एक दशक नाघ्यो; शीलु घिमिरेले मास्टर्स सकेर अध्यापनमा लागेकी थिइन् । भाषाविज्ञान समाज नेपालको अध्यक्ष थिएा । त्यो पल्टको वार्षिक सम्मेलनमा शीलुले उद्घोषकको कार्य गरिन् । उनको प्रस्तुतिले त्यो दुईदिने महासम्मेलन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो होला— उनको अङ्ग्रेजी राम्रो थियो ।
पछि मैले सुनो शीलु क्यानडा प्रवेश गरिन् । मानिसको हृदयमा आङ्कुशे लगाउने अनेक कारक उदाएका छन्, डी.भी. छ, हाइस्किल्ड म्यान्पावर छन्, अरू पीआरकेन्द्री अनेक स्वप्न गृह छन् । कुनै एकतिर शीलु तानिइन्; मलाई लामो सुनसानजस्तो भयो ।
उनको हृदयमा उच्च शिक्षाको स्वप्नसम्मेलन भइरहादो हो तर यथार्थमा एक विवाहित युवती अरू कर्तव्य र अतिरिक्त जिम्मेवारीले निर्देशित जीवनलाई सागै परिचालन गर्नैपर्ने कर्तव्यपथमा पनि थिइन् । मलाई त्यति स्वीकार्न निकै समय लाग्यो ।
निकै पछिदेखि शीलुसित दूर संवेदनाहरूले जोडिन थालो । विशाल भुमरीमा घुम्न थालेको त्यो जीवन यता स्थिर समाजमा पुराना समयको गोडमेल गरिबसेको म र यहााको जीवन । कतै कुनै मिलनबिन्दु छैन । परन्तु मलाई लाग्छ— शीलुको हृदयले भन्दैछ, डेनि डेन्जोक्पाको गीतमा— पाइला तिम्रैतिर लम्किन्छ भनेजस्तो आभास छ । उनको हृदय ता आफ्नै जन्मभूमिमा अल्झिएको ।
उता अध्ययन गर्ने, नेपाली सोसाइटीमा केही प्रेरक काम गर्ने गर्दै थिइन् । एउटा पुस्तकालय खोल्न सहयोग पुर्याएको, स्वयम्सेवामा समर्पित भएको कुरा सुन्यौा । केही पुस्तक पठायौा । त्यसैबेला शीलुले बाल साहित्य उपयोगी एक कृति रचेकी छु भनेकी थिइन् । पछि मलाई सुनकेस्री शीर्षक केही अंश पाठाइन्, हेरो, तर त्यसमा परिस्कार धेरै बााकी थियो । झ्याउरे छन्दको सो कृति पढ्दा मलाई लाग्यो— नेपाली साहित्यमा केही गर्ने आकाङ्क्षाले उनलाई त्यो गराएको छ, परन्तु हरफमा मात्रा र अनुप्रास मात्र होइन अक्षर पनि मिल्न बााकी थिए । एक मनले भन्यो— जे भए पनि एउटा प्रयत्न छ; यसको स्वागत गरौा । तर अर्काे मनले भन्यो, युवा पुस्तालाई आफूले बुझेको कुरामा बाटो देखाउनु मेरो कर्तव्य पनि हो । त्यसैले मैले भनो— पढो बैनी राम्रो छ तर यसको प्रकाशनबारे चाहिा भेटेरै सल्लाह गरौाला ।
मेरो अमेरिका जाने तयारी थियो । तर एकदिन तीनबर्से वेद र आफ्नी आमा लिएर शीलु कीर्तिपुरमै आइपुगिन् । अलिक बदलिएकी, भिन्न तर उस्तै उज्याली र विनयशील थिइन् । उनको गीतिलयको कृति (सुनकेस्री) माथि छलफल गर्यौा । गेयात्मकता यसको प्रधान गुण हो र त्यसलाई कायम गर्न यति साधना गर्नुपर्छ मैले भनो— महाकविले स्थापित गर्नुभएको त्यो नेपाली छन्दको महिमा अपार छ तर बैनी यसको गेयता स्थापित गर्न अझै मिलाउनु धेरै छ, मैले गाएर पनि सुनाएा र भनो अहिले यसको प्रकाशन नगरौा ।
मेरो प्रस्तावना स्वीकारेर शीलु हिाडेपछि मेरो मनमा गहिरो खिन्नताले छोप्यो— मैले एकजना होनहार प्रतिभालाई नेपाली वाङ्मयतिर आउने बाटोमा उभिएर निरुत्साहित पो गरिदिएा कि ? मलाई ग्लानि भइरह्यो ।
उता पुगेर फेरि शीलुले सम्पर्क गरिराखिन्— अहिलेलाई मैले त्यो स्थगित गरो, सुधारेर गरौाला । सर, म यता एउटा गद्य आख्यान पो लेखिरहेकी छु । त्यसलाई हेरिदिनु होला ।
म ढुक्क भएा आनन्दित भएा र ठानो शीलुमा एक अदम्य स्रष्टाको बास रहेछ । मैले उनलाई निरुत्साहित गर्ने अनर्थ गरिनछु ।
उक्त कृति मेरोमा आइपुग्नुभन्दा पहिला उनले— बीसवटा कथा पठाइन् । तीमध्ये एउटा वृन्दावन पढेर मैले हङ्कङको साब्लाबुङ (डायास्पोरा विशेषाङ्क)मा प्रकाशनार्थ पठाइदिएा ।
त्यसपछि शीलुको कृति उतादेखि हस्तलिखित नै आयो । त्यसलाई उनका आफन्तले टाइप गराए, फेरि प्रूफमा पठायौा सच्यायौा, सेटिङ् गरायौा— यी आरम्भिक प्रक्रियाले नै धेरै समय लिन्छन्, लिए पनि । यी प्रक्रियाले शीलुको धैर्य परीक्षण गरे । यतिखेर नेपाली साहित्यको उत्पादनले यस्तै रूप लिएको छ ।
हालैमात्र अमेरिकाबाट आउने बुद्ध चेम्जोङको रूपकी रानी रूपा, सुन्दर जोशीको क्याशल रककी सुन्दरी, नगेन्द्र न्यौपानेको दरबार बाहरकी महारानीजस्ता आख्यानहरू यसै गरी नेपालभित्रका शिल्पीहरूका सहयोगले नै कृतिको रूप लिएका हुन् ।
सबै सफा भएपछि यो हप्ता मैले शीलुलाई अर्पित गरेको छु । परको देशमा पढेर लागेका केही शब्द लेख्दैछु ।
परको देशमा सुमन अधिकारीले देखेको भोगेको एउटा नवीन विश्व हो । अझ विद्यार्थी भिसामा अमेरिका जाने क्रमदेखि उहाा पुगेर बिताएको रोमाञ्चकारी समय, दु:ख, कष्टपूर्ण, अन्यौलपूर्ण भिन्न सुखसपनाबारे साक्षात्कार भएको अनुभूतिको कथा हो ।
एक युवती स्रष्टाको यो कथामा चार युवा नेपालीले प्रधान भूमिका खेलेका छन् । जीवनका चार दृष्टिकोण छन्, चार सपना र चार अन्त्य । यसलाई उपन्यास भनौा कि यात्रा अनुभूति विवरण, पाठकको मनमा एक द्विविधा पनि उत्पन्न हुन सक्छ । सुमनले यसलाई प्रधान द्रष्टा प्रस्तोता भई जसरी बताएको छ, त्यो हेर्दा यो उसको संस्मरणहरूको सङ्ग्रह लाग्छ । तर नेपाल छोड्ने क्षणदेखि वर्षाैंपछिसम्म जोडिएको आत्मसंस्मरणात्मक शैलीले पाठकलाई बगाइरहन्छ । अनिश्चित सपना, रुमानी कल्पना, भय मिश्रित सन्देह बोकेर लामो आप्रवासनमा जानेघरी उत्पन्न हुने मानसिकता कति सुन्दर शब्दमा प्रस्तुत गरेकी छन् उनले— झ्यालबाट एकैपल्ट काठमाडौा हेर्छु, लामो श्वाससागै, मैले जन्मभूमि छोडो र विमानसागै म र मेरो मन शारदीय आकाशमा आनन्दित भएर उड्न थाल्यो । बिस्तारोबिस्तारै पहाडहरू साना देखिादै गए, हिमालहरू टाढिादै गए । घरहरू बिलाउादै गए अनि म सााच्चै बादलमाथिको देशमा गोता लगाउन थालो । कल्पनाहरू भने ताछाडमछाड गर्दै मलाई जिस्क्याउन थाले, सपनाहरू सहस्र बर्संदै मेरो बिपना उजिल्याउन थाले ।
नेपालको पृष्ठभूमि, काठमाडौाको परिवेश, यहीाको संस्कृतिमा हुर्किएको एक युवा पुस्ता, अमेरिका प्रवेश गर्ने २००० तिरको समूह । उपन्यास कृतिको आरम्भ धेरै परसम्म एउटा अबोध र नौलो प्रधानपात्रको यात्रानुभूति छ । त्यहाा पुगेपछिको नवीनता र त्यो संस्कृतिलाई बुझ्ने, त्यहाा रसाउने प्रयत्न अत्यन्तै जीवन्त शैलीमा प्रस्तुत छ । आफ्नी प्रेमिका अपेक्षासितको वियोग र उनको पत्र बडो भावनापूर्ण छन् । हृदयमा रोमाञ्च उठ्तछ; कतिबेला यो सन्देहले, कतिबेला पश्चात्तापले भरिन्छ ।
शीलुको लेखकभित्र सांस्कारिक चेतना अत्यन्तै गाढा भएर बसेको छ । उनको प्रधान पात्रले काठमाडौाको एक पठित ब्राह्मण परिवारको मान्यतामा नयाा समयले प्रहार गर्न थालेपछिको सन्देह, फेरि पनि नैतिक मूल्यहरू, धार्मिक परम्परा र आध्यात्मिक आस्थाको पर्खाल कति सुदृढ र अपरिमेय छ । वास्तवमा मानिस विश्वग्रामतिर परिक्षेपित हुन थालेपछिको सबैभन्दा ठूलो पीडा, चिन्ता, हर्ष, विश्मयपूर्ण अनुभूति सबैको उत्पादक तत्त्व उही छ; यो कृति तिनै अनेक भिन्नताबीचको स्पेस हो ।
इम्यानुएल नेल्सनको राइटर्स अव् दि इण्डियन डायास्पोरा (२०१०) भित्र प्रवेश गरेर हेर्दा थाहा हुन्छ— अनेक डायास्पोरामा वितरित महान् भारतीय लेखकले यही भिन्नताका बीचमा उभिएर लेखेका छन् । नेपाली साहित्यमा यस्तो प्रकृतिका लेखन, द्वैसांस्कृतिक, द्वैदेशिक अनुभूति, परासांस्कृतिक चिन्ता र उपलब्धिहरू लेखिन थालेको भर्खरै हो । त्यसको समुचित व्यवस्थापन र विश्लेषण बााकी छ ।
अमेरिकी डायास्पोराबाट लेखिएका आख्यानमा, संस्मरणमूलक कृतिमा नयाा शक्ति लिएर आएको यो शीलुको परको देशमा उल्लेख्य छ । त्यसो त हालै नगेन्द्र न्यौपानेको आख्यान दरबार बाहिरकी महारानी प्रकाशित भयो, होमराज आचार्यको द्वन्द्वात्मा प्रकाशोन्मुख छ, दुवैको निर्माण भूमि नेपालै रहेको छ; यद्यपि होमराजको द्वन्द्वात्मामा उठानबिन्दु अमेरिका छ । त्यसरी छोटो अवधिमा यात्रा पूरा गरी आउने चन्द्रकान्त आचार्यले न्यूयोर्क सुन्दरी लेखेका छन् ।
तर शीलुको यो भिन्न छ— दुई भूमिमा पात्रले शरीरले छोएका छन्; मनले छोएका छन् । यो पहिलो पुस्ताको अनुभूति हो । यसमा आप्रवासनका आकाङ्क्षा, उद्देश्य, प्रक्रिया, विस्थापन, प्रतिस्थापन यस्तै कुरा आउाछन् । यसले अनेक अन्तद्र्वन्द्वभित्र खेलेको छ । सांस्कृतिक, भाषिक, भौगालिक, ऐतिहासिक सबैप्रकारका भिन्नतामा आफ्नो स्पेस बनाउने, स्पेस गुमाउने प्रक्रिया छ । विश्वका सबै नवीन डायास्पोराको जीवन आरम्भ यसैगरी भएको छ । यी अनुभूति भिन्नता, परिचयको खोजी, विलयनको चिन्ताबीच बारम्बार स्वदेश स्मरण गर्ने जुन चिन्ता छ, त्यही नै यस कृतिको मूल कथ्य हो ।
यो सबै हाइब्रिड विश्व हो, संस्कृति मिसोट, जीवन भोग मिसोट । त्यसैले यहाा अमेरिकी खाद्य, वस्त्र, यातायात, शिक्षा, संस्कार र जीवन दृष्टिकोण सबैभित्र प्रवेश गर्नुपर्ने भएकाले तिनको अभिव्यञ्जनामा त्यहााका स्थान, नाम, परिवेश र चालाहरू स्वभावैले आएका छन् । सम्पादनामा मैले सकेसम्म देवनागरी अक्षर बनाएा वा अुनवाद गरो । यसले लेखकको आशय अलिक मधूरो गराए पनि यता पठनीयता अलिक उच्च गराउला भन्ने छ आशा । अङ्ग्रेजीमा लेख्न वा अनुवाद गर्न नथालिञ्जेल यस्तो कठिनाइ आइरहन्छ ।
पात्रहरू क्यानडा, नेब्रास्का हुादै टेक्ससको विशाल बृत्तमा घुम्दछन् ।
शीलुको सूक्ष्म निरीक्षणक्षमता, यथार्थलाई यथावत टिप्ने स्मृति र अत्यन्तै प्रभावकारी भाषाकलाले गर्दा कृति पठनीय भएको छ । यसले अमेरिकी जीवन बिताएका वा बिताइरहेका नेपालीको मानसिकता, तिनीहरूका बाध्यता, परिवेश, जीवन दृष्टि, चिन्ता, तृप्ति र आकाङ्क्षालाई बारम्बार छर्लङ्ग पार्दछ । उताको परिवेशलाई यता काठमाडौाको अत्यन्त जीवन्त स्मृतिले, बाल्यकालले, युवावस्थाले, यहााको सामाजिक पृष्ठभूमिले, पारिवारिक बृत्तले छोपेर ल्याउादा कस्तो भिन्न र अति सुन्दर जगत्को चित्र आउाछ ।
पी एस, ह्यारीश, कूल साम, बी.के., बी.जी. (सबै अनुकूलित नाम) का जीवनीबृत्तले, तिनीहरूका क्रियाकलापले अमेरिकी–नेपाल देखाउाछ । त्यहाा भिन्नभिन्न पृष्ठभूमि र प्रकृतिको समागम छ । एउटा नवसंस्कृति निर्माणमा विपन्न मुलुकका नागरिकहरू जुटेर गरेको सङ्घर्ष डरलाग्दो छ । प्रविधिले कहाा पुर्याएको छ ! यता एक भिन्न र सामान्य जीवनबाट पुगेका पात्रहरू कसरी नयाा संस्कृतिमा रसिने प्रयन्त गरिरहेका छन् । एक चित्र : किनमेल धेरै सामले गरेर ल्याउाथ्यो । उसको बी.एम.डब्ल्यू. गाडीमा, खानको सोखिन ऊ, होटेल म्यानेजमेन्ट पढ्न आएको । अनेकथरी क्यानका खाना उठाएर ल्याउाथ्यो । पकाउन र घर सफा राख्न लागिपथ्र्यो । ह्यारीलाई पकाउने, खानेमा धेरै मतलब थिएन । ऊ बिजनेस एडिमिनिस्ट्ेरशनको विद्यार्थी । कहााकहाा केकस्तो सेल छ, कहाा, कस्तो कार्यक्रम भइरहेछ हिसाबकिताब राख्थ्यो । घरको भाडा, ग्रोसरी, बत्ती र ग्यासको खर्च पनि ऊ नै निकाल्थ्यो र भाग लगाउाथ्यो । पी.एस. कम्प्युटर साइन्सको विद्यार्थी, उसको ज्यादा समय कम्प्युटरमै बित्थ्यो । घरको लागि चाहिने इलेक्ट्रोनिक्स, टिभी, कम्प्युटर सबै उसले नै जोडेको थियो ।
युवापुस्ता अघि लागेको छ सधौ । सपना बोकेर सधौ अज्ञात प्रदेशतिर छ । शुरुशुरुमा जानेहरूका कष्ट झन् कति गहिरा होलान् । यहाा एक नवीनता के छ भने यो कृतिमा स्रष्टाले पुरुषको दृष्टिकोण लिएकाले यो कसैले कुनै नारी स्रष्टाको कृति हो भन्ने अनुमान गर्न सक्तैन । लेखिका स्वयम् सुमन अधिकारीको रूपमा पनि एक प्रतिनिधित्व पात्र भएकाले वर्णन गर्छिन् : अमेरिका आउन पाउनु भनेको पुण्यले पाइने कुराजस्तो गर्थे, मलाई पनि त्यस्तै लाग्थ्यो तर यहाा आएर बल्ल थाहा पाउादैछु— अमेरिकाको भिसा भनेको जीवनकै ठूलो दशा रहेछ । यस्तो दशा जसको व्याख्या अमेरिका आउनेले मात्र गर्नसक्छ र त्यसको मर्म पनि यहीा आएर मात्र बुझिन्छ । त्यसको व्यथा अमेरिकाको अनुभव गरेको विद्यार्थीले मात्र बुझ्छ । न यी सबै कुराहरू म बाबा मामूलाई सुनाउन सक्छु न त सबैसाग लुकाएर एक्लो यसको सामना गर्नसक्ने क्षमता नै ममा छ ।
परदेश खण्ड परदेशमा प्रारम्भिक एडजेस्टमेन्टको सङ्घर्ष हो, प्रेम खण्डले लेखककी आमाको यौवन प्रवेश र मागी विवाहको तयारी, प्रेमका आाकुरा र नवयौवन, कस्तो मोहक शैलीमा वर्णन छ, कस्तो सूक्ष्म मोनोविज्ञान छ । लाग्छ— यस्तो कुरा एक पुरुषले लेख्न सक्तmैन । त्यसबेलाको स्थिति वर्णन गर्छिन् : सत्र–अठार वर्षको उमेर मान्छेको जीवनको सबैभन्दा सुखद अंश हुादो रहेछ, हरेक कुरा नयाा,जीवन्त, सुमधुर र ऊर्जाशील लाग्ने । शायद यो उमेरमा बालापन रहेर पनि बित्नलागेको उत्साह, बाबाआमाको पनि बुढ्यौली नलागिसकेको सुन्दर–स्वस्थ व्यक्तित्व, जहिले पनि संसार यत्तिकै चल्छजस्तो यौवन हठ, कुर्करे बौसको मन कुतकुत्याउने अनुभूति, खुला आाखाले देख्ने हजारौा सपनाहरू अनि साथी–साथी र साथीको साथ ।
परिवन्द आख्यानको डरलाग्दो मोड हो । त्यहााबाटै धेरै सपना धुलिन्छन् । जीवन तहसनहस भुमरीमा फास्छ । यी सारा कष्टहरू अधिकांश आप्रवासीले एकपल्ट भोगेकै छन् । त्यहाा जीवनको कति निम्न गर्तमा जान्छ, कस्तो कठोर भयावहताले घेर्छ, यो आख्यानको टर्निङ पोइन्ट हो । यसबाट परिबन्द अर्काे हुादै जान्छ ।
त्यो स्थितिले भयानक अनुभूतिमा ओराल्छ । पात्रलाई लाग्छ: आफ्नो देश छुट्नासाथ मान्छे कति रित्तो हुादोरहेछ; कति गरीब हुादो रहेछ । साराले धन्य सहारा दिई र सो परिबन्दबाट उम्केर छिन्नभिन्न भएपछि नेब्रास्का गुम्छ र कथानक टेक्सास सर्छ । उपन्यासको लोकेल अन्त्यसम्मै टेक्सास–नेपाल हुन्छ । यहाा बडो सांयोगिक र आकस्मिक लाग्ने दुई घटना थपिन्छन् । सुमन अलेलि गर्दै एउटी केटीसित फास्छ । उसकी अमेरिकी केटी र पछि आउने ह्यारीशकी नेपाली केटी— दुवै हृदयशून्य, दुवै कुलतले, व्यक्तिवादी जीवनले जिम्मेदारीविहीन, मायाप्रेमशून्य र संहारक भएका छन् । प्रेमले बााध्न सक्तैन, परम्परा छैन, भौतिक सुखको क्षणिकता छ, आवेगमा, संवेगमा, तृष्णाहरूको दृश्यमान प्रस्तुतिमा । भित्रदेखिको नैतिक बन्धन चुाडिएको, धार्मिक आध्यात्मिक डोरी खुस्किएको छ, मानिस त्यो सीमाहीन एवम् निर्वन्ध मरुभूमिमा एक्लिएको छ । त्यसरी ‘अमेरिकी दलदलमा’ फासेपछि सुमनलाई लाग्छ— उसको हृदय नेपालबाट पनि चुाडिएको छ । ग्लानिले हृदय भरियो, अपराधबोधले । त्यस्ती प्रेयसी छोडी सपना सजाउन अमेरिका पसेको आज एक अपराधी वा पतीतझौ हुन पुग्यो । यस प्रकारले अमेरिकामा विलीन हुन लागेका कतिपयको जीवनलाई मूलभूमितिर परिचय हराउन लागेको स्थितिलाई सुमले अनुभव गर्दछ । तर ती छोटा संवादहरूको बीचमा दुवैतिर बिलाएका सयौा दु:खका विश्वासहरू, पीडाका प्रतिबिम्बहरू, चिन्तनका लहरहरू र भविष्यको अनिश्चितता दुवै जनाले जानेर पनि आफ्ना हुन्छन् । थाहा पाएर पनि थाहा नपाएजस्तो गर्छन् । बुझेर पनि बुझ पचााउछन । कस्तो झूटोमा संसार अडेको छ ।
अस्पतालमा नवजात छोरा छोडेर उसको नेपाल फिर्ती अलिक नाटकीय लाग्छ । उसकै पिताजीको मृत्यु र छोरीको जन्म एकै क्षण हुनु पनि नाटकीय लाग्छ । पछि अर्काे खण्डमा ह्यारिशको कथा पनि अलिक नाटकीय नै छ । आख्यानमा अमेरिकी वा अमेरिका पुगेर नवीन जगत्मा रागमगिएका नारीको चित्रले पाठकको मनमा वितृष्णा जगाउाछ । पाश्चात्य जगत्मा प्रेमको मूल नै प्रदूषित भएर हो कि, अति यान्त्रिक औ विकृत हो कि फेरि स्वाभाविक एवम् सहज जीवन र हृदयका आह्वानहरू मलीन र निस्तेज भएका हुन् कि भन्ने स्पष्ट हुन्छ ।
अमेरिकामा अनेक प्रकृतिका, स्तरका नेपालीहरू पुगेका छन् । प्राय: तिनीहरूकै बीच घटना घुम्छ । अन्य डायास्पोराका पात्र र परिवेशको झल्को छैन । भाष्कर दाइजस्ता नेपाली पात्र छन् । तिनीहरूका मुखबाट नेपालबाट भिन्न भई गएपछिको अमेरिकी उपलब्धि र त्यसबाट उत्पन्न हुने रिक्तता प्रकट गरेका छन्— हेर भाइ, जेजस्तो भए पनि, जति पाएा, गरो भने पनि खै, मैले विदेशमा के गुमाएागुमाएा । अरूले हेर्दा मेरो के छैन र ? अमेरिकाका दुईवटा डिग्री छन् । क्यानडाको नागरिकता छ, दुईतले घर छ, दुईवटा गाडी छन्, राम्रा छोराछोरी छन्, पक्का काम छ, स्वास्थसम्बन्धी हरेक कुरा नि:शुल्क छ । लायकको छु, उमेर छ, सबकुरा छन् । तर खै भाइ के भनौ ! अहिले यी कुरा मसाग भएर पनि आफूजस्तो रित्तो कोही लाग्दैन । थाहा छैन, मेरो भोक केको भोक हो ? तर कहिले त लाग्छ, मैले कहिले पनि अमेरिका आउन भिसा नपाएको भए म कति भाग्यमानी हुन्थो होला । एकचोटि पाएको भिसासागै जीवनका दिशाहरू परिवर्तन हुादै गए र अहिले त्यो भिसा मेरो दशाजस्तो लाग्छ । मैले भनेको यो कुरा अरूले सुने बौलाएको भन्छन्— कुकुरलाई घिउ नपचेको भन्छन् । तर हेर भाइ, विदेशमा आएर, कमाएर, खाएर मान्छे त झन् रित्तो, झन् गरीब हुादोरहेछ । बरु खोले–फााडो खाए पनि आफ्नै देशमा, आफन्तहरूकै छेउमा राम्रो हुादोरहेछ । यत्रो देशमा मजस्ता नागरिक त कतिकति ! नेपालमा भए कोहीमा गनिन्थों होला, यहाा त म अपरिचित ‘नोबडी’ मात्र भएा ! अनि नदेखिने गरी उत्ता फर्केर आाखाको आासु पुछ्नुभयो ।
शुरुका दिनमा उत्पन्न हुने प्रेम, आकर्षण, रोमान्स र आतुरता; अनि प्रेमपथ निर्माण गर्न नसकी निर्णयमा पुग्नुपर्ने स्थिति, पुष्पित यौवन, समर्पण र त्यसपछिका दिन’ छन् । उनको चैतन्य कुलीन ब्राह्मण परिवार र हिन्दू संस्कारले जडित सनातनी गंगा, त्यसकै परिप्रेक्ष्यमा हेरिएको जीवन कति सुन्दर छ । सबैसबै बााकी जीवनभोगाइ, अमेरिकी बृत्तको वर्णन र अनुभूति भनेको त्यसैमा आएको विचलन र स्खलन मात्र रहेछ ।
सबैसबै डायास्पोरिक जीवनका अनुभूति, कला, साहित्य, संस्कृतिका प्रकाशन सर्वत्र यस्तै हुन्छन् । आख्यानबाट नेपाली अमेरिकी जीवनको कलिलो निर्माणाधीन संस्कृतिको अध्ययन गर्न शीलुको यस कृतिले अत्यन्तै ठूलो भूमिका खेल्ने छ ।
सधौको द्वैधता, सधौको ‘डिलेमा’, द्वैध मनस्थिति सर्वत्र छ । सबैको छ । त्यही बिम्ब छ यस आख्यानमा । नेपाल प्रवेश गरेपछि आफ्नै देशमा पनि गर्नुपर्छ, गर्न सकिन्छ, उताको ज्ञानले, अनुभवले यता पनि सपारौा भन्ने सन्देश गहिरो छ । सााच्चै शुरुका भग्नाशा, निराशा, आतेस र अन्धकारको क्षतिपूर्ति के छ भने— आखिर वर्तमान विश्वमा नै यस्तो स्थिति छ । जीवन जहाा पनि आशावादी बनी त्यसको समायोजनमा छ । यो आउने, जाने, सर्ने, भोग्नेक्रम अब नित्य छ । बेलभ्यूमा पढ्न जाने विद्यार्थीसमूहको विच्छिन्नतापछि परिशिष्टमा पुगेर लेखक सम्झाउाछिन्— सबैका अमेरिका आएर उपलब्धि गरेका प्राप्तिहरू आफ्नै छन् र सबैका नेपाल सम्झेर उठ्ने निश्वासहरू आफ्नै छन् । तर अझै पनि ओमाहा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक वर्ष आफ्नो भविष्य खोज्दै अवतरण गर्ने नेपाली युवाहरूको मुटुको ढुकढुकी यो कर्नहस्कर स्टेटले छामिरहन्छ ।
तर यस आप्रवासन प्रक्रियासित जोडिएका सारा नैतिक अनैतिक, कानूनी गैरकानूनी प्रक्रिया र अनुभूति हेर्न अन्यत्र जानु पर्दैन । कुनै कागजी विवाह, कुनै मोलतोलका क्षण छन् । अन्त्यतिर पुग्दा लेखकलाई त्यो सङ्घर्ष र अन्योलको भुमरीले जीवनलाई केही सिकायो भन्ने निष्कर्षमा पुग्न मन लागेको छ । त्यो ह्यारीशको बोलीमा छ, सब्रिनासागको असफल दाम्पत्य जीवनले सिकाएको छ । सबैभन्दा ठूलो कुरा सांस्कृतिक विचलनले मानिसलाई रिक्त, खोक्रो बनाई परिचयहीन छोड्दो रहेछ । ह्यारीश भन्छ: अमेरिका आएर मैले त्यही आफूूलाई खोज्ने मौका पाएा । आफूभित्र हराएको आफ्नोपनको शक्ति र साथसाथै कमजोरी छाम्ने मौका पाएा । जीवनको कुरूक्षेत्र मेरो लागि अमेरिका नै थियो । उद्देश्यको लडाइामा म खरो उत्रिएा, त्यसमा मलाई सन्तोष छ तर यस्तो स्वर्गजस्तो परिवारमा हुर्किएको म शायद सम्बन्धको ज्यादा लोभी रहोछु कि दादा, अमेरिका आएदेखि परिवारको न्यानोपन नपाएर मेरो मुटु छियाछिया भएको छ... त्यसपछि म बोल्नै सकिना । घााटीमा गााठो परेर आएको जस्तो भयो ।
ह्यारीशलाई भन्न लगाएको मात्र होइन, लेखक आफौ पनि सुमन भएर बोल्छ— यदि सबै नेपालीले यत्तिको मरिमेटेर, यत्तिको दु:ख नेपालमा गर्दा हुन् त नेपाल पनि अहिले कहााको कहाा पुगिसक्थ्यो । भएभरका देश छाड्ने युवाहरू मजस्तै त हुन् नि ।
संस्कृति नै त्यहाा हाम्रो दृष्टिमा विकृतिमा परिणत छ यद्यपि यो अर्थाेक केही होइन, आआफ्नो जीवन शैली हो । त्यस बीचको समायोजन कठिन भएर भिन्न अनुभूति उत्पन्न भएको हो ।
सब्रिनासाग सम्बन्ध विच्छेद गरी हिाडेको ह्यारीशको यो क्षण अलिक नाटकीय लाग्छ । पथप्रदर्शनमा गएपछि डी.भी.ले तानिएकाको दृष्टान्त दिादै लेखक अलिक औपदेशिक बन्छिन् । उपन्यासका घटना, कथा, आख्यानिकरण मलिन हुादैजान्छन्; आफ्नै अनुभवले, अनुश्रुति, उदाहरण आदिको वर्णन प्रस्तुतिले ज्यादा ढाकेर ल्याउाछ । यसबेला पाठकलाई यो कृति एक विशेष उचाइबाट तल ओर्लेको अनुभव हुन्छ । आख्यानबाट वर्णन, उपदेश र सूचनामा झर्छ, लेखकबाट हस्तक्षेत्र भयो भन्ने लाग्दछ र आख्यान बिस्तारै वर्णनजस्तो हुन जान्छ । कतिपय स्थानका परिचय, संस्कृति, खानपिनका चर्चा, समाजिक परिवेशका कुरा नदिए पनि हुन्थ्यो कि । पात्रहरूले आफ्नो खेल खेल्दै मात्रै जानु पथ्र्याे भन्ने लाग्दछ ।
ती पात्रलाई नेपालमा वा अमेरिकामा सकारात्मक जीवनतिर अवतरण गराउने लेखकको कर्म अति प्रशंसनीय छ तर त्यो पनि ज्यादा आदर्श पो हुन्छ कि भन्ने डर लाग्छ । त्यसपछि कति ठाउामा ह्यारीश, साम, बी.जी.— यी पात्रको प्रसङ्ग आउादा बारम्बार कति चर्चाको पुनरोक्ति हुादा पाठकले त्यस्तो ठान्ला । केही पुनरावृत्ति हटउनु पर्ला कि ! घटनाले मागेभन्दा ज्यादा अमेरिकी वर्णनले कृतिको आख्यान पक्ष अलिक फिका बनाउाछ । तर अमेरिकामा नेपाली जीवनको गहिरो अनुभव प्राप्त गर्न तिनै यात्राले, सम्पर्कले बुझायो । आज अमेरिकी–नेपाली जीवन कति विविधतापूर्ण छ, कसरी त्यहाा हाम्राहरू बसेका छन् भन्ने एउटा चित्र अत्यन्तै जीवन्त पाराले प्रस्तुत छ: रेस्टुरेन्टमा बसेर टिभीमा नेपाली च्यानल हेर्दै चितौनको तास, मलेखुको माछा, भुटन, थकाली खाना खाादा र त्यहााभित्र एकएक गर्दै मीठो खानाको स्वाद लिन आउने नेपाली अनुहारहरू हेर्दा मलाई कताकता चिनेको चिनेको जस्तो लाग्थ्यो, परिचित अनुहारहरू । रेस्टुरेन्टमा खाना खाइरहेका, खाना बनाइरहेका, भााडा माझिरहेका, भुइा सफा गरिरहेका, पसलहरूमा जीरा, मसला, र रायोको साग किनिरहेका, क्यास रजिस्टरमा बसेर सामान स्क्यान गर्दै बेचिरहेका, ग्यास स्टेशनहरूमा गाडीमा ग्यास हालिरहेका, भित्र सामान बेचिरहेका, कुलरमा बियर भरिरहेका, रक्सी लागेर मातिरहेका, मातेर अन्धाधुन्ध गाडी चलाइरहेका, टिकट पाइरहेका, जरिबाना तिरिरहेका, ट्याक्स बुझाइरहेका, दु:ख गरेर पढिरहेका, रगत बगाएर काम गरिरहेका, पसिना बगाएर ट्युशन फिस तिरिरहेका, रात्रि अर्धनग्न नृत्य गरिरहेका, घरबार जोडिरहेका, डलर कमाइरहेका, डलर खर्च गरिरहेका, चाडबाड मनाइरहेका, संस्कृति बिर्सिरहेका, छोराछोरी जन्माइरहेका, नेपाली बोल्न नसिकाइरहेका, हासिला, मिजासिला, रसिला, चोर, चुत्था, जड्याहा,भलाद्मी नेपालीहरू आफ्नाझौ लाग्थे— परिचित अनुहारहरू ।
एउटा अवस्था आउाछ— जब मन एक सन्तुलनको वा समायोजनको स्थितिमा अवतरित हुन्छ । लेखकको मन दुवैतिर छ, दुवैतिर जीवन ठीक छ । सकारात्मकता आवश्यक छ, खासगरी देशको नाम वा स्थितिलाई हृदयमा राख्ने अथवा नेपाली जातिको शिर उच्च गराउन लागिपर्नेहरूले जहाा बसून् यो ग्लोबल भिलेजमा स्थानको भन्दा पनि कार्यको परिणामले चिनिनु पर्छ । वास्तवमा एक गरीब मुलुकबाट पुग्नेहरू अधिकांशको स्थिति देखेर हीनताले पनि छोप्छ । त्यसैले हृदयमा पहिचानको तीर्खा अत्यन्तै गाढा हुन्छ । यो जाति कसरी ‘असल’ मा चिनिन सक्ला भन्ने हुन्छ: केही गर्छु भनेर नेपाल फर्किएका युवाहरू देख्दा जति खुसी लाग्छ, उति नै गर्व अमेरिकामा नै बसेर पनि नेपाल र नेपालीको नाम राख्ने काम गरेका नेपालीहरूप्रति लाग्छ ।
अत्यधिक तृष्णाले, आर्थिक आकर्षणले अधिकांश परिवार आफू बलिदानी भएका कथा छन् । तीभन्दा भयावह कुरा चाहिा तिनका सन्तान विनाशका अनेक मार्ग पक्रिन सफल भएका छन् । त्यो चित्रलाई लेखकले यसरी प्रस्तुत गरेकी छन्: मख्ख परेर आएका कतिपय परिवारहरूको तहसनहस भएको घरायसी जीवन अनि उमेर र समय अगाडि नै वातावरणको प्रभावले अमेरिकी बनिसकेका केटाकेटीहरू हेर्दा तिनका बाबुआमाले के सम्झी परिवार यहाा ल्याएका, के भयो भनेझौा हुन्छ । बाबु रातभरि काम गर्ने र आमा दिनभरि पैसा कमाउने लतमा परेर छोराछोरीको उचित हेरचाह नपुगी बिग्रिन पुगेका सयाौा त्यस्ता नेपाली मूलका तर अङ्ग्रेजी प्रभावभित्र डुबेका केटाकेटीहरू जताततै पाइन्छन् । आमाबाबुको लागि सबैभन्दा ठूलो धनसम्पत्ति त तिनका सन्तानहरू हुन् । यदि तिनीहरू नै गलत बाटोमा लागे भने सम्पत्ति भएर पनि जनमभर तिनीहरू दरिद्र हुन्छन् ।
यस कृतिको सार भन्नु लेखक पात्रले खाएको हजार हण्डर र त्यसबाट निस्केको अनुभूति उद्गार हो : जहाा मनले सत्य बोल्छ, त्यही आवाज सुन्दर हुन्छ र त्यहीा शिवको बास हुन्छ भनेझौ सही अर्थमा जहाा तिम्रो मन रमाउाछ, त्यही तिम्रो घर हो, चाहे त्यो अमेरिका वा विश्वको कुनै कुना किन नहोस् । सोची हेर, पूरै विश्व ब्रह्माण्ड नै एउटा ठूलो घर हो, हामी सबैजना बासिन्दा हाौा र यसै कुरालाई हृदयङ्गम गरी खोलेको डी.भी. पाएर आउनेहरू पनि आफूले थेग्न सक्ने जति मात्र दु:ख गर ।
अन्त्यको स्वदेश प्रेम, अतीतस्मरण र आफ्नो महान अतीतको कोमल काखमा समाहित हुने आकाङ्क्षा शुद्ध छ, पवित्र र प्रेमले भरिएको छ । अन्तिममा पात्र बोल्छ: यत्रा वर्षहरूमा जुन पाइला उठाउन मैले कहिल्यै सकिना या त आाटै गरिना्, आज अन्त:करणको आवाजले मलाई यति नराम्रोसाग घचघच्यायो कि त्यो आवाजमा मैले मेरो आफ्नो मात्र नभई अमेरिकामा मात्र साठी हजार भन्दा बढी नेपालीहरूको मुटुको ढुकढुकी सुनों... त्यत्रा आवाजहरूलाई नसुनेझौं गर्न म सक्ने अवस्थामा थिइना.. मलाई यी सबै आवाजहरूभन्दा पर... यो भागदौडको, व्यस्तताको शहरभन्दा पर... यो इन्द्रजाली मायावी, तिलस्मी दुनियााभन्दा पर, डलर र महत्त्वाकाङ्क्षाहरूभन्दा पर उतै गएर फेरि अमेरिका जन्माउनु थियो... बाग्मती किनारैकिनार... गङ्गाको किनारामा... त्रिवेणीको किनारामा.. पशुपतिको घण्ट सुनिने ठाउामा, स्वयम्भूको ओम् माने पद्मे हुा.. को ध्वनि गुन्जिने ठाउामा ।
यसरी एक सुन्दर औ चित्तार्षक कृतिकी स्रष्टा शीलुको यस अमूल्य योगदानको हार्दिक प्रशंसा गर्दछु । शीलुको परको देशमा बेगर अमेरिकी–नेपाली आख्यान अधूरो रहने छ । यसले उत्पन्न गर्ने अनुभव र दिने शक्ति उनको सहज अनि शक्तिशाली लेखनशैली देख्ता लाग्छ— अब शीलुले पखेटा हालेकी छन् । उनी रोकिने छैनन् । उनका प्रत्येक पाइलाले नेपाली वाङ्मयको विस्तारलाई ठूलो सहयोग पुर्याउने छ ।
२१ श्रावण २०६९
टयाङ्लाफााट, कीर्तिपुर

No comments:
Post a Comment