About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Wednesday, May 25, 2011

आज मेरो मन अशान्त छ




आज मेरो मन अशान्त छ । यस्तो बेला म एउटा निबन्ध लेख्न बसेको छु । धेरै लेखन ता अशान्तिले दुश्चिन्ताले अनेक मनस्तापले छोपेको समयमा नै हुन्छ । त्यसबेला मन केही बोल्न उठेको हुन्छ । त्यो अवस्था शान्त समुद्रमा अचानक ज्वारभाटा उठेजस्तो हो; जीवनसमुद्रमा चिन्ता र सन्देहको ज्वारभाटा उठेको । आजान समुद्र सननन… उठेर पर्वतजत्रा अग्ला लहर गि्रसेली पहरामा ठोकिन्थे बिलाउँथे । आज मेरो मनस्ताप त्यसरी नै उचालिन्छ ठूलो आवाजसँग ठोकिएर भित्रै बस्छ । सागरमा छाल जति माथि उठेपनि त्यो अर्थहीन छ त्यहीँ पछारिने मात्र रहेछ । मन पनि त्यस्तै होला कहिले सन्देह मडारिन्छ कहिले खुसी उचालिन्छ कहिले भय मुस्लिन्छ र चिन्ता उठ्छ; यी सबै मनमा उठेर त्यहीँ खस्छन् बिलाउँछन् । खुसी र आनन्द त बेलाबेलाको जुनकीरि जस्तो मात्र रहेछ ।

यो साँझ मेरो मनमा ज्वारभाटा उत्पन्ने गर्ने एक प्रकारको बेचैनी जगाउने तत्व के हो- प्रश्न गर्नु होला । एउटा मृत्युको घटना अथवा एक मित्रको मृत्यु एक स्रष्टाको । ती हुन् हेमराज पहारी । हिजॊ घर फर्केपछि सुनेँ छोरीले सुनाइन् पोखराका हेमराज अङकलको मोटरसाइकल दुर्घटनामा परी देहान्त भयो अरे ।  

यस्तो खबरले म स्तब्ध भएँ । हामीलाई जीवन दिने को हो त्यसमा अनेक प्रकारका इच्छा आकाङ्क्षा रोपेर हामीलाई यहाँ कुधाउने को हो फेरि असमयमै विनासूचना अज्ञात प्रदेशतिर फिर्ता बोलाउने को हो म अनर्थमा सोच्न लागेँ । यस्ता रहस्यको कुनै उत्तर छैन कहीँ छैन तर ती प्रश्न भएर मभित्र मडारिन थाले ।  

कसलाई सोधौं काललाई संयोगलाई लेखान्तलाई अथवा ईश्वरलाई कुनै अस्तित्व साकार छैन केवल छ अमूर्तता । समयलाई सोधौँ कि समयलाई सोध्न मन लागेको थियो- तिमी किन यति क्रुर र अविवेकी छौ तर समय पनि हामीसँगै छ फेरि त्यो कतै छैन छ केवल एक विराट अमूर्तता । त्यो चेतनाशून्य अस्तित्वसमक्ष राखेका प्रश्नको के अर्थ हुन्छ यद्यपि सबै भन्दछन् यसको अभिनेता समय नै हो; कर्ता नायक यही समय हो । बाइबलमा उहिल्यै भनियो-

हरेक कुराको समय हुन्छ
अनि हरेक उद्देश्यको समय हुन्छ
हरेकको जन्मिने समय
मर्ने समय निको हुने समय
भत्किने र बनिने समय
रुने समय र हाँस्ने समय
विलापको समय र हर्षको
ढुङ्गा फ्याँक्ने समय
ढुङ्गा भेला गर्ने समय
चुम्ने समय पर हट्ने
पाउने र गुमाउने समय
राख्ने र फ्याँक्ने पनि
च्यात्ने समय मिलाउने समय
मौन रहने र बोल्ने प्रेम गर्ने घृणा गर्ने
युद्ध गर्ने र शान्ति ल्याउने
सबैसबै समय

तब त्यो समय एउटा सकि्रय पात्रझैँ किन उपस्थित छैन किन उसका कर्मले मात्रै उसको उपस्थिति जनाइरहेका छन् । म चकीत हुन्छु हेमराजको अचानक मृत्युले स्तब्ध भएकै बेला । अनि मलाई हेक्टर बर्लिज्को भनाइको सम्झना आउँछ- समय एक महान् गुरु हो तर दुर्भाग्यको कुरो यसले आफ्ना सारा शिष्यको हत्या गर्छ । (time is a great teacher but unfortunately it kills all its pupils.)

मलाई त्यस्तै लाग्छ- सन्तहरु भन्दछन् धेरै मानिस माथि नै छन् थोरै मात्र यहाँ पृथ्वीमा । ती सारा समयकै शिष्य उसकै हातबाट मारिएकाहरु । कति ता हेमराजझैँ असमयमै र अति निर्ममतासाथ ।

हेमराजसँग मेरो भेट हुनुपूर्वै उनले मलाई उत्तरी गोलाद्र्धको एक फन्को पठाएका थिए । अत्यन्तै विनयपूर्वक लेखिएको एउटा पत्र संलग्न थियो । पोखराको फेवातालस्थित आफ्नो ट्रुङ्क्विलिटिको हरियो लेटरहेडमा कालो मसिले अत्यन्तै राम्रा अक्षरमा आफूलाई पढिदिने आग्रहगर्दै लेखिएको पत्र र उत्तरी गोलाद्र्धको एक फन्को ।
मैले यात्रा निबन्धका कृतिको अध्ययन गरिरहेको कुरा पोखरेली मित्र यामबहादुर पौडेलले त्यहाँ पुर् याए हुनन् । अथवा आफैँ पनि थाहा भयो होला । उनै यामबहादुरले एकदिन मसमक्ष सो कोसेली लिएर आएका थिए । नभन्दै २०६४ सालको अन्त्यतिर मैले उत्तरआधुनिक विमर्शको पृ। १३४ मा उत्तरी गोलाद्र्धको एक फन्कोको अलिकति परिचय र त्यसको कभर पृष्ठ स्क्यानिङ गरेर राखिदिएँ । पछि सो देखेर धन्यवाद दिँदै पहारीले अर्काे पत्र लेखे तर मसँग भेट भएको थिएन । भेट नभए पनि ह्दय जोडिने अनेक सूत्र हुँदा रहेछन् । उनको विनयशीलताले मलाई सधैँ छोइरह्यो । त्यत्रो कृति निकालेर पनि कतै कुनै प्रचार प्रशंसाको मोहविनाका निरभिमानी पहारीसँगै कुनै भेटमा बोलौंला जस्तो लागिरहेको थियो ।
 
एकिदन नभन्दै उनीसित प्रत्यक्ष भेट हुने समय आयो यद्यपि त्यो मेरो लागि अनपेक्षित थियो । पोखरामा उनी कहीँ कतै कुनै व्यवसाय गरी बसेका होलान् भन्ने ठानेको थिएँ तर उनीभित्रको साहित्यकारले व्यस्त हेमराजलाई उठायो र यसरी मसमक्ष ल्यायो । मैले स्रोतादीर्घाको अग्रपङ्क्तिमा एक गुलाबी सर्ट माथि टाइ र कोटमा सफा अलिकति गोरा चिटिक्क परेका गम्भीर देखिने तर मैले कहिल्यै नचिनेका व्यक्ति देखेँ । उनी त्यहाँ बसिरहे सुनिरहे हेरिरहे । म डायसको आतिथ्यमा थिए । मनमनै प्रश्न गरेँ- को होलान् यी भद्रजन हाम्रो कार्यक्रम सकियुन्जेल त्यहीँ बसिरहे । तीनघण्टापछि सरस्वती प्रतीक्षाको कविता कृति बिम्बहरुको कठघरा लोकार्पणको उमव्रुम समाप्त भएपछि खाजा बोकेर म तल ओर्लें- अनि मात्रै हात जोडेर ती श्रोता बोले- म तपाईंसित भेट हुन्छ भनेर प्रतीक्षा गरिरहेको यो भेटकै लागि म यहाँ आएको । 


अनि परिचय गर् यौं । उनै थिए हेमराज पहारी । टाढाबाट हामीलाई आकर्षित गरिरहने कुनै अज्ञात चेतनाको यस्तो योजक शक्तिको चर्चा गर् यौँ । त्यो सायद साहित्य थियो; उनको व्यक्तित्व र मप्रतिको प्रेम थियो । हामी निकै बोल्यौं तस्वीर खिच्यौं र विदा भयौं । उनले विदा हुनुपूर्व आफ्नो भिजिटिङ कार्ड मेरो हातमा थमाउँदै भनेका थिए- म फेवाताल किनारमा छु एकपल्ट बास बस्नेगरी आइदिनोस् न सर केही वार्ता गरौं । मेरा अरु धेरै साहित्यिक योजना छन् ।
 
त्यो २०६६ साल मङ्सिर १८ गतेको कुरा हो; घाम डुब्ने बेला थियो । हातमा सरस्वतीको बिम्बहरुको कठघरा बोकेर ती गम्भीर मित्र बाहिर लागे । मलाई केले केले कुनै आत्मीयताले छोयो; त्यस भेटले ती भद्र स्रष्टाको घरमा पुग्ने इच्छा जगाएको थियो । तर मनलाई फकाएर भाका राखेँ । किनकि त्यो साँझ प्रशिद्ध कलाकार दाजु दुर्गा बराललाई भेट्ने आकाङ्क्षा थियो रात सरस्वतीकैमा विताउने योजना थियो सरुभक्तज्यूको आग्रह टारीनसक्नु थियो ।
 
पोखरा पुग्ने कुनै दिन आउनेछ ठान्दै भोलिपल्टै म काठमाडौं उडेँ । यहाँ ओर्लिएपछिको व्यस्तताले अरु सारा इष्टमित्र भुलाउँछ बाबुआमा घरपरिवार आफन्त प्रकृति ईश्वर प्रेमी-प्रेमिका जीवन र मृत्युका घटना सबै बिसा्रउँछ जीवन एक यन्त्रको पूर्जा भएर चल्न थालेपछि यो एक विस्मृत सपना भनौं स्वचालित यन्त्र हुन पुग्छ । म त्यस्तै भएँ । छिट्टै पश्चिम जाने अवसर आउला र फेवाताल निस्कौंला कहिलेकाहीं सोच्दै विस्रदैँ गर्दथेँ ।
 
मैले भ्याइनँ । तर एकदिन मेरा छोरीहरु पोखरा घुम्न जाने भए । मित्र तीर्थजीलाई राम्रो वासस्थानको प्रबन्ध गरिदिन भाइले अनुरोध गरेका थिए । उनले जुन आवासमा पुर् याए त्यो थियो हेमराज पहारीको ट्रुन्क्विलिटी । लुना विना र ऋचा त्यहीँ बसे । उनीहरुले पोखराबाटै फोन गरेका थिए- यसरी हामी हेमराज अङ्कलको ट्रुन्क्विलिटीमा छौँ; जसको अर्थ हुन्छ शान्तमय निवास अर्थात् एकान्तिक प्रशान्ति । फेवातालको दृश्य देखिने सामुन्नेको सानो अति सुन्दर उनको त्यो स्वच्छ आवास ठूलो कम्पाउन्डको बिचमा सुन्दर बगैँचाले सजिएको छ । थोरै चिटिक्क कोठा र आउने स्वदेशी विदेशीलाई आफ्नै पाहुना भन्दा बढी सत्कार गर्ने- यस्तो ठाउँ हामीले देखेका थिएनौँ । यो स्वच्छ वातावरण फूलवारीका बिचमा दुवै जनाको हार्दिकता र प्रेम । आन्टीले आफैँ चिया बनाउनु भएको छ र अङ्कलले बुबासितका भेटको कुरा गर्नु भएको छ । फोटो खिचेका छौं । रमाएका छौँ फेरि भेट हुने आशा प्रकट गर्नुभएको छ । छोरीहरुले उहीबाटै सुनाए । हामी ´न नजिक भयोँ ।
 
मैले सम्झेँ समय छ जीवन पनि छ प्रेम छ सम्झना छन् एकदिन फेरि भेट भइहाल्छ । तीन दिनको हार्दिक सम्झना लिएर नानीहरु फर्के । कुरा गरे- मैले फेरि उत्तरी गोलाद्र्धको एक फन्को पल्टाएँ । हेमराजको गम्भीर मुद्रा त्यहीँ देखेँ । तर त्यहाँ मृत्युको भय कल्पना आशङका केही थिएन । अचानक हिजो राति सरस्वतीले रिचालाई सुनाइछन् रातमा त्यो खबर सुनेर हामी स्तब्ध भयौँ ।
 
मैले फेरि उत्तरी गोलाद्र्धको एक फन्को पल्टाएँ । गण्डकी साहित्य सङ्गमले प्रकाशित गरेको यो कृति समकालीन यात्रा साहित्यमा सबै भन्दा ठूलो ग्रन्थ हो । ४१२ पृष्ठको यस यात्रा वर्णनणमा ८५ शीर्षकका रचना छन् । देशको अभिभारा कवितासङ्ग्रह प्रकाशित गरिसकेका पहारीको यो सायद पहिलो र अन्तिम गद्य सङ्ग्रह हो । डा। दीनबन्धु शर्माले कृतिलाई यसरी चिनाएका छन्- यस यात्रा स्मरणको माध्यमबाट हेमराज पहारीले पाठकलाई नौवटा मुलुकहरुमा पुर् याएर विश्वभ्रमणको आनन्द पस्कनुभएको छ । धेरैलाई धेरै प्रकारको ज्ञान र सूचना दिन सक्ने क्षमता यस कृतिमा छ । रोमााक इतिवृत्ततिर उन्मुख यो यात्रा संस्मरण कतै कतै लोमहर्षक पनि छ । यसलाई सांस्कृतिक सामाजिक र भौगोलिक दृष्टिकोणले समेत पठनीय र सङग्रहयीय पारिएको छ ।
 
लेखकको चारवर्षे अमेरिकी प्रवाश अनुभवको एउटा केन्द्र हो; त्यस अतिरिक्त पश्चिमका जर्मनी हल्यान्ड बेलायत हुँदै युरोपेली र पूर्वका जापान कोरिया मलेसिया हङकङ आदि घुमेका अनुभव छन् । अमेरिकी अनुभले धेरै ठाउँ ओगटेको छ । अन्त्यमा पोखरा अन्तिम रचना हो । यसरी लेखकको यात्रा आफ्नै आँगनमा आएर रोकिन्छ ।
 
भाषाको सरलता मीठो विवरणात्मक शैली यथार्थलाई यथावत् प्रस्तुत गर्ने सरल चाहनाले र इमान्दारीले गर्दा यो यात्रानुभूति झन्डै ताना शर्माको जस्तो लाग्छ । यस्तो अति पठनीय र विश्वसनीय सिर्जनाको धनी यसको फल लाग्न नपाई चाख्न नपाई आज कहाँ विलीन भए होलान् हेमराज स_िम्´ँदा मन दुखित हुन्छ । मेरो मनमा उठेको पीडा यही प्रश्नको ज्वारभाटा हो ।
 
पोखराको भेटमा हेर्दा मलाई लाग्यो उनी मेरो दौंतरी हुनुपर्छ । तर त्यो होसियारले जोगाइराखेको कालो केश चिटिक्क ढल्काएर कोरेको गम्भीर अनुहार गुलावी शर्टमाथि टाइ र कोटले उनको व्यक्तित्व निखारेका थिए । लेखक परिचयमा उनले जन्म मिति दिएका छैनन तर पहिलो रचनामा उनले खोलेका छन्- आजभन्दा सतचालीस वर्ष पहिले म तेह्र वर्षको थिएँ र मल्टिपब्लिक हाइस्कुलको छैटौं क्लासमा पढ्थेँ । यो २०६३ सालको प्रकाशन हो । यस हिसावले उनी यतिखेर साठीको हाराहारी हुनुपर्छ । उनले पोखराको शिक्षण सेवामा हुँदै १९८५ जुन तिर अमेरिकाको प्रथम यात्रा थालेका थिए । यी निबन्ध तिनै यात्रा आरम्भ भएपछिका विगतका २५ वर्षदेखिका संस्मरण हुन् । हेमराजभित्र एउटा सचेत डाइरी लेखक बसिरहेको हुनुपर्छ नत्र यो केले सम्भव हुन्छ
पुस्तक डुबेर प्रेमले पढिसकेको थिएँ । कतै लेख्थे हुँला कतै भेटमा चर्चा गर्थें हुँला तर हेमराज अब रहेनन् भन्ने सुन्दा मलाई अधिक दुःखले छोपेको छ । उनी र मेरो बीचमा रहेको अलिखित र अव्यक्त सम्बन्ध अझ भनौं उनीप्रतिको मेरो भावना र प्रेम कतै प्रकट हुनसम्म पाएन । यस्तो बेलामा अचानक ´म्टेर ´र्ने काल एकान्तको ठूलो िहंस्रक बाघ ´ैँ र साँच्चैको हत्यारा लाग्दो रहेछ आफ्नै शिष्यघातक । यस्तो नियतिको फिराद गर्ने कुनै ठाउँ नभेटेर आज मेरो मन अशान्त छ ।
 
मृत्यु अवश्यम्भावी रहेको सर्वविदित छ । यी वृक्ष्यका पात ´रे´ैँ- वासांसी जीर्णानी- शास्त्रले भनिरहेको छ । तर पात ´रे पनि वृक्ष त्यहीँ छ फेरि पलाउँछ फल्छ फुल्छ । हाम्रो शरीर एकपल्ट समाप्त भएपछि यसका इच्छा आकाङ्क्षा रुखपात सबै समाप्त भएका छन् ती कहिल्यै कहिल्यै पलाएका छैनन् । त्यसैले पुरानो वस्त्र फुकालेर नयाँ भिरे´ैँ ठान्दा- त्यो नयाँ कहाँ र कस्तो होला भन्ने अज्ञानता उम्लिरहन्छ । मानवचोला रुखको पात ´रेजस्तो मात्र होइन अरुथोक पनि हो । जसको ज्ञान हाम्रो निम्ति वर्जित छ । हेमराजसँगै उनका सारा शिशिर-वसन्त उजाडिएका छन् । म स_िम्´रहन्छु अ´ै हाम्रो भेट हुन्छ होला । मेरा आकाङ्क्षा हरियै छन् पलाइरहेका छन् । यस्तो हुँदा यो अनित्यता स_िम्´ँदा ज्यादै दुःख लाग्छ । वर्तमान बाहेक सम्पूर्ण जीवन केवल सम्´ना हो भनेका छन्; एक ज वर्तमान बाहेक सम्पूर्ण जीवन केवल सम्´ना हो भनेका छन्; एक जीवनका उनका सम्´ना कति थिए होलान् एक वात बोल्ने एक निमेष बाँकी रहेन । त्यो सम्´ँदा मनमा निराशा जाग्छ । यो नबु´ेर होइन बु´ाउन नसकेर । यी विषयमा दोहोरो संवाद गर्ने यी प्रश्नको उत्तर गर्ने कोही कहिँ कतै नभेटिएर । यो सारा खेलको साचालक को छ कहाँ छ त्यो थाहा नपाएर होला ।


पेट्रोनिअसले भने´ैँ- He hath joined the great majority- पहारी वहुसङ्ख्यक गएको ठाउँमा पुगेका छन् । त्यो सबैको गन्तव्य हो तर हामीलाई यो अस्थायी पृथ्वी नै अधिक प्यारो छ किनभने त्यो अँध्यारो इटर्निटी केवल कल्पनामा छ त्यो देखेर भोगेर फर्किने कसैसित आजसम्म भेट भएको छैन । दुःखसुख मिसिएको यो पृथ्वी छ यथार्थ प्यारो र उज्यालो । त्यसैले मृत्यु दुखद र जीवन प्यारो भएको होला । यो सम्झेर आज मेरो मन अशान्त छ ।


२०६६ फागुन २१ गते कीर्तिपुर । यो लेख २०६७ को समकालीनमा प्रकाशित भएको थियो ।


यसकोवर्षदिन पछि मात्र मलाई पोखरा पुग्ने संयोग मिल्यो । नेपाली लेखक संघको गण्डकी अाचलस्तरीय साहित्यिक कार्यक्रमको अवसर थियो । मलाई ट्रुङ्क्विलिटीमा एक्लै जीवनको दियो बाली बसेकी भाउजू रीता पहारीसँग कतिबेला भेटौँ जस्तो भएको थियो । दुई गतेको दिन अति व्यस्त भयौँ पुग्न सकिनँ । तीन गते कार्यक्रम सकेपछि भूमिराजसित म ट्रुङ्क्विलिटि पुगेँ । त्यो शान्त आवास नानीहरुले वयान गरेजस्तै थियो । अत्यन्तै ठूलो आँगन र फूलबारी रुसको केन्द्रमा सुन्दर बेलायती भनौँ रोमन शैलीको लाग्ने आवास । पछिल्तिर छेलिएर बसेको एउटा सानो घर । भाउजूसित त्यहीं दुखसुखका बात गर् यौं । मलीन अनुहार अ´ै चोटको भारीले थिचिएका उहाँसित म अतीतको त्यो कुरा गर्न चाहन्नथेँ । वातावरण गम्भीर र दुःखको कुहिरोले डम्म ढाकेको विहान जस्तो भयो ।


कुनै प्रकारले साहसले धैर्यले सम्हालिएर उहाँहरुसितको सम्पर्क परिचयमा रहेका र खासगरी साहित्यवृत्तका स्वदेसी तथा विदेशी प्रेमी आफन्तजनको सहयोगबाट तयार गरिएको हेमराज पहारी स्मृतिग्रन्थ २०६७ खोलेर हेरें- ५५० पृष्ठको एक दुर्लभ ग्रन्थ स्मृति गाथा हेमराजलाई अनेक कोणबाट चिनाउने एक अमर कर्म । रीता भाउजूले कत्रो साहसले यति चाँडो यस्तो सङ्ग्रहणीय कृति तयार गराउनु भयो होला- म छक्क परें । यो उदाहरणीय कर्मले जीवनको उत्तराद्र्धमा साहित्य सिर्जना र प्रकाशनमा सकि्रय भएका हेमराजलाइ अमर बनाएको छ । रीता भाउजूको योकर्मले विशेष गरी नारी स्रष्टालाई ठूलो प्रेरणा र आत्मबल दिन्छ ।

मध्य उमेरमै एक्लिएकी भाउजूसित गनथन गरेँ । मलाई सधैँ उहाँसितै रहेर सहानुभूति सहयोग गरौँ जस्तो भयो । सन्ध्यामा हरिमायालाई भेट्न गएँ तर ुखाना खान यहीँ आउनु होलाु भाउजूले भन्नु भएको थियो । सम्´ेर फर्किएँ । खाना खाएपछि मलाई उहाँले ट्रुङ्क्विलिटीकै एउटा राम्रो कोठामा पठाई दिनु भयो । त्यहीँ पल्टेँ र हेमराज पहारी स्मृतिग्रन्थ पढ्न लागेँ । राम्रो कागजमसीमा छापिएको वर्णानुक्रमले राखिएका धेरै रचनाले हेमराजका अनेक पक्ष चिनाउँदै जान्छन् । राति अबेलासम्म पढेँ; बिहान भाउजूसँगै चिया नास्ता गरेर फेरि कोठामै पसेँ । मलाई उहाँको एक्लोपनलाई अलिकति कम गराउन सक्छु कि भन्ने जस्तो लागेर आयो । मेरो भन्नुमा रीता पहारीका शब्दहरु ठूलो एकान्त र दुःख भएर सुसाउँछन् ः मैले जीवनमा आफ्नो पि्रय व्यक्ति गुमाउनु पर् यो । त्यति लामो समय सँगै बसेर बितेको जस्तो पनि लाग्दैन । विवाह गरेको सत्रौँ वर्षमा लाग्ने दिनमा नै मैले उहाँको १३ औँ दिनको पुण्य तिथिको कार्य गर्नु पर् यो । अनि जीवनको उत्तरार्धमा एक्लै हिँड्नुपर्ने भयो । 





कत्रो चोट छ कत्रो अन्धकार छ कति लामो एक्लोपन । बीच बाटोमा छुटेका हेमराज अब स्मृति ग्रन्थमा मात्र भेटिनेछन् ।


अनिल पौडेलले कुशालतापूक कृति सम्पादन गरेका छन् ।


पढ्दै जाँदा होमराज ´न् वरिपरि आउन थाले- पद्मावती िसंह मनप्रसाद सुब्बा मोदनाथ प्रश्रित तीर्थ श्रेष्ठ सरुभक्त दुर्गा बराल प्रदीप नेपाल देव गुरुङ हरिदेवी… लामो सूचीमा छन् हेमराज । एउटा शिक्षक समाजसेवी राजनीतिकर्मी पर्यटन व्यवसायी सबैभन्दा माथि एक सहित्यकार अत्यन्तै अनुशासित र निष्ठावान व्यक्तित्व सबैले मानेका पि्रय हेमराज । कृतिमा जीवनी साहित्यिक मूल्याङ्कन संस्मरण उनका अप्रकाशित रचना र बाल्यकालदेखि आर्यघाटमा दागबत्तीसम्मका चित्रहरु । पढ्दै जाँदा उनका केही कवितामा देखेँ हेमराजलाई आफ्नो मृत्युको कतै पूर्वाभास भएको पो हो कि केले उनलाई भकायो र एक दशक अघि अधुरो जीवन जस्तो कविता लेख्न लगायो होला-


कसैका बल्छन् चम्किला बत्ती कसैका मधुरा
कसैका हुन्छन् आकाङक्षा पूरा कसैका अधुरा
चाहनासित हुँदैन मनको सदैव मिलन
मनको धोको नपुग्दै हाम्रो टुङ्गिन्छ जीवन


सपना पूर्ण नहुँदै पूर्ण भइदिन्छ बिहानी
सदीऔदेखि यस्तै छ सबको अधुरो कहानी
यो गर्छु भन्यो त्यो गर्छु भन्यो भैहाल्छ निधन
मनको धोको नपुग्दै हाम्रो टुङ्गिन्छ जीवन ।
कार्तिक २०५९


भोलिपल्ट अबेलासम्म बसेँ । फेरि रीता भाउजू सँगै भान्सामा खाएँ र स्मृतिग्रन्थ पढ्न थालेँ । अपरान्ह भएपछि सरुभक्त अर्याल नवराज सरस्वती सबै भेला भएर फेरि पोखरा साहित्य हेमराज दाइ रीता भाउजू उहाँको सदीच्छा र पुरस्कार स्थापना आदिमा चर्चा गरेपछि अबेला मलाई यतीले काठमाडौँ उड्ने गरी बोलाए । अर्थ म ट्राङ्क्विलिटीबाट विदा भएँ ।


त्यो सुन्दर चित्र र एक ग्रन्थ सम्´ना बोकेर म फर्किएँ । तर जब यो अन्धकार ´ैँ रिक्तता स_िम्´न्छु मेरो मन अशान्त भएर उचालिन्छ । 

२०६८ जेठ ४ गते बेलुकी
टुङ्लाफाँट कीर्तिपुर 

1 comment:

  1. Dear Govinda Sir thank you very much for posting your kind words through your popular blog for our beloved uncle Hemraj Paharee. He is always with us through that his literaray creations. Indeed he deserves for that whatever you mentioned on your article.

    http://merobichar-ram.blogspot.com/search?updated-max=2011-01-28T10%3A55%3A00-08%3A00&max-results=7

    Ramhari Poudyal
    UK

    ReplyDelete