विं.सं २०१० सालमा नागरिकता अनुसार पाँचथरमा जन्मनुभएका गोविन्दराज भट्टराईका कथा मार्फत् साहित्य प्रवेश विं.सं २०३१ को गोरखापत्रको शनिवासरीय अङ्कमा प्रकाशति कथाबाट भएको हो । उहाँको पहिलो समालोचना मधुपर्कमा तीसको दशकमा (महाकवि माथि) प्रकाशित भएको थियो । त्यस्तै उहाँको पहिलो प्रकाशित भूमिका २०३४ सालमा द्यौराली प्रकाशन (झापा) को कविता सङ्ग्रहमा थियो । हालसम्म उहाँका भूमिका भएका कतिवटा कृति प्रकाशित भए, उहाँ नै भन्न सक्नुहुन्न । अहिले उहाँका दराजमा ८४ वटा कृति भूमिका लेखनको प्रतीक्षामा छन् ।
प्रश्न १. भूमिकालाई कसरी परिभाषित गर्नु हुन्छ ?
उत्तर—
यसलाई म कृतिको अनुहार एवम् आत्मा दुवै भन्दछु ।
प्रश्न २ समालोचना र भूमिकामा के कसरी अन्तर छ ?
उत्तर—
भूमिका मूलतः कृति परिचायक कुञ्जी हो; यो पनि एक प्रकारको समालोचना हो— खासगरी कृतिपरक, तर समालोचकले कृतिमा बाँधिनु आवश्यक छैन, भूमिकाकार बाँधिन्छ ।
प्रश्न ३. कृतिको चर्चाकालागि भूमिकाको कत्तिको महŒव हुन्छ ?
उत्तर—
गीताञ्जलीलाई विलिम बटलर यिट्सले नचिनाएको भए नोबेल पुरस्कार प्राप्त हुने थिएन । यस्ता उदाहरण हजारौं छन् । कृतिको आफ्नै प्रकाशले उज्यालो भेट्न समय लाग्छ; भूमिकाले प्रकाशमा ल्याएपछि सबैका दृष्टि त्यता पर्दछन् । म ठान्दछु, भूमिका अपरिहार्य छ ।
प्रश्न ४. कृतिभित्र पाठकलाई अनेक अर्थ खोज्ने कार्यमा भूमिकाले क्षति पु¥याउँछ भन्नेहरू पनि छन् नि !
उत्तर—
उत्तरः अवश्य हो । भूमिकाकारको दृष्टिले पनि सकेसम्म धेरै देखाउँछ तर अझै कति कुरा छेलिन्छन् । एक व्यक्तिको पठनले सदैव आंशिक सत्यहरू मात्र पत्ता लगाउँछ । त्यसैले अरू पाठकले विश्लेषकले अरू कोणबाट पनि हेर्न सिक्नु पर्दछ ।
त्यसरी क्षति त पु¥याउँदैन जानेको उसले खोतल्छ; अरू खोज्ने अरूको काम ।
प्रश्न नं. ५ पारिजातको शिरिषको पूmल उपन्यासको भूमिका यति चर्चित हुने कारण के होला ? के जादू छ त्यस्मा ?
उत्तर—
त्यो भूमिकाकारमा भएको समालोचकीय अन्तरदृष्टिको प्रकाश हो । ऊ पनि स्रष्टाको मनोजगत्मा पुग्न सक्यो भने त्यस्तो हुन्छ । समालोचक पनि उच्च कोटीको स्रष्टा— चेतनाले युक्त रहेछ भने त्यस्तो हुन्छ । एक बौद्धिकको कर्मका उच्चाइ अर्काे बौद्धिकले मापन गर्दा अथवा एक स्रष्टालाई अर्को समस्तरीय स्रष्टाले हेर्दा त्यस्तो भएको हो । एक श्रष्टाको पूर्ण शक्ति त्यता प्रयोग हुँदा पनि त्यस्तो भएको हो । यसले देखाउँछ, ठूलो स्रष्टा स्वयम् ठूलो समालोचक पनि हो ।
प्रश्नंंं. ६. तपाईंले भूमिका लेखेका कृतिले चर्चित—प्रतिष्ठित पुरस्कार पाउँदा कस्तो अनुभूति हुन्छ ?
उत्तर—
त्यस्ता कृति ५० नाघे । त्यसबेला मैले कृतिमा अन्तरनिहीत अर्थको गहिराई छुन र देखाउन सकेँछु भन्ने ढुक्क लाग्छ । कति बेला त्यो मान पुरस्कार मैले नै पाएँ कि जस्तो लाग्छ ।
प्रश्न नं. ७ तपाईं आफूलाई कत्तिको सेलेबल भूमिकाकार ठान्नु हुन्छ ?
उत्तर—
यो मेरो रुचिको क्षेत्र होइन, बाध्यताको हो । म आफूलाई त्यस्तो ‘सेलेबल’ बनाउन पनि चाहन्नँ । म अत्यन्तै गम्भीर पठनद्वारा कृतिको मर्म बोध गर्ने, सकेसम्म त्यस्लाई उज्यालो पार्ने समालोचक ठान्दछु । सेलेबल हुन वा पार्न खोज्नु बृथा आडम्बर र आत्म बञ्चनाको खेला हो । साहित्यमा त्यो हुनुहुन्न ।
प्रश्न नं. ८ तपाईंले भूमिका लेखेका कृति पुरस्कृत हुनुमा तपाईंको भूमिकाको कत्तिको भूमिका देख्नु हुन्छ ?
उत्तर—
त्यसमा असी प्रतिशत हुन्छ । यो संजोग हो एकदशक नाघ्यो, पुरस्कृत हुनैपर्ने कृति मेरोमा आएका छन् । तिनमा लेख्न पाउनु मेरो सौभाग्य हो । तर यो निश्चय छ— तिनमा भूमिका नलेख्ता अहिले पुरस्कृत हुन्थे भन्न सक्तिन । शक्ति र मूल्य त त्यहीं हुन्छ तर यो उद्घाटित हुन वर्षौं लाग्न सक्छ । त्यो प्रतिष्पर्धात्मक बजारमा भूमिकाले तत्काल त्यो चिनाउँछ् र प्रमोशनल काम पनि गर्छ ।
प्रश्न नं. ९
तपाईंलाई ‘अति प्रशंशागर्ने भूमिकाकार’ भन्छन्् नि किन अति प्रशंसा गर्नु हुन्छ ?
उत्तर—
समालोचक भनेको त्यस्तो शितल वर्षा हो जसले जरा नखल्बल्याई बृक्षको गहिराईसम्म उर्बरक शक्ति पुु¥याओस भनिएको छ । यो कुरा यसपालिको समकालीन साहित्यमा पनि भनेको छु । तपाईंले ध्वंसमा विश्वास गर्नु हुन्छ भने पानी हाल्दा जरै उत्तानो पार्नाेस् नत्र साहित्यप्रेम छ भने प्रत्येक बोट पुष्पित पल्लवित हुने अवसर प्रदान गर्नुहोस् । मलाई यही दर्शनले पढाउँछ, लेखाउँछ किनभने नेपाली साहित्य नयाँ छ, कलिलो छ, अझ हजार टुसा विभिन्न गरामा उम्रेका छन्, त्यसमाथि तपाईं काँडे बुट लगाएर नाच्ने ?
प्रश्न नं. १० तपाईं आफूले भूमिका लेख्ने हरेक कृतिलाई उत्तरआधुनिक भनिदिनुहुन्छ भन्ने आरोप छ नि !
उत्तर—
कृतिमा जे छ समालोचकले त्यही देखाउँछ तर उसले यथास्थितिवादीको दृष्टिदोष सच्याउन सक्तैन रहेछ । समयले मात्र सक्ला ।
प्रश्न नं. ११ तर्पाइले सबभन्दा बढी सन्तुष्टि कुन कृतिको भूमिका लेख्दा प्राप्त गर्नु भयो र किन ?
उत्तर—
झमक घिमिरेको जीवन काँडा कि फूल । आजको प्रतिष्पर्धात्मक बजारमा कुनै चाकरी, धम्की, पुकार, प्रशस्ति बेगर राष्ट्र चिनाउने एक कृति आफैँ र अनेकपल्ट पुरस्कृत हुँदा कसलाई मन नपर्ला र !
प्रश्न नं. १२ तपाईंलाई भूमिका लेखेर विदेश–यात्रा गर्ने अवसर पाउने साहित्यकार पनि भन्छन् नि ?
उत्तर— यस कुराको मूल्याङ्कन तपाईं स्वयम् गर्नुहोस् । सर्वप्रथम नेपाली साहित्यमा गोविन्दराज भट्टराईको योगदान पढ्नुहोस् र उसको स्थान पत्ता लगाउनोस् अनि अरू प्रश्नका उत्तर आफैँ आउने छन् ।
प्रश्न नं. १३. आजसम्म तपाईंले कतिवटा कृतिमा भूमिका लेखेर पारिश्रमिक लिनुभयो ?
उत्तर—
भूमिका पारिश्रमिकको लागि लेखिने कुरा होइन । यो केवल साहित्य प्रेमले, निष्ठाले त्यागले गरिने कृत्य हो । यसमा कुनै स्वाथ्र्य प्रकट भयो भने तपाईं साहित्यमा व्यापारी हुनुहुनेछ । यो आफ्नो चेतनाको अभ्यासशाला पनि हो । यसले जुन ज्ञान, शक्ति, आधिकारिकता प्रेम ल्याउँछ त्यसको मूल्य छैन । म त्यही विश्वासले पनि यो कर्म गर्दछु । किनभने यसमा तपाईंको साहित्यकारले एक भिन्न समालोचकीय विश्वमा विचरण गर्न पाउँछ । लेखकले तपाईंमाथि गरेको विश्वास र प्रेमभन्दा ठूलो पारिश्रमिक केही छैन । बाँकी लिन केही भए समयले तिर्नेछ । म यो जगत्को यात्रा गर्न पाउँदै यति प्रशन्न छु— कृपया बाटामा कुनै पारिश्रमिकताको धराप नविछ्याइदिनु होला ।
कसले तपाईंलाई कर लगाउँछ र भूमिका लेख्न सके गर्नु नसके नगर्नु । तर यो आयआर्जनको स्रोत होइन एउटा स्वयम्सेवा जस्तै । मोक्षान्त ः काडमान्डु फिभर वा रातोबाघ जस्ता कृतिको भूमिका लेख्न तीन महिना लाग्छ । एउटाको पाँच हजार मात्र लिए पनि अहिलेसम्ममा मेरो गोजीमा बीस लाखजति भूमिकाबाट आउथ्यो होला, तर हामीले साहित्य र यसको व्यापारमा फरक थाहा पाउनु पर्छ । मेरा बा भन्नु हुन्थ्यो— गाई किनबेच गर्नु हुँदैन पाप लाग्छ । म पनि बेच्तिनँ ।
प्रश्न नं. १४ कृतिमा भूमिका नहुनुुलाई तपाईं के भन्नु हुन्छ ?
उत्तर—
त्यो ता लेखकीय स्वतन्त्रता हो । तर गीतामा पनि महात्म्य हुन्छ— भूमिका त्यही हो । भूमिका भनेको कृति मार्गमा बल्ने दियो हो । भित्र पस्ने मार्गको दियो । दियो नहुँदा बाटो नदेखेर धेरै पस्तैनन्, पसेपछि पनि गन्तव्य देख्तैनन् ।
प्रश्न नं. १५ भूमिकालाई छुट्टै विधा मान्न सकिन्छ, या सकिँदैन ?
उत्तर—
अघि पनि भनें, भूमिका पुस्तकमा जोडिने भएकोले भनिएको हो; यो समालोचनाको एक भेद हो । यो छुट्टै विधा हुनु आवश्यक छैन, मानिँदैन ।
प्रश्न नं. १६ एउटा राम्रो भूमिका हुन के के हुन जरूरी छ ?
यो राम्रो हुनको लागि समालोचकको ज्ञान सामयिक र सान्दर्भिक हुनु प¥यो । उसको ज्ञान कृतिकारकोभन्दा बढी नभए पनि समस्तरीय हुनुप¥यो; ऊ विश्वपरिस्थिति बुझेको आध्ययनशील हुनुप¥यो । उसले आफ्नो सहित्यको धरातल राम्ररी बुझेको र सकारात्मक सोच भएको वाङ्मय प्रेमी, स्रष्टा प्रेमी हुनु प¥यो । सबैभन्दा गम्भीर कुरा सम्बन्धित कृतिको गम्भीर अध्ययन गर्न सक्ने व्यक्ति चाहियो । यो सकारात्मक प्रकाशको खेल हो— यो न आत्मश्लाघा प्रस्तुत गर्ने, न मिथ्या आडम्बर देखाउने ठाउँ हो । यो स्रष्टालाई ससम्मान उठाएर अर्काे कृतितिर लैजाने खेल हो । सबैभन्दा ठूलो कुरा त ऊ सफल स्रष्टा हुनु प¥यो । आफू सिर्जना गर्न नसक्नेले अरूका सिर्जनामाथि बोल्नु जस्तो हास्यास्पद कुरा अरू कुनै हुन सक्क्तैन ।
अहिले उहाँ आफ्नो चौथो उपन्यास सुकरातको डायरी र पाँचौ समालोचना सिद्धान्त कृति उत्तरआधुनिक आयामको तयारीमा हुनुहुन्छ । भूमिकाकार भट्टराईसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको भूमिका वार्ता ।

(मधुपर्क पुष २०६८ को पूर्णाङ्क ५११ मा प्रकाशित)
I am happy to be one for whose collection of ghazals Prof. Bhattarai wrote his forewords 18 years back. I appreciate his love for creations and creativeness. He has got the eyeys to see best attributes in the commonest pieces of works.
ReplyDelete"गीताञ्जलीलाई विलिम बटलर यिट्सले नचिनाएको भए नोबेल पुरस्कार प्राप्त हुने थिएन । यस्ता उदाहरण हजारौं छन् । कृतिको आफ्नै प्रकाशले उज्यालो भेट्न समय लाग्छ; भूमिकाले प्रकाशमा ल्याएपछि सबैका दृष्टि त्यता पर्दछन् । म ठान्दछु, भूमिका अपरिहार्य छ ।"
ReplyDeleteयो कुरा एकदम सही हो दाजु ।
भूमिका कृतिको चिनारी हो | निस्पक्ष भूमिकाले नै पुस्तकको परिचय र सार बताउँछ | त्यसकारण कृतिमा म त भूमिकाको ठुलो भूमिका देख्छु | भूमिकाबाट नै कृति पढ्ने नपढ्ने निर्णय गर्ने गर्छु म त |
ReplyDeleteत्यसकारण दाइको निस्पक्ष भूमिका लेख्ने भूमिका जारि रहोस |
बासु श्रेष्ठ
हाल: अमेरिका
मैले पनि शिव प्रकाशजीकै शब्दहरु सापटी लिए पर्याप्त हुने देखें ।
ReplyDelete"गीताञ्जलीलाई विलिम बटलर यिट्सले नचिनाएको भए नोबेल पुरस्कार प्राप्त हुने थिएन । यस्ता उदाहरण हजारौं छन् । कृतिको आफ्नै प्रकाशले उज्यालो भेट्न समय लाग्छ; भूमिकाले प्रकाशमा ल्याएपछि सबैका दृष्टि त्यता पर्दछन् । म ठान्दछु, भूमिका अपरिहार्य छ ।"
यो कुरा एकदम सही हो दाजु ।
प्रतीक ढकाल
कामपा- ३५, मनोहरबस्ती, काठमाडौं ।
Very impressive and straightford answers.
ReplyDeleteयहाँको बिचार मलाई राम्रो लाग्यो , साँचै भूमिका धेरै हद सम्म एउटा घर भित्र पस्ने ढोका या त्यो भित्र देख्न को लागि चहिने दियो जस्तै लाग्छ । धन्यवाद ।
ReplyDeleteBuwa you are such an excellent writer, the answers are so intelligent.
ReplyDeleteReally witty and strong opinions.
ReplyDeleteGyanu Basnet
http://sahityamanjaree.blogspot.com
तपाईंले ध्वंसमा विश्वास गर्नु हुन्छ भने पानी हाल्दा जरै उत्तानो पार्नाेस् नत्र साहित्यप्रेम छ भने प्रत्येक बोट पुष्पित पल्लवित हुने अवसर प्रदान गर्नुहोस् ।
ReplyDeleteThis is what inspired me . Well said sir.
Saan