणेशले पनि भ्रमण गरेको ठाउँ तर यो केदारको हेराइमा अर्कैछ बेलिज, खाडी मुलुक अफगानिस्तान बेलायतका कति ठाउँ सैन्यको रूपमा उनी पुगेका छन् यात्राका व्रmममा सैन्य कर्तव्य, अनुशासन, अभ्यास, विशेष सुरक्षा शस्त्रास्त्रका कुरा जब आउँछन्  त्यसवेला उनी भिन्न व्यक्ति लाग्छन्हतियारधारी भिन्न ड्रेसमा, भिन्न चिन्ता कर्तव्यमा उनी भित्रको लेखकको आवरण त्यो होइन तर लेखक त्यहाँ पनि झुकेर अर्कै उज्यालो दृष्य लिएर उभिएको नेपाली भाषा साहित्यको सेवामा समर्पित, भिन्न भूगोलका, संस्कृतिका, प्रकृतिका, इतिहासका सन्देश बोकेर आफ्नो भण्डारमा ल्याउन उभिएका एक स्रष्टा



नेपाली साहित्यमा लेखनको एक भिन्न विधा युद्ध साहित्य प्रस्तुत कृति एथेन्सको झरीभित्र बन्दुकले छेलिएको, कहिले अफगानिस्तानको भीरमा, कहिले बेलिजको जङ्गलमा, कहिले अरबभूमिको उष्णतामा, घुस्रिंदै, लुक्तै, घर सम्ँिझदै, अकल्पनीय दुखसुखका अनुभूतिमा रङ्गिएको एक सैन्य पात्र केदार सुनुवार जसले परोक्ष रूपमा युद्ध साहित्यको थप सामग्रिको  सिर्जना गरिरहेका छन् नेपाली साहित्यले यस भिन्न विधाको अध्ययन गर्ने एक छुट्टै कोटीको आरम्भ गर्ने जसको सम्बन्ध सैन्य युद्धतिर हुनेछ यस्ता थुप्रै नेपाली स्रष्टा छन ती नेपालबाट यस्तो सेवामा अन्यत्र जाने महेशविक्रम शाह, राजु श्रेष्ठहरू छन् उनीहरूका कृति अथवा खासगरी गणेश राई उनका वृत्तका अन्य छन्मिजास तेम्बे, विश्वासदीप, दयाकृष्ण, केदार धेरै छन् आउने समयको लागि, नियात्रा साहित्यप्रेमीको लागि पढनै पर्ने अरु केही सुन्दर कृतिको नाम उल्लेख गरेर आज रोकिन चाहन्छु

·        
लैनसिंह वाङ्देलको मुलुकबाहिर — (सम्पादक डीना बाङ्देल, देवेन्द्र भट्टराई)
·         कृष्णचन्द्रसिंह प्रधानको जीन्दगीका टिपोटहरू
·         गणेश रसिकको दशगजामा उभिएर
·         ईल्या भट्टराईको लफबरा वरिपरि
·         गणेश राईको युद्ध एम्बुसमा राइफलको सङ्गीत
·         तुलसी भट्टराईको विश्वको छानामा महाकवि
·         गोविन्दराज भट्टराईको गोधुलीमा दश पाइला
·         इशान गौतमको मायालु बतास अनि रङहरू
·         दामोदर पुडासैनीको यात्राका प्रेमिल तरङ्गहरू
·         चन्द्रकान्त आचार्यको सम्झनाको क्षितिज
·         विश्वासदीप तिगेलाको गृहयुद्धका पीडा
·         कृष्ण प्रसाईंको अनुभूतिका छालहरू
·         युवराज नयाँघरेको नीलडाम
·         पोष चापागाईंको मौन चुल्ठो
·         गङ्गा उपे्रतीको तिब्बतमा दश दिन

यस विधातर्फ केदारले अत्यन्तै ठूलो योगदान पु¥याएका छन्

केदारका निवन्धको सृजना सरलता नेपाली बाणीको स्वाभाविकताले पठनीय बनाएका छन् सबै नियात्रा साहित्य पाठक समक्ष एथेन्सको झरी पढ्न अनुरोध गर्दछु; सबै नियात्रा लेखकसमक्ष यो नयाँ लेखनबाट थप प्रेरणा मिल्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु
धन्यवाद

(कृतिको भूमिकामाथि संशोधन, परिमार्जन)

१५ असार २०६८  
ट्याङ्लाफाँट, कीर्तिपुर     
त्रिभुवन विश्वविद्यालय
काठमाडौँ, नेपाल