About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Monday, August 5, 2013

विश्व कविता दिवस र मूल्य परिवर्तनको सन्दर्भ

विश्व कविताको सन्दर्भ

विश्वभरि कला र संस्कृतिको उत्थानमा कविताको ठूलो महत्त्व देखेर युनेस्कोले यसको पेरिसमा भएको ३० सौा सेसनमा मार्च २१ लाई विश्वकविता दिवस (वल्र्ड पोएट्रि डे) को घोषणा गरेको थियो । अर्काे वर्ष मार्च २१ देखि २००० का दिन प्रथम विश्व कविता दिवस मनाइएको थियो ।

विश्व कविता दिवसको उद्देश्य संसारभरिका कवि र कविताको विवेचना–प्रशंसा  गर्नु र तिनको उत्थानमा सहयोग पुर्‍याउनु हो । यस अवसरमा विश्वभरिका सरकारी निकायहरू, शिक्षाप्रेमी, सामुदायिक समूह, व्यक्तिहरू कविताको उन्नयन गर्ने उद्देश्यले भागलिन पर्खिरहेका हुन्छन् । त्यतिमात्र होइन यस कार्यक्रमलाई ससाना बालबालिकाको निमित्त कवितासाग परिचित हुने अवसरको रूपमा पनि लिइन्छ । यस्ता कार्यक्रममा नानीहरूले विभिन्न प्रकारका कविता चिन्ने, सुन्ने, रच्ने, सुनाउने, कविसाग नजिक हुने अवसर प्राप्त गर्दछन् । विश्वविद्यालयमा, कलेजमा, स्कुलमा, पुस्तक पसलमा, एकेडेमीमा कविहरूलाई बोलाएर कवितावाचन र श्रवण गर्ने, कविताका प्रवृत्ति, स्वरूप, उपयोगिता जस्ता कविता विषयका कार्यक्रमको आयोजना गर्ने गरिन्छ । यस अवसरमा कविता श्रवण, कविको सम्मान, कविता प्रकाशन, अनेक प्रदर्शनी गरिन्छ ।

उनीहरू मौखिक कविता वाचनलाई पनि उठाउाछन् र कवितालाई नृत्य, सङ्गीत पेन्टिङ जस्ता अन्य विधासाग पनि जोडदछन् । यसैबाट पर्फर्मेन्स पोएट्री विकसित भएको हो । पेन्टिङ विथ पोएट्री, म्युजिक विथ पोएट्रीको अभ्यास पनि शुरु भएको हो । यस्तो परम्परा चलेको एक दशक भयो । नेपालमा यस चेतनाको आरम्भ मात्र हुादैछ ।

यसको मुख्य उद्देश्यमा युनेस्कोले भनेको छ:  अन्तर्राष्ट्रिय कविता दिवसको प्रमुख उद्देश्य भन्नु नै कवितात्मक अभिव्यक्तिद्वारा भाषिक विविधतालाई प्रोत्साहित गर्नु र संकटमा परेका भाषाहरूलाई आफ्नो समुदायभित्र सुनिने अवसर प्रदान गर्नु हो । त्यसका अतिरिक्त यस दिनले कवितालाई उत्थान गर्ने, मौखिक परम्परालाई उठाउने, कवितावाचन, प्रशिषण, कविता र अन्य कलाबीच संवाद चलाउने साना प्रकाशकलाई सहायता गर्ने र कविताको सम्बन्धमा सञ्चार माध्यममा आकर्षक बिम्ब सिर्जना गर्ने कार्य गर्नु गराउनुु पर्दछ, जसले गर्दा कविता पुरानो ढर्रा जस्तो नठानियोस् । यसैले गर्दा युनेस्कोले हरेक देशलाई विश्वकविता मनाउन प्रोत्साहित गर्दछ ।



वहुुभाषिकता र कविता : एक नयाा सन्दर्भ

गत वर्ष २०१० को अन्तर्राष्ट्रिय कविता दिवसको अवसरमा युनेस्कोकी डाइरेक्टर जेनेरलले दिएको सन्देश सुन्दा कविताको महत्त्व बुझाउन विश्वव्यापी अभियान किन आवश्यक रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । इरिना बोकोभा भन्छिन्— कवितात्मक विविधताले अर्काे स्वरूपको सम्बादलाई स्थान दिन्छ । यसले प्रत्येक मानवको हृदयमा सर्बत्र उनै प्रश्न र उनै भावनाहरू हुन्छन् भन्ने सत्य देखाउाछ । यो हाम्रो स्वतन्त्रताको एक पक्ष हो, यसले नै हामीलाई ‘मानव जाति’ बनाउाछ । त्यसकारणले आजको गुणात्मक शिक्षा कार्यक्रम अन्तर्गत कविताले उचित स्थान प्राप्त गर्नु पर्दछ । विश्वव्यापी (सार्विक) काव्य चेतनामा पहुाचद्वारा नै युवावर्गले अन्यलाई बुझ्ने एउटा अतिरिक्त, भिन्न, सूक्ष्म र तरल साधन फेला पार्दछन, त्यसबाट फाइदा लिन सक्दछन् । एउटा नयाा कविताको आविष्कार भनेको भौगोलिक सीमालाई नाघेर अन्यको भाषाभित्र पुगेर त्यसको हार्दिकता र सम्वेदनशीलताभित्र प्रवेश गरेर एक साहसिक आनन्द प्राप्त गर्नु हो ।

हाम्रोमा कविताको उद्देश्य स्पष्ट छैन । रचना गर्नु छाप्नुमा सीमित छ, तर वर्तमान विश्वले हाम्रो जस्तो बहुभाषी बहुसांकृतिक देशमा कवितालाई एक योजकतत्त्व मान्दछ । विशेषगरी यसले अलपसङ्ख्यक मातृभाषीलाई उठाउने, त्यो भाषालाई शक्ति सम्पन्न गर्ने कार्य गर्दछ । हाम्रो जस्तो अन्य (दि अदर) लाई बुझ्न नचाहने र नसक्ने समाजमा अनेकभाषी वक्ताबीच कविताको अधिक अभ्यास हुनु आवश्यक छ ।

त्यसो त यस प्रकारको चेतना हाम्रो देशका विभिन्न भाषाभाषीमा पनि पलाउादैछ । गत मङ्सिरमा सोलुखुम्बुमा देखो— तीन दिनको बाटो हिाडेर मातृभाषामा कविता सुनाउन आउने अनेकभाषी स्रष्टा उपस्थित भएका थिए । काठमाडौामा भएका प्रज्ञाप्रतिष्ठान आयोजित मातृभाषी कविता गोष्ठिमा पनि अब स्रष्टाहरू त्यसैगरी उत्साहले भरिन थालेका छन् । उदाहरणको लागि गत वर्षमात्रै युनेस्कोले घोषणा गरेको मातृभाषा दिवस गत फरवरीमा हाम्रोमा पनि ठूलो उत्साहसाथ मनाइयो । यसको पनि उदेश्य विविधतामा एकता स्थापना गरी बहुभाषिक र बहुसांस्कृतिक समूहबीच आदानप्रदान गरी त्यस अभ्यासद्वारा अन्तर्राष्ट्रिय समझदारी बढाउनु हो । यसरी बहुभाषा प्रयोगलाई प्रोत्साहित गर्ने अरू बाटा पनि धमाधम खुल्दैछन् । विश्व कविता दिवस एक प्रधान उपाय हो ।

कविता एक प्रवल परिचायक माध्यम हो

यसरी हेर्दा कविताको परिभाषा पनि बदलिएको छ । यसका महत्त्व, उपादेयता, प्रयोजन, उद्देश्य केवल एक भाषामा शिल्प र साधनाको अभ्यास गर्नुमा सीमित छैन । सर्बप्रथम त यसले मानव सम्पदा संरक्षण गर्ने, अन्यलाई चिन्ने र सहअस्तित्व स्थापना गर्ने कर्म सिकाउाछ, अब त्यसरी सिकाउनु पर्दछ । यतिखेर अन्य (दि अदर) ठानिएकाहरूको संसार क्रूद्ध भएको छ । ती अपरिचितहरूको विश्वले आफ्नो पूर्ण परिचय खोजिरहेको छ । नेपालको सामाजिक राजनीतिक परिवेश पनि परिचयकै लागि मडारिएको बादलले ढाकेको छ । यतिबेला एक विशाल समूह छ किनारिएकाहरूको । उनीहरूको भाषा भुत्ते भएको छ, संस्कृति मलीन छ । विश्वकविता दिवसले पनि त्यस्ता अनेक भाषामा टेकेर त्यस रिक्तताको पूर्ति गर्ने लक्ष राखेको छ । दुई महिना अघि (२६ फरवरी) को अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पनि उनै इरिनाले सन्देश दिएकी थिइन्— हामीले विकासको शक्तिलाई विश्वको विविवधतापूर्ण दृष्टिकोणको सुरक्षा गर्नमा प्रयोग गर्नु पर्छ; ज्ञानका समस्त स्रोत र अभिव्यक्तिका सारा स्वरूपको उत्थान गर्न प्रयोग गर्नु पर्दछ । यिनै धागाले मानवताको कथा लेखिएको चित्रपट (टयापेस्ट्रि) बुन्दछन् ।

यसरी हेर्दा कविताको प्रकार्य र प्रयोजन पुनर्परिभाषित हुनुपर्ने समय छ, हुन थालेको छ । कविता पनि भाषाको एउटा (विशेष) प्रयोग भएकाले त्यो भाषा किन प्रयोग भयो वा भएन, त्यसको सामथ्र्य किन प्रकट भयो भएन त्यसको जिम्मा सरकारले, एकेडेमीले, भाषा प्रयोक्ताहरूले, कविले, बौद्धिकले, विश्वविद्यालयले सबैले लिनु पर्छ । अब कविता सिर्जना, पठन, प्रकाशनको लक्ष परम्परित शैलीजस्तो मात्र हुनेछैन । कविता दिवस र मातृभाषा दिवस दुवैका उद्देश्यलाई युनेस्कोले एक ठाउामा यसरी जोडेको छ : मातृभाषाको प्रचारमा प्रयुक्त सम्पूर्ण प्रकारका प्रयत्नहरूले भाषिक विविधतालाई वहुभाषिक शिक्षालाई मात्र उठाउने होइन तर यसले संसारभरि भाषिक एवम् सांस्कृतिक परम्पराको विषयमा जनजागृति बढाउान र समझदारी, सहिष्णुता र संवादमा आधारित एकत्वलाई प्रोत्साहित गर्दछ ।

कविता प्रयोजनका परम्परागत मान्यता

परम्परागत मान्यताले भन्थ्यो— अनेक प्रकारका घटना विषयमा हाम्रा मनोवेग प्रकट गर्न कविताको प्रयोग हुन्छ ।  कविताको प्रकार्य सत्यम् शिवम् शुन्दरम् भनियो । पश्चिमतिर टु्रथ, ब्युटि एन्ड गुड भनियो । हरेक सुन्दर वस्तु निर्माणको लागि त्यसको मापन पनि आवश्यक ठानेर पूर्वीय–पश्चिमी दुबैतिरका शास्त्रीहरूले छन्दलाई काव्यमापक साधन बनाएका थिए । उता ग्रिसेली पाइथागोरसले नै हरेक सुन्दर वस्तुको गणितीय मापन हुनुपर्छ भन्दा छन्द निर्माण गर्ने तत्त्वलाई मापक भनियो त्यसको पालना गरियो । आज आएर कविताको प्रकार्य अर्कै भएझै यसका स्वरूप र निर्माण गर्ने अवयव पनि बदलिएका छन् ।

कविता लेखनको उच्च लक्ष प्रष्ट पार्दै समर्सेट मम बोलेका छन्— साहित्यको श्रीपेच नै कविता हो; साहित्यको लक्ष र साध्य पनि यही हो । कविता मानव मस्तिष्कको सर्वाधिक उदान्त क्रियाकलाप हो । यो सुन्दरता र संवेदनशीलताको उपलब्धी हो । गद्य लेखक अलिकति छेउमा टेक्छन्, कवि त्यो बीचपथबाटै हिाड्छन् ।  हाम्रा महाकविले दिनु भएको कविताको परिभाषाले पनि गद्य र पद्यलाई यसैगरि छुट्टयाएको छ ।

यो कविताको मूल्यको कुरा भयो, कविताको सार्वजानिक महत्त्वको कुरा भयो । कविताको महत्त्व बताउने विशेषता बताउने अरू पनि छन्— विश्वले नै वर्डस्वर्थलाई उदघृत गर्दछ, उनले भनेका छन— सम्पूर्ण ज्ञानको प्रश्वास र उच्च भाव नै कविता हो ।

अथवा कविता भनेको भाषाको सर्वाधिक प्रशोधित र सबैभन्दा शत्तिशाली स्वरूप हो ।

कविता सर्वाेच्च शब्दमा सर्वाेच्च क्रम हो ।

अथवा ईश्वर नै पूर्ण कवि हुन् ।

गेटेले भनेका छन्— प्रत्येक व्यक्तिले हरेक दिन अलिकति सङ्गीत सुनोस्, अलिकति समय कविता पाठ गरोस्, एकछिन एउटा चित्र हेरोस्, जसले गर्दा उसको हृदयबाट सौन्दर्य चेतनाप्रतिको अनुभव कहिल्यै नमेटियोस् । त्यो चेतना ईश्वरले मानव आत्मामा आरोपण गरेको हुन्छ ।

नेपाली कविता र मूल्य परिवर्तित नयाा बाटो

तर अब कवि र कविताले समाजतिर फर्किनु पर्ने दिन आएको छ । सामाजिक मूल्यप्रति सचेत हुने दिन आएको छ । वास्तवमा समाजले कविताको माध्यमबाट आफ्ना पीडा, आक्रोस, आकाङ्क्षा जस्ता कुरालाई अभिव्यक्त गरिरहेको हुन्छ । जेम्स ब्रान्च क्याबेलले भनेका छन्— कविता आफ्नै स्थिति विरुद्धको विद्रोह हो ।

यो कुरा नयाा नेपाली कवितामा धेरै मात्रामा लागू हुन्छ । यतिखेर नेपाली कविता  विविध भाषाभाषीबाट, भौगोलिक स्थानबाट आउादै छ । त्यहाा कविले आफ्नो अवस्थितिकै विरुद्ध ज्यादा विद्रोह गरेका हुन्छन्— लाहुरे हुनुको नियति, विदेसिनुको नियति, भाषा संस्कृति धुमिल हुादै जानुको नियति, जातीय विलयनका स्थिति, राजनीतिक अन्योल र वहिष्करणका स्थिति, यी सबै आक्रोशकारक तत्त्व हुन् । अरू केही निरपेक्ष राष्ट्रिय पीडाका, पछौटेपन गरिबी अभावले उत्पन्न गरेका दशाका विरुद्ध  पनि छन् ।

तर यतिखेर विश्व कविता दिवसपट्टि फर्किंदा कविताको प्रकार्यलाई केन्द्रमा राख्नुु पर्ने बेला भएको छ । यसका कलात्मक साध्य स्वरूपभन्दा भिन्न, भाषाको जरातिर, संस्कृतिको फेदमा बसेर पनि कविताको पुनरव्याख्या गर्नु परेको छ । त्यसो भएता पनि कविताको उपयोगिता पक्षको  कुरा गर्दा कति कविले  प्रश्न गरेका छन्— के कविता कुनै निर्माण सामग्री अथवा कलपूर्जा हो ? के त्यसलाई जोडेर कुनै यन्त्र चलाउन सकिन्छ ? कतिले सिङ्गै साहित्यलाई राज्यको कलपुर्जा ठान्दछन्, तर हामी कवि वा कवितालाई कुनै राज्य व्यवस्थाको दासत्वबाट टाढै बसोस् भन्ने चाहन्छौा । न यो केवल कलपूर्जा हो, न केवल मूल्य निरपेक्ष कला साधना ।

कलात्मक मूल्यको दृष्टिले हेर्दा प्रत्येक कविता पाठकलाई आभाषित गर्ने र उनीहरूको संवेगलाई प्रशोधित गर्ने तत्त्व हो ।

अब कलात्मक र निरपेक्ष प्रकार्यसागै सामजिक प्रकार्य थपिएका छन् । कवितालई यतिखेर धेरैले विक्षोभकारी, उत्तेजक, विसम्मतिकारक शक्ति पनि भनेका छन् । यस्ता कविताले संस्कृति र सभ्यतालाई समयबोध गराउाछन्; दिशाबोध गराउाछन् ।

तर आज कविको वर्ग समाजभन्दा टाढा र अलग हुन सक्तैन । त्यसकारणले उसले एक भाषामा आनन्दको लागि, ज्ञानको लागि, संचारको लागि, भाषिक शक्तिको लागि कविता रच्तछ भने उसले आफूमात्र सन्तुष्ट भएर आफ्ना पाठक मात्र सन्तुष्ट पारेर पुग्दैन । त्यसरी कविता उत्पन्न गर्न नसक्ने कति भाषाभाषी छन्, यो भाषाको सर्वाेच्च शक्तिसाग खेल्ने कल्पना नभएका कति छिमेकी छन्, तिनीहरूतिर पनि फर्किनु पर्ने समय छ । सहभाव स्थापना गरेर कविताको महत्त्व बुझ्ने, कविताको शक्ति थाहा पाउने, कविताको अभाव थाहा पाउने सामाज निर्माण गर्नु आजका कविको प्रमुख जिम्मेदारी हो । अबका कविताको लक्ष व्यक्तिगत भावना, आकाङक्षा, विचार, संवेग, कलाको प्रकाशन र स्वान्तसुखाय जस्ता कर्ममा सीमित हुन सक्तैन ।
आज कविलाई अस्वीकृत अथवा अनौपचारिक विद्यालयको रूपमा विश्वले ठूलो सम्मान गर्दैछ । अघिका कविहरू समाजदेखि एकला, स्वान्तसुखाय जीवन अर्पिने, ज्यादा कवितामा संरचनात्मक श्रेष्ठता भर्ने, सौन्दर्य र भाषिक शक्ति जडान गर्न बल गर्ने गर्दथे । आज स्थिति भिन्न छ । नयाा समयका कविको स्थान र भूमिका बताउादै केनेथ रेक्सरोथले भनेका थिए— आधुनिक समयमा आफ्नो कलाको स्वरूपले गर्दा कवि समाजको एक माध्यम भएको छ जुन प्राधिकृत र विशेष शक्तिशाली हुन्छ । कहिलेकहीा ऊ अवसर वञ्चितको प्रवक्ता र उद्धारक भएको छ ।

यसरी आज कवि कलाकारले समाज निरपेक्ष पृथक रहने समय समाप्त भएको छ । त्यसैले अघिका काव्य कविताका मान्यतामा आज प्रश्नचिह्न उठेका छन् ।

कवि हुनु भनेको एउटा परिस्थितिको कुरा हो, यो कुनै पेशाको कुरा होइन ।

कविताको प्रोफेसर कसरी हुन सक्छ ? कविताको पनि प्रोफेस गर्न सकिन्छ ?

कविताको विशेष सामाजिक महफ्व दर्शाउादै अक्ताभिओ पाजले भनेका छन् : सामाजिक न्याय बेगरको समाजलाई राम्रो समाज मानिदैन, त्यसैगरी कविता बिनाको समाजलाई सपना बिनाको समाज भनिन्छ, शब्द बेगरको समाज भनिन्छ, एक व्यक्ति र अर्काे बीच आवागमन गर्ने सााघूूबेगरको समाज जुन सााघू हो कविता । यदि कुनै समाजले कवितालाई निर्मूल गर्दछ भने यसले आध्यात्मिक रूपले आत्मध्वंशको बाटो लिन्छ ।

कला र जीवनको मूल्यलाई नजिक ल्याएर जोडने उद्देश्यले युनेस्कोले यस्ता दिवसहरूको घोषणा गरेको हो । अबका स्रष्टाले सचेततापूर्वक मनाउनुु पर्ने गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस, अन्तर्राष्ट्रिय कथा दिवस, अन्तर्राष्ट्रिय कविता दिवस जस्तै राष्ट्रिय कविता दिवस पनि तोकिएको छ तर राष्ट्रिय र अन्तर्राष्ट्रिय कविता दिवसमा के फरक हुन्छ भने राष्ट्रिय कविता दिवसका अवसरमा राष्ट्रले आफ्नै कविताको महोत्सव गर्दछ र आफ्नै कविको सम्मान गर्दछ तर अन्तर्राष्ट्रिय कविता दिवसमा प्रत्येक राष्ट्रले अन्य राष्ट्रका कविताको श्रवण, वाचन, चर्चा, समीक्षा गराउने र विश्वका विविध राष्ट्रतिर कविताको माध्यमद्वारा आपसी सद्भाव बढाउने कार्य गर्दछ । अन्य देशमा विश्वविद्यालय, एकेडेमी, काव्य कविता समाजले यस्तो आयोजना गर्दछन् । यस दिनले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका कविता आन्दोलन, विचार र शैलीको जानकारी आदान प्रदान आदि गराउाछ । यसले गर्दा संयुक्त राष्ट्र सङ्घले यस्ता थिम राख्दछ तर हाम्रोमा यस तर्फको सचेतता कमै रहेको छ ।

संयुक्त राष्ट्रको विश्वास छ— कविता संवादमा सेसनहरू सञ्चालन गराएर विश्व सभ्यताहरू बीचको संवादलाई प्रोत्साहित गर्दछ । किनभने अनेक राष्ट्रबीचको संवाद स्थापना गर्ने कार्य केवल कविताबाटै सम्भव छ ।

अधिकांश कवि स्रष्टाहरू कविताको सामाजिक प्रकार्य हुन्छ भन्ने कुरा अस्वीकार गर्दछन् ।

मेजर ज्याक्सन भन्दछन्— कविताको एक प्रमुख उद्देश्य भनेको रहस्यको चाल देखाउनु हो, अतक्र्यता र अवोधगम्य रहस्य देखाउनु हो । मलाई लाग्छ— कविता कुनै अर्थको पेचकिलाको रूपमा सिकाउनु हुादैन बरू अनिर्धार्यताको दावी गर्ने माध्यमको रूपमा यसलाई सन्देहमा र अनिश्चयात्मकतामा बस्ने अवसरको रूपमा स्वीकार्नु पर्दछ । मानव जाति विवेक र अनन्त तर्कशक्तिले मुक्त प्राणीको रूपमा परिभाषित छ, तर म विश्वास गर्छु हामीहरू भाषा र मानव हृदयले उत्पन्न गर्न सक्ने तत्वीय विस्मय र रहस्यतिर फर्किनु पर्दछ । हाम्रो सामुदायिक स्वास्थ्यको लागि यस्तो परिस्थिति आवश्यक छ ।

अघि यस्तो कुरा शाश्वत सत्य थियो तर यो आंशिक सत्यमा झरेको छ । अबको कविताको लक्ष र प्रकार्य फरक भएको कुरा यही विश्व कविता दिवसको सन्देशले प्रष्ट पारेको छ ।
धन्यवाद ।

६ चैत्र २०६७
टयाङ्लाफााट, कीर्तिपुर

No comments:

Post a Comment